Friday, March 13

विश्व

इन्डोनेसियामा व्यापक वर्षापछि आएको बाढीका कारण ३६ को मृत्यु, थप ६६ जना वेपत्ता
विश्व

इन्डोनेसियामा व्यापक वर्षापछि आएको बाढीका कारण ३६ को मृत्यु, थप ६६ जना वेपत्ता

नेपाल अखबार, एजेन्सी । इन्डोनेसियाको सुलावेसी टापुमा व्यापक वर्षापछि आएको बाढीमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ भने ६६ जना हराइरहेका इन्डोनेसियाली अधिकारीले बताएका छन् । गत सोमबारपछि परेको अविरल वर्षाका कारण आएको बाढीले वस्तीहरू डुवानमा परेको र ३६ जनाको मृत्यु भएको र हराइरहेका अन्य ६६ जनाको खोजी तथा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ । “वेपत्ता भएका कसैलाई जीवित भेट्ने आशा क्षीण रहेको तर खोजी कार्य जारी रहेको छ,” अलुवुका उद्धार समूहका संयोजक एण्डी मुक्तिले एएफ्पीलाई बताए । डुवानपछि वस्तीहरूमा दुई मिटरसम्म माटो जमेकोले उद्धारबाट कसैलाई जीवित पाउने आशा हराइसकेको तर खोजी कार्य जारी रहेको उनले बताए । बाढीले ल्याएको माटोले हजारौँ घरहरू तथा सरकारी तथा गैर–सरकारी भवनहरूलाई पुरेको बताइएको छ । कतिपयले घरको पानी भाँडाले निकालेर हिलो तथा पानीमाथि नै रात विताइरहेका छन् भने बढी प्रभावित केहीलाई...
कोरोनाविरुद्ध खोप बनाउने महत्वपूर्ण जानकारी चोर्दै रुसका ह्याकरः एनसीएससी
प्रविधि, विश्व

कोरोनाविरुद्ध खोप बनाउने महत्वपूर्ण जानकारी चोर्दै रुसका ह्याकरः एनसीएससी

नेपाल अखबार, एजेन्सि। रुसका ह्याकर्सले विश्वमा कोरोना भाइरसविरुद्ध खोप बनाइरहेका संस्थालाई निशाना बनाइरहेको बेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्र (एनसीएससी) ले बताएको छ। जसले रुसको गुप्तचरको एउटा हिस्सा बनेर काम गरिरहेको एनसीएससीको दाबी छ। केन्द्रका अनुसार ती ह्याकरले कोरोनाविरुद्ध खोप बनाउने महत्वपूर्ण जानकारी चोर्ने प्रयास गरिरहेका छन् । एनसीएससीका निर्देशक पाल चिचेस्टरले यसलाई घृणित कार्य भनेका छन्। बीबीसी...
भारतमा मात्रै एकै दिन ३५ हजार संक्रमित
विश्व, स्वास्थ्य

भारतमा मात्रै एकै दिन ३५ हजार संक्रमित

नेपाल अखबार, एजेन्सि। विश्वभर कोरोना संक्रमणदर झन् तीब्र बन्दै गएको छ। पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ४१ हजार दुई सय ६५ जनामा संक्रमण देखिनुले त्यसको पुष्टि गर्छ। गएको २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा ६७ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। अमेरिकापछि ब्राजिल र भारतमा धेरै संक्रमित देखिएका छन्। गएको २४ घण्टामा ब्राजिलमा ४३ हजार आठ सय २३ र भारतमा ३५ हजार चार सय ६८ जनामा संक्रमण देखिएको छ। योसँगै भारतमा कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ। वल्र्डओमिटरको शुक्रबार बिहान ६ बजेसम्मको तथ्यांक अनुसार भारतमा संक्रमितको संख्या १० लाख पाँच हजार ६ सय ३७ पुगेको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या २५ हजार ६ सय नौ पुगेको छ। गएको २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट पाँच हजार ६ सय ३९ जनाले ज्यान गुमाएका छन्। योसँगै विश्वभर संक्रमणको कारण ज्यान गुमाउनेको संख्या पाँच लाख ९१ हजार आठ सय ६० पुगेको...
ब्राजिलका राष्ट्रपति बोल्सोनारोको कोरोनाको दोस्रो परीक्षण पनि पोजेटिभ
विश्व

