Monday, May 25

शिक्षा

कक्षा १२ मा ४० नम्बरका लागि अनलाइन परीक्षा हुने
शिक्षा, समाचार, हाइलाइट-समाचार

कक्षा १२ मा ४० नम्बरका लागि अनलाइन परीक्षा हुने

प्रकाश सिलवाल, काठमाडाैं । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गरी परीक्षा सम्पन्न गर्न सरकारलाई सिफारिस गरेको छ । विषम स्थितिमा हुने यो मिश्रित ढाँचाको परीक्षाबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाइ स्वीकृत गराएपछि निर्णय कार्यान्वयन हुनेछ । मन्त्रालयका एक अधिकारीका अनुुसार बोर्डको सिफारिसअनुसार सरकारले चाँडै निर्णय गर्नेछ । अनलाइनमा पहुँच नहुनेले सूचना प्रविधिका अन्य माध्यमलाई पनि प्रयोग गर्न सक्ने गरी सरकारले विद्यार्थी सिका...
पोखरा महानगरको बहुप्राविधिक शिक्षालयमा यसैवर्ष पढाई हुने, सिभिल र अटो इन्जिनियरिङको आवेदन खुला
प्रशासन, शिक्षा, समाचार

पोखरा महानगरको बहुप्राविधिक शिक्षालयमा यसैवर्ष पढाई हुने, सिभिल र अटो इन्जिनियरिङको आवेदन खुला

नेपाल अखबार, पाेखरा।  पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्रविविधक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङको पढाइ हुने भएको छ । तीन वर्षे कोर्षको लागि शिक्षालयले भर्नाका लागि आवेदन खुला गरिसकेको पोखरा महानगरपालिका शिक्षा महाशाखाले जानकारी दिएको छ । एसइई उत्तीर्ण विद्यार्थीले असोज १५ गतेसम्म अध्ययनको लागि आवदेन दिन सक्ने शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए । दुई विषयमा ४८÷४८ कोटा निर्धारण गरिएको छ भने विभिन्न छात्रवृत्तिको पनि व्यवस्था गरिएको आचार्य बताए । १० वटा पूर्ण छात्रवृत्ति र ६ वटा कोटा सहुलियत र ३२ वटा कोटा खुला रहेका छन् । पोखरा महानगरपालिकाले बजारको मागका आधारमा दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्य सहित ‘गण्डकी बहुप्राविधिक शिक्षालय’ स्थापना गरेको हो । अटोमोबाइल इन्जिनियरिङ सम्बन्धी आवश्यक सीपको अभावमा यहाँका युवा ब...
पोखरामा चट्टान र सुरुङ विषयको पढाइ सुरु
शिक्षा, समाचार

पोखरामा चट्टान र सुरुङ विषयको पढाइ सुरु

नेपाल अखबार, पाेखरा । त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा देशमै पहिलोपटक चट्टान तथा सुरुङ (रक एण्ड टनेल) इञ्जिनियरिङको पढाइ सुरु भएको छ । सुरुङ इञ्जिनियरिङका लागि आवश्यक दक्ष जनशक्ति स्वदेशभित्रै उत्पादनको लक्ष्यसहित स्नातकोत्तर तहमा यस वर्षबाट सो कार्यक्रमको पढाइ सुरु गरिएको हो । सिभिल इञ्जििनियरिङमा स्नातक पास भई इञ्जिनियरिङ अध्ययन संस्थानले लिएको प्रवेश परीक्षामा उत्तीर्ण १०० मध्यबाट ‘मेरिट लिष्ट’का आधारमा सिट क्षमताअनुसार पहिलो वर्ष तीन महिलासहित २० जना विद्यार्थी छनोट गरी अध्यापन सुरु गरिएको क्याम्पस प्रमुख इञ्जििनियर रामप्रसाद पौडेलले बताए । उनका अनुसार कोरोना जोखिमका कारण हाललाई सोमबारदेखि भर्चुअल विधिबाट अध्ययन/अध्यापन सुरु गरिएको छ । सो कार्यक्रम दुई वर्षे कोर्षको हुनेछ । यसअघि गत वैशाख १५ गतेदेखि कक्षा सञ्चालन गर्ने तयारी रहे पनि बन्दाबन...
कक्षा १२ का विद्यार्थीको विवरण संकलन गर्दै परीक्षा बोर्ड
प्रशासन, शिक्षा, समाचार

कक्षा १२ का विद्यार्थीको विवरण संकलन गर्दै परीक्षा बोर्ड

नेपाल अखबार, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण परीक्षा रोकिएको बेला राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीहरुको विवरण संकलन गर्ने भएको छ । बोर्डले परीक्षा आवेदन फाराम भरेका विद्यार्थीहरू महामारीका कारण अध्ययनरत विद्यालय भन्दा फरक जिल्ला वा स्थानमा बसिरहेका छन् वा छैनन भन्ने विवरण संकलन गर्न लागेको हो । विद्यार्थीहरूको विवरण सात दिनभित्र बोर्डको प्रदेश वा शाखा कार्यालयमा आइपुग्नु पर्नेछ । कक्षा १२ को परीक्षा आवेदन भरेका र हाल आफू अध्ययनरत विद्यालय भन्दा टाढा रहेका विद्यार्थीले मात्रै हाल बसिरहेको स्थान र आफू बसिरहेको स्थान नजिकको कक्षा १२ पढाई हुने विद्यालय, कोड र ठेगाना सहितको विवरण उपलब्ध गराउनु पर्नेछ । कोभिड-१९ का कारण यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) हुन सकेन भने कक्षा ११ को वाषिर्क परीक्षा सम्बन्धित विद्यालयले नै लिने भएको छ । तर शिक्षा ऐन अनुसार ...
वैकल्पिक प्रणालीको सिकाइलाई अनिवार्य गर्न शिक्षामन्त्रीको आग्रह
प्रशासन, शिक्षा, समाचार, हाइलाइट-समाचार

