Sunday, May 31

विश्व

विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड १८ लाख नाघ्यो
विश्व, समाचार, स्वास्थ्य

विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड १८ लाख नाघ्यो

नेपाल अखबार, एजेन्सि। विश्वमा दुई करोड १८ लाख २८ हजार ९२९ जना कोरोना भाइरसबाट सङ्क्रमित बनेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जानकारी दिएको छ। संगठनकाअनुसार सोमबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ७३ हजार ११४ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ। सङक्रमित मध्ये हालसम्म एक करोड ४५ लाख ६५ हजार १७३ व्यक्ति कोरोना मुक्त भएका छन्। विश्वभरमा ६४ लाख ९० हजार ६४२ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ। सङ्क्रमितहरु मध्ये ६४ हजार ३२९ जनाको अवस्था गम्भीर रहेको जनाएको छ। चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ। डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५५ लाख ६६ हजार ६३२ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन्। यस प्रकोपका कारण अमेरिकामा १ लाख ७३...
पछिल्लो २४ घण्टामा विश्वमै धेरै संक्रमण र मृत्यु भारतमा
विश्व, स्वास्थ्य

पछिल्लो २४ घण्टामा विश्वमै धेरै संक्रमण र मृत्यु भारतमा

नेपाल अखबार, एजेन्सि । कोरोना भइरसबाट हुने संक्रमण र मृत्युमा भारतले विश्वका सबै देशलाई पछि पार्न थालेको छ। संक्रमण र मृत्युदर उच्च रहेका अमेरिका र ब्राजिललाईसमेत भारतले पछि पार्न थालेको हो। पछिल्लो २४ घण्टामा विश्वमै सबैभन्दा धेरै संक्रमित भारतमा देखिएका छन् भने ज्यान गुमाउनेको संख्या पनि भारतमा धेरै छ। पछिल्लो २४ घण्टामा संक्रमणको कारण भारतमा नौ सय ६० जनाले ज्यान गुमाएका छन्। त्यसैगरी ५८ हजार एक सय आठ जनामा संक्रमण पुष्टि भएको छ। मृत्यु र संक्रमितको यो संख्या विश्वका अन्य सबै देशको भन्दा धेरै हो। यसबीचमा संक्रमणको कारण ब्राजिलमा पाँच सय ५२ र अमेरिकामा पाँच सय २२ जनाले ज्यान गुमाएका छन्। त्यसैगरी अमेरिकामा ३६ हजार आठ सय ४३ र ब्राजिलमा २२ हजार तीन सय ६५ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणको कारण चार हजार पाँच सय २५ जनाले ज्यान गुमाएका छन् भने दुई लाख १२ ह...
न्यूजिल्याण्डकी प्रधानमन्त्रीद्वारा चुनाव स्थागित
विश्व, समाचार

न्यूजिल्याण्डकी प्रधानमन्त्रीद्वारा चुनाव स्थागित

नेपालअखबार, एजेन्सि। न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले कोरोनाभाइरस रोकथाम लागि नयाँ नीति नियमलाई तीब्र गति दिएकी छिन् । अकल्याण्डको एक इलाकामा ४९ नयाँ संक्रमित भेटिएका छन् । गत हप्ता अकल्याण्डमा नयाँ संक्रमित भेटिएका थिए । अब प्रधानमन्त्रीले अर्को महिना १० सेप्टेम्बरमा हुने आम निर्वाचनलाई चार हप्ताका लागि स्थागित गरेकी छिन् । आम निर्वाचन १७ अक्टोबरदेखि हुनेछ । प्रधानमन्त्रीले २५ हजार मतदातालाई सुरक्षित राख्नु सबैभन्दा ठूलो चुनौती भएको बताएकी छिन् । आर्डर्नले चुनाव स्थगित गर्ने निर्णय लिनेबेला आफूले मतदानका बेला मतदाता र सहभागीहरुको पारदर्शितालाई ध्यानमा राखेको बताएकी छिन् । उनले चुनावलाई थप अघि बढाउन नसकिने बताएकी छिन् । प्रधानमन्त्रीले भनिन्, ‘कोभिड अब थप केही समयका लागि हामीसँगै हुनेछ । चुनावलाई अघि बढाउँदा कोभिडको दखलको खतरा कम हुनेछैन र यसैकारण चुनाव आयोगले यस्तो तयारी गर...
कोरोना सबैभन्दा संक्रामक, एकजना बिरामीले ३.५ लाई संक्रमित बनाएः मारबर्ग सर्वाधिक घातक, ८०% बिरामीको ज्यान गयो
विश्व, स्वास्थ्य