ब्राजिलका राष्ट्रपति बोल्सोनारोको कोरोनाको दोस्रो परीक्षण पनि पोजेटिभ

नेपाल अखबार, एजेन्सि। ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको  छ । मंगलबार उनको दोस्रो पटक परीक्षण गरिएको थियो । ६५ वर्षका बोल्सोनारोले हालका लागि आफू ब्रासिलियास्थित आफ्नो घरमा क्वारेन्टिनमा बस्ने जानकारी दिँदै भिडियो कन्फरेन्सिङमार्फत् आफ्नो काम जारी राख्ने बताएका छन् । यसका साथै, हालसम्म संसारभरी कोरोनाभाइरस संक्रमितको संख्या १ करोड ३६ लाख ८९ हजार ८ सय ५५ रहेको छ । यसमा ७९ लाख ५६ हजार ९ सय ८१ जना निको पनि भएका छन् । यस्तै। ५ लाख ८६ हजार ७ सय ७२ जनाको ज्यान गएको छ । यता इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सिमा सादत लारीले संक्रमण फैलिएका कारण हालसम्म १ सय ४० स्वास्थ्यकर्मीको मृत्यु भएको बताएका छन् । यहाँ ५ हजार डाक्टर तथा नर्स संक्रमित छन् । इरानमा हालसम्म २ लाख ६४ हजार ५ सय ६१ जना संक्रमित भेटिएका छन् भने १३ हजार ४ सय १० को मृत्यु भएको छ ।...
बोतलमा पेट्रोल नपाएको झोंकमा पम्पकी मालिक्नीको क्याबिनमा छोडिदिए कोब्रा सर्प
विश्व, समाचार

बोतलमा पेट्रोल नपाएको झोंकमा पम्पकी मालिक्नीको क्याबिनमा छोडिदिए कोब्रा सर्प

नेपाल अखबार, एजेन्सि। एक व्यक्ति पेट्रोल पम्पमा बोतमा पेट्रोल लिन जाँदा उनलाई अस्विकार गरियो । रिसमा फन्किएर गएपछि उनी पुनः उक्त पेट्रोल पम्पमा फिर्ता भए त्यतिबेला उनको हातमा तीनवट डब्बा थियो, त्यसभित्र विषालु सर्प । पम्मकी मालिक्नी र अन्य दुईवटा क्याबिनमा सर्प छोडेर उनी आनन्दले घर फर्किए । अचम्मित गरिदिने यो घटना भारतको महाराष्ट्रको बुलढाणा शहरको हो । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार सोमबार दिउँसो करिब तीन बजे २० वर्षका अमोल नामका युवक पेट्रोल पम्पमा बोतलमा पेट्रोल लिन गए । लकडाउनमा हरेक पेट्रोल पम्प खोल्ने एक निश्चित समय तोकिएको छ, उनी पेट्रोल पम्प पुग्दा खोल्ने समय सकिनै लागेको थियो । तसर्थ बोतलमा पेट्रोल भरिदिन त्यहाँका कर्मचारीले अस्विकार गरे । युवकले केही बेरसम्म आग्रह गरिरहे तर पेट्रोल पम्पकी मालिक्नी सारिका चौधरीले पनि बोतलमा पेट्रोल दिन अस्विकार गरिन् । अत्यधिक रिसाएका अमोल त्...
कोरोना भाइरसका कारण विश्वभरी ५ लाख ८१ हजारको मृत्यु
विश्व, समाचार, स्वास्थ्य

