Tuesday, June 2

विश्व

वैज्ञानिकहरूले रेकर्ड गरे बिरुवा रोएको आवाज
विश्व, समाचार

वैज्ञानिकहरूले रेकर्ड गरे बिरुवा रोएको आवाज

नेपालअखबार, एजेन्सि। वैज्ञानिकहरूले बिरुवा रोएको आवाज रेकर्ड गरेका छन्। सुख्खा र चोट पुगेको अवस्थामा बिरुवा रोएको आवाज वैज्ञानिकहरूले रेकर्ड गरेका हुन्। अनुसन्धानकर्ताहरूका अनुसार निर्जलीकरण र चोट पुग्दा बिरुवा तनावको स्थितिमा पुग्ने र त्यसबेला विशेष किसिमको आवाज निकाल्ने गर्छन्। मानिसहरू तनाव हुँदा झर्किने रूने गरेझैं विरुवा पनि तनावको स्थितिमा रूने उनीहरूको जिकिर छ। रुनका लागि मुखमात्रै आवश्यकता नपर्ने ठहर भएको न्युयोर्क टाइम्सले समाचार लेखेको छ । तनावको स्थितिमा रहने बिरुवाबाट आउने आवाज प्रस्टै सुन्न सकिने वैज्ञानिकहरूको दाबी छ। यो दाबी गत बिहीबार ‘सेल’ नामक जर्नलमा प्रकाशित भएको थियो । बिरुवा तनावमा हुँदा पानीको थोपा पानीमा पर्दाजस्तै आवाज निकाल्ने अनुसन्धानकर्ताहरूको दाबी छ। यसलाई उनीहरूले ‘पपिङ’ भनेका छन्। इजरायलको तेल अविव विश्वविद्यालयका जीव विज्ञानकर्मी लिअच अदानीका...
ट्रम्पलाई जेल पुर्‍याउनसक्ने चार मुद्दा
विश्व, समाचार

ट्रम्पलाई जेल पुर्‍याउनसक्ने चार मुद्दा

नेपालअखबार, काठमाडौं । डोनाल्ड ट्रम्प फौजदारी अभियोग लागेका अमेरिकाका पहिलो राष्ट्रपति हुन् । यसपटक उनलाई पोर्न स्टार स्टोर्मी डेनिल्सलाई मौन बस्नका लागि पैसा र दबाव दिएको अभियोग लागेको छ । राष्ट्रपतीय निर्वाचनमा असर पुग्ने भन्दै ट्रम्पले डेनिल्सलाई १ लाख ३० हजार डलर दिएको अभियोग लागेको हो। यसबाहेक ट्रम्पले थप तीन मुद्दा पनि खेपेका थिए । उनको कम्पनी विरूद्ध जालसाजीको मुद्दा परेको थियो । त्यसमा न्युयोर्क सहरको महान्यायाधिवक्ता कार्यालयले फौजदारी कानुन आकर्षित हुनेगरी अनुसन्धान गरेको थियो भने म्यानहटनले सार्वजनिक मुद्दा सम्बन्धी कानुन आकर्षित हुनेगरी मुद्दा अघि बढाएको थियो । गत डिसेम्बरमा ट्रम्पको कम्पनी दोषी देखिएपछि १ करोड ६० लाख जरिवाना तिर्नुपरेको थियो । यस्तै, ट्रम्पका वित्तीय प्रमुख एलन विसल्वर्गलाई पाँच महिनाको जेल सजायँ तोकिएको थियो । म्यानहटनले ट्रम्पको परिवारलाई नै सार्वजनिक ...
मध्यरातमा किन सडकमा ओर्लिए हजारौं इजरायली?
राजनीति, विश्व, समाचार

मध्यरातमा किन सडकमा ओर्लिए हजारौं इजरायली?

नेपालअखबार, एजेन्सि। इजरायलमा आइतबार राति हजारौं नागरिक सडकमा उत्रिए। उनीहरूको हातमा इजरायलको झन्डा थियो भने मुखमा बजाउने एउटा बाजा। प्रदर्शनकारीहरूले तेल अभिभमा मुख्य राजमार्ग अवरूद्ध गरे भने जेरूसेलममा रहेको प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको निजी घरअघि पनि प्रदर्शन गरे। सडकमा आगो बालेर उनीहरूले विभिन्न बाजा बजाए। कतिपय ठाउँमा प्रहरीसँग उनीहरूको झडप भयो। कहीँ भीड तितरबितर पार्न प्रहरीले पानीको फोहोरा हान्यो। सोमबार बिहान पनि प्रदर्शनकारीहरू सडकमै छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री नेतन्याहुले रक्षा मन्त्री योअभ गालान्टलाई  बर्खास्त गरेपछि नागरिकहरू उक्त कदमको विरूद्ध सडकमा ओर्लिएका हुन्। रक्षा मन्त्री गालान्टलाई बर्खास्त गरेको विरोधमा इजरायलका केही विश्वविद्यालयले सोमबार आफ्नो पढाइ बन्द गरेका छन्। श्रमिक युनियनका नेताहरूले आम हड्तालको चेतावनी दिएका छन्। ...
होन्डुरसले तोड्यो ताइवानसँगको सम्बन्ध
विश्व, समाचार

