Tuesday, June 30

विश्व

पत्नीसँग छुट्टिए क्यानडाका प्रधानमन्त्री ट्रुडो
विश्व, समाचार

पत्नीसँग छुट्टिए क्यानडाका प्रधानमन्त्री ट्रुडो

नेपालअखबार, एजेन्सि।  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफी ग्रेगोयरले १८ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुंग्याएका छन्। ५१ वर्षीय ट्रुडो र ४८ वर्षकी सन् २००५ मा विवाह गरेका थिए। ‘धेरै अर्थपूर्ण र कठिन कुराकानी गरेपछि सोफी र म तपाईंहरूलाई  भन्न चाहन्छौं, हामीले छुट्टिने निर्णय गर्‍यौं,’ प्रधानमन्त्री ट्रुडोले आफ्नो इन्स्टाग्राममा लेखेका छन्। सोफीले पनि यस्तै स्टाटस आफ्नो इन्स्टाग्राममा राखेकी छन्। ट्रुडो सन् २०१५ मा ४३ वर्षको उमेरमा क्यानडाको प्रधानमन्त्री बनेका थिए। उनीहरूको वैवाहिक सम्बन्ध केही वर्षदेखि नाजुक अवस्थाबाट गुज्रिरहेको थियो। ट्रुडो र सोफीका तीन सन्तान छन्। छुट्टिएपछि सोफी ओटावामा छुट्टै ठाउँ बस्ने छिन् तर  छोराछोरीका लागि उनले प्रधानमन्त्रीको सरकारी निवासमा पनि केही समय बिताउने बताइएको छ। ट्रुडोका लागि यो सम्बन्धविच्छेद इतिहासको पुनरावृत्ति प...
अमेरिका भ्रमणका लागि चिनियाँ विदेशमन्त्रीलाई निम्तो
राजनीति, विश्व, समाचार

अमेरिका भ्रमणका लागि चिनियाँ विदेशमन्त्रीलाई निम्तो

नेपालअखबार, काठमाडाैं ।  चीनको विदेश मन्त्रीमा पुन: नियुक्त भएका वाङ यीलाई अमेरिकाले वासिंटन भ्रमणका लागि आमन्त्रण गरेको छ । दुई देशबीचको सम्बन्धमा चिसोपना कायमै रहेको समयमा अमेरिका र चीनका उच्च तहका अधिकारीहरुबीच भेटवार्ताको श्रृंखला बढिरहेको छ । अमेरिकाको विदेश मन्त्रालयले वाङ् यीले निमन्त्रणलाई स्वीकार गर्ने बताएपनि उनको भ्रमणको यकिन मिति भने बताएको छैन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले गत महिना चीन पुगेको समयमा तत्कालीन विदेशमन्त्री क्वी गाङलाई अमेरिका भ्रमणको निम्तो दिएका थिए । विदेशमन्त्रीको जिम्मेवारी क्वीनबाट खोसेर वाङलाई दिएसँगै उनैलाई निमन्त्रणा दिइएको विदेश मन्त्रालयले जनाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनबाट विदेशमन्त्रालयको जिम्मेवारी तोकिएका क्वीको जिम्मेवारी सात महिनापछि खोसिएको हो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेने वाङसँग दुई साताअघि भएको आ...
बेइजिङमा पर्‍यो १४० वर्षमै नपरेको पानी, कम्तीमा २० जनाको मृत्यु
विश्व, समाचार

