Wednesday, June 3

विश्व

आठ राज्यमा ट्रम्प विजयी, नोभेम्बरमा बाइडेनसँग प्रतिस्पर्धा निश्चित
राजनीति, विश्व, समाचार

आठ राज्यमा ट्रम्प विजयी, नोभेम्बरमा बाइडेनसँग प्रतिस्पर्धा निश्चित

नेपालअखबार, एजेन्सि ।  अमेरीकी सञ्चार माध्यमका अनुसार ट्रम्पले अलाबामा, अर्कान्सास, मेन, नर्थ क्याोलिना, ओक्लाहोमा, टेनेसी, टेक्सास  भर्जिनियामा विजय हासिल गरेका छन् । जितपछि ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म टुथमा मतदाताहरूलाई धन्यवाद समेत दिएका थिए । प्राइमरी चुनावमा डोनाल्ड ट्रम्प ६५ अंकसहित अगाडि छन् । राष्ट्रपति जो बाइडेन ट्रम्पभन्दा दुई अंक पछि छन् । नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनले डोनाल्ड ट्रम्पको सामना गर्ने लगभग पक्का देखिएको छ । अमेरिकामा राष्ट्रपति पदमा उम्मेदवारी जित्न १ हजार २१५ प्रतिनिधिको समर्थन पाउनु पर्छ । मंगलबारको नतिजा अघि नै ट्रम्पले २४४ डेलिगेटहरूको समर्थन पाएका थिए । निक्की हेलीले गत शनिबार डिट्रिक्ट अफ कोलम्बियामा प्राइमरी चुनाव जितेकी थिइन् । अमेरिकाको इतिहासमा प्राइमरी चुनाव जित्ने उनी पहिलो रिपब्लिकन महिला हुन् । सुपर मंगलबारको अहिलेसम...
४ हजार कैदी भागेपछि हाइटीमा आपत्काल घोषणा
विश्व, समाचार

४ हजार कैदी भागेपछि हाइटीमा आपत्काल घोषणा

नेपालअखबार, पोर्ट–अउ–प्रिन्स । हाइटीमा आपत्काल घोषणा गरिएको छ । राजधानीमा रहेको देशकै प्रमुख जेलमा कम्तिमा १२ जनाको हत्या भएको र ४ हजारभन्दा धेरै बन्दीहरू भागेको घटनापछि आइतबार ७२ घण्टाको लागि आपत्काल लगाइएको हो । सप्ताहन्तमा एउटा सशस्त्र समूहले राजानी पोर्ट–अउ–प्रिन्समा रहेको मुख्य जेलमा हमला गरेका थिए । यो घटनापछि हाल विदेश भ्रमणमा रहेका प्रधानमन्त्री एरियल हेनरीको राजीनामा मागिएको छ । प्रधानमन्त्रीको राजीनामा माग्ने सशस्त्र समूहले जेललाई आफ्नो नियन्त्रणमा लिएको बताइएको छ । सप्ताहन्तमा राजधानी र नजिकै रहेको दुई जेलमा आक्रमण भएको सरकारी विज्ञप्तिमा भनिएको छ । सोको प्रतिक्रियामा सरकारले कर्फ्यु लगाएको थियो । पोर्ट–अउ–प्रिन्समा थुनामा रहेकाहरुमा सन् २०२१ मा राष्ट्रपति जोभेनल मोइजको हत्यामा संलग्न सशस्त्र समूहका सदस्यहरु पनि थिए । केन्याको नेतृत्वमा बहुराष्ट्रिय सुरक्षा बल हाइटीमा ल्या...
३० वर्षका भए जस्टिन बिबर : उनको नाममा ३९ विश्व कीर्तिमान, पागलखानामा बस्नु परेको थियो आमा
मनोरञ्जन, विश्व, समाचार

३० वर्षका भए जस्टिन बिबर : उनको नाममा ३९ विश्व कीर्तिमान, पागलखानामा बस्नु परेको थियो आमा

