Tuesday, June 2

विश्व

नेपाली सेनालाई स्वर्ण पदक
प्रशासन, विश्व, समाचार

नेपाली सेनालाई स्वर्ण पदक

नेपालअखबार, काठमाडौँ । विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ गतेदेखि २५ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । संयुक्त अधिराज्य बेलायतसहित ३७ राष्ट्रका एक सय २१ अन्तर्राष्ट्रिय टोलीको त्यस अभ्यासमा सहभागिता थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको त्यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ । दुई दिनभित्र हतियारसहित करिब ५० पाउण्ड तौल बराबरका बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरीको अभ्यासमा सहभागी टोलीले गरेको लडाइ तयारी, खबर सङ्कलन तथा घाइते–बिरामीको व्यवस्थापनलगायतका दक्षता परीक्षणका आधारमा मूल्याङ्कन ...
राष्ट्रपति बने भने बलात्कारी आप्रवासीलाई मृत्युदण्डको सजाय दिन्छु : ट्रम्प
राजनीति, विश्व, समाचार

राष्ट्रपति बने भने बलात्कारी आप्रवासीलाई मृत्युदण्डको सजाय दिन्छु : ट्रम्प

नेपालअखबार,वासिङ्टन । आफू दोहोर्‍याएर राष्ट्रपति बने भने अमेरिकीहरूको बलात्कार र हत्या गर्ने आप्रवासीलाई मृत्युदण्डको सजाय दिने डोनाल्ड ट्रम्पले बताएका छन् । शुक्रबार अमेरिकाको कोलोराडोमा एउटा चुनावी र्‍यालीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले यस्तो बताएका हुन् । ल्याटिन अमेरिकी आप्रवासीहरूले कोलोराडोमा आतङ्क फैलाइरहेको भन्दै त्यस्ता आप्रवासीहरूलाई ट्रम्पले राक्षस र जनावर समेत भन्न भ्याए । आज विश्वले अमेरिकालाई आपराधिक बलले कब्जा गरिसकेको देशको रूपमा चिन्ने पनि उनले बताए । ट्रम्पले वर्तमान उपराष्ट्रपति तथा नोभेम्बर ५ मा हुने राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई समेत अपराधी भने । ह्यारिस राष्ट्रपति बनिन् भने देश ध्वस्त हुने उनले बताए । कोलोराडोमा भेनेजुएलाबाट आएका ट्रम्पले मानिसहरूलाई प्रहरीमाथि गोली चलाउने अनुमति दिइएको दाबी पनि उनले गरे । न्युयोर...
हुथी लडाकुहरूले अमेरिकी जहाजलाई निशाना बनाए
विश्व, समाचार

हुथी लडाकुहरूले अमेरिकी जहाजलाई निशाना बनाए

नेपालअखबार,बेरुत । लेबनानको राजधानी बेरुत नजिकै रहेका यमनका हुथी लडाकुहरूले रकेट र मिसाइलले दुईवटा जहाजलाई निशाना बनाएको बताइएको छ। हुथी लडाकुहरूले निशाना बनाएका दुई जहाजमध्ये एउटा अमेरिकी तेल ट्याङ्करको रूपमा पहिचान गरिएको छ। यसको नाम ‘ओलम्पिक स्पिरिट’ हो। हुथी लडाकुहरुले निशाना बनाउँदा अमेरिकी जहाज ‘ओलम्पिक स्पिरिट’ लाल सागरमा तैनाथ रहेको थियो । दोस्रो जहाज 'सेन्ट जोन' थियो जसलाई हिन्द महासागरमा हुथी लडाकुहरूले निशाना बनाएका थिए। नोभेम्बर २०२३ देखि, हुथी लडाकुहरूले कुल १ सय जहाजहरूलाई निशाना बनाएका छन्। तीमध्ये दुईवटा जहाज पनि डुबेका छन् । गाजामा इजरायलको सैन्य अभियानको बदला लिन यो आक्रमण गरिएको होउथी लडाकुहरूले बताएका छन्।...
बोइङले १७ हजार कर्मचारीलाई निकाल्ने
विश्व, समाचार

बोइङले १७ हजार कर्मचारीलाई निकाल्ने

नेपालअखबार,वासिङ्टन । हवाइजहाज निर्माण कम्पनी बोइङले आफ्ना १० प्रतिशत कर्मचारी हटाउने निर्णय गरेको छ । कम्पनीको यो निर्णयका कारण करिब १७ हजार कर्मचारीले जागिर गुमाउने छन् । बोइङको यो निर्णयले यसको उत्पादनमा पनि ढिलाइ हुनेछ। वास्तवमा, कम्पनीले हाल व्यवसायसँग सम्बन्धित धेरै समस्याहरूको सामना गरिरहेको छ। बोइङका प्रमुख कार्यकारी केली ओर्टबर्गले कर्मचारीहरूलाई पठाएको इमेलमा कार्यकारी, व्यवस्थापक र कर्मचारीको जागिर जोखिममा रहेको बताएकी छन्। बोइङले आफ्नो हतियार र सैन्य उपकरण निर्माण व्यवसायमा घाटा हुने चेतावनी पनि दिएको छ । साथै, कम्पनीले आफ्नो नयाँ प्लेन ७७७ एक्सको डेलिभरी मिति पनि थपेको छ ।बोइङले कर्मचारी हडताल र आफ्ना विमानहरूको गुणस्तरसँग सम्बन्धित समस्याहरूको सामना गरिरहेको छ।...
अमेरिकामा शताब्दीकै शक्तिशाली तुफान
विश्व, समाचार, समाज

