गाडीमै यौनलिला गर्ने कर्मचारीलाई संयुक्त राष्ट्रसंघले गर्यो निलम्बन
नेपाल अखबार, एजेन्सि। इजरायलको तेल अभिभमा संयुक्त राष्ट्रसंघकै गाडीमा यौनलिला रचेको भिडियो भाइरल भएपछि यस घटना संलग्न भएको अभियोगमा राष्ट्रसंघले आफ्ना दुई कर्मचारीलाई बेतलबी विदामा राखेको छ ।
संयुक्त राष्ट्रसंघको नम्बर प्लेट अंकित आधिकारीक गाडीको ब्याकसिटमा रातो कपडा लगाएकी एक महिला पूरुषको काखमा बसेको भिडियो यसअघि सार्वजनिक भएको थियो ।
यस १८ सेकेन्ड लामो भिडियो सामाजिक सञ्जालमा अत्याधिक शेयर भएपछि संयुक्त राष्ट्रसंघले यसबारे छानविन सुरु गरेको थियो । संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले यस भिडियो हेरेर आफु स्तब्ध र हैरान भएको प्रतिक्रिया दिएका थिए ।
भिडियोमा देखिएका पूरुषको पहिचान भएको र उनी ईजरायलस्थित राष्ट्रसंघको सैन्य पर्यवेक्षक संस्था युएन ट्रस सुपरभिजन अर्गनाइजेशन (युएनटिएसओ) अन्तर्गतका कर्मचारी रहेको राष्ट्रसंघले जनाएको छ ।
राष्ट्रसंघका अनुसार यस घटनामा संलग्न भ...
