Wednesday, June 3

विश्व

पपुवा न्युगिनीमा ६४ जनाको गोली हानी हत्या
विश्व, समाचार

पपुवा न्युगिनीमा ६४ जनाको गोली हानी हत्या

नेपालअखबार, एन्गा । पपुवा न्यू गिनीको दुर्गम पहाडी क्षेत्रमा कम्तीमा ६४ जनाको हत्या भएको छ । त्यहाँको प्रहरी प्रवक्ताले बीबीसीलाई बताएअनुसार सप्ताहन्तमा एन्गा प्रान्तमा आदिवासी विवादका क्रममा मानिसहरूलाई गोली हानी मारिएको थियो । पहाडी क्षेत्रको इतिहास हिंसायुुक्त छ । यो सामूहिक गोलीकान्डलाई पछिल्ला केही वर्षयताकै सबैभन्दा ठुलो हिंसा मानिएको छ । यहाँ अवैध हतियारको संख्या बढेको छ । यो यस क्षेत्रमा हिंसा बढ्नुको प्रमुख कारण पनि यही हो । प्रहरीले राजधानी पोर्ट मोरेस्बीबाट करिब ६०० किलोमिटर उत्तरपश्चिमको वाबाग सहर नजिकै रहेको घटनास्थलमा शव संकलन गर्न थालेको छ । अष्ट्रेलियाली ब्रोडकास्टिङ कर्पाेरेशन (एबीसी)का अनुसार रोयल पपुवा न्यू गिनी कन्स्टेबुलरीका कार्यवाहक सुपरिटेन्डेन्ट जर्ज काकासले भने, ‘मैले इन्गामा कहिल्यै हिंसा देखेको छैन, सम्भवतः सम्पूर्ण हाईल्याण्ड्समा सबैभन्दा खराब हो ।’ ‘हामी...
रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नीको जेलभित्रै मृत्यु
राजनीति, विश्व, समाचार

रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नीको जेलभित्रै मृत्यु

नेपालअखबार, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको जेलभित्रै मृत्यु भएको छ । उनको मृत्यु रूसको सबैभन्दा कठोर मानिने जेल आर्क्टिक सर्कलमा भएको बीबीसीले जनाएको छ । विभिन्न अभियोगमा १९ वर्षको जेल सजायँ सुनाइएका नाभाल्नीलाई एक वर्ष अघिमात्र स्थानान्तरण गरेर त्यहाँ ल्याइएको थियो । ४७ वर्षीय नाभाल्नीको मृत्युको कारण खुलेको छैन । जेल प्रशासनले उनी शुक्रबार अचेत भएको र उपचार गर्दा पनि बचाउन नसकिएको जनाएको छ । उनको मृत्युको जानकारी पुटिनलाई दिइसकिएको छ । नाभाल्नीका वकिलले भने यसबारे सञ्चारमाध्यमलाई प्रतिक्रिया दिन नमानेको बीबीसीले जनाएको छ । नाभाल्नी सन् २०२० को अगस्टमा विष हमलामा परेका थिए । हवाईजहाज चढेर साइबेरियाबाट मस्को जाने क्रममा स्नायुमा असर गर्ने नोविचोक नामको विष झुक्याएर खुवाइएको थियो । उनी हवाईजहाज भित्र एक्कासी बिरामी परेपछि आपत्‌काली...
गाजामा मृत्यु हुने प्यालेस्टाइनीक सङ्ख्या २८ हजार ७७५ पुग्यो
विश्व, समाचार