नेपालअखबार, एनेन्सि । अन्तर्राष्ट्रिय पप आइकन जस्टिन बिबर ३० वर्ष पुगेका छन् । जस्टिन गीत ‘बेबी’ बाट चर्चाको शिखरमा पुगेका थिए । २० वर्षको उमेरमा ग्रामी अवार्ड जितेका उनले ३९ वटा विश्व कीर्तिमान बनाएका छन् । तर, उनको बाल्यकाल र व्यक्तिगत जीवन भने निकै पीडादायी थियो । उनकी आमा लागु औषध दुर्व्यसनी थिइन्, जसले डिप्रेसनका कारण आत्महत्या गर्न ट्रकको अगाडि हाम फालेकी थिइन् । उनको ज्यान जोगियो, तर उनलाई मानसिक अस्पतालमा राखियो। त्यहाँ छाडेपछि उनले १८ वर्षको उमेरमा जस्टिनलाई जन्म दिइन् । जस्टिन बिबरकी आमा प्याटी मेलेट ३ वर्षकी थिइन् जब उनी पहिलो पटक यौन दुर्व्यवहारको शिकार भएकी थिइन् । उनी १४ वर्षको हुँदासम्म धेरै पटक शारीरिक दुर्व्यवहारको शिकार बनिन् । १५ वर्षकी थिइन् जब उनी बलात्कारको शिकार भइन् । यही कारण उनी सानैदेखि लागुऔषधको लतमा फसेकी थिइन् । लगातार लागुऔषध सेवनका कारण उनको मा...
राहत पर्खिरहेका प्यालेस्टिनी नागरिकमाथि गोलाबारी, कम्तीमा ११२ जनाको मृत्यु, ७६० जना घाइते
विश्व, समाचार

राहत पर्खिरहेका प्यालेस्टिनी नागरिकमाथि गोलाबारी, कम्तीमा ११२ जनाको मृत्यु, ७६० जना घाइते

नेपालअखबार, एजेन्सि । उत्तरी गाजामा राहत सामग्रीको पर्खाइमा रहेका कम्तीमा ११२ प्यालेस्टिनी नागरिकहरू बिहीबार मारिएका छन् । गाजा सहरमा उपस्थित एक पत्रकारका अनुसार मानिसहरू सहायता सामग्री सङ्कलन गर्न आएका थिए । त्यति नै बेला इजरायली ट्याङ्कहरूले उनीहरूमाथि गोली चलाउन थाले। यस घटनामा करिब ७६० जना घाइते भएका छन् । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले यसका लागि इजरायली सेनालाई जिम्मेवार ठहर गरेको छ ।  इजरायली सेनाले भने एक विज्ञप्तिमा ट्याङ्कहरूले चेतावनीमूलक गोली मात्र चलाएको तर राहत सामग्रीले भरिएका ट्रकहरूमा आक्रमण नगरेको बताएको छ। इजरायली सेनाले राहत सामग्री बोकेको ट्रकले किचेर धेरै मानिसको मृत्यु भएको दाबी गरेको छ । हमासले इजरायलको यो दाबी अस्वीकार गरेको छ ।घटनापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले अब गाजामा सेनाले आकाशबाट खाद्यान्न खसाल्ने घोषणा गरेका छन् । अमेरिकी सेनाले यसरी गाजामा खाद...
विश्व बैंकले नेपाललाई २०० मिलियन डलर सहयोग गर्ने
अर्थतन्त्र, विश्व, समाचार

विश्व बैंकले नेपाललाई २०० मिलियन डलर सहयोग गर्ने

नेपालअखबार, काठमाडौँ । विश्व बैंकले नेपाललाई दुई वटा कार्यक्रम सञ्चालनका लागि २०० मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ । विश्व बैंकको सञ्चालक समितिले नेपालमा दुई वटा आयोजना सञ्चालनका लागि २०० मिलियन अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको हो । यससँगै, विश्व बैंकबाट नेपालमा हरित अर्थतन्त्र निर्माणका लागि लचिलो र समावेशी विकासका लागि प्रयोग हुनेछ । यसबाहेक, प्रदेश र स्थानीय तहसम्म फैलिएका सडक सञ्जाललाई गुणस्तरीय र भरपर्दो बनाउनका लागि प्रयोग हुने विश्व बैंक नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘विश्व बैंक नेपालमा इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसन (आईडीए)मार्फत हरित अर्थतन्त्र विकास र समावेशी विकासका लागि सँधै तत्पर छ,’ नेपाल, मालदिभ्स र श्रीलंका हेर्ने विश्व बैंकका कन्ट्रि डाइरेक्टर फरिस हदाद–जेरभसले भने । छुट्याइएको २०० मिलियनमध्ये १०० मिलियन अमेरिकी डलर जलवायु अनुकूल पूर्वाधार निर्मा...
अमेरिकाद्वारा हुथी विद्रोहीको क्षेप्यास्त्र नष्ट
विश्व, समाचार

