ट्रम्पको प्रस्तावमाथि पुटिनले राखे यस्ता सर्त
नेपालअखबार,वासिङ्टन डीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा तत्कालै लागू हुनेगरी र पूर्ण युद्धविराम गर्नुपर्ने अमेरिकी प्रस्ताव अस्वीकार गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार पुटिनसँग फोनमा कुराकानी गरेका थिए ।यस वार्तापछि पुटिनले युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने कुरामा सहमति जनाएका छन् । तर उनले एक महिना लामो बृहत् युद्धविराममा हस्ताक्षर गर्नचाहिँ मानेनन् । साउदी अरबमा हालैको हप्तामा अमेरिका र युक्रेनी प्रतिनिधि मण्डलले ट्रम्पले पेस गरेको एक महिना लामो युद्ध विराम सम्झौतामा सहमति जनाएका थिए ।
यसमा हस्ताक्षरका लागि रुस र पुटिनलाई मनाउने जिम्मा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पलाई दिएका थिए । युक्रेनलाई दिँदै आएको विदेशी सैन्य सहायता र गुप्तचर जानकारी आदानप्रदान बन्द भए मात्र बृहत् युद्ध विराम सम्भव हुने सर्त पुटिनले ट्रम्पसामु पेस गर...