कोरोना सबैभन्दा संक्रामक, एकजना बिरामीले ३.५ लाई संक्रमित बनाएः मारबर्ग सर्वाधिक घातक, ८०% बिरामीको ज्यान गयो

नेपाल अखबार, एजेन्सि। संसारभरी हालसम्म कोरोनाका दुई करोड बढी संक्रमित फेला परिसकेका छन् । तीमध्ये ७.५ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोना यस्तो पहिलो भाइरस हो जुन संसारको २ सय १५ देश र द्वीपमा फैलिएको छ । यसअघि कुनै पनि भाइरसको प्रकोप यति देशसम्म फैलिएको थिएन । कोरोनाद्वारा संक्रमित ३.५ प्रतिशत मानिसहरुले आफ्नो ज्यान गुमाइसकेका छन् । पछिल्लो ८ वर्षमा भाइरस संक्रमणका जति ठूलो रोग आयो त्यसमा कोरोना सबैभन्दा धेरै देशमा फैलियो । मारबर्गले ८० प्रतिशत, निपाहले ७८ प्रतिशत र कोरोनाले ३.५ प्रतिशत बिरामीको ज्यान लियोः कोरोनाको मृत्युदर अन्य संक्रमणको तुलनामा निकै कम छ । यसद्वारा संक्रमित भएका ३.५ प्रतिशत व्यक्तिको ज्यान गएको छ । मृत्युदरको मामिलामा सबैभन्दा खतरनाक भाइरस मारबर्ग थियो । यसद्वारा संक्रमित ८० प्रतिशत व्यक्तिको ज्यान गएको थियो । यस्तै निपाह भाइरसको ७८ प्रतिशत त हेन्ड्रा भाइरसका ५७ प...
अमेरिकी राष्ट्रपति ट्रम्पका भाइको निधन
विश्व, समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पका भाइको निधन

नेपाल अखबार, एजेन्सि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । न्यूयोर्कस्थित अस्पतालमा उपचारको क्रममा रोबर्टको निधन भएको हो । यसको जानकारी राष्ट्रपति ट्रम्प स्वयंले दिएका छन् । राष्ट्रपति ट्रम्प शनिबार मात्रै आफ्नो भाइलाई भेट्न अस्पताल गएका थिए । एक बयान जारी गर्दै ट्रम्पले भनेका छन्, ‘गह्रुंगो मनका साथ म तपाईंलाई यो जानकारी दिँदै छु कि मेरो भाइ रोबर्ट ट्रम्पले गएराति अन्तिम सास लियो । ऊ मेरो भाइमात्र थिएन, मेरो राम्रो साथी पनि थियो । उसको याद सधैं मेरो हृदयमा रहने छ ।’ ७२ वर्षीय रोबर्ट राष्ट्रपति ट्रम्पभन्दा दुई वर्ष कान्छा थिए र उनी रियल स्टेटको कारोबारी थिए ।...
इतिहासमा आज – मानिसको शव र गिद्धको हुलले भरिएको कोलकाता
विश्व, हाइलाइट-समाचार

