विश्वका ठूला विवाद मिलाउने चिनियाँ प्रयास
नेपालअखबार, काठमाडौं । रुस-युक्रेन युद्ध अन्त्य गर्ने बताइरहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका छन् । रुस–युक्रेन युद्धमा केन्द्रित रहेको टेलिफोन वार्ताको अमेरिकाले स्वागत गरेको छ ।
गत महिना रूस भ्रमणका क्रममा राष्ट्रपति सीले भ्लादिमिर पुटिनसँग लामो कुराकानी गरेका थिए । चीन पछिल्लो समय विश्वका ठूला विवादहरू मध्यस्थतामार्फत समाधान गर्नतर्फ केन्द्रित छ । चिनियाँ पहलमा हालै रुसले साउदी अरेबिया र इरानबीच कूटनीतिक सम्बन्ध पुनर्स्थापित गरेको छ । चीन पछिल्लो समय इजरायल र प्यालेस्टाइनको विवादमा सहजीकरण प्रयासमा पनि केन्द्रित हुन थालेको छ ।
बुधबार बिहान सीको जेलेन्स्कीसँग गत वर्ष फेब्रुअरी २४ मा युद्ध सुरु भएपछि पहिलो कुराकानी भएको हो । उक्त टेलिफोनवार्तालाई बेइजिङ र कीभ दुवैले पुष्टि गरेका छन् ।
‘राष्ट्रपति सी चिनपिङसँ...










