Friday, July 3

विश्व

अमेरिकामाथि चिनियाँ जासुसी बेलुन घुमिरहेको पेन्टागनको दाबी
प्रविधि, विश्व, समाचार

अमेरिकामाथि चिनियाँ जासुसी बेलुन घुमिरहेको पेन्टागनको दाबी

नेपालअखबार,  एन्जेन्सि। अमेरिकी आकाशमा एक चिनियाँ जासुसी बेलुन धेरै दिनदेखि देखापरेको छ। यसलाई अमेरिकी सेनाले छानबिन गरिएको बिबिसीले जनाएको छ। रक्षा मन्त्रालयले बुधबार मोन्टानाको पश्चिमी राज्यमा देखा परेको बेलुनलाई गोली हानेर खसाल्ने विचार गरे पनि भग्नावशेषमा के हुन सक्छ भन्ने चिन्ताले त्यसो नगर्ने निर्णय गरेको जनाइएको छ। फिलिपिन्स भ्रमणमा रहेका रक्षामन्त्री लोयड अस्टिनले बुधवार यस विषयमा छलफल गर्न वरिष्ठ रक्षा अधिकारीहरूको बैठक बोलाएका थिए। पेन्टागनले धेरै दिनदेखि बेलुनलाई ट्र्याक गरिरहेको छ। बेलुन अमेरिकाको उत्तरी आकाशमा रहेको जनाइएको छ। बेलुन हाल व्यावसायिक हवाई ट्राफिक भन्दा माथिको उचाइमा यात्रा गरिरहेको जनाइएको छ। जमीनमा मानिसहरूलाई सैन्य वा भौतिक खतरा नभएको जनाइएको छ । बेलुनले कुनै सैन्य खतरा समेत नभएको जनाइएको छ । वरिष्ठ रक्षा अधिकारीले यो उचाइमा रहेको जासुसी बेलुन ची...
केही दिनमै विश्वको तेस्रो धनी व्यक्तिबाट आठौंमा झरे भारतका अडानी
अर्थतन्त्र, विश्व, समाचार

केही दिनमै विश्वको तेस्रो धनी व्यक्तिबाट आठौंमा झरे भारतका अडानी

नेपालअखबार, एजेन्सि। एसियाकै सबैभन्दा धनी व्यक्ति भारतका गौतम अडानीले पछिल्ला केही दिनमै अर्बौं  डलर गुमाएका छन्। समाचार संस्था रोयटर्सका अनुसार यसअघि संसारकै तेस्रो धनी व्यक्तिका रूपमा रहेका अडानी अहिले आठौं नम्बरमा आइपुगेका छन्। अहिले उनीसँग ८९.१ अर्ब डलर सम्पत्ति छ।  यद्यपी उनी अहिले पनि एसियाको भने सबैभन्दा धनाढ्य व्यक्ति नै हुन्। केही दिनअघि अमेरिकाको हिन्डन्बर्ग रिसर्चले अडानी ग्रुपबारे एउटा रिपोर्ट सार्वजनिक गरेको थियो। उक्त रिपोर्टमा अडानी ग्रुपको सम्पत्ति बढाइचढाइ गरिएको, सम्बन्धित देशका कानुनहरूको पालना नगरिएको लगायत कुराहरू उल्लेख थिए। उक्त रिपोर्ट आएपछि अडानीले लगानी गरेका सबै कम्पनीहरूको सेयरमा गिरावट आउन थालेको हो। आइतबार अडानी ग्रुपले हिन्डन्बर्ग रिसर्चको रिपोर्टमा ४१३ पेज लामो जवाफ सार्वजनिक गरेको थियो। उक्त जवाफमा हिन्डन्बर्ग रिसर्चको रिपोर्टलाई भारतमाथिको हमला भए...
अमेरिकाद्वारा युक्रेनलाई एफ–१६ लडाकु विमान दिन अस्वीकार
राजनीति, विश्व, समाचार