अमेरिकामा शताब्दीकै शक्तिशाली तुफान

नेपालअखबार, काठमाडौं । अमेरिकाको फ्लोरिडासहितका क्षेत्रमा मिल्टन नाम दिइएको तुफानले आतंक फैलिएको छ । फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ बढ्दा मिल्टन तुफान अझै शक्तिशाली बनेको छ । यसलाई अमेरिकी मौसम विज्ञान अधिकारीहरुले पाँचौं श्रेणीको शक्तिशाली तुफान भनेका छन् । स्थानीयले पनि यस्तो शक्तिशाली तुफान पहिले कहिल्यै नदेखेको बताएका छन् । सम्भवतः यो शताब्दीकै शक्तिशाली तुफान हुनसक्ने अनुमान छ । यसको सबैभन्दा बढी प्रभाव पर्ने फ्लोरिडामा आपतकाल घोषणा गर्न ह्वाइहाउसले अनुमति दिइसकेको छ । मौसम प्रतिकूल हुने संकेत पाएपछि आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानहरु रद्द गरिएको छ । बुधबारका लागि निर्धारित १ हजार ५०० उडानहरु रद्द भएको बीबीसीले जनाएको छ । ह्वाइटहाउसका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि जर्मनी र अंगोलाको पूर्वनिर्धारित भ्रमण स्थगित गरेका छन् । राष्ट्रपति बाइडेनले प्रभाव...
इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी
विश्व, समाचार

इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

नेपालअखबार,वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायललाई इरानको तेल साइटहरुमा आक्रमण नगर्न सल्लाह दिँदै मध्यपूर्वमा सम्भावित युद्धबाट बच्न विश्वलाई एकिकृत गर्न खोजिरहेको बताएका छन् । ह्वाइट हाउसमा पूर्वजानकारी बिना अकस्मात आयोजित ब्रीफिंङमा बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अर्को कदमबारे निर्णय गर्दा इजरायलका लागि अमेरिकी समर्थनलाई स्मरण गर्नुपर्ने बताए । “यदि म इजरायलको ठाउँमा हुन्थे भने म तेल साइटमा आक्रमण गर्ने बाहेक अन्य विकल्पको बारेमा सोच्ने थिए”, बाइडेनले सञ्चारकर्मीलाई बताए । “इजरायलमा मङ्गलबार इरानले गरेको विशाल ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलीहरु के गर्ने, कसरी गर्ने भन्ने निष्कर्षमा पुगेका छैनन्“ उनले भने । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायलमाथि तेहरानको मिसाइल आक्रमणको प्रतिशोधमा इरानी तेल साइटहरूमा सम्भावित ...
हिजबुल्लाहले इसराइलमा हान्यो २३० क्षेप्यास्त्र
विश्व, समाचार

हिजबुल्लाहले इसराइलमा हान्यो २३० क्षेप्यास्त्र

नेपालअखबार, काठमाडौँ । हिजबुल्लाहले इसराइलमाथि २३० वटा क्षेप्यास्त्र प्रहार गरेको छ। अमेरिकी अखबार सिएनएनका अनुसार हिजबुल्लाहले बिहीबार २६० भन्दा बढी क्षेप्यास्त्र इसराइलमा प्रहार गरेको उल्लेख गरेको इसराइली अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ। हिजबुल्लाहले पनि बिहीबार दिनभरमा इसराइली सैनिक अड्डा र वस्तीहरूमा बिहीबार दिनभर ३२ अलग-अलग आक्रमण गरेको भनेको छ। दक्षिणी भूभागमा जमिनबाट पनि इसराइली सैनिकमाथि आक्रमण गरिएको उनीहरूको दाबी छ। बिहीबार हिजबुल्लाह लगायत इरान समर्थित अन्य मिलिसियाहरूले पनि इसराइलमा ड्रोन आक्रणम गरेको बताइएको छ। इसराइलले दक्षिणी इसराइलमा भएको ड्रोन आक्रमण निस्तेज पारिएको भनेको छ। यता इसराइलले पनि लेबननी भूमिमा आक्रमण जारी राखेको छ। भारी बमबारी र जमिनबाट समेत हिजबुल्लाहसँग लडसिरहेको इसराइली अधिकारीहरूले अन्तर्राष्ट्रिय अखबारहरूसँग भनेका छन्।लेबननको स्वास...
लेबनानमा हिजबुल्लाहका १५ सदस्य मारिएको इजरायली सेनाको दावी
विश्व, समाचार