कोरोना भाइरसका कारण विश्वभरी ५ लाख ८१ हजारको मृत्यु

नेपाल अखबार, एजेन्सि। विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण बुधबारसम्ममा मृत्यु भएकाहरुको संख्या पाँच लाख ८१ हजारभन्दा बढी पुगेको छ ।  त्यसैगरी कुल सङ्क्रमितको संख्या पनि दिनप्रतिदिन बढेर एक करोड ३४ लाख ७१ हजार ८६२ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुल सङ्क्रमितमध्ये ७८ लाख ६६ हजार २६५ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् । विश्वभरी सङ्क्रमित भएकाहरुमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् । कोरोनाका कारण मानवीय क्षति र सङ्क्रमितको संख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ । अमेरिकामा बुधबारसम्ममा ३५ लाख ४५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने मृत्यु भएकाहरुको  संख्या एक लाख ३९ हजार १४५ रहेको छ । त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको मुलुक ब्राजिलमा १९ लाख ३१ हजार सङ्क्रमित हुँदा ७४ हजार २६२ जनाको मृत्यु भएको छ ।  भारत तेस्रो धेरै सङ्क्रमितको सूचीमा पर्दछ भने ...
कोरोनाविरुद्धको लडाइँमा कसरी असफल बन्दैछ अमेरिका ?
विश्व, स्वास्थ्य

कोरोनाविरुद्धको लडाइँमा कसरी असफल बन्दैछ अमेरिका ?

नेपाल अखबार, एजेन्सि । विश्वको शक्तिशाली मुलुक अमेरिकामा जसरी कोरोना भाइरस (कोभिड-१९) का संक्रमित बढिरहेका छन्, त्यसले समग्र विश्वलाई नै अचम्ममा पारेको छ । ३३ करोड हाराहारीमा रहेको अमेरिकामा अहिलेसम्म ३३ लाखभन्दा धेरै मानिसमा संक्रमण पुष्टि भइसकेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणका कारण एक लाख ३५ हजार ६१५ जनाको मृत्यु भइसकेको छ । ७ जुलाईमा त अमेरिकामा एकैदिन ६० हजार नयाँ कोरोना संक्रमित भेटिए । वासिङ्टन पोस्टका अनुसार अमेरिकाका अस्पतालहरूमा अहिले बिरामीको चाप बढेको छ । आईसीयू पनि भरिभराउ हुने अवस्थामा पुगेका छन् । अमेरिकामा स्वास्थ्यकर्मीहरूलाई मास्क, ग्लोभ्स र पीपीईलगायतका व्यक्तिगत सुरक्षा सामग्रीको कमी हुन थालेको छ । यूएसए टुडेका अनुसार अहिले अमेरिकामा चीनको तुलनामा निकै धेरै कोरोना संक्रमित फेला परेका छन् । कोरोना भाइरस पहिलो पटक चीनमा भेटिएक...
अमेरिकाबाट अन्तर्राष्ट्रिय विद्यार्थीलाई फिर्ता पठाउने निर्णयमाथि डोनल्ड ट्रम्पको ‘यूटर्न’
विश्व, शिक्षा

अमेरिकाबाट अन्तर्राष्ट्रिय विद्यार्थीलाई फिर्ता पठाउने निर्णयमाथि डोनल्ड ट्रम्पको ‘यूटर्न’

नेपाल अखबार, एजेन्सि। अमेरिकामा बसेर अनलाइन शिक्षा प्राप्त गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई फिर्ता पठाउने निर्णय रद्द गरिएको छ । गत हप्ता ट्रम्प प्रशासनले विदेशी विद्यार्थीको पाठ्यक्रमको सबै कक्षा अनलाइनबाट सञ्चालित भइरहेका सबैलाई अमेरिकाबाट फिर्ता पठाइने घोषणा गरिएको थियो । अब ट्रम्प प्रशासन आफ्नो यो निर्णयबाट फिर्ता भएको छ । सरकारका यो योजना विरुद्ध म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी र हार्वर्ड युनिभर्सिटी अदालत गएका थिए । म्यासाचुसेट्सका डिस्ट्रिक्ट जज एलिसन बरोले सबै पक्षबीच सम्झौता भएको जानकारी दिएका छन् । बरोले सुनुवाईको क्रममा भने, ‘सरकारले आफ्नो पुरानो निर्णय रद्द गरेको छ । साथै पुरानो निर्णयपछि चलिरहेको कारवाहीलाई तुरुन्त रोक्ने विषयमा सहमति दिइएको छ ।’ न्यूयोर्क टाइम्सको एक रिपोेर्ट अनुसार सम्झौता अनुरुप मार्चमा लागू गरिएको नीति पुनः लागू गरिएको छ । यस अनुसार अन्तर्रा...
‘एक महिनाभित्रै आउनसक्छ कोभिड-१९ भ्याक्सिन’
विश्व

