Friday, July 3

विश्व

फेरि विश्वकै धनी व्यक्ति एलन मस्क  बने
अर्थ, विश्व, समाचार

फेरि विश्वकै धनी व्यक्ति एलन मस्क बने

नेपालअखबार, एजेन्सि। एलन मस्क फेरि विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन्। ब्लूमबर्गको तथ्याङ्क अनुसार दोस्रो नम्बरमा झरेका मस्क पुनः शीर्ष स्थानमा उक्लिएका हुन्। सिएनएनका अनुसार गत वर्षको डिसेम्बरमा फ्रान्सेली लक्जरी ब्रान्ड लुइ भुटनका सीईओ बर्नार्ड अर्नाल्टले टेस्लाका सीईओ मस्कलाई शीर्ष स्थानबाट हटाएर दुई महिनाभन्दा बढी समयदेखि सूचीमा पहिलो नम्बरमा रहदै आएका थिए। सोमबार टेस्ला स्टकमा बढोत्तरी भएसँगै मस्कलाई विश्वका धनी व्यक्तिको सूचीमा शीर्षमा फर्काएको हो। मस्कको कुल सम्पत्ति सोमबार लगभग १८७.१ बिलियन पुगेको छ। जब अर्नाल्टको सम्पत्ति १८५.३ बिलियन रहेको छ। मस्कले ट्विटर किनेपछि प्रविधिमा फराकिलो बजार मन्दीको बीचमा गत वर्ष टेस्लाको स्टकमा तीव्र रूपमा गिरावट आएको थियो। इलेक्ट्रिक वाहन निर्माता टेस्लाको शेयर २०२३ सुरु भएदेखि भने बढेको छ। मस्कले हाल विश्वको सबैभन्दा धनी व्यक्...
अमेरिकामा असिनापानी सहितको आँधीले जनजीवन प्रभावित
विश्व, समाचार

अमेरिकामा असिनापानी सहितको आँधीले जनजीवन प्रभावित

नेपालअखबार, काठमाडौं । असिनापानी सहितको आँधीले अमेरिकाका क्यालिफोर्निया लगायत राज्यको जनजीवन प्रभावित भएको छ । खराब मौसमका क्यालिफोर्निया, ओक्लोहामा, टेक्सास, मिसौरी लगायत राज्यको जनजीवन प्रभावित भएको हो । बीबीसीका अनुसार यी राज्यका धेरै घरहरु भत्किएका छन् । बिजुलीका खम्बा ढलेकाले विद्युत् आपूर्तिसमेत बन्द भएको छ । हालसम्म कम्तिमा १२ जना घाइते भएका छन् । सबैभन्दा बढी क्यालिफोर्निया राज्य प्रभावित भएको छ । ठाउँ–ठाउँमा बाढी र डुबानको अवस्था छ । सम्भावित क्षतिलाई रोक्न स्थानीय सरकारले समुद्री किनार बन्द गराएका छन् । क्यालिफोर्निया, टेक्सास र ओक्लाहोमामा करिब एक लाख जना बिजुलीविहीन अवस्थामा रहेको बीबीसीले उल्लेख गरेको छ । प्रभावित क्षेत्रका भिडियो फुटेजहरुमा चारपांग्रे सवारी साधन लडाएको र घरका छाना उडाएको देखिन्छ ।मौसमविदहरुले अमेरिकाको मध्यपश्चिम क्षेत्रको मौसम एक हप्तासम्म खराब हुने...
टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ५०,००० नाघ्यो
विश्व, समाचार

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ५०,००० नाघ्यो

नेपालअखबार, एजेन्सि। यस महिना टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ५० हजार नाघेको छ । टर्कीको प्रकोप उद्धार एजेन्सीले देशमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ४४,२०० नाघेको जनाएको छ । जबकि सिरियामा यसका कारण ६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।  समाचार एजेन्सी रोयटर्सका अनुसार टर्कीमा भूकम्पका कारण एक लाख ६० हजारभन्दा बढी भवन या त ध्वस्त भएका छन् वा नराम्रोसँग चर्किएका छन् । फेब्रुअरी ६ मा टर्की र सिरियामा दुई वटा शक्तिशाली भूकम्प गएको थियो ।...
जापानको तटमा भेटिएको ठुलो धातुको बल हटाइयो, तर यो के थियो कसैलाई थाहा छैन
विश्व, समाचार

