Saturday, June 27

विश्व

क्यानडामा छुरा प्रहारबाट कम्तिमा १० जनाको मृत्यु
विश्व, समाचार

क्यानडामा छुरा प्रहारबाट कम्तिमा १० जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। क्यानडामा छुरा प्रहारबाट कम्तिमा १० जनाको मृत्यु भएको छ।  मध्य सास्काचेवान प्रान्तमा भएको घटनामा १५ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानहरूमा अन्धाधुन्ध छुरा आक्रमण भएको हो। ३१ वर्षीय ड्यामियन स्यान्डरसन र ३० वर्षीय माइन्लस स्यान्डरसन छुरा प्रहारको घटनाका संलग्न रहेको प्रहरीले आशंका गरेको बिबिसीले जनाएको छ। घटनाका दुवै शंकास्पद आरोपी फरार रहेको प्रहरीले जनाएको छ। फरार अभियुक्त हतियारधारी रहनुका साथै निकै खतरनाक रहेको क्यानेडियन प्रहरीले जनाएको छ। प्रहरीले आरोपितलाई पक्राउ गर्नका लागि सर्च अभियान तिब्र पारेको छ। घटना भएको क्षेत्रका बासिन्दालाई प्रहरीले सुरक्षा सतर्कता अपनाउन भन्दै घर भित्रै रहन आग्रह गरेको छ। ‘सुरक्षित स्थान नछोड्नुहोस्। अरूलाई आफ...
अन्तर्राष्ट्रिय मुद्रा कोषले श्रीलंकालाई ३ अर्ब डलर सहयोग गर्ने
अर्थ, विश्व, समाचार

अन्तर्राष्ट्रिय मुद्रा कोषले श्रीलंकालाई ३ अर्ब डलर सहयोग गर्ने

नेपालअखबार, एजेन्सि। आर्थिक संकटबाट गुिज्ररहेको श्रीलंकालाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आर्थिक सहयोग गर्ने भएको छ । आईएमएफले श्रीलंका सरकारलाई करिब ३ अर्ब अमेरिकी डलर ऋण दिने भएको हो । हालैमात्र श्रीलंका र आईएमएफबीच २ अर्ब ९० करोड अमेरिकी डलर बराबरको ऋण सम्झौतामा हस्ताक्षर भएको छ । यद्यपि, आईएमएफको व्यवस्थापन र कार्यकारी बोर्डबाट अनुमोदन भएपछि मात्र श्रीलंकाले उक्त सहयोग पाउनेछ आईएमएफले ४८ महिना वित्तीय योजनामा श्रीलंकाको सरकारी आम्दानीमा वृद्धि गर्ने, इन्धन र बिजुलीको नयाँ मूल्य निर्धारण, सामाजिक खर्च बढाउने, केन्द्रीय बैंकको स्वायत्ततालाई बलियो बनाउने र घटेको विदेशी मुद्रा सञ्चितिको पुनरुत्थान गर्न सरकारी राजस्व बढाउने लक्ष्य राखेको छ । पछिल्लो समय आर्थिक संकटमा रहेको श्रीलंकाले करिब ३० अर्ब डलर ऋण पुनर्संरचना गर्नुपर्ने बाध्यतात्मक अवस्थामा रहेको छ । यसका लागि जापानले च...
गर्भवतीको मृत्युपछि पोर्चुगलकी स्वास्थ्यमन्त्री टेमिडोको राजीनामा
विश्व, समाचार