बेइजिङमा पर्‍यो १४० वर्षमै नपरेको पानी, कम्तीमा २० जनाको मृत्यु

नेपालअखबार,  एजेन्सि। चीनको राजधानी बेइजिङमा गत शनिबारदेखि लगातार परेको वर्षाले बाढी र डुबान भएको छ। समाचार संस्था एपीका अनुसार चिनियाँ मौसमविद्हरूले गत शनिबारदेखि बुधबार बिहानसम्म बेइजिङ र आसपासका क्षेत्रमा ७४४.८ मिलिमिटर वर्षा भएको बताएका छन्। १४० वर्षअघि बेइजिङमा वर्षाको मापन गर्न थालिएको थियो। अहिलेसम्मको रेकर्डमा लगातार पाँच दिनमा यति धेरै पानी कहिल्यै पनि परेको थिएन। डोक्सुरी टाइफुनका कारण पछिल्ला दिनमा बेइजिङमा भारी वर्षा भएको हो। भारी वर्षा र डुबानका कारण कम्तीका २० जनाको मृत्यु भएको छ भने  २७ जना बेपत्ता भएका छन्। हजारौं मानिस विस्थापित भएका छन्। सडक, रेल वे र विमानस्थलमा पनि बाढी पसेको भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।...
फ्रान्सले नाइजेरियाबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउने
विश्व, समाचार

फ्रान्सले नाइजेरियाबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउने

नेपालअखबार, पेरिस । नाइजेरियामा भएको सैनिक विद्रोहलाई विद्रोही सैनिकद्वारा शासित पश्चिम अफ्रिकी तीन देशले समर्थन गरेपछि फ्रान्सले मंगलबार ठुलो कदम चालेको छ । फ्रान्सेली विदेश मन्त्रालयले मंगलबार उक्त देशबाट आफ्ना नागरिक र युरोपेली देशका मानिसहरूलाई बाहिर निकाल्ने तयारी गरिरहेको छ। परराष्ट्र मन्त्रालयले आजबाट यो निकासी सुरु हुने जनाएको छ । फ्रान्सेली मन्त्रालयले एक विज्ञप्तिमा भने कि नाइजरका प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमविरुद्ध गत हप्ताको विद्रोह भएपछि गहिरिएको सङ्कटलाई लक्षित गर्दै फ्रान्सेली र अन्य युरोपेलीहरूलाई त्यहाँबाट बाहिर निकाल्ने अभियान सुरु गरिएको छ । फ्रान्स र इटालीसहित चार युरोपेली देशहरूले यस्तै घोषणा गरेका छन्। यी देशहरूले नाइजरमा रहेका आफ्ना नागरिकहरूलाई बाहिर निकाल्ने योजना भइरहेको बताएका छन्। सो घटना पछि फ्रान्सेली राष्ट्रपति इमा...
पाकिस्तानमा बम विस्फोटबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो
विश्व, समाचार

पाकिस्तानमा बम विस्फोटबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो

नेपालअखबार, काठमाडौं । पाकिस्तानमा भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या ४४ पुगेको छ । एक सय जना घाइते भएका छन् । पाकिस्तानको उत्तर पश्चिममा पर्ने खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा आइतबार एक र्‍यालीमा बम विस्फोट भएको थियो । विस्फोटमा ४४ जनाको मृत्यु भएको र १०० जना घाइते भएको खैबर पख्तुनख्वा राज्यका स्वास्थ्य मन्त्री रिवाज अनवरले समाचार एजेन्सी एपीलाई जानकारी दिएका छन् । आत्मघाती आक्रमण भएको र यसबारे प्रहरीले अनुसन्धान जारी राखेको उनले बताएका छन् । आक्रमणमा कसको संलग्नता छ भन्ने खुलेको छैन । खैबर पख्तुनख्वाको सिमाना अफगानिस्तानसँग जोडिएको छ । यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आक्रमणको निन्दा गरेका छन् ।...
इटलीको तटमा भेटियो दुई हजार वर्ष पुरानो रोमन जहाजको भग्नावशेष
विश्व, समाचार