अमेरिकाद्वारा युक्रेनलाई एफ–१६ लडाकु विमान दिन अस्वीकार

नेपालअखबार, एजेन्सि। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सबै सहयोगको घोषणा गरे पनि युक्रेनलाई आफ्नो एफ–१६ लडाकु विमान दिन अस्वीकार गरेका छन् । सोमबार, एक पत्रकारले अमेरिकाले युक्रेनलाई एफ–१६ विमान युक्रेनलाई उपलब्ध गराउँछ भनेर सोधिएको प्रश्नमा उनले यसको जवाफ ‘दिँदैन’ भनेर दिए बाइडेनको टिप्पणी यस्तो समयमा आएको हो जब जर्मनीले एक दिन अघि युक्रेनमा लडाकु विमान पठाउन अस्वीकार गरेको थियो । युक्रेनले रुससँग चलिरहेको युद्धमा आफ्नो हवाई क्षेत्र प्राप्त गर्न लडाकु विमान आवश्यक रहेको बताएको छ । एफ–१६ लडाकु विमानहरू संसारको सबैभन्दा भरपर्दो लडाकु विमानमध्ये एक मानिन्छ । अमेरिका बाहेक बेल्जियम र पाकिस्तान जस्ता अन्य देशहरूले पनि यसको प्रयोग गर्छन् । यदि युक्रेनले यो पाएको भए, यो हवाई लडाइँमा ठुलो स्तर वृद्धि हुने थियो किनभने युक्रेनले अझै सोभियत युगको लडाकु विमान प्रयोग गरिरह...
पाकिस्तानको पेशावरमा भएको विष्फोटमा ५९ जनाको मृत्यु
विश्व, समाचार

पाकिस्तानको पेशावरमा भएको विष्फोटमा ५९ जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । पाकिस्तानको पेशावरमा भएको विष्फोटमा मृत्यु हुनेको संख्या ५९ पुगेको छ । १५७ जना घाइते भएका छन् । प्रहरी कार्यालय परिसरभित्र रहेको मस्जिदमा नमाजमा सहभागीहरुलाई लक्षित गरी सोमबार दिउँसो आत्मघाती विष्फोट भएको थियो । मस्जिद रहेको उक्त क्षेत्र सबैभन्दा बढी नियन्त्रित क्षेत्रमध्ये एक हो । यहाँ प्रहरी मुख्यालय, गुप्तचर विभाग र आतंकवाद विरोधी व्युरोका कार्यालयहरु छन् । उच्च सुरक्षा प्रवन्ध मिलाइएको क्षेत्रमा भएको विष्फोटपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले घटनाको निन्दा गर्दै आतंकवादीहरुले पाकिस्तानको रक्षा गर्नेहरुलाई निशाना बनाएर डर पैदा गर्न खोजेको टिप्पणी गरेका छन् । शरीफले आतंकवादविरुद्ध पूरा देश एकजुट रहेको पनि बताएका छन् । पेशावरका प्रहरी प्रमुख मोहम्मद एजाज खानले स्थानीय मिडियालाई बताएअनुसार विष्फोटको समयमा उक्त क्षेत्रमा ३०० देखि ४०० प्रहरीहरु रहे...
पाकिस्तानमा ६.३ तीव्रताको शक्तिशाली भूकम्प
विश्व, समाचार

पाकिस्तानमा ६.३ तीव्रताको शक्तिशाली भूकम्प

नेपालअखबार, एजेन्सि। पाकिस्तानको इस्लामाबादमा भूकम्पको तीव्र झट्का महसुस भएको छ । यो भूकम्पको तीव्रता ६.३ म्याग्नेच्युड मापन गरिएको छ । भूकम्प स्थानीय समयानुसार आइतबार मध्यान्ह १२ः५४ मा गएको हो । पाकिस्तानी मौसम विभागका अनुसार भूकम्पको गहिराई १५० किलोमिटर मापन गरिएको थियो जसको केन्द्र ताजिकिस्तान रहेको थियो । पाकिस्तानी तथा भारतीय मिडियाले भूकम्पको म्याग्नेच्युड ६.३ भने पनि अमेरिकी भौगर्भिक सर्वेक्षणले ३२.४ किलोमिटर गहिराइमा गएको भूकम्प ४.४ म्याग्निच्युड रहेको जनाएको छ । स्मरण रहोस्, अघिल्लो वर्ष २२ जूनमा अफगानिस्तान र पाकिस्तानमा ६.१ तीव्रताको भूकम्प महसुस गरिएको थियो । पाकिस्तानी मिडियाका अनुसार भूकम्पको झट्का इस्लामाबादसमेत अन्य सहरमा पनि महसुस भयो ।...
साउदी सुपर कपबाट रोनाल्डो आवद्ध नसर बाहिरियो
खेलकुद, विश्व, समाचार

