Wednesday, June 3

विश्व

चीनमा हुवावेईको विक्री आकासियो
अर्थ, विश्व, समाचार

चीनमा हुवावेईको विक्री आकासियो

नेपालअखबार,बेइजिङ । घरेलु बजारमा चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेईको विक्री धमाधम बढिरहेको छ । त्यहाँ अमेरिकी आइफोन निर्माता कम्पनी एप्पललाई उछिनेर कम्पनी तेस्रो ठुलो स्मार्टफोन निर्माता बन्ने क्रममा छ । हालैका वर्षमा विश्व बजारमा हुवावेई अमेरिका र चीनबीच बढ्दो तनावको चपेटामा आएको थियो । तर गएको वर्षको सोही अवधिको तुलनामा यस वर्षको पहिलो त्रैमासमा घरेलु बजारमा कम्पनीको विक्री ७० प्रतिशतले बढेको बजार अनुसन्धाता संस्था काउन्टर रिसर्चले बताएको छ । सोही अवधिमा एप्पलको विक्री १९ प्रतिशत भन्दा धेरैले घटेको छ । हुवावेईको पुनरागमनले प्रिमियम सेग्मेन्टमा एप्पलको विक्रीमा नकारात्मक प्रभाव परेको काउन्टरप्वाइन्टमा वरिष्ठ अनुसन्धान विश्लेषक इभान ल्याम भन्छन् । गएको वर्ष हुवावेईले मेट ६० प्रो स्मार्टफोन लञ्च गरेको थियो । अमेरिकाले विदेशी बजारमा चिप प्रविधिमा चीनको पहुँचमा निषेध गर्न अनेकौ...
केन्यामा हेलिकप्टर दुर्घटनामा सेना प्रमुखको मृत्यु
विश्व, समाचार

केन्यामा हेलिकप्टर दुर्घटनामा सेना प्रमुखको मृत्यु

नेपालअखबार, नैरोबी । केन्याका सेना प्रमुखको मृत्यु भएको छ । देशको पश्चिम क्षेत्रमा सेनाको एउटा हेलिकप्टर दुर्घटना हुँदा विमानमा सवार सेना प्रमुख जनरल फ्रान्सिस ओमोन्दी ओगोल्लाको मृत्यु भएको बताइएको छ । सो हेलिकप्टरमा ओगोल्लासमेत अन्य ११ जना उच्च सैन्य अधिकारी सवार थिए । सवारहरूमध्ये २ जना मात्रै बाँचेका छन् । ओगोल्लालाई गएको वर्ष अप्रिलमा सेना प्रमुख नियुक्त गरिएको थियो । त्यसअघि उनले हवाई बलमा कमान्डर र रक्षा बलमा उपप्रमुखको रूपमा काम गरेका थिए । उनले सन् १९८४ को अप्रिल २४ मा केन्याको रक्षा बलमा सहभागी भएका थिए। आगामी हप्ता उनी रक्षा सेवामा छिरेको ४० वर्ष पुग्दै थियो । विमान दुर्घटनाको कारण खोज्न छानबिन भइरहेको बताइएको छ ।...
जर्जियाको संसदमा सांसदहरूबीच मुक्का हानाहान
राजनीति, विश्व, समाचार