अमेरिकाद्वारा हुथी विद्रोहीको क्षेप्यास्त्र नष्ट

नेपालअखबार, एजेन्सि। अमेरिकी सेनाले यमनमा हुथी विद्रोहीको स्थानमा फेरि आक्रमण गरेको जनाएको छ । अमेरिकी सेनाले सातवटा मोबाइल एन्टी-शिप मिसाइलहरू नष्ट गरेको दाबी गरेको हो । गाजामा द्वन्द्व सुरु भएदेखि यमनका हुथी विद्रोहीहरूले इजरायल र उसका सहयोगीहरूका जहाजहरूलाई निशाना बनाउँदै आएका छन्। हुथी विद्रोहीको आक्रमण रोक्न अमेरिकाले यमनमा कैयौँ हवाई आक्रमण गरेको छ । अमेरिकाको सेन्ट्रल कमाण्डले नष्ट भएका मिसाइलहरू लाल सागरमा यात्रा गर्ने जहाजका लागि खतरा भएको र जुनसुकै बेला आक्रमण गर्न सक्ने बताएको छ । बिहीबार हुथी विद्रोहीहरूले बेलायतसँग सम्बन्धित तेल बोकेको कार्गो जहाजलाई निशाना बनाएका थिए । आक्रमणपछि यस जहाजबाट तेल चुहिरहेको छ। यो तेल फैलिएपछि समुन्द्रमा ३० किलोमिटर लामो तेलको तह बनेको छ । केही दिनयता लाल सागरमा हुथी विद्रोहीले अमेरिकी युद्धपोतलाई निशाना बनाएका छन् ।...
किसान आन्दोलनका सामग्री पोष्ट गर्ने १०० बढी एक्स अकाउन्ट भारतमा ब्लक
कृषि, विश्व, समाचार

किसान आन्दोलनका सामग्री पोष्ट गर्ने १०० बढी एक्स अकाउन्ट भारतमा ब्लक

ने पालअखबार,काठमाडौं । भारत सरकारले किसान आन्दोलनका फोटो र भिडियो शेयर गर्ने अकाउन्ट बन्द गर्न सामाजिक सन्जाल एक्सलाई आदेश दिएको छ । भारत सरकारले कानुनी व्यवस्थाको विरुद्ध रहेको भन्दै किसान आन्दोलनका सामग्री पोष्ट गर्ने अकाउन्टलाई ब्लक गर्न भनेको हो । भारतको सूचना प्रविधि मन्त्रालयले १७७ अकाउन्टलाई अस्थायी रुपमा ब्लक गर्न एक्सलाई भनेको समाचार एजेन्सी पीटीआईले स्रोतलाई उद्धृत गर्दै लेखेको छ । भारत सरकारले बन्द गर्नुपर्ने भनेर उपलब्ध गराएका अकाउन्टहरुलाई भारतमा मात्र बन्द गरिएको सामाजिक सन्जाल एक्सले जनाएको छ । त्यसको जानकारी सम्बन्धित प्रयोगकर्तालाई दिइसकेको एक्सले जनाएको छ । एक्सको विश्व मामिला हेर्ने ‘ग्लोबल गभर्नमेन्ट अफेयर्स’ले आफ्नो अकाउन्टमार्फत् सूचना जारी गरी उक्त जानकारी दिएको हो । ‘भारत सरकारले एक्सका केही अकाउन्ट र पोष्ट ब्लक गर्न भनेको छ । तर अभिव्यक्ति स्वतन्त्रताका...
भारतीय किसानको उद्घोष- सास रहेसम्म डटिरहन्छौं
कृषि, विश्व, समाचार, समाज

