रुस-युक्रेन वार्ता : युद्धबन्दी रिहा गर्ने सहमत, युद्धविरामबारे थप छलफल गरिने
नेपालअखबार,इस्तानबुल । युक्रेनमा जारी युद्ध अन्त्य गर्न युक्रेनी र रुसी प्रतिनिधिमण्डलबिचको बैठक टर्कीको इस्तानबुलमा शुक्रबार सम्पन्न भएको छ।
बैठकपछि युक्रेनी रक्षामन्त्री रुस्तम उमरोभले दुवै देशले एक-एक हजार युद्धबन्दी रिहा गर्न सहमत भएको जानकारी दिए। उनले भने, ‘हामीले युद्धविराम र मानिसहरूको आदानप्रदानको विषयमा छलफल गर्यौँ। एक हजार युद्धबन्दीहरूको रिहाइको सहमति हाम्रो बैठकको परिणाम हो।’
शान्ति वार्तामा रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका भ्लादिमिर मेन्डिन्स्कीले कैदी आदानप्रदानमा भएको सम्झौताको पुष्टि गरे। उनले भने, ‘युक्रेनी पक्षले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिच प्रत्यक्ष वार्ता होस् भनेर अनुरोध गरेको छ। हामीले उनीहरूको अनुरोध रेकर्ड गरेका छौँ।’
मेन्डिन्स्कीले दुई पक्ष भविष्यको सम्भावित युद्धविरामको बारेमा आफ्नो दृष्टिकोण प्रस्...