जापानको तटमा भेटिएको ठुलो धातुको बल हटाइयो, तर यो के थियो कसैलाई थाहा छैन

नेपालअखबार, एजेन्सि। जापानको समुद्र तटमा भेटिएको एउटा ठुलो धातुको बल हटाइएको छ । यसलाई क्रेनको सहायताले निकालिएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार जापानको तटमा फेला परेको यो धातुको बललाई लिएर स्थानीयवासी चिन्तित थिए र यसबारे विभिन्न अड्कलबाजी पनि गरिएको थियो । जापानी सहर हामामात्सुका स्थानीय अधिकारीहरूले यसलाई ‘निश्चित अवधिको लागि’ सङ्गृहीत गरिने र त्यसपछि यसलाई नष्ट पारिने जानकारी दिए । जापानी अधिकारीहरूले यो के हो भनेर यसबारे किन स्पष्ट रूपमा जानकारी दिइरहेका छैनन् भनेर धेरैले प्रश्न उठाइरहेका छन् । स्थानीय पुलिसलाई यस हप्ताको सुरुमा समुद्र तटमा असामान्य वस्तुको बारेमा सूचित गरिएको थियो । मानिसहरूले यसबारे विभिन्न अनुमान गरिरहेका थिए जस्तै कतिले यसलाई ‘गोडजिलाको अण्डा’ भनिरहेका थिए त कतिले ‘मुरिङ बोय’ तर कतिले अन्तरिक्षबाट आएको थुप्रै चिज बताइरहेका छन् । प्रहरी र बम स्वक्वा...
टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प
विश्व, समाचार

टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प

नेपालअखबार, काठमाडौं । टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । नयाँ भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ । भूकम्पको सिरियामा पनि प्रभाव परेको छ । दुई देशमा गरी  ६०० भन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । केही समय अगाडि मात्रै सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.८  म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा त्यहाँ ४४ हजारभन्दा धेरैको मृत्यु भएको थियो । उक्त शक्तिशाली भूकम्पको उद्धार र राहतको कार्य नसकिंदै फेरि अर्को भूकम्प गएपछि टर्कीमा थप समस्या भएको छ ।भूकम्पले टर्कीमा भौतिक संरचनाहरूमा पनि ठूलो क्षति पुगेको छ । ती भग्नावशेषमा मानिसहरू फसिरहेका छन् । उनीहरूको उद्धार कार्य भइरहेको त्यहाँका अधिकारीहरूले बताएका छन् ।...
भूकम्पमा जन्मेकी उनले पाइन् नाम र सहारा
विश्व, समाचार, हाइलाइट-समाचार

भूकम्पमा जन्मेकी उनले पाइन् नाम र सहारा

नेपालअखबार, एजेन्सि। झन्डै २ साताअघि टर्कीमा केन्द्रबिन्दु बनाएर गएको ७.८ म्याग्नेच्युडको भूकम्पका बेला जन्मिएकी नवजात शिशुले सहारा पाएकी छन्। समाचार संस्था रोयटर्सका अनुसार शनिबार उनका अंकल र आन्टीले उनको जिम्मा लिएका हुन्। सिरियाको एलोप्पो प्रान्तस्थित जिन्देरिसमा उद्धारकर्ताहरूले भूकम्पको अर्को दिन ती नवजात शिशुलाई फेला पारेका थिए।  ती नवजात शिशुको परिवार बस्ने पाँच तले घर भूकम्पले ढलेको थियो। उद्धारकर्ताहरूले शिशुलाई जन्म दिएलगत्तै उनकी आमाको पनि भूकम्पमा परी मृत्यु भएको हुनसक्ने बताएका छन्। ती शिशुकी आमासँगै बुवा र चार जना दाइ-दिदीहरू पनि भूकम्पमा बितेका छन्। उद्धारकर्ताले उनलाई सालनाल नकाटिएको अवस्थामा फेला पारेका थिए।उनलाई आफन्तहरूले तत्काल अफ्रिन सहरमा रहेको अस्पतालमा पुर्‍याएका थिए। उनलाई एडप्ट गर्न संसारभरिका सयौं मानिसले अस्पतालमा प्रस्ताव पठाएका थिए। अस्पतालले डि...
अमेरिकामा एक पुरुषद्वारा पूर्व पत्नीसहित ६ जनाको गोली हानेर हत्या
विश्व, समाचार

अमेरिकामा एक पुरुषद्वारा पूर्व पत्नीसहित ६ जनाको गोली हानेर हत्या

नेपालअखबार, मिस्सिसीपी । अमेरिकाको मिस्सिसीपी राज्यस्थित एक गाउँमा एक पुरुषले आफ्नो पूर्व पत्नीसहित ६ जनाको हत्या गरेका छन् । प्रहरीका अनुसार तीनवटा हतियार बोकेर अन्धाधुन्ध गोली चलाउँदै हिँडेका ती पुरुषले उनीहरूमाथि विभिन्न स्थानमा आक्रमण गरेका थिए । घटना भएको आर्काबुटालमा ३ सयभन्दा कम मानिसहरू बसोबास गर्छन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा ५२ वर्षीय रिचर्ड डेल क्रमलाई पक्राउ गरेको जानकारी दिएको छ । उनले के कारणले गोलीबारी गरे भन्ने उद्देश्य भने खुल्न बाँकी रहेको छ । मिस्सिसीपीका गभर्नर टेट रिभ्सले आक्रमणकारी एक्लैले सो घटना घटाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् । स्थानीय समयअनुसार बिहान ११ बजे एक पेट्रोल पम्पको कन्भिनियन्ट स्टोरबाट ती व्यक्तिले गोलीबारी सुरु गरेका थिए । उनले पहिले एक अपरिचित व्यक्तिमाथि गोली प्रहार गरेका थिए । त्यसपछि नजिकैको घरमा पुगेर आफ्नो पूर...
सशक्त महिला पत्रकार विश्वभर नै दुर्व्यवहारको निशानामा
विश्व, समाचार