गाजामा मृत्यु हुने प्यालेस्टाइनीक सङ्ख्या २८ हजार ७७५ पुग्यो

नेपालअखबार, गाजा । गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २८ हजार ७७५ पुगेको छ भने अन्य ६८ हजार ५५२ जना घाइते भएको  हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा ११२ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । साथै  उक्त आक्रमणबाट अन्य १ सय ५७ जना घाइते भएका छन्। प्यालेस्टिनी चिकित्सा स्रोतहरूले सिन्ह्वालाई बताए अनुसार गाजाको दक्षिणी शहर रफाहमा इजरायली हवाई आक्रमणमा कम्तीमा ११ प्यालेस्टाइनीको मृत्यु भएको छ । यसैबीच, मन्त्रालयले इजरायली सेनाले आक्रमण गरेपछि गाजा पट्टीको दक्षिणमा रहेको खान युनिसको नासेर अस्पतालमा अक्सिजन आपूर्ति रोकिएको र बिजुली समेत अवरुद्ध हुँदा ४ जना प्यालेस्टिनी बिरामीको मृत्यु भएको जनाएको छ । यसैबीच दुई जना महिलाले "बिजुली, पानी, खाना लगा...
पुटिनका कट्टर आलोचक नभाल्नीको मृत्यु
राजनीति, विश्व

पुटिनका कट्टर आलोचक नभाल्नीको मृत्यु

नेपालअखबार, काठमाडाैं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एलेक्सी नभाल्नीको मृत्यु भएको छ। रूसको जेलमा रहेका ४७ वर्षीय नभाल्नीको शुक्रबार मृत्यु भएको रूसी समाचार संस्था तासले कारागार प्रशासनलाई उदृत गर्दै लेखेको छ। १९ वर्षको जेल सजाय पाएका नभाल्नीलाई संसारकै कठोर जेलमध्ये एक मानिने आर्कटिक सर्कल जेलमा राखिएको थियो। यामालो निनेट्स जिल्‍लामा रहेको उक्त जेल प्रशासनले उनलाई केही असहज महसुस भएको र एक्कासि होस गुमाएको बताएको छ। उक्त घटना हुँदा चिकित्सकको टोलीले उपचारका लागि प्रयास गर्दा पनि नसकेको विज्ञप्तिमा भनिएको छ। उनको मृत्युको यकिन कारण खुलिसकेको छैन। नभाल्‍नीका वकिल लिओनिड सोलोभ्योभले यसबारे तत्काल कुनै प्रतिक्रिया नजनाउने बताए। उनको मृत्युबारे पुटिनलाई समेत ब्रिफिङ भइसकेको क्रिमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले बताए। पूर्वअधिवक्ता समेत रहेका नभाल्नी पुटिनका...
आजदेखि विश्व सामाजिक मञ्चको सम्मेलन, ९२ मुलुकका करिब ४० हजार सहभागी हुने
विश्व, समाचार

आजदेखि विश्व सामाजिक मञ्चको सम्मेलन, ९२ मुलुकका करिब ४० हजार सहभागी हुने

नेपालअखबार, काठमाडाैं। ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आजदेखि यहाँ सुरू हुने  विश्व सामाजिक मञ्चको १६ औँ संस्करणमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने भएको छ। सम्मेलनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार भेटघाटमा हालसम्म अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासङ्घ एशिया प्रशान्त क्षेत्रका महासचिव सोया योसिदा, भारतका मानव अधिकारकर्मी तथा नर्मदा वचाओ आन्दोलनका अभियन्ता मेधा पाटकर, ल्याटिन अमेरिकाका सामाजिक अभियन्ता अलेदा ग्वेभेरालगायत अतिथि वक्ता सहभागी हुने आयोजकले जनाएको छ। सम्मेलनमा एक हजार दुई सय ५२ संस्थाका तर्फबाट १३ मूलविधामा आधारित भएर चार सय कार्यक्रम दर्ता भएका छन्। विश्वका सीमान्तकृत समुदाय र वर्गको आवाज उठाइने सम्मेलनमा विद्यमान विश्व व्यवस्थाले अङ्गीकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभावबारे आलोचनात्मक बहस हुनेछ । सम्मेलनमा आर्थिक असमानता र आर्थिक ...
राष्ट्रपति सीले भ्रष्टाचारविरुद्ध पार्टीभित्र चलाइरहेछन् अनवरत अभियान
राजनीति, विश्व, समाचार

