आन्ध्र महासागरमा वेपत्ता टाइटन पनडुब्बीको खोज जारी
नेपालअखबार, काठमाडौं । आन्ध्र महासागरमा डुबेको चर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्न गएका पर्यटक चढेको पनडुब्बी वेपत्ता भएपछि त्यसको खोजी जारी छ । तर अहिलेसम्म पनडुब्बी फेला पर्ने कुनै संकेत छैन ।
गत आइतबार महासागरमा डुबुल्की लगाएको १ घन्टा ४५ मिनेटमा नै पनडुब्बीसँगको सम्पर्क टुटेको थियो । जबकी पनडुब्बी ८ घन्टामा टाइटानिकको भग्नावशेष अवलोकन गरेर माथि उत्रिसक्नु पर्ने थियो ।
टुर कम्पनी ओसियनगेटको यो पनडुब्बीमा पाकिस्तानी अरबपति शहजादा दाउद र उनका छोरा सुलेमान तथा बेलायती व्यवसायी हामिस हार्डिङ्गसहित ५ जना छन् ।
पनडुब्बीमा रहेको अक्सिजन सकिन लागेको छ, अब ७-८ घन्टा भन्दा बढीको अक्सिजन पनडुब्बीमा नभएकाले चिन्ता बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यो खोजमा अमेरिकी, क्यानडेली एजेन्सीका साथै नौसेना, समुन्द्रको गहिराइमा उत्रिने व्यावसायिक कम्पनी संलग्न छन् । खोजामा सैन्...