‘एक महिनाभित्रै आउनसक्छ कोभिड-१९ भ्याक्सिन’

नेपाल अखबार, एजेन्सी । रुसी वैज्ञानिकहरुले विश्वको पहिलो कोरोना भाइरस भ्याक्सिन एक महिनाभित्रै बिरामीका लागि वितरण गरिने आशा व्यक्त गरेका छन् । आइतबार मात्रै रुसको सेचेनोभ विश्वविद्यालयले सरकारी स्वामित्वमा सञ्चालित गामालेई इन्स्टिच्युट अफ इडिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीद्वारा विकसित कोभिड–१९ भ्याक्सिनको क्लिनिकल ट्रायल सफलतापूर्वक सम्पन्न भएको दाबी गरेको थियो । गामालाई सेन्टरका निर्देशक अलेजेन्दर गिन्टस्वर्गले अगष्ट १२ देखि १४ सम्ममा यो भ्याक्सिन सर्वसाधारणमा वितरण हुन थाल्ने र निजी कम्पनीहरुले सेप्टेम्बरदेखि ठूलो परिमाणमा उत्पादन सुरु गर्नसक्ने विश्वास व्यक्त गरेका छन् । सेचेनोभ विश्वविद्यालय सेन्टर फर क्लिनिकल रिसर्च एन्ड मेडिकेशनका प्रमुख अनुसन्धानकर्ता इलिना सेमलाईयार्चुकले रुसी न्युज एन्जेन्सी तासलाई दिएको जानकारीअनुसार स्वयमं्सेवकमा भ्याक्सिनको क्लिनिकल परीक्षण पूरा भएको छ र अ...
अनुमतिविना मक्का जानेमाथि १० हजार साउदी रियाल जरीवाना
विश्व, समाचार

अनुमतिविना मक्का जानेमाथि १० हजार साउदी रियाल जरीवाना

नेपाल अखबार, एजेन्सि। साउदी अरेबियाको गृह मन्त्रालयले अनुमति विना नै हज यात्राको लागि मक्का जाने मानिसहरुलाई १० हजार साउदी रियाल अर्थात् दुई हजार ६६६ अमेरिकी डलर जरीवाना लगाउने निर्णय गरेको छ । साउदी अरेबियाले यस वर्ष कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण हजयात्राको लागि मक्का आउने मानिसको संख्या सीमित पारेको छ । साउदी अरेबियाको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यो प्रतिबन्ध जुलाई १९ देखि २ अगष्टसम्म जारी रहनेछ । दोस्रोपटक पनि यो प्रतिबन्ध उल्लंघन गर्दा पक्राउ परेका मानिसलाई पाँच हजार ३३२ अमेरिकी डलर जरीवाना गरिनेछ । गृह मन्त्रालयले सबै नागरिकहरुलाई र बासिन्दाहरुलाई हजयात्राको क्रममा सरकारले तोकेको नियम पालना गर्न आग्रह गरेको छ । हजयात्राको क्रममा नियम पालना गराउन सुरक्षाकर्मीहरु सडक तथा बाटोमा परिचालन गरिनेछ । साउदी अरेबियाको प्रशासनले कोरोना भाइरसको महामारीको कारण हजयात्रामा आउन...