इटलीको तटमा भेटियो दुई हजार वर्ष पुरानो रोमन जहाजको भग्नावशेष

नेपालअखबार, इटली। इटलीको तटमा दुई हजार वर्षभन्दा पुरानो एक प्राचीन रोमन जहाजको अवशेष पाइएको छ । यो मालवाहक जहाज रोमबाट करिब ८० किलोमिटर टाढा सिविटावेचिया बन्दरगाह नजिकै भेटिएको हो । जहाजभित्र केही पुराना टेराकोटा भाँडा पाइएका छन् । जहाज २० मिटरभन्दा लामो भएको अनुमान छ । यो १६० मिटरको गहिराइमा भेटिएको हो । प्रहरीका अनुसार भग्नावशेषलाई रिमोटबाट बच्ने एक रोबोटको मद्दतले खोजी गरिएको हो । जहाजको भग्नावशेषलाई बाहिर निकाल्ने काम गरिनेछ वा छैन भन्ने जानकारी छैन । जहाजको भग्नावशेषको खोज असामान्य होइन । भूमध्य सागर वरिवरि जहाज डुबेको अनुमान छ । सन् २०१८ मा करिब साढे दुई हजार वर्ष पुरानो एक जहाज बुल्गारियाको तटमा पाइएको थियो । आधिकारिक रूपमा यसलाई विश्वको सबैभन्दा पुरानो ज्ञात जहाजको भग्नावशेष मानिएको छ ।  ...
‘श्रीमानको नग्न तस्बिर फैलाएपछि मेरो पनि गलत वेबसाइटमा राखियो’
विश्व, समाचार

‘श्रीमानको नग्न तस्बिर फैलाएपछि मेरो पनि गलत वेबसाइटमा राखियो’

नेपालअखबार, एजेन्सि। ‘मेरो श्रीमानका एडिटेड तस्बिरहरू हाम्रा परिचितहरूलाई पठाइयो जसमा मेरो श्रीमान्लाई अर्की महिलासँग नग्न देखाइएको थियो । यो सिलसिला यतिमा मात्रै सीमित भएन उनीहरूले मेरो तस्बिरहरू गलत (वयस्क) वेबसाइटहरूमा नम्बरसहित राखे । मलाई धेरै कलहरू आउँथ्यो र हरेक दिन केही गलत माग गरिन्थ्यो । यो भनाई हो फौजिया (परिवर्तित) को । उनका श्रीमानले केही महिना अघि अनलाइन एपमा १० हजार भारु ऋण लिएका थिए र केही समयमा नै यो ऋण १० हजारबाट बढेर १० लाख रुपैयाँसम्म पुग्यो । त्यसपछि फौजिया र उनका श्रीमानले ऋण तिर्न घरका सामानसम्म बेच्नुपर्‍यो । सोसल मिडियाको यो समयमा मानिसलाई कतै न कतै के डरले सताउँछ भने उनीहरूको फोटो कुनै गलत व्यक्तिको हातमा त पर्ने होइन किनभने ती तस्बिरको गलत प्रयोग हुनसक्छ । फौजिया र उनका श्रीमानलाई पैसा दिनका लागि ब्ल्याकमेल गर्न थालियो । यसका लागि उनीहरूको तस्बिरक...
नाइजरमा कू : अब्दुरहमानेद्वारा आफूलाई नेता घोषणा
राजनीति, विश्व, समाचार