साउदी सुपर कपबाट रोनाल्डो आवद्ध नसर बाहिरियो

नेपालअखबार, काठमाडौं  स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो आवद्ध अल नसर साउदी सुपर कपको सेमिफाइनलबाट बाहिरिएको छ । बिहीबार राति अल इतिहादसँग ३–१ गोल अन्तरले पराजित हुँदै नसर प्रतियोगिताबाट बाहिरिएको हो । रोनाल्डो सम्मिलित नसर पहिलो हाफमा नै २–० गोल अन्तरले पछि परेको थियो । खेलको १५ औं मिनेटमा इतिहादका लागि रोमारिन्होले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ५३ औं मिनेटमा अब्देराजाक हाम्दाल्लाहले गोल गर्दै इतिहादको अग्रता दोब्बर पारे । खेलको ४७ औं मिनेटमा नसरका लागि टालिस्काले गोल गर्दै टिमलाई २–१ गोलको अवस्थामा ल्याए । खेलको इन्जुरी समयमा महन्नद अल शानक्विटीले इतिहादका लागि गोल गर्दै टिमलाई ३­–१ गोल अन्तरले जित दिलाए ।...
फिलिपिन्समा वायुसेनाको विमान दुर्घटना, २ जनाको मृत्यु
विश्व, समाचार

फिलिपिन्समा वायुसेनाको विमान दुर्घटना, २ जनाको मृत्यु

नेपालअखबार, काठमाडाैं । प्रशिक्षण उडानमा रहेको फिलिपिन्स वायुसेनाको एउटा विमान दुर्घटना दुर्घटना हुँदा चालक दलका दुई जना सदस्यको मृत्युभएको छ। राजधानी मनिलाबाट पश्चिममा अवस्थित बतान प्रान्तको धानखेतमा विमान खसेको तथा त्यसमा रहेका दुवै जना चालकको मृत्यु भएको दुर्घटनास्थल पुगेका प्रहरी तथा उद्धारकर्मीले पुष्टि गरेका छन्। वायु सेनाका प्रवक्ता कर्णेल एम कन्सिउलो काष्टिलाले एक विज्ञप्ति निकालेर विमान खेतमा खसेको जानकारी दिए पनि त्यसमा भएको मानवीय क्षतिबारे केही खुलाएका छैनन्। यसैबीच, हिजोदेखि एउटा विमान हराइरहेको छ।  इसावेला प्रान्तबाट उडेको केही क्षणपछि हराइरहेको ६ जना यात्री बोकेको निजी विमानको खोजी भइरहेको सुरक्षा अधिकारीहरूले बताएका छन्। प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको फिलिपिन्सको नागरिक उड्डयन कार्यालयका प्रवक्ता एरिक अप्लोनियोले बताएका छन् । (रासस/सिन्ह्वा)...
अमेरिकाले युक्रेनलाई ३१ वटा शक्तिशाली युद्ध ट्यांक पठाउने
विश्व, समाचार