जर्जियाको संसदमा सांसदहरूबीच मुक्का हानाहान

नेपालअखबार, एजेन्सि। जर्जियाको संसदमा सांसदहरूबीच मुक्का हानाहान भएको छ। सोमबार सत्तारूढ दल जर्जियन ड्रिम पार्टीका नेता मामुका मडिनाराड्जेले विवादास्पद विधेयक संसदमा पेश गरिरहँदा विपक्षी दलका नेता एलेको एलिसाश्विलीले मुक्का प्रहार गरेको सिएनएनले जनाएको छ। मडिनाराड्जे ‘विदेशी एजेन्ट’लाई नियमन गर्ने विधेयक रोष्ट्रममा प्रस्तुत गर्दै थिए। त्यहीबेला दौडिँदै आएका प्रतिपक्षी दलका नेता एलिसाश्विलीले उनीमाथि मुक्का प्रहार गरेका हुन्। त्यसपछि त्यहाँ हानाहानको स्थिति बनेको भिडिओ बाहिरिएको छ। सिएनएनका अनुसार उक्त विधेयकले विदेशबाट ‘फण्ड’ लिने संस्थाहरूले विदेशी एजेन्टको रूपमा दर्ता गराउनुपर्ने नभए जरिवाना तिर्नुपर्ने भनिएको छ। यस विधेयकलाई जर्जियामा रूसी विधेयक भनेर आलोचना समेत गरिएको छ। पाँच हजारभन्‍दा बढी प्रदर्शनकारीले जर्जियाको संसद भवन अगाडि प्रदर्शन गरेका थिए। मुक्का प्रहार गरे...
इजरायलमा इरानको आक्रमण, २०० भन्दा बढी मिसाइल प्रहार
विश्व, समाचार

इजरायलमा इरानको आक्रमण, २०० भन्दा बढी मिसाइल प्रहार

नेपालअखबार, काठमाडौँ । इरानले शनिबार राति इजरायलमा आक्रमण गरेको छ । इरानले आक्रमणका बेला २०० भन्दा बढी मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर इजरायली सेनाले आक्रमण ठुलो मात्रामा नभएको दाबी गरेको छ । इजरायली सेनाले इरानले आक्रमण गर्दा प्रहार गरेका मिसाइलहरू आकाशमै नष्ट गरेको जनाएको छ । इरानको मिसाइल आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रक्षात्मक र आक्रामक ढङ्गले जवाफ दिन बताएका छन् । नेतान्याहुले इजरायली पीएमओले ट्वीटरमा एक भिडियो पोस्ट गर्दै भनेका छन् ‘हामी रक्षात्मक र आक्रामक दुवै परिस्थितिका लागि तयार छौँ ।’ इजरायलको साथमा उभिएको अमेरिका, साथै बेलायत, फ्रान्स र अन्य धेरै देशहरूको समर्थनको प्रशंसा पनि उनले गरेका छन् ।इरान र  इजरायल फेरि एक पटक आमने सामने हुँदा विश्वको ध्यानाकर्षण भएको छ । अमेरिकाले इजरायली नागरिकलाई सुरक्षा दिने बताउँ...
उडिरहेको विमानको इन्जिन कभर खस्यो
विश्व, समाचार

उडिरहेको विमानको इन्जिन कभर खस्यो

नेपालअखबार, न्यूयोर्क । आकाशमा उडिरहेको समयमा साउथवेष्ट एयरलाइन्सको विमानको इन्जिन कभर खसेको छ । आइतबार ह्यूष्टनतर्फ गइरहेको बोइङ ७३७–८०० विमानको इन्जिन कभर झरेर पखेटामा अड्किएको थियो । यो घटनापछि विमानलाई डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा फर्काएर सुरक्षित रूपमा अवतरण गरिएको अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए)ले बताएको छ । यस मामिलामा एफएएले छानबिन गर्ने भएको छ । रेकर्डेड एयर ट्राफिक कन्ट्रोल अडियोमा एक जना पाइलटले कयौँ यात्री र फ्लाइट अटेन्डेन्टहरूले पङ्खामा केही वस्तुले हिर्काइरहेको चर्को आवाज सुनेको बताएका थिए । यो घटनापछि यात्रीहरू अर्को विमानमा चढेर ह्युष्टन फर्किए । उनीहरूको उडान निर्धारित समयभन्दा तीन घण्टा ढिला भएको थियो । यस घटनामा कसैलाई पनि चोटपटक नलागेको बताइएको छ । कम्पनीले यस घटनाका लागि सबै यात्रीहरूसँग माफी मागेको थियो । एयरलाइन्सको मर्मत सम्भार टोलीले विमानको चेक...
गाजामा राहत सामग्री पुर्याउन सीमासहित यी तीन मार्ग खोल्दै इजरायल
विश्व, समाचार