नाइजरमा कू : अब्दुरहमानेद्वारा आफूलाई नेता घोषणा

नेपालअखबार, नाइजर । नाटकीय ‘कू’ पछि जेनेरल अब्दुरहमाने चिआनीले आफूलाई नाइजरको नयाँ नेता घोषणा गरेका छन् । ओमार चिआनी भनेर पनि चिनिने उनले बुधबार आफ्नो नेतृत्वमा रहेको राष्ट्रपतिको गार्ड यूनिटलाई प्रयोग गरेर राष्ट्रपतिलाई नै नियन्त्रणमा लिँदै कू गरेका थिए । सत्ताच्यूत गरिएका राष्ट्रपति मोहमद बाजुम देशले सन् १९६० मा स्वतन्त्रता हासिल गरेपछि एक निर्वाचित राष्ट्रपतिलाई प्रतिस्थापन गर्ने पहिलो निर्वाचित राष्ट्रपति रहेका थिए । बाजुम हाल आफ्नै गार्डहरूको नियन्त्रणमा रहेको बताइएको छ । उनको स्वास्थ्य अवस्था ठिक रहेको जानकारी दिइएको छ । बाजुम सो क्षेत्रमा इस्लामी चरमपन्थीविरुद्धको लडाईंमा पश्चिमा राष्ट्रहरुको प्रमुख साझेदार थिए । पूर्व साम्राज्यवादी शक्ति फ्रान्सले कू गरेका नेताहरूलाई नचिन्ने र बाजुमलाई नै देशको प्रमुखका रूपमा चिन्ने स्पष्ट पारेको छ । अफ्रिकी युनियन, दक्षिण अफ्रिका रिजनल ब्लक,...
उत्तर कोरिया र रुसबीच सैन्य सहयोगबारे छलफल
राजनीति, विश्व, समाचार

उत्तर कोरिया र रुसबीच सैन्य सहयोगबारे छलफल

नेपालअखबार, प्योङयाङ  । उत्तरी कोरियाली राष्ट्रपति किम जोङ र रुसी रक्षा मन्त्री बिचको भेटवार्तामा भेटेर सैन्य सहयोगका विषयमा छलफल भएको छ । उत्तर कोरियाली नेता किम जोङले कोरियाली युद्धको वार्षिकोत्सवको पूर्वसन्ध्यामा रुसी रक्षामन्त्री सर्गेई शोइगु र उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डललाई प्योङयाङमा भेटेका थिए । किम शोइगु राष्ट्रिय रक्षा र क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण सम्बन्धी आपसी सरोकारका मामिलाहरूमाू सहमत भए । दुई नेताबीच सैन्य सहयोगका विषयमा पनि छलफल भएको थियो । बैठकपछि किमले शोइगुलाई हतियार प्रदर्शनीमा पनि लगे, जहाँ उत्तर कोरियाका केही नयाँ हतियारहरू प्रदर्शनी गरिएको थियो । किमले सोइगुलाई देशको सैन्य क्षमता विस्तार गर्ने राष्ट्रिय योजनाबारे जानकारी गराएका छन् ।...
अमेरिकामा भेटियो ४८६ खुट्टा भएको अद्भुत जीव
विश्व, समाचार

अमेरिकामा भेटियो ४८६ खुट्टा भएको अद्भुत जीव

नेपालअखबार, एजेन्सि । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा ४८६ खुट्टा भएको अन्धो जीव फेला परेको छ । यो पेन्सिल जत्तिकै पातलो र पेपर क्लिप जत्तिकै लामो हुन्छ। यो जेलीफिस जस्तै पारदर्शी छ र जमिन मुनि चार इन्च भित्र बस्छ।  एक स्टार बक्स क्याफे नजिकै फेला परेको यो जीवले हर्न जस्तो एन्टेना प्रयोग गरी आफ्नो गतिविधि गर्ने पत्ता लागेको थियो  । जब वैज्ञानिकहरूले माइक्रोस्कोप मार्फत हेरे, यो अद्वितीय जीवको आश्चर्यजनक भौतिक गुणहरू सामने आएका थिए । भर्जिनिया पोलिटेक्निक इन्स्टिच्युटका जीव वैज्ञानिक पल मारेकले हलिउड चलचित्रको दानव जस्तो उक्त जीव देखिएको बताए। यो क्षेत्रलाई सोकैल नाम राखिएको छ। ‘हाम्रो खुट्टामुनि, दरारहरूमा, चट्टानहरू मुनि वा लस एन्जलसमा माटोको थुप्रोमा यिनीहरू घुमिरहेका हुनेछन्,’ उनले भने। भर्जिनिया पोलिटेक्निक बाहेक वेस्ट भर्जिनिया र क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिक...