काठमाडौं महानगरले एसइई नतिजा सुधारका लागि विद्यालयमा पठायो सहजकर्ता
नेपालअखबार, काठमाडाैं । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता र सहयोगी गरी ४३ जना परिचालन गरेको छ।
एसइई नतिजा सुधार गर्नकै
लागि महानगरले अनिवार्य ५ विषयका लागि १८ जना विषयगत शिक्षण सहजकर्ता नियुक्त गरी विद्यालयमा पठाएको हो।
त्यसैगरी शिक्षण सहयोगीका रूपमा २५ जना परिचालन गरेको जनाएको छ। यसका लागि महानगरले गत माघ ४ गते सार्वजनिकरूपमा विज्ञापन माग गरेको थियो। उक्त विज्ञापनको आधारमा दरखास्त परेकामध्येबाट १८ जनालाई सहजकर्ताको रूपमा नियुक्त गरेको र २५ जनालाई सहयोगीको रूपमा नियुक्त गरी विद्यालयमा परिचालन गरिएको महानगरको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए।
‘सहजकर्ताका लागि आवश्यकता संख्या २५ रहे पनि मागअनुसार योग्यता पुगेका उम्मेदवार १८ जना मात्र रहेकाले प्रक्रिया पुर्याएर उहाँहरूलाई...










