Wednesday, August 26

शिक्षा

शिक्षासंगै जिवन उपयाेगि शिक्षा लिदै बालबालिका विनायक सुधा निकेतन मा.वि : साहारा बास्काेटा
शिक्षा, समाचार, समाज

शिक्षासंगै जिवन उपयाेगि शिक्षा लिदै बालबालिका विनायक सुधा निकेतन मा.वि : साहारा बास्काेटा

साहारा बास्काेटा , काठमाडाैं ।बालबालिकाले शिक्षासंगै जिवन उपयाेगि शिक्षा लिदै विनायक सुधा निकेतन मा.विमा  विध्यार्थीहरूले कक्षा ४ राेल्न २५  साहारा बास्काेटाले लिएकाे याे तस्विरहरू
अध्ययनसंगै समाजिक उत्तरदायित्व बहन गर्नका लागि सचेतना फैलाउनु पर्छ : भि एस निकेतनका विध्यार्थी
शिक्षा, समाचार, समाज

अध्ययनसंगै समाजिक उत्तरदायित्व बहन गर्नका लागि सचेतना फैलाउनु पर्छ : भि एस निकेतनका विध्यार्थी

नेपालअखबार, काठमाडाैं ।   शिक्षा र समाज विषयमा गरिएकाे अन्तक्रियामा  विनायक सुधा निकेतन मा.विका  विध्यार्थीहरू कक्षा ६ र ७का सहभागि थिए । बालबालिका र सञ्चारकाे विषयमा छलफल गर्दै बालपत्रकारकाे आवश्यकता र महत्वबारेमा  विध्यार्थीहरूसंग नेपालअखबार डट कमले अन्तक्रिय सम्पन्न भएकाे छ । शिक्षिका जानकी शर्माले  विध्यार्थीहरू शिक्षासंगै समाजिक उत्तरदायित्व बहन गर्नका लागि आजबाट नै आफूलाई तयार पार्न पर्ने बताइन । शिक्षिका शर्माले  मिडियाकाे भूमिकाबारे अन्तक्रियाले समाजलाई सवाल बनाउनुका साथै भविष्यका लागि विकास र समृद्वि हुने बताइन ।  बालबालिकालाई सञ्चारसंग जाेड्दा बालबालिका र सञ्चारकाे उल्लेखनिय भूमिका रहने शिक्षिका जानकी शर्माले बताइन ।   कक्षा ७का निषठा सापकाेट्टा, कक्षा ६ दिपेश रावल, जल्दिप भण्डारी, सुमिरा काफ्ले लगायतका  विध्यार्थीहरूले आफ्नाे विचार राख्यका थिए ।...
काठमाडौँ विश्वविद्यालयबाट १२ प्रतिशतभन्दा बढी विदेशी दीक्षित
शिक्षा, समाचार

काठमाडौँ विश्वविद्यालयबाट १२ प्रतिशतभन्दा बढी विदेशी दीक्षित

नेपालअखबार, काठमाडौँ । काठमाडौँ विश्वविद्यालयबाट हालसम्म १२ प्रतिशतभन्दा बढी विदेशी दीक्षित भएका छन् । बुधवार विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल प्रचण्डले उक्त तथ्याङ्क प्रस्तुत गरेका हुन् । तीमध्ये यो वर्ष ६.१५ प्रतिशत विद्यार्थी विदेशी भएको आफूले जानकारी पाएको प्रचण्डले बताएका छन् । ‘आज दीक्षित हुने विद्यार्थीहरूमध्ये ६.१५ प्रतिशत विदेशी विद्यार्थी भएको र विश्वविद्यालयबाट हालसम्म दीक्षित भएकामध्ये १२ प्रतिशतभन्दा बढी विदेशी भएको मैले बुझेको छु’, उनले वक्तव्यमा उल्लेख गरेका छन्, ‘यो नै नेपालको शैक्षिक अन्तर्राष्ट्रियकरणको ज्वलन्त उदाहरण हो । अब यो क्रमलाई राष्ट्रिय अभियानका रूपमा थप सुदृढ र विस्तारित बनाउनु आवश्यक छ ।’ यस्तै बुधवार दीक्षित हुने विद्यार्थीलाई आर्जन गरेको ज्ञान र सीपलाई देशको र मानव जातिको हितका लागि अर्पण ग...
अधिकार प्राप्त गर्नका लागि हामी बाेल्नु पर्छ : प्रगति शिक्षा सदनका विध्यार्थी
शिक्षा, समाचार, समाज