होन्डुरसले तोड्यो ताइवानसँगको सम्बन्ध

नेपालअखबार, काठमाडौं । मध्य अमेरिकी देश होन्डुरसले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको छ । होन्डुरसको विदेश मन्त्रालयले ट्वीट गर्दै ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको जानकारी दिएको हो । होन्डुरस र ताइवान सन् १९८५ देखि कूटनीतिक सम्बन्धमा थिए । होन्डुरसले एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै ताइवान चीनको अभिन्न हिस्सा भएको बताएको छ । होन्डुरसको यो निर्णयपछि ताइवानसँग कूटनीतिक सम्बन्ध कायम रहेका देशहरुको संख्या अब १३ वटा मात्र रहेको बीबीसीले जनाएको छ । ती देशहरुले ताइवानलाई अलग देशको रुपमा मान्यता दिँदै आएका छन् । चीनले भने ताइवानलाई आफूसँग अलग भएको एक प्रान्त मान्दछ र ढिलो चाँडो चीनको नियन्त्रणमा आउने बताउँदै आएको छ । तर ताइवानले भने आफूलाई एक स्वतन्त्र देश ठान्दछ । ताइवानमा आफ्नै संविधान र अलग सरकार छ । होन्डुरसले कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेपछि ताइवानले खेद व्यक्त गरेको छ...
अब अन्तरिक्षमा हुनेछ ब्रेन ट्युमरको उपचार !
विश्व, समाचार, स्वास्थ्य

अब अन्तरिक्षमा हुनेछ ब्रेन ट्युमरको उपचार !

नेपालअखबार, एजेन्सि। बेलायती अन्तरिक्ष एजेन्सीले २ वटा नयाँ मिसनलाई अन्तरिक्षमा प्रक्षेपण गर्ने योजना बनाएको छ । जसको उद्देश्य उपचार नै नहुने बच्चाको ब्रेन ट्युमर तथा मांशपेशीको उमेर बढाउने प्रक्रियाका बारेमा अनुसन्धान गर्नु हो । बेलायती अन्तरिक्ष एजेन्सीले एक विज्ञप्तिमा भनेको छ कि २६ लाख पाउण्ड बजेट रहेको सो परियोजना सन् २०२५ सम्ममा अन्तरिक्षमा लञ्च गरिनेछ । यसको नतिजालाई विश्लेषण गर्नका लागि पृथ्वीमा फर्किनु अघि ६ महिनासम्म अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा अन्तरिक्षयात्रीहरुद्वारा यसको निगरानी गरिनेछ । ब्रेन ट्युमरको उपचार कसरी ? इन्स्टिच्यूट अफ क्यान्सर रिसर्चको डी एमजी टू नामक परियोजनालाई बेलायती अन्तरिक्ष एजेन्सीले यहीँ विषयमा अनुसन्धानका लागि १२ लाख पाउण्ड आर्थिक सहयोग उपलब्ध गराएको छ । यो परियोजनाको उद्देश्य नै मिडलाइन ग्लियोमालाई कसरी फैलाउन सकिन्छ भनेर बुझ्नु हो । यो ...
अफगानिस्तानमा भूकम्प, पाकिस्तानमा पनि क्षति
विश्व, समाचार

अफगानिस्तानमा भूकम्प, पाकिस्तानमा पनि क्षति

नेपालअखबार, काठमाडौं । अफगानिस्तानको फैजाबाद केन्द्रविन्दु भएर गएको भूकम्पको कारण कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन् । मंगलबार राति अफगानिस्तानको जर्म शहरभन्दा करिब ४० किलोमिटर दक्षिण पूर्व केन्द्रविन्दु भएर ६.५ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको कडा झड्का अफगानिस्तानसँगै पाकिस्तान र भारतमा पनि महसुस गरिएको थियो । विपद् व्यवस्थापन मन्त्री सफिउल्लाह रहिमीले सीएनएनलाई दिएको जानकारी अनुसार अफगानिस्तानको लाघमन प्रान्तमा दुई जनाको मृत्यु र ८ जना घाइते भएका छन् । यसैगरी दुई बच्चासहित अरु तीन जनाको उत्तरी पाकिस्तानमा मृत्यु भएको छ । अन्य ४१ जना घाइते भएका छन् । पाकिस्तानको अब्बोटावाद शहरमा भूकम्पका कारण पहिरो जाँदा बाटो पनि बन्द भएको सीएनएनले जनाएको छ । भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्ली, राजस्थान, जम्मु कश्मीरका पनि महसुस गरिएको थियो । उ...
इक्वेडरमा ६.७ म्याग्निच्युडको भूकम्प, कम्तिमा १३ जनाको मृत्यु
विश्व, समाचार

