पाइलट निदाएर विमान अवतरण नगरेपछि
नेपालअखबार, एजेन्सि। बस लगायतका सवारी साधनमा चालक निदाएर सवारी दुर्घटना हुँदै आएको हामीले सुनिरहेका छौ।
तर अफ्रिकन देश इथियोपियामा एक विमानका दुबै पाइलटनै निदाएपछि विमान निर्धारित विमानस्थलमा अवतरण हुन सकेन।
सुडानको खार्तूमबाट सोमबार इथियोपियाको राजधानी आदिस अबाबाका लागि उडेको जहाजका दुवै पाइलट अवतरण गर्नुअघि नै गहिरो निद्रामा परेका थिए। जसका कारण बोइङ ७३७ विमान अदिस अबाबा एयरपोर्टमा अवतरण हुन सकेन।
व्यावसायिक उड्डयन समाचार साइट एभिएसन हेराल्डका अनुसार अवतरण गर्ने समयमा विमान ३७ हजार फिटको उचाइमा उडिरहेको थियो। त्यतिबेला विमानले अवतरणका लागि कुनै पनि प्रयास नै गरेन।
अवतरण गर्ने बेला भइसक्दा पनि विमानले उचाई नघटाएपछि एयर ट्राफिक कन्ट्रोलले पाइलटहरूलाई पटक पटक सन्देश पठाए। तर पनि उनीहरू कुनै जवाफ दिएनन्। किनकि, दुवै पाइलट सुतिरहेका थिए। एयर ट्राफिक कन्ट्रोल (एटीसी) ले पाइलटहरूसँग...