अधिकार प्राप्त गर्नका लागि हामी बाेल्नु पर्छ : प्रगति शिक्षा सदनका विध्यार्थी

नेपालअखबार, काठमाडाैं । हामीले किन बाेल्नु पर्छ भन्ने विषयमा छलफल गर्दै प्रगति शिक्षा सदन सेकेन्डरी स्कुल कुपोन्डोल ललितपुरका विध्यार्थीहरूसंग नेपालअखबार डट कमले गरेकाे अन्तक्रिय सम्पन्न भएकाे छ । प्रध्यानध्यापक सत्य नारायण मर्हजनले मिडियाकाे भूमिकाबारे अन्तक्रियाले समाजलाई सवाल बनाउनुका साथै भविष्यका लागि विकास र समृद्वि हुने बताउनु भयाे । बालबालिकालाई सञ्चारसंग जाेड्दा बालबालिका र सञ्चारकाे उल्लेखनिय भूमिका रहने प्रध्यानध्यापक मर्हजनले बताए । हामीले किन बाेल्नु पर्छ भन्ने विषयकाेअन्तक्रियामा  विध्यार्थीहरूकाे सहभागिता रहेकाे थियाे । कक्षा ९ देखि ७ सम्मका  विध्यार्थीहरूकाे सहभागिता रहेकाे थियाे । अन्तक्रियामा कक्षा ९का साेनाम माेक्तान, गाेविन्द शाह बानिया, संजाेक थापा मगर, कक्षा ७ वटा राखि शाह र राधिका तामाङ्गले हामीले किन बाेल्नु पर्छ भन्ने विषयमा आफ्नाे भनाइ अधिकार प्राप्त गर्नका लाग...
पढ्दै रमाउदै प्रगतिशिक्षा सदन सेकेन्डरी स्कुल कुपोन्डोल ललितपुरका बिध्यार्थी
शिक्षा, समाचार, समाज

पढ्दै रमाउदै प्रगतिशिक्षा सदन सेकेन्डरी स्कुल कुपोन्डोल ललितपुरका बिध्यार्थी

नेपालअखबार, काठमाडाैं। प्रगति शिक्षा सदन सेकेन्डरी स्कुल कुपोन्डोल ललितपुरका  बिध्यार्थी पढ्दै रमाउँदै छन् ।  प्रध्यानध्यापक सत्य नारायण मर्हजनका अनुसार शान्त वातावरणमा बिध्यार्थीहरूलाई  अध्यापन गराउनुका साथै क्षमतावृद्वि गर्दै आएकाे जानकारी दिएका छन् । फाेटाे फिचर
भोलीबाट क्याम्ब्रिजको ‘एड्मिसन मन्थ’
शिक्षा, समाचार, समाज

भोलीबाट क्याम्ब्रिजको ‘एड्मिसन मन्थ’

नेपालअखबार, काठमाडौं। उच्च शिक्षाका लागि विदेश जानेहरुका लागि क्याम्ब्रिजले ‘एड्मिसन मन्थ’ सुरु गरेको छ । क्याम्ब्रिजले डिसेम्बर ३ देखि जनवरी ३ सम्मकालागि ‘एड्मिसन मन्थ’ गर्न लागेको हो । एक महिनाभर चल्ने ‘एड्मिसन मन्थ’मा अध्ययनका लागि क्यानडा, यूके र अस्ट्रेलिया जाने विद्यार्थीहरुलाई सहि सूचना र परामर्श दिइने क्याम्ब्रिजका संस्थापक निर्देशक शिशिर सिंखडाले जानकारी दिए । ‘एड्मिसन मन्थ’मा क्यानडा, यूके र अस्ट्रेलियाका युनिभर्सिटी, कलेजका बारेमा सत्यतथ्य जानकारी दिन तथा भिजा प्रक्रिया, लागत, छात्रवृत्ति लगायतका बारेमा सम्बन्धीत कलेज र युनिभर्सिटीहरुका प्रतिनिधिहरुबाटै परामर्श दिइनेछ । ‘डिसेम्बर ३ देखि ३ जनवरी २०२४ सम्म एक महिना ‘एड्मिसन मन्थ’ घोषणा गरेका छौं । यी दिनहरुमा क्याम्ब्रिजका सबै शाखाहरुमा विद्यार्थीहरुले दक्ष, अनुभवी शैक्षिक परामर्शदाताबाट परामर्श पाउन सक्नुहुन्छ । साथै, क्यान...
रित्तिने अवस्थामा त्रिवि विभाग
शिक्षा, समाचार, समाज

रित्तिने अवस्थामा त्रिवि विभाग

नेपालअखबार, काठमाडौँ । पैँतिस वर्षअघि स्थापना भएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग यतिखेर विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको छ । कुनैबेला वार्षिक तीन सय विद्यार्थीले अध्ययन गर्ने गरेको यो विभागमा अचेल विद्यार्थी पढ्न आउँदैनन् । बिहान सबेरै पढाउन गएका प्राध्यापकहरू कक्षाकोठामा विद्यार्थी नपाएपछि घर फर्किने गरेका छन् । एकाबिहानै विभाग आइपुगे पनि विद्यार्थी नआएपछि उक्त विभागका सहप्राध्यापक बालकृष्ण माबुहाङले दुई दिनअघि फेसबुकमै लेखे, “पढाउने पिरियडभरि विद्यार्थी पर्खी बसेँ, आएनन् । कसलाई, कसले दोषारोपण गर्ने वा विद्यार्थी खोज्न जाने १” विगतमा महिलाको प्रजननदर अधिक भयो, घटाउनु पर्छ भनेर बहस गरेकोदेखि जनसङ्ख्या समस्या समाधानका लागि ‘पड्किन तयार बम’ भन्ने उपमा पाएको यो विभागमा मुस्किलले १२ जना विद्यार्थी भर्ना भएका छन् तर पढ्न भने कहिलेकाहीँ म...
अध्यक्ष चन्दद्वारा प्राध्यापकहरुसंग छलफल 
शिक्षा, समाचार