इक्वेडरमा ६.७ म्याग्निच्युडको भूकम्प, कम्तिमा १३ जनाको मृत्यु

नेपालअखकार, काठमाडौं । इक्वेडरको दक्षिणी तटमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा १३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । युएसजीएसका अनुसार इक्वेडरका आधाभन्दा बढी प्रान्तमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पका कारण देशका धेरै सहरमा भवनमा पनि क्षति पुगेको छ । सरकारी अधिकारीका अनुसार भूकम्पबाट सबैभन्दा बढी प्रभावित एल ओरु प्रान्तमा ११ जनाको मृत्यु भएको छ भने अजुए प्रान्तमा एक जनाको मृत्यु भएको छ । उत्तरी पेरुमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । यहाँ टुम्बेस प्रान्तमा घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । इक्वेडरको आपतकालीन सेवाले यहाँका घरहरु भत्किँदा धेरै मानिसहरु भग्नावशेषमुनि पुरिएका र उनीहरुलाई उद्दार गर्ने काम तीव्र गतिमा भइरहेको बताएको छ । भूकम्पको केन्द्रबिन्दु इक्वेडरको दोस्रो ठूलो सहर ग्वायाकिलबाट करिब ८० किलोमिटर टाढा रहेको बालाओमा...
तवाङ, जहाँ भारत र चीनका सैनिक भिड्ने गर्छन्
विश्व, समाचार

तवाङ, जहाँ भारत र चीनका सैनिक भिड्ने गर्छन्

नेपालअखबार, एजेन्सि। हिमालय क्षेत्रमा रहेको बौद्ध धर्मावलम्बीहरूको पवित्र शहर हो तवाङ । शान्तिका प्रतीक गौतम बुद्धको मूर्तिसहितको यो गुम्बा सबैभन्दा ठूलो भारतीय गुम्बा हो । तवाङ गुम्बालाई लिएर भारत र चीनबीचको सीमा विवाद हुने गरेको छ । तवाङलाई भारत र चीनबीचको सीमा विवादको सबैभन्दा जटिल र भविष्यमा दुई मुलुकबीच द्वन्द्व निम्याउन सक्ने भूगोलका रूपमा लिइन्छ । हिउँले ढाक्ने यो भूगोलमा एशिया दुई ठूला सेनाहरू सय मिटरको दुरीमै आमने सामने भिडन्त गर्छन् । गत डिसेम्बर चीन र भारतीय सेनाबीच यहीँ भिडन्त भएको थियो । समुद्री सतहबाट ३ हजार मिटर उचाइमा रहेको तवाङ गुम्बा तिब्बती बौद्ध धर्मालम्बीहरूको प्रख्यात तीर्थस्थल हो । सामरिक भूमि भएका कारण परमाणु हतियारधारी दुई मुलुक भारत र चीनबीच बेलाबखत आपसी भिडन्त भइरहन्छ । यो भूमि चीनले आफ्नो रहेको दाबी गर्छ । सन् १९५० मै तिब्बतलाई चीनमा गाभिएकाले भारतको उत्...
साउदी अरेबिया र इरानबीच कूटनीतिक सम्बन्ध पुनर्स्थापनाको स्वागत
राजनीति, विश्व, समाचार

साउदी अरेबिया र इरानबीच कूटनीतिक सम्बन्ध पुनर्स्थापनाको स्वागत

नेपालअखबार, इस्लामाबाद । साउदी अरेबिया र इरानबीच कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्ने निर्णयको पाकिस्तान र संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ। चीनमा भएको वार्तापछि साउदी अरेबिया र इरान सात वर्षपछि कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्न सहमत भएका छन् पाकिस्तानको विदेश मन्त्रालयलाई जारी गरिएको विज्ञप्तिमा यो कूटनीतिक पहलले क्षेत्रीय शान्ति र स्थायित्व अभिवृद्धिमा सहयोग पुग्ने बताइएको छ । चीनको प्रशंसा गर्दै पाकिस्तानले विज्ञप्तिमा भनेको छ, ‘हामी यस ऐतिहासिक सम्झौतामा चीनको दूरदर्शी नेतृत्वले खेलेको भूमिकाको कदर गर्छौँ, जसले सकारात्मक संलग्नता र अर्थपूर्ण वार्ताको शक्ति देखाउँछ।’ पाकिस्तानले मध्यपूर्व क्षेत्रमा सकारात्मक भूमिका खेल्ने र यो पहल बाँकी क्षेत्रमा सहयोग र समृद्धिको उदाहरण बन्ने बताएको छ । उता राष्ट्रसंघका महासचिवले पनि इरान र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्ने ...
जर्मनीको ह्याम्बर्गमा गोली चल्दा ६ जनाको मृत्यु
विश्व, समाचार

जर्मनीको ह्याम्बर्गमा गोली चल्दा ६ जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । जर्मनीको ह्याम्बर्गमा एक व्यक्तिले गोली चलाउँदा कम्तिमा ६ जना मारिएका छन् । इसाई अभियानकर्मीहरूको बैठक कक्षमा गोली चल्दा ६ जनाको मृत्यु भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । ह्याम्बर्गकै ग्रस ब्रोस्टल भन्ने स्थानमा पनि गोली चल्दा केही मानिस घाइते भएका छन् । यो घटनाको उद्देश्य अझै यकिन हुन नसकेको प्रहरी प्रवक्ता होल्गर भेरेनले बताएका छन् ।  ...