चीनले बन्द गर्न आदेश दिएलगत्तै छेन्दुकाे अमेरिकी वाणिज्यदूतावास खाली गर्न थालियो
नेपाल अखबार, एजेन्सि। चीनको छेन्दु सहरमा रहेको अमेरिकी वाणिज्यदूतावासबाट स्थानीय कामदारहरुले अमेरिकी प्रतीक चिह्नहरु शनिबार हटाएका छन्।
एएफपीका अनुसार बेइजिङले छेन्दुस्थित वाणिज्यदूतावास बन्द गर्न आदेश दिएलगत्तै भोलिपल्ट अर्थात शनिबार दूतावासबाट ती सामान हटाउन थालिएको हो ।
अमेरिकाको ह्युस्टनस्थित चिनियाँ वाणिज्यदूतावास हटाउन अमेरिकी प्रशासनले आदेश दिएलगत्तै त्यसको बदलामा चीनले पनि छेन्दुस्थित अमेरिकी वाणिज्यदूतावास बन्द गर्न आदेश दिएको थियो । दुवै मुलुकले वाणिज्यदूतावास मार्फत एक अर्काविरुद्ध जासुसी गरेको र राष्ट्रिय सुरक्षामाथि खतरा उत्पन्न भएको आरोप लगाउँदै आएका छन् ।
चेङ्दुको अमेरिकी वाणिज्यदूतावास कहिले बन्द हुन्छ भन्नेबारेमा अझै स्पष्ट भइसकेको छैन, तर वाणिज्यदूतावासमा राखिएका प्रतीक, निशान हटाउन थालिएको एएफपीका स्थानीय समाचारदाताले बताएका छन् । अहिले त्यहाँ अमेरिकी झण्डामात्र फर्फराएक...