भारतीय किसानको उद्घोष- सास रहेसम्म डटिरहन्छौं

नेपालअखबार, पन्जाब। अमृतसर पञ्जाबकी ५५ वर्षीया गुरमित कौर किसान आन्दोलनको झण्डा बोकेर पछिल्लो सात दिनदेखि सिंधू बोर्डरमा प्रदर्शन गरिरहेकी छन् । घरबाट चार जना सदस्यसहित राजधानी दिल्ली जाऔं अभियानमा सहभागी भएको बताउने उनी आन्दोलन सफल नबनाई घर नफर्किने पक्षमा छिन् । उत्तरप्रदेशका अर्का किसान कुलदीप सिंह सन्धु पनि सरकारले किसानका माग सम्बोधन गर्नुपर्ने मागसहित दिल्ली जाऔं यात्रामा सहभागी छन् । यसपटकको आन्दोलन सफल बनाएरै छाड्ने बताउँदै उनी भन्छन्, ‘हामी घरबाट कफन बाँधेर आन्दोलनमा आएका छौं । अन्तिम सास रहुन्जेल डटिरहने छौं ।’ हरियाणाका युवा किसान धर्मवीर ढिंढसा पनि घर छाडेर आन्दोलनमा होमिएको एक हप्ता भइसकेको छ । सरकारको किसानमारा नीतिका कारण खेत खलियान छाडेर सडकमा आउन बाध्य भएको उनी बताउँछन् । ‘सरकारले जबरजस्ती जग्गा हडपेको छ । किसानहरुको उत्पादनको उचित मूल्य पनि दिएको छैन, किसानहरु कर्जा...
अफगानिस्तानमा पहिरोमा परी २५ जनाको मृत्यु
विश्व, समाचार

अफगानिस्तानमा पहिरोमा परी २५ जनाको मृत्यु

नेपालअखबार, काबुल । पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तको नोर्गाराम जिल्लामा आइतबार पहिरो जाँदा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै दश जना घाइते भएको स्थानीय प्रशासक कारी हबिबुल्लाह साबिरले सोमबार बताएका छन् । अधिकारीका अनुसार आइतबार राति नोरगरम जिल्लाको तातिन दारा क्षेत्रमा भारी वर्षा र हिउँ परेपछि भएको दुर्घटनामा महिला तथा बालबालिकालगायतका धेरै व्यक्ति परेका छन् । उनीहरूका अनुसार उद्धार कार्य जारी छ । पहिरोका कारण कम्तीमा २० वटा घरहरू क्षतिग्रस्त भएका छन् । घटनाको पुष्टि गर्दै राष्ट्रिय विपद् अधिकारीका प्रवक्ता मुल्लाह जानान स्याकले दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या परिवर्तन हुनसक्ने बताए । राजधानी सहर काबुलसहित अफगानिस्तानका केही भागहरूमा आइतबार दिउँसोदेखि वर्षा र हिमपात भइरहेको छ । -(रासस/सिन्ह्वा)...
पपुवा न्युगिनीमा ६४ जनाको गोली हानी हत्या
विश्व, समाचार

पपुवा न्युगिनीमा ६४ जनाको गोली हानी हत्या

नेपालअखबार, एन्गा । पपुवा न्यू गिनीको दुर्गम पहाडी क्षेत्रमा कम्तीमा ६४ जनाको हत्या भएको छ । त्यहाँको प्रहरी प्रवक्ताले बीबीसीलाई बताएअनुसार सप्ताहन्तमा एन्गा प्रान्तमा आदिवासी विवादका क्रममा मानिसहरूलाई गोली हानी मारिएको थियो । पहाडी क्षेत्रको इतिहास हिंसायुुक्त छ । यो सामूहिक गोलीकान्डलाई पछिल्ला केही वर्षयताकै सबैभन्दा ठुलो हिंसा मानिएको छ । यहाँ अवैध हतियारको संख्या बढेको छ । यो यस क्षेत्रमा हिंसा बढ्नुको प्रमुख कारण पनि यही हो । प्रहरीले राजधानी पोर्ट मोरेस्बीबाट करिब ६०० किलोमिटर उत्तरपश्चिमको वाबाग सहर नजिकै रहेको घटनास्थलमा शव संकलन गर्न थालेको छ । अष्ट्रेलियाली ब्रोडकास्टिङ कर्पाेरेशन (एबीसी)का अनुसार रोयल पपुवा न्यू गिनी कन्स्टेबुलरीका कार्यवाहक सुपरिटेन्डेन्ट जर्ज काकासले भने, ‘मैले इन्गामा कहिल्यै हिंसा देखेको छैन, सम्भवतः सम्पूर्ण हाईल्याण्ड्समा सबैभन्दा खराब हो ।’ ‘हामी...