गर्भवतीको मृत्युपछि पोर्चुगलकी स्वास्थ्यमन्त्री टेमिडोको राजीनामा

नेपालअखबार, काठमाडौं । पोर्चुगलका स्वास्थ्यमन्त्री मार्टा टेमिडोले प्रसूति वार्डमा ठाउँ अभावका कारण गर्भवती भारतीय पर्यटकको मृत्यु भएपछि पदबाट राजीनामा दिएकी छन् । एक अस्पतालबाट अर्को अस्पताल लैजाँदै गर्दा हदृयघातका कारण ३४ वर्षीया महिलाको मृत्यु भएको बताइएको छ । तर, स्वास्थ्यमन्त्रीको राजीनामाको कारण यो मात्रै होइन । विगत केही महिनादेखि, आलोचकहरूले पोर्चुगललाई डेलिभरी अस्पतालमा कामदारहरूको गम्भीर अभाव भएको आरोप लगाउँदै आएका छन् । डाक्टर मार्टा टेमिडो सन् २०१८ देखि पोर्चुगलमा स्वास्थ्यमन्त्री थिइन् । पोर्चुगलको समाचार एजेन्सी लुसाका अनुसार प्रधानमन्त्री एन्टोनियो कोस्टाले महिलाको मृत्यु नै डा. टेमिडोको राजीनामाको ‘अन्तिम कारण’ साबित भएको बताएका छन् । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले एक विज्ञप्ति निकाल्दै स्वास्थ्यमन्त्रीको राजीनामा स्वीकृत गरेको बताएका छन् । प्रधानमन्त्...
सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्बाचोभको निधन
विश्व, समाचार

सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्बाचोभको निधन

नेपालअखबार, एजेन्सि। पूर्व सोभियत संघका नेता मिखाइल गोर्बाचोभको निधन भएको छ। शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत संघका नेता गोर्बाचोभको ९१ वर्षको उमेरमा मंगलबार राति रूसको सेन्ट्रल क्लिनिकल हस्पिटलमा निधन भएको हो। पछिल्ला वर्षमा उनको स्वास्थ्यस्थिति बिग्रँदै गएको थियो। जसका कारण धेरै पटक अस्पताल भर्नासमेत हुनुपरेको थियो। यसै वर्षको जुनमा केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गोर्बाचोभलाई मिर्गौला रोगका कारण अस्पताल भर्ना गरिएको दाबी गरेका थिए। तर, गोर्बाचोभको मृत्युको कारण भने खुल्न सकेको छैन। गोर्बाचोभको अन्त्येष्टि मस्कोमा हुनेछ। रूसी समाचार एजेन्सी टासका अनुसार उनलाई सन् १९९९ मा मृत्यु भएकी उनकी श्रीमती राइसाको चिहान नजिकै नोवोडेभिची कब्रिस्तान नजिकै गाडिनेछ। गोर्बाचोभ तत्कालीन सोभियत युनियनका अन्तिम राष्ट्रपति हुन्। उनले अमेरिकासँगको शीतयुद्ध अन्त्यका लागि महत्त्...
दुई पाइलटबीच आकाशमै  कुटाकुट
विश्व, समाचार

दुई पाइलटबीच आकाशमै कुटाकुट

नेपालअखबार, एजेन्सि। एयर फ्रान्सका दुईजना पाइलटबीच प्लेनको ककपिटभित्र नै कुटाकुट भएको छ । यो घटना जेनेभादेखि फ्रान्ससम्मको उडानको क्रममा भएको भएको हो । कम्पनीले घटनामा संलग्न दुई जनालाई निलम्बितसमेत गरेको छ । यसका बाबजुद विमानले सामान्य रूपमा आफ्नो गन्तव्यमा पुगेको थियो । विवादले उडानमा भने कुनै समस्या नआएको एयरलाइन्सका एक अधिकारीले जानकारी दिए । उनले आफ्नो एयरलाइन्स यात्रुको सुरक्षाका लागि प्रतिबद्ध रहेको कुरा दोहोर्‍याए । स्वीस ला ट्रिब्युन डेलीको समाचार अनुसार पाइलट र कोपाइलटबीच विमान उडान भर्ने बित्तिकै विवाद सुरु भएको थियो । यस क्रममा उनीहरूले एकअर्काको सर्टको कलर समात्नेदेखि मुक्का समेत बर्साएका थिए । विवादपछि क्याबिन क्रूको सदस्यले उनीहरूलाई छुट्टाएका थिए । र, उडान अवधिभर उनी ककपिटमा नै बसेका थिए । बुधबार फ्रान्सको एयर इन्भेस्टिगेसन एजेन्सी (बीईए) ले रिपोर्ट प्रकाशन गरेपछि ...
भारतमा एकै परिवारका ६ जना मृत अवस्थामा भेटिए
विश्व, समाचार