राष्ट्रपति सीले भ्रष्टाचारविरुद्ध पार्टीभित्र चलाइरहेछन् अनवरत अभियान

नेपालअखबार, काठमाडाैं। भ्रष्टाचारविरुद्धको अभियानमा चिनियाँ राष्ट्रपति सी जिनपिङ निकै कठोर छन् । यस अभियान अन्तर्गत उनले बैंकका उच्च तहका अधिकारीदेखि सम्भ्रान्त परमाणु रकेट फौजका अधिकारीसम्मलाई कारबाही गरिसकेका छन् । कतिपय सोध्छन् -सीको यो अभियान कहिले अन्त्य होला ? सीका निम्ति यस अभियान शासन प्रणालीको केन्द्रीय मुद्दा बनिसकेको छ ।  आफ्नो दृष्टिकोण अनुसार शासन सञ्चालनमा अवरोध पुर्‍याउन खोज्नेहरुलाई सीले यसै अभियानको सहारामा कारबाही गरेको आरोप पनि उत्तिकै लाग्ने गरेको छ । कतिपयले  सीलाई स्टालिन भनिदिन्छन् । भ्रष्टाचारबारे सी वास्तवमै गम्भीर रहेको र अभियान मार्फत उनले राजनीतिक उपलब्धि हासिल गर्न खोजेको कतिपयको बुझाइ छ । जर्जिया स्टेट युनिभर्सिटीमा चिनियाँ अध्ययन विभागका प्रमुख एन्ड्रु विडम्यानले बीबीसीसँग भनेका छन्, ‘उच्च तहको भ्रष्टाचारलाई लिएर सीमा केही संशय होला तर उनको त्रास भने भ्...
अपराधीलाई आममाफी दिएपछि विरोध, हंगेरीका राष्ट्रपतिद्वारा राजीनामा
राजनीति, विश्व, समाचार

अपराधीलाई आममाफी दिएपछि विरोध, हंगेरीका राष्ट्रपतिद्वारा राजीनामा

नेपालअखबार, बुडापेस्ट । हंगेरीका राष्ट्रपति क्याटालिन नोभाकले बाल यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर भएका व्यक्तिलाई माफी दिएकोमा खेद प्रकट गर्दै राजीनामा दिएकी छन् । गत हप्ता राष्ट्रपति नोभाकले सरकारी बाल गृहका निर्देशकविरुद्ध यौन दुर्व्यवहारको आरोप फिर्ता लिन बालबालिकालाई दबाब दिने एक व्यक्तिलाई माफी दिएको खुलासा भएको थियो । उनको निर्णयको हंगेरीमा विरोध बढ्दै गएको थियो र उनको राजीनामाको माग भइरहेको थियो। नोभाकले टिभीमा प्रत्यक्ष प्रशारण मार्फत आफ्नो निर्णयप्रति खेद प्रकट गर्दै यो माफी दिँदा आफूले गल्ती गरेको बताइन् । माफीको यो निर्णयलाई अनुमोदन गर्ने तत्कालीन न्यायमन्त्री जुडित वर्गाले प्रधानमन्त्री भिक्टर ओर्बानको पार्टीको तर्फबाट युरोपेली चुनावको अभियानबाट फिर्ता भएको घोषणा गरेका छन् । गत वर्ष अप्रिलमा पोप फ्रान्सिस हंगेरी आएपछि राष्ट्रपति नोभाकले २५ जनाको सजाय माफ गरेकी थिइन् ...
पाकिस्तानमा आज आम निर्वाचन
राजनीति, विश्व, समाचार