इतिहासमा आज – मानिसको शव र गिद्धको हुलले भरिएको कोलकाता

नेपाल अखबार, एजेन्भासिरत स्वतन्त्रता हुनभन्दा एक वर्षअघि अर्थात् १६ अगस्त, १९४६ मा मुुस्लिम लिगले ‘सिधा कारबाही’ विद्रोह घोषणा गरेको थियो, जसअन्तर्गत कोलकातामा भीषण दंगा र नरसंहार सुरु भयो । मुुस्लमहरुका लागि पाकिस्तान नामको अलग देश स्थापना गर्नुपर्ने आफ्नो माग तत्काल स्वीकार हुनुपर्ने माग राख्दै यो विद्रोह थालिएको थियो । विद्रोह सुरु भएको ७२ घण्टाभित्रै कोलकाता, बंगाल र बिहारको सिमावर्ती क्षेत्रमा मुस्लिमहरुले भीषण दंगा सुरु गरे । मुस्लिमहरुलाई तत्काली बंगालका मुुख्यमन्त्री सोहराबर्दीले उक्साउने काम गरेका थिए । परिणाम, ७२ घण्टाभित्र ५ हजारभन्दा धेरै हिन्दु मारिए, तीस हजारभन्दा धेरैजना गम्भिर घाइते भए । ठूलो जनसंख्या घरबारविहीन भयो । कैयौँ निर्दोष हिन्दू युवती तथा महिलाहरुको सामुुहिक बलात्कार उनीहरुकै परिवारको सामुन्ने भयो । मुस्लिम लिगले यसरी हिन्दूहरुलाई मारेर आफ्नो शक्ति प्रदर्शन ग-यो ।...
रुस भन्छ : पहिलो खेपका लागि कोरोना खोप तयार पारिसक्यौं, अब छिट्टै बजारमा आउँछ
विश्व, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

रुस भन्छ : पहिलो खेपका लागि कोरोना खोप तयार पारिसक्यौं, अब छिट्टै बजारमा आउँछ

नेपाल अखबार, एजेन्सि। विश्वमा सबैभन्दा पहिले आफूले सफल कोरोना खोप बनाएको दाबी गरेको रुसले यसको पहिलो खेप उत्पादन गरिसकेको जनाएको छ। यसको केही घण्टाअघि रुसको स्वास्थ्य मन्त्रालयले आफ्नो मुलुकले कोरोना खोप उत्पादन सुरु गरेको जानकारी दिएको थियो। यही महिना (अगस्ट) को अन्त्यसम्ममा कोरोना खोप बजारमा आइसक्ने रुसले जनाएको छ। तेस्रो चरणको परीक्षण गर्नुअघि नै खोपलाई रुसी स्वास्थ्य मन्त्रालयले स्वीकृति दिइसकेको छ। तेस्रो चरणको परीक्षणमा हजारौं मानिसले खोप लगाउनेछन्। खोप उत्पादनको अनुमतिका लागि यो चरण महत्वपूर्ण मानिन्छ। रुसले खोपको नाम स्पुतनिक राखेको छ। यो विश्वमा सबैभन्दा पहिले ऊ आफैंले बनाएको उपग्रहको नाम हो। त्यसैको सम्मान खोपको नाम पनि त्यही राखेको हो। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना देशका वैज्ञानिकले बनाएका कोरोनाविरुद्धको खोप सबै दृष्टिले सुरक्षित र प्रभावकारी प्रमाणित भएको, आफ्नो छोर...
भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५० हजार नाघ्यो, कस्ताे छ पछिल्लाे अवस्था?
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५० हजार नाघ्यो, कस्ताे छ पछिल्लाे अवस्था?