भारतमा एकै परिवारका ६ जना मृत अवस्थामा भेटिए

नेपालअखबार, एजेन्सि। भारतमा शुक्रबार एउटै परिवारका ६ जना मृत अवस्थामा भेटिएका छन् । देशको अम्बालाअन्तर्गत पर्ने बालाना गाउँका एकै परिवारका ६ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । घटनाका बारेमा जानकारी पाउने वित्तिकै प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलमा उनीहरुले मृत्यु अगाडि लेखेको पत्र समेत भेटिएको जनाएको छ । तर पत्रमा लेखिएको विषय भने प्रहरीले जानकारी दिएको छैन । घटनामा ६५ वर्षका संगत राम, ३४ वर्षका सुखविन्डर सिंह, संगतकी श्रीमती महिन्द्रा कौर, सुखविन्डरकी श्रीमती रिना, सिंहका दुई छोरीहरु अशु र जास्सीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  उनीहरुको मृत्युको कारण भने अहिलेसम्म खुलेको छैन । तर प्रारम्भिक अनुसन्धानबाट उनीहरुको आत्महत्या भएको आशंका गरिएको छ । प्रहरी उपनिरिक्षक जोगिन्दर शर्माले घटनाका बारेमा अनुसन्धान भइरहेकाले थप विवरण आउन बाँकी नै रहेको जानकार...
थाइल्याण्डका प्रधानमन्त्री निलम्बित
राजनीति, विश्व, समाचार

थाइल्याण्डका प्रधानमन्त्री निलम्बित

नेपालअखबार, एजेन्सि। थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ ओ चान निलम्बित भएका छन् । थाइल्यान्डको उच्च अदालतले उनलाई बुधबार निलम्बन गरेको हो ।   विपक्षी पार्टीले उनीविरुद्धमा सोमबार दिएको मुद्धाका आधारमा अदालतले बुधबार चानलाई निलम्बन गरेको हो । उनको कार्यकाललाई लिएर विपक्षीले उजुरी गरेका थिए । उनीविरुद्ध परेको मुद्दाको सुनुवान गर्न ९ जनाको इजलास गठन गरिएको थियो । इजलासका पाँच जनाले प्रधानमन्त्रीलाई निलम्बन गर्नुपर्ने राय राखेका थिए । चान सन् २०१४ मा सैन्य कुपछि  प्रधानमन्त्री भएका थिए । उनले निरंकुशता लादेको विपक्षीले आरोप लगाएका छन् । विपक्षीहरुले उनको कार्यकाल सन् २०१४ देखि गणना गर्नुपर्ने र  सत्तारुढ दलले सन् २०१९ मा भएको आमनिर्वाचनपछि मात्रै गणना गरिनुपर्ने विवादबीच यो विषय अदालतसम्म पुगेको थियो ।...
ज्याला माग्दै विरोधमा उत्रिने नेपालीसहित विभिन्न मुलुकका श्रमिकलाई कतारद्वारा देश निकाला!
विश्व, समाचार, हाइलाइट-समाचार

ज्याला माग्दै विरोधमा उत्रिने नेपालीसहित विभिन्न मुलुकका श्रमिकलाई कतारद्वारा देश निकाला!

