चन्द्रमामा ‘सुतेको सुत्यै’ भए विक्रम र प्रज्ञान
नेपालअखबार, एजेन्सि। भारतले चन्द्रमाको अन्वेषण गर्न चन्द्रयान ३ मा राखेर पठाएका विक्रम ल्यान्डर प्रज्ञान रोभर सम्पर्कविहीन भएका छन्।
इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) का अनुसार सेप्टेम्बर २ देखि विक्रम र प्रज्ञानलाई ‘स्लिप मोड’ मा राखिएको थियो।
चन्द्रमामा रात परेपछि इसरोले विक्रम र प्रज्ञानको ऊर्जा बचत गर्न स्लिप मोडमा पठाएको थियो। रातभरि ऊर्जा जोगाएर फेरि सूर्योदय भएपछि उनीहरूलाई जगाएर काममा खटाउने इसरोको योजना थियो। अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार चन्द्रमामा एक दिन पृथ्वीको लगभग साढे २९ दिनजति लामो हुन्छ। रात पनि त्यति नै लामो हुन्छ।
सेप्टेम्बर २२ मा इसरोले सामाजिक सञ्जाल एक्समा स्टाटस लेख्दै विक्रम र प्रज्ञानलाई जगाउन पठाएको सन्देशको जवाफ नआएको जानकारी दिएको छ।
‘अहिलेसम्म उनीहरूबाट कुनै संकेत प्राप्त भएको छैन। सम्पर्कको प्रयास जारी रहनेछ,’ इसरोले भनेको छ।
भा...