गाजामा राहत सामग्री पुर्याउन सीमासहित यी तीन मार्ग खोल्दै इजरायल

नेपालअखबार,  इजरायल । गाजामा थप राहत सामग्री पुर्याउन इजरायलले तीनवटा मानवीय मार्ग खोल्ने बताएको छ । युद्ध सुरु भएयता पहिलो पटक उत्तरी गाजामा इरेज गेट अस्थायी रूपमा खोलिनेछ । मानवीय सहायता सामग्री आगमन सहज बनाउन अस्दोद बन्दरगाह पनि खोलिनेछ । यसबाहेक, जोर्डनबाट गाजामा राहत सामग्री प्रवेश गराउन केरेम शालोम क्रसिङ पनि खोलिनेछ । हालै गाजामा राहत सामग्री वितरण गर्ने सात जना कामदारको मृत्यु भएपछि प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको कुराकानीपछि यो निर्णय गरिएको हो । गत सोमबार गाजामा इजरायली हमलामा खाद्य तथा परोपकारी संस्था वर्ल्ड सेन्ट्रल किचेनका सातजनाको ज्यान गएपछि संस्थाले राशन वितरणको काम रोकेको थियो । आक्रमण हुनुअघि सहायता कार्मचारीहरूले देइर अल–बालाहको एउटा गोदाममा १०० टन सामानहरू उतारेका थिए । हमला गोदामबाट साढे दुई किलोमिटर टाढा भएको थियो । द्वन्द्व सुरु भए...
ताइवानमा २५ वर्षपछि शक्तिशाली भूकम्प, ठूला भवनमा क्षति
विश्व, समाचार, समाज

ताइवानमा २५ वर्षपछि शक्तिशाली भूकम्प, ठूला भवनमा क्षति

नेपालअखबार, काठमाडौं । ताइवानमा भूकम्पबाट केही भवनहरु भत्किएका छन् । तर मानिसहरु कति हताहती भए भन्ने विवरण आउन बाँकी छ । प्रारम्भिक रिपोर्टअनुसार एक जनाको मृत्यु भएको छ भने ५० हजार जना घाइते भएका छन् । सामाजिक सन्जालहरुमा सेयर गरिएका फोटो र भिडियोहरुमा बहुतले बिल्डिङहरु भत्किएको र पहाडी इलाकामा पहिरो गएको देखिन्छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले पनि तिनै फोटो र भिडियोहरुलाई प्रयोग गरी प्राथमिकताका साथ सामाचार प्रकाशित गरेका छन् । बुधबार बिहान ताइवानको हुआलियन शहरबाट करिब १८ किलोमिटर दक्षिणतर्फ केन्द्रविन्दु भएर ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि भूकम्पका ठूला झड्का महसुस भएका थिए । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार ७.४ म्याग्निच्युडको भूकम्पपछि ६.५ म्याग्निच्युडको अर्को ठूलो धक्का महसुस भएको थियो । स्थानीयलाई करिब एक हप्तासम्म यस्तै खालका परकम्पहरु आउन सक्ने...
सिरियामा हवाई हमला, इरानका सैन्य कमाण्डरसहित ७ जना मारिए
विश्व, समाचार