नेपालअखबार, एजेन्सि। आगामी नोभेम्बरमा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको कतारले ज्यालाको माग गर्दै विरोधमा उत्रिएका आप्रवासी कामदारलाई देश निकाला गरिदिएको छ। कतारको सुरक्षा कानुन तोडेर आन्दोलन र र्‍याली गरेको भन्दै नेपालसहित भारत, बंगलादेश, इजिप्ट र फिलिपिन्सका श्रमिकलाई देश निकाला गरेको बिबिसीले जनाएको छ। लामो समयदेखि आफूहरूले कामको ज्याला नपाएको भन्दै कम्तीमा ६० जना कामदारहरूले निर्माण कम्पनी अल बन्दारी इन्टरनेशनल ग्रुपको दोहास्थित कार्यालयसामू अगस्ट १४ मा र्‍याली र विरोध प्रदर्शन गरेका थिए। तीमध्ये कतिपयले सात महिनादेखि ज्याला नपाएको बताएका थिए। आन्दोलनमा सहभागी कामदारलाई प्रहरीले तत्कालै पक्राउ गर्‍यो। पक्राउ परेकामध्ये केहीलाई देश निकाला गरेको इक्वीडेम नामक मानवअधिकारवादी संस्थाले जनाएको छ। यद्यपि कति संख्यामा कामदारालाई देश निकाला गर्‍यो भन्ने स्पष्ट संख्या दिएक...
मलेसियाका पूर्वप्रधानमन्त्री रजकलाई १२ वर्ष जेल सजाय
विश्व, समाचार

मलेसियाका पूर्वप्रधानमन्त्री रजकलाई १२ वर्ष जेल सजाय

नेपालअखबार, एजेन्सि। भ्रष्टाचारको आरोपमा मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजकलाई १२ वर्ष जेल सजाय तोकिएको छ। मलेसियाको उच्च अदालतले उनको अपील अस्वीकार गरेपछि नजिबलाई जेल चलान गरिएको हो। सरकारी स्वामित्वमा रहेको स्वास्थ्य कोष वान मलेसिया डेभलभमेन्ट बरहाड (वानएमडीबी) दुरूपयोग गरेको अभियोगमा ६९ वर्षीय पूर्वप्रधानमन्त्रीलाई जेल सजाय तोकिएको हो। उनलाई सन् २०२० को जुलाईमा दोषी ठहर गरिएको थियो, तर पुनरावेदनका क्रममा जमानतमा छुटेका थिए। उनीमाथिको दण्ड ढिलाई गर्न नजिबले गरेको अनुरोधलाई अदालतले अस्वीकार गरेको छ। यसैबीच आफूले कुनै गलत काम नगरेको उनले निरन्तर बताउँदै आएका छन्। नजिबले आफू निर्दोष रहेको दाबी गर्दै आफ्ना आर्थिक सल्लाहकारले फसाएको बताएका छन्। सन् २०२० मा एक अदालतले नजिबलाई विभिन्न सात वटा अभियोगमा दोषी पाएको थियो। उनलाई करिब ४ करोड २० लाख मलेसियाली रिंगीट (एक करोड ३ लाख डल...
कोरियामा एकैदिन थपिए एक लाख ५० हजार कोरोना सङ्क्रमित
विश्व, समाचार, स्वास्थ्य

कोरियामा एकैदिन थपिए एक लाख ५० हजार कोरोना सङ्क्रमित

नेपालअखबार, एजेन्सि। दक्षिण कोरियामा दिन प्रतिदिन कोरोनाका बिरामी बढिरहेका छन् । सोमबार मध्यरातसम्मको अभिलेखअनुसार हिजो मात्र एकलाख ५० हजार दुई सय ५८ नयाँ कोभिड–१९ का बिरामी थपिएका छन् । योसँगै देशमा कारोना पीडित हुनेको सङ्ख्या दुई करोड २४ लाख ४९ हजार चार सय ७५ पुगेको स्वास्थ्य अधिकारीहरूले मङ्गलबार जनाएका छन् । कोरियाली रोग नियन्त्रण र रोकथाम निकायका अनुसार गत आइतबार ५९ हजार ४६ जनामा तथा अघिल्लो साता अधिकतम ८४ हजार एक सय तीन जनामा पुष्टि भएको सङ्क्रमण सोमबार ह्वात्तै बढेको हो । सङ्क्रमणबाट सोमबार ५२ जनाले ज्यान गुमाएका छन् । देशमा कोभिड सङ्क्रमणका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या २६ हजार एक सय ६१ पुगेको छ ।...