पाकिस्तानमा आज आम निर्वाचन

नेपालअखबार,काठमाडौं । कडा सुरक्षा प्रबन्धका बीच पाकिस्तानमा आज आम निर्वाचन हुँदै छ । मतदान आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुने छ । मतदानको पूर्वसन्ध्यामा बलुचिस्तान प्रान्तका दुई स्थानमा भएका बम विष्फोटमा कम्तिमा २३ जनाको मृत्यु भएको छ । हिंसात्मक घटनाका कारण निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गराउन सेना, प्रहरी र निर्वाचन आयोगलाई चुनौतीपूर्ण हुने ठानिएको छ । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षाकर्मीहरुसहित ६ लाख ५० हजार जनालाई परिचालन गरिएको रेडियो पाकिस्तानले जनाएको छ । पाकिस्तान निर्वाचन आयोगका अनुसार कूल १२ करोड ८५ लाख ८५ हजार ७६० जना मतदाता छन् । मतदानका लागि ९ लाख भन्दा बढी मतदान केन्द्र बनाइएको छ । निर्वाचन आयोगका अनुसार ४४ हजार मतदान केन्द्र सामान्य छन् । २९ हजार ९८५ मतदान केन्द्र संवेदनशील र १६ हजार ७६६ मतदान केन्द्र अति संवेदनशील घोषणा गरिएको छ । ...
इमरान खानलाई तोकियो तेस्रो पटक जेल सजाय
विदेश, विश्व, समाचार

इमरान खानलाई तोकियो तेस्रो पटक जेल सजाय

नेपालअखबार, एजेन्सि। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गैरइस्लामिक विवाह गरेको भन्दै अदालतले सात वर्ष जेल सजाय सुनाएको छ। रावलपिण्डीस्थित अडियाला जेलभित्रै शनिबार सुनुवाइ गर्दै अदालतले सन् २०१८ मा खानले बुशरा बिबीसँग गरेको विवाह गैरइस्लामिक र गैरकानुनी ठहर गर्दै दुवै जनालाई सात वर्ष जेल सजाय सुनाएको बिबिसीले जनाएको छ। खानविरूद्ध जेल सजाय सुनाएको यो तेस्रो फैसला हो। यो मुद्दामा भने बिबीका पूर्वश्रीमानले विवाह गैरइस्लामिक भएको भन्दै उजुरी दिएका थिए। मुस्लिम समुदायमा श्रीमानसँग डिभोर्स भएको वा श्रीमानको मृत्यु भएको केही महिनासम्म महिलाले विवाह गर्न रोक लगाएको बिबिसीले समाचारमा उल्लेख छ। इजलासले सुनुवाइको क्रममा बिबीले डिभोर्स गरेपछि तोकिएको समय नसकिँदै खानसँग विवाह गरेको पाइएको थियो। यस कसुरमा सात वर्ष जेलसँगै ५ लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तोकिएको छ। गत बुधबार नेश...
चिलीमा डढेलो, कम्तीमा ४६ जनाको मृत्यु
विश्व, समाचार

चिलीमा डढेलो, कम्तीमा ४६ जनाको मृत्यु

नेपालअखबार, चिली । चिलीका राष्ट्रपति गेब्रियल बोरिकले मध्य चिलीको भल्पराइसो क्षेत्रको जंगलमा जारी आगलागीमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।उनले मृतकको संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरेका हुन् । अधिकारीहरूका अनुसार आगलागीबाट समुद्री किनारको पर्यटक सहर भिना डेल मार वरपरका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन्। राहत र उद्धार टोलीका कर्मचारी प्रभावित क्षेत्रमा पुग्न संघर्ष गरिरहेका छन् । भिना डेल मार सहरका मेयरले सहरका २०० भन्दा बढी बासिन्दा बेपत्ता भएको बताएका छन् । गृह मन्त्रालयका अनुसार यस आगलागीबाट देशभर ४३० वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफल प्रभावित भएको छ । सामान्यभन्दा बढी गर्मी र तेज हावाका कारण आगलागी भएको हो ।...