सिरियामा हवाई हमला, इरानका सैन्य कमाण्डरसहित ७ जना मारिए

नेपालअखबार, काठमाडौं । सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा आक्रमण हुँदा सैन्य कमाण्डरसहित सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इरानको कुद्स फोर्सका कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी, डेपुडी ब्रिगेडिएर जनरल मोहम्मद हादी हाजी रहीमी लगायत रहेको बीबीसीले जनाएको छ । मोहम्मद रेजा जाहेदी इरानका शीर्ष कमाण्डरमध्येका एक हुन् । सोमबार भएको यो आक्रमण कसले गरेको हो भन्ने खुलेको छैन । इरान र इजरायलबीच यस प्रकारको हत्याको इतिहास भए पनि इजरायलबाट हालसम्म कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन । इजरायलको सेनाले विदेशी मिडियाको रिपोर्टमा कुनै टिप्पणी नगर्ने जनाएको बीबीसीले उल्लेख गरेको छ । सीरियाको रक्षा मन्त्रालयले आक्रमण इजरायलले गरेको जिकीर गरेको छ । इजरायली एयरक्राफ्टले गोलान हाइट्सबाट इरानको वाणिज्य दूतावासमा आक्रमण गरेको जनाएको छ । सिरियामा इरानको वाणिज्य दूता...
न्यायाधीशकी छोरीबारे पोस्ट गरेपछि फसे डोनाल्ड ट्रम्प
राजनीति, विश्व, समाचार

न्यायाधीशकी छोरीबारे पोस्ट गरेपछि फसे डोनाल्ड ट्रम्प

नेपालअखबार, वासिङ्टन डीसी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या बढिनै रहेको छ । यति बेला ट्रम्प कयौँ मुद्दामामिलाका  कारण अदालतको चक्कर काटिरहेका छन् । यस पटक भने हश मनी मामिलामा उनी समस्यामा परेका हुन् । यस मामिलामा न्यायाधीश जुआन एम मर्चनले पूर्वराष्ट्रपतिलाई अदालतमा आबद्ध कर्मचारीका परिवारका सदस्यहरूलाई निशाना नबनाउन निर्देशन दिएका थिए । तर न्यायाधीशकी छोरीलाई निशाना बनाएर सामाजिक सञ्जालमा उनीबारे झूटा दाबी गरेर ट्रम्पले ग्याग आदेश उल्लङ्घन गरेको म्यानहट्टन अभियोजकहरूले शुक्रबार भनेका छन् । अब म्यानहट्टन जिल्ला सरकारी वकिलको कार्यालयले ग्याग आदेशको दायरा स्पष्ट पार्न भनेका छन् । सजायको माग सहायक जिल्ला न्यायधिवक्ता जोशुआ स्टिङ्ग्लासले मर्चनलाई लेखेको पत्रमा अदालतका कर्मचारी वा उनीहरूका परिवारलाई सताउने खालका अभिव्यक्तिमा प्रतिबन्ध लगाउँदा ट्रम्पको अराजक अभिव्यक्तिलाई...
गाजामा तुरुन्त युद्धविराम प्रस्ताव राष्ट्रसंघको सुरक्षा परिषदबाट पास
राजनीति, विश्व, समाचार

गाजामा तुरुन्त युद्धविराम प्रस्ताव राष्ट्रसंघको सुरक्षा परिषदबाट पास

काठमाडौं । गाजामा तुरुन्त युद्धविराम गर्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदबाट पास भएको छ । लगत्तै इजरायलले आफ्नो प्रतिनिधिमण्डलको अमेरिका भ्रमण रद्ध गरेको छ । चीनले राखेको युद्धविरामको प्रस्ताव मतदानबाट टुंगो लगाइएको हो । मतदानमा अमेरिकाले भाग लिएन । तर बहुमत सदस्यहरुले युद्धविराम रोक्नुपर्ने पक्षमा मतदान गरे । यसअघि अमेरिकाले ल्याएको यस्तै एक प्रस्तावमा चीन र रुसले भिटो प्रयोग गरेर रोकेका थिए । चीनले आफूले राखेको प्रस्ताव पास भएकोमा खुसी व्यक्त गरेको छ । यसका लागि अल्जेरिया र अन्य अरब देशले कडा मिहिनेत गरेको भन्दै चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले प्रशंसासमेत गरेका छन् । गत ७ अक्टुबरमा इजरायलमाथि हमासले आक्रमण गरेपछि इजरायलले हमास नियन्त्रित गाजा क्षेत्रमा सैन्य कारबाही जारी राखेको छ । यो कारबाहीमा हालसम्म ३२ हजार २२६ जनाको मृत्यु भएको हमासद्वारा सन...