अमेरिकाले युक्रेनलाई ३१ वटा शक्तिशाली युद्ध ट्यांक पठाउने

नेपालअखबार, एजेन्सि। संयुक्त राज्य अमेरिकाले युक्रेनलाई थप ३१ वटा शक्तिशाली युद्ध ट्याङ्क पठाउने निर्णय गरेको छ। जर्मनी र केही युरोपेली देशले अत्याधुनिक लियोपार्ड-२ नामक लडाकु ट्यांक पठाउने घोषणा गरेको केही समयपछिनै अमेरिकाले पनि एम वन अब्राम ट्यांक पठाउने निर्णय गरेको बिबिसीले जनाएको छ। रूसी आक्रमण विरूद्ध लड्नलाई पठाउने ट्यांक जर्मनीसँग सहकार्य गरेर परिचालन गरिने अमेरिकी अधिकारीले स्पष्ट पारेका छन्। यसअघि जर्मनीले १४ वटा लियोपार्ड-२ ट्यांक पठाउने निर्णय गरेको थियो । युक्रेनले महिनौंदेखि सैन्य उपकरण पठाउन पश्चिमी सहयोगीहरूलाई लबिङ गर्दै आएको छ। रूसले युक्रेनमा आक्रमण थालेको आउँदो महिना एक वर्ष पुग्दैछ। एक वर्ष पुगेको मौकामा ठूलो बदला लिन युक्रेनले शक्ति सञ्चय गर्नुका साथै ठूलो विदेशी सहयोग चाहेको छ । युक्रेनकै योजना अनुसार युरोपेली देश र अमेरिकाले पनि अत्याधुनिक ट्यांक पठाउ...
साउदी अरेबियाले सन् २०२३ मा दुई लाख श्रीलङ्काली कामदार लैजाने
विश्व, समाचार

साउदी अरेबियाले सन् २०२३ मा दुई लाख श्रीलङ्काली कामदार लैजाने

नेपालअखबार, कोलम्बो । श्रीलङ्काका श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायकाराले मङ्गलबार साउदी अरेबियाले सन् २०२३ मा दुई लाख श्रीलङ्काली कामदार लैजान इच्छुक रहेको बताएका छन् । मन्त्रीले सन् २०२२ मा साउदी अरेबियाले श्रीलङ्काका लागि ५४ हजार रोजगारीको प्रस्ताव गरेको र सन् २०२२ मा तीन लाखभन्दा बढी श्रीलङ्कालीहरू वैदेशिक रोजगारीका लागि गएको र त्यसमा पनि अधिकांश मध्यपूर्वमा गएको बताएका छन् । श्रीलङ्काका लागि वैदेशिक राजस्वको मुख्य स्रोत कामदारको रेमिट्यान्स हो। श्रीलङ्काका आप्रवासी कामदारहरूले सन् २०२२ मा करिब ३.८ बिलियन अमेरिकी डलर पठाएको देशको केन्द्रीय बैङ्कको तथ्याङ्कले देखाएको छ। (रासस-सिन्ह्वा)...
२४ घण्टाको अवरुद्धपछि पाकिस्तानमा विद्युत् सेवा बहाल
विश्व, समाचार

२४ घण्टाको अवरुद्धपछि पाकिस्तानमा विद्युत् सेवा बहाल

नेपालअखबार, एजेन्सि। पाकिस्तानमा बिजुली सङ्कट अब समाप्त भएको छ र आपूर्ति फेरि सुरु भएको छ । पाकिस्तानको ऊर्जा मन्त्रालयका अनुसार २४ घण्टाभित्र देशभरका १११२ पावर ग्रिडलाई रिस्टोर गरिएको छ । यसअघि सोमबार साँझदेखि नै देशभर विभिन्न चरणमा विद्युत् सेवा बहाल हुँदै आएको थियो । पाकिस्तानमा सोमबार बिहानैदेखि विद्युत् सेवा अवरुद्ध भएको थियो । ऊर्जा मन्त्रालयका अनुसार प्रारम्भिक रिपोर्ट अनुसार राष्ट्रिय ग्रिडको सिस्टम फ्रिक्वेन्सी बिहान ७ः३४ मा घटेर विद्युत् प्रणालीमा व्यापक क्षति पुगेको थियो । विद्युत् सङ्कटले करिब ४० हजार मोबाइल टावर प्रभावित भएका छन् । सामाजिक सञ्जालमा इस्लामावादलगायत धेरै क्षेत्रमा मानिसहरूले मोबाइल सिग्नल कमजोर भएको गुनासो गरिरहे । केन्द्रीय मन्त्री खुर्रम दस्तगीरले ब्रेकडाउनको कारण पत्ता लगाएर जिम्मेवारी तोक्ने बताएका थिए ।...