सशक्त महिला पत्रकार विश्वभर नै दुर्व्यवहारको निशानामा

नेपालअखबार,  काठमाडौं । गारिदा फारूकी अन्तर्वार्तामा बस्नुपूर्व नै आफ्नो तयारी गरिसक्छिन् । उनको पहिरन जति चिटिक्क हुन्छ प्रश्न पनि त्यतिकै चोटिला हुन्छन्। उनलाई निगरानीमा राख्ने एउटा भीड छ, जसले उनको हाउभाउ र पहिरनको भद्दा मजाक उडाउँछ। उनीहरू फारूकीलाई अनलाइनमार्फत दुर्व्यवहार गर्छन्। ‘मेरा पुरूष सहकर्मीहरू पनि दुर्व्यवहारमा पर्छन् तर उनीहरूको राजनीतिक विचार फरक रहेमा मात्रै ती समूहले दुर्व्यवहार गर्नेहुन्। महिलाको सवालमा भने हाम्रो पहिरन, हाउभाउ र संवेदनशील अंगलाई लिएर उनीहरूले दुर्व्यवहार गर्छन्’, फारूकी भन्छिन्। पाकिस्तानको राष्ट्रिय सञ्चारमाध्यमबाट राजनीति र राष्ट्रिय सवालका समाचार निर्माण तथा प्रस्तोताको काम गरिरहेकी फारूकीको यो अनुभव विश्वभर महिला पत्रकारहरूमाथि हुने दुर्व्यवहारको एउटा नमूना मात्रै हो। विश्वभर हजारौं महिला पत्रकारले यस्ता समस्या व्यहोरेका छन्। कतिपय अवस्थाम...
डाक्टरको रिपोर्ट: ८० वर्षका बाइडेन स्वस्थ छन्, काम गर्न सक्षम छन्
विश्व, समाचार

डाक्टरको रिपोर्ट: ८० वर्षका बाइडेन स्वस्थ छन्, काम गर्न सक्षम छन्

नेपालअखबार, एजेन्सि। अमेरिकी राष्ट्रपति जो बाइडेनको स्वास्थ्य परीक्षणमा उनी स्वस्थ र काम गर्न सक्षम रहेको देखिएको छ। समाचार संस्था रोयटर्सका अनुसार ८० वर्षीय बाइडेनको स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकहरूले बिहीबार उनलाई स्वस्थ र काम गर्न सक्षम रहेको रिपोर्ट दिएका हुन्। चिकित्सकहरूले बाइडेनको शरीरमा  लङ कोभिडका कुनै लक्षण पनि नरहेको उल्लेख गरेका छन्। बाइडेनको रक्तचाप, तौललगायत अरू मापनहरू पनि सामान्य रहेका छन्। सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपति चुनावमा बाइडेन फेरि उम्मेदवार बन्ने अनुमान भइरहेका बेला उनको स्वास्थ्य अवस्था कस्तो हुन्छ भन्ने धेरै मानिसलाई चासो छ। अमेरिकाको राष्ट्रपति बनेपछि बाइडेनले दोस्रो पटक पूर्ण स्वास्थ्य परीक्षण गरेका हुन्। यसअघि सन् २०२१ मा उनको यस्तै परीक्षण गरिएको थियो। बाइडेनले ७८ वर्षमा राष्ट्रपतिको शपथ लिएका थिए। उनी अमेरिकामा सबैभन्दा धेरै उमेरमा र...
टर्की भूकम्प : २२८ घण्टा पछि एक महिलाको जीवितै उद्धार
विश्व, समाचार

टर्की भूकम्प : २२८ घण्टा पछि एक महिलाको जीवितै उद्धार

नेपालअखबार, एजेन्सि।  टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पको नौ दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्ताहरूले भग्नावशेषबाट मानिसहरूलाई जीवितै निकालिरहेका छन्। टर्कीको राज्य सञ्चालित समाचार एजेन्सी अनादोलुका अनुसार बुधबार ३ महिला र २ बालबालिकालाई भग्नावशेषबाट जिवितै उद्धार गरेको छ। एला नामकी एक महिला र उनका छोराछोरी मेसाम र अलीलाई भूकम्प गएको २२८ घण्टापछि टर्कीको दक्षिणी सहर कहरामनमारासको अन्टाक्यास्थित एउटा अपार्टमेन्ट ब्लकको भग्नावशेषबाट जिवितै निकालिएको थियो। यस्तै सोही स्थानबाट थप दुई महिलाको जिवितै उद्धार गरिएको थियो। टर्कीको सरकारी टेलिभिजन टीआरटी हबेरका अनुसार काहरामानमारास सहरको भग्नावशेषमा २२२ घण्टा पछि ४७ वर्षीय मेलिके इमामोउलु अर्की महिलालाई उद्धार गरिएको हो। यस्तै टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले भूकम्प गएको करिब २१२ घण्टापछि अदियामान सहरमा ७४ वर्षीय महिलालाई ...