लेबनानमा हिजबुल्लाहका १५ सदस्य मारिएको इजरायली सेनाको दावी

नेपालअखबार,बेरुत । इजरायलले लेबनानको बिन्त जबेल जिल्लासहित धेरै ठाउँमा आक्रमण गरेको छ । आफ्नो आक्रमणमा १५ हिजबुल्लाह सदस्य मारिएको इजरायली सेनाले जनाएको छ । ‘रातभरि उनीहरूका युद्धक विमानहरूले बिन्ट जबेलमा स्थानीय प्रशासनको भवनमा आक्रमण गरेका थिए, त्यहाँ हिजबुल्लाह लडाकुहरू बस्दै थिए, साथै ठूलो मात्रामा हिजबुल्लाह हतियार पनि थिए ।’ इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले भनेको छ । आक्रमणमा १५ हिजबुल्लाह लडाकू मारिएको आईडीएफले भनेको छ । लेबनानमा हतियार भण्डारण साइटहरू र अवलोकन पोस्टहरू सहित आईडीएफले हिजबुल्लाहका झन्डै लगभग २०० ठाउँमा प्रहार गरेको बताएको थियो । यसअघि इजरायलको सेनाले दक्षिणी लेबनानमा आफ्ना आठ सैनिक मारिएको बताएको थियो । आईडीएफले मंगलबारदेखि हिजबुल्लाह विरुद्ध जमिनबाट आक्रमण सुरु गरेको छ । अर्काेतर्फ इरान समर्थित हिजबुल्लाहले युद्धको क्रममा इजरायली ट्याङ्कहरू ध्वस्त पारेको र इजरा...
राष्ट्रसंघका महासचिवलाई इजरायल प्रवेशमा रोक
विश्व, समाचार

राष्ट्रसंघका महासचिवलाई इजरायल प्रवेशमा रोक

नेपालअखबार, काठमाडौं । इजरायलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई देशमा प्रवेश गर्न रोक लगाएको छ । राष्ट्रसंघका महासचिव गुटेरेसनलाई इजरायल प्रवेशमा प्रतिबन्ध लगाएको विदेशमन्त्री इजरेल काट्जले ट्वीटरमार्फत जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘जसले इरानले इजरायलमाथि गरेको जघन्य हमलाको प्रष्ट रुपमा निन्दा गर्न सक्दैन, उसलाई इजरायली जमिनमा पाइला राख्ने कुनै हक छैन ।’ गुटेरेसले ७ अक्टोबरमा हमासले गरेको आक्रमणको निन्दा नगरेको उनको आरोप छ । साथै हमासलाई आतंकवादी संगठन घोषणा गर्ने कुनै पहल नगरेको तथा हमास, हिज्जबुल्लाह र हुतिपछि अब इरानको तर्फबाट भएको हत्याको समर्थन गरेको काट्जले बताएका छन् । उनले भने, ‘उनलाई राष्ट्रसंघको इतिहासको दागका रुपमा याद गरिनेछ ।’ राष्ट्रसंघका महासचिव गुटेरेसको साथ विना नै इजरायलले आफ्ना नागरिकको रक्षा गर्ने उनले बताएका छन् ।...
इरानले इसराइलमा हान्यो १८० वटाभन्दा बढी मिसाइल
राजनीति, विश्व, समाचार

इरानले इसराइलमा हान्यो १८० वटाभन्दा बढी मिसाइल

नेपालअखबार,काठमाडौँ । इरानले इसराइलमाथि मिसाइल आक्रमण गरेको छ। मंगलबार इरानले इसराइली भूभागमा १८० वटाभन्दा बढी ब्यालिस्टिक मिसाइलबाट आक्रमण गरेको हो। समाचार संस्था रोयटर्सले मंगलबार इरानले इसराइलमाथि गरेको आक्रमण अहिलेसम्मकै ठूलो भनेको छ। मंगलबार साँझ स्थानीय समयमा अनुसार पौने ८ बजे जेरूसेलम, तेल अविभलगातका मुख्य सहरहरूका आकासमा मिसाइलहरू देखिएपछि लगातार साइरनको आवाज आइरहेको थियो। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले आक्रमणबाट हताहती भएको विवरण सार्वजनिक नभइसकेको बताएका छन्। इसराइलको प्रतिरक्षा प्रणाली यति बलियो छ कि इसराइली आकाशमा देखिने मिसाइलहरूलाई त्यहाँको प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरिदिन्छ। यद्यपि मंगलबार एकैचोटी ठूलो संख्यामा मिसाइल आक्रणम हुँदा केही मिसाइल जमिनमा पनि खसेको भनिएको छ। त्यसले गरेको यकिन क्षति भने सार्वजनिक भइसकेको छैन । समाचार सस्था सिएनएनले ...