अब अन्तरिक्षमा हुनेछ ब्रेन ट्युमरको उपचार !
नेपालअखबार, एजेन्सि। बेलायती अन्तरिक्ष एजेन्सीले २ वटा नयाँ मिसनलाई अन्तरिक्षमा प्रक्षेपण गर्ने योजना बनाएको छ । जसको उद्देश्य उपचार नै नहुने बच्चाको ब्रेन ट्युमर तथा मांशपेशीको उमेर बढाउने प्रक्रियाका बारेमा अनुसन्धान गर्नु हो ।
बेलायती अन्तरिक्ष एजेन्सीले एक विज्ञप्तिमा भनेको छ कि २६ लाख पाउण्ड बजेट रहेको सो परियोजना सन् २०२५ सम्ममा अन्तरिक्षमा लञ्च गरिनेछ । यसको नतिजालाई विश्लेषण गर्नका लागि पृथ्वीमा फर्किनु अघि ६ महिनासम्म अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा अन्तरिक्षयात्रीहरुद्वारा यसको निगरानी गरिनेछ ।
ब्रेन ट्युमरको उपचार कसरी ?
इन्स्टिच्यूट अफ क्यान्सर रिसर्चको डी एमजी टू नामक परियोजनालाई बेलायती अन्तरिक्ष एजेन्सीले यहीँ विषयमा अनुसन्धानका लागि १२ लाख पाउण्ड आर्थिक सहयोग उपलब्ध गराएको छ ।
यो परियोजनाको उद्देश्य नै मिडलाइन ग्लियोमालाई कसरी फैलाउन सकिन्छ भनेर बुझ्नु हो । यो ...