अध्यक्ष चन्दद्वारा प्राध्यापकहरुसंग छलफल 

नेपालअखबार, सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले प्राध्यापकहरुसंग छलफल गरेका छन् । अध्यक्ष चन्दले मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति समेत रहेका प्राध्यापक डा.नन्द बहादुर सिंह, नेपाल प्राज्ञ प्रतिष्ठानका पुर्व सदस्य सचीव प्राध्यापक डा .जिवेन्द्र देव गिरि  र उप- प्राध्यापक थानेश्वर लामिछानेलाई गाउँपालिकामा स्वागत गरेका छन् । उनले प्राध्यापकहरुसंग सिम्ता गाउँपालिकालाई समृद्ध बनाउने विषयमा सल्लाह सुझाव पनि लिएका छन् । अध्यक्षमा निर्वाचित भएपछि चन्दले विभिन्न विषयका विद्वानहरुलाई गाउँपालिका भ्रमण गराइरहेका छन् । स्थानीय तहलाई सवल बनाउन विद्वानको राय सुझावलाई नीति कार्यक्रममा ढाल्ने नीति चन्दको छ । प्राध्यापकहरुसंगको छलफलमा उपाध्यक्ष गोमा शर्मा रेग्मी , प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली लगाएत अन्य कर्मचारी थिए । सिम्ता गाउँपालिकाले अतिथिहरुलाई `सिम्ता डाय...
१६ औं हिसान कास्की स्पोर्टस मिटको तयारी पुरा, १४ गते उद्घाटन
खेलकुद, शिक्षा, समाचार

१६ औं हिसान कास्की स्पोर्टस मिटको तयारी पुरा, १४ गते उद्घाटन

नेपालअखबार, पोखरा  । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा हुने १६ औं संस्करणको हिसान स्पोर्टस मिटको तयारी पुरा भएको छ । शिक्षाको विकास संगै विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापमा अघि बढाउने अनुरुपा आयोजना गरिएको स्पोर्टस मिटको सम्पूर्ण तयारी पुरा भएको हिसान कास्कीले जनाएको हो । स्पोर्टस मिट अन्तर्गत विद्यालय, कलेज र विश्वविद्यालयतर्फ गरी विभिन्न चार खेलका छुट्टा–छुट्टै प्रतिष्पर्धाहरु आयोजना हुनेछन् । हिसान स्पोर्टस मिट यहि मंसिर १४ गते देखि १७ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने हिसान कास्कीका निवर्तमान अध्यक्ष एवं स्पोर्टस मिटका संयोजक डा रामजी शर्माले जानकारी दिएका छन् । १६ औं सस्करणको हिसान स्पोर्टस मिटको उद्घाटन बास्केटबल कोर्टमा गर्ने गरि तयारी भएको संयोजक शर्माले जानकारी दिए । हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केट...
१५ दिनदेखि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यापन बन्द
शिक्षा, समाचार, समाज

१५ दिनदेखि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यापन बन्द

नेपालअखबार, हेटौँडा । बागमती प्रदेशको गौरवको आयोजनाको रूपमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत प्राध्यापकहरू विरोधमा उत्रिएका छन् । प्रतिष्ठानमा कार्यरत प्राध्यापकहरूले तलब, भत्ता बापतको भुक्तानी प्राप्त गर्न नसक्दा उनीहरूले विरोधमा उत्रिएका हुन् । विगत ४ महिनादेखि प्रतिष्ठानमा अध्यापन गराउँदै आएका विषयगत प्राध्यापकहरूले तलब, भत्ता लगायतका अन्य सुविधा बापतको रकम भुक्तानी प्राप्त गर्न नसकेको प्राध्यापक कल्याणकारी समिति मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडाका अध्यक्ष विश्वास सापकोटाले जानकारी दिए । प्रतिष्ठानले विगत ४ महिनादेखि २४ जना प्राध्यापकहरूको तलब भत्ता लगायतका सुविधाको रकम भुक्तानी नदिएकाले विरोधमा उत्रिएको उनले बताए । विरोध स्वरूप प्राध्यापकहरूले गत कात्तिक २२ गतेदेखि पठनपाठन नै ठप्प पारेका छन् । अध्यक्ष सापकोटाका अनुसार प्रतिष्ठानले प्राध्यापक...