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको छ। वल्र्डओमिटरले सार्वजनिक गरेको आइतबार बिहान पौने सात बजेसम्मको तथ्यांक अनुसार भारतमा संक्रमणको कारण ५० हजार ८४ जनाले ज्यान गुमाइसकेका छन्। पछिल्लो २४ घण्टामा मात्रै भारतमा संक्रमणका कारण नौ सय ५० जनाले ज्यान गुमाएका छन्। यसबीचमा झण्डै ६४ हजार नयाँ संक्रमित थपिएका छन्। नयाँ थपिएकासँगै भारतमा संक्रमितको संख्या २५ लाख ८९ हजार दुई सय आठ पुगेको छ। त्यहाँ अहिलेसम्म १८ लाख ६० हजार भन्दा धेरै संक्रमित उपचारपछि निको भएर घर फर्किका छन्। पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट पाँच हजार एक सय ४० जनाले ज्यान गुमाएका छन्। यस बीचमा दुई लाख ४७ हजार चार सय २१ जना नयाँ संक्रमित थपिएका छन्। सबैभन्दा धेरै भारतमा भण्डै ६४ हजार, अमेरिकामा ५३ हजार भन्दा धेरै, ब्राजिलमा झण्डै ३९ हजार, कोलम्बियामा साढे ११ हजार भन्दा धे...
भारतमा एकैदिनमा ५७ हजार सङ्क्रमणमुक्त
विश्व, स्वास्थ्य

भारतमा एकैदिनमा ५७ हजार सङ्क्रमणमुक्त

नेपाल अखबार , एजेन्सि। भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये एकैदिनमा ५७ हजार जना सङ्क्रमणमुक्त भएका छन् । भारतको केिन्द्रय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा सङ्क्रमणमुक्त भएकाहरुको संख्या ५७ हजार ३८१ पुगेको छ । मन्त्रालयका अधिकारीहरुले कोरानाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको संख्या पछिल्लो समय भारतमा बृद्धि हुदै गएको जनाएका छन् । सङ्क्रमणमुक्त भएकाहरु मध्ये केही अस्पतालमा उपचार गराईरहेका सङ्क्रमितहरु रहेका छन् भने केही घरमै आइसोलेसनमा बसेकाहरु रहेका छन् । भारतमा अहिलेसम्म झण्डै १८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको अधिकारीहरुले जानकारी दिएका छन् । मन्त्रालयद्धारा जारी प्रेस वक्तव्यमा १८ लाख ८ हजार ९३६ जना सङ्क्रमणमुक्त भएको उल्लेख गरिएको छ । अधिकारीहरुका अनुसार भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्य...
कोरोनालाई नाकमा नै रोक्ने इन्हेलर
विश्व, समाचार, हाइलाइट-समाचार

कोरोनालाई नाकमा नै रोक्ने इन्हेलर

नेपाल अखबार, एजेन्सि। अमेरिकी वैज्ञानिकहरुले यस्तो इन्हेलर बनाएका छन्, जसले कोरोना रोक्नमा पीपीईभन्दा बढी सुरक्षा दिनेछ । यो दाबी क्यालिफोर्निया विश्वविद्यालयकका शोधकर्ताहरुले आफ्नो अध्ययनमा गरेका छन् । यो इन्हेलरलाई ‘एरोन्याब्स’ नाम दिइएको छ जसलाई प्रयोग गर्न नाकमा स्प्रे गर्नुपर्नेछ । यो इन्हेलरमा विशेष प्रकारको न्यानोबडी रहेको छ जुन एन्टीबडीबाट तयार गरिएको हो । यो एन्टीबडी लामा र ऊँट जस्ता जनावरमा पाइन्छ जसले शरीरलाई प्रतिरोधात्मक क्षमता दिन्छ । इन्हेलरमा रहेको न्यानोबडीलाई ल्याबमा तयार गरिएको हो । यो जेनेटिकल्ली मोडिफाइड गरेर कोरोनालाई रोक्नका लागि विकसित गरिएको हो । ल्याबमा गरिएको प्रयोगका दौरान कोरोनाको संक्रमण शरीरमा फैलिनबाट रोक्न एन्टीबडीले काम गर्ने देखियो । एन्टीबडीजस्तै न्यानोबडी पनि प्रोटिनबाट बनेको हुन्छ । यो एन्टीबडीको सुक्ष्मरुप हो र यो अधिक संख्यामा बनाउन सकिन्छ । न्यानोबड...