वैकल्पिक प्रणालीको सिकाइलाई अनिवार्य गर्न शिक्षामन्त्रीको आग्रह

नेपाल अखबार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीका कारण शिक्षालय खोल्ने स्थिति नभएकाले वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिकसत्रका रुपमा मान्यता दिई यस प्रक्रियामा अनिवार्य सहभागिताका लागि शिक्षक, अभिभावक र विद्यार्थीमा आह्वान गरेका छन् । मन्त्री पोखरेलले आज भर्चुअलरुपमा आयोजित पत्रकार सम्मेलनमा बाध्यात्मक स्थितिमा घर नै शिक्षालय भन्ने मान्यताका साथ सबैका लागि वैकल्पिक प्रणालीबाट न्यूनतम् सिकाइको सुनिश्चितताका लागि अभियान सञ्चालन गरिने जानकारी दिए । घरमै बसेर इन्टरनेट, रेडियो, टेलिभिजन, शिक्षकसँग टेलिफोन सम्पर्कका माध्यमबाट र सूचना तथा प्रविधिको पहुँच नभएका शिक्षकले भौतिक दूरी कायम गरी सिकाइ प्रक्रियामा अमूल्य योगदान दिनुपर्ने बताए । उनले आजको मन्त्रिपरिषद्को बैठकमा यसबारे छलफल भएको तथा सूचना र सञ्चारको पहुँच भएका र नभएका विद्यार्थीको सिकाइ निर...
कक्षा १२ को स्थगित परीक्षा दशैँ अगावै
शिक्षा, समाचार, हाइलाइट-समाचार

कक्षा १२ को स्थगित परीक्षा दशैँ अगावै

नेपाल अखबार, काठमाडौँ । कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ने भएको हो । बोर्डका (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी स्थगित परीक्षा छिट्टै लिने अन्तिम तयारीमा आफूहरू जुटेको र दशैँअघि नै हुने जानकारी दिए । यो समाचार आजको गोेरखापत्र दैनिकमा प्रकाशित छ ।...
एसइईमा कम नम्बर दिएकाे भन्दै विद्यार्थीले शिक्षकलाई कुटे
शिक्षा, समाचार, समाज

एसइईमा कम नम्बर दिएकाे भन्दै विद्यार्थीले शिक्षकलाई कुटे

नेपाल अखबार, सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाको एक सामुदायिक विद्यालयका शिक्षकलाई सोही विद्यालयमा अध्ययनरत केही विद्यार्थीले कुटपिट गरेको छन्। एसइईमा कम नम्बर दिएको निहुँमा आइतबार दिउँसो सुनकोसी ७ मझुवास्थित गणेश माविका प्रधानाध्यापक र एक शिक्षकमाथि कुटपिट भएको हो। विद्यार्थीले विद्यालयमै गएर शिक्षकमाथि निर्घात कुटपिट गरेका प्रहरीले जनाएको छ। प्रद्यानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी विषय पढाउने शिक्षक चित्रबहादुर भण्डारीमाथि विद्यार्थीले कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रञ्जु सिग्देलले जानकारी दिइन्। कुटपिटमा संलग्न विद्यार्थी फरार छन्। ‘कुटपिटमा संलग्न विद्यार्थीको खोजी भइरहेको छ,’ एसपी सिग्देलले  भनिन्, ‘कुटपिटबाट दुई शिक्षक घाइते हुनु भएको छ। उहाँहरुले आइतबार साँझ जिल्ला प्रहरी कार्यालयमा आएर उजुरी दर्ता गराउनु भएको छ। हामीले उहाँहरुको घाउ जाँच गरेर घटना...
दशैँ पछाडि मात्र त्रिविको वार्षिक परीक्षा
शिक्षा, समाचार

दशैँ पछाडि मात्र त्रिविको वार्षिक परीक्षा

नेपाल अखबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि मात्र हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ । यसअघि बन्दाबन्दी (लकडाउन) खुलेसँगै सवारी साधन सञ्चालन भएपछि पनिकाले भदौ १६ गतेबाट सेमेष्टर र असोजको पहिलो हप्ताबाट वार्षिक परीक्षा गर्ने तयारी रहेको थियो । “अहिलेको स्थितिमा दशैँ अगाडि कुनै पनि परीक्षा गर्न सहज छैन”, उनले भने, “अब वार्षिक अन्तर्गतका सबै परीक्षा दशैँपछि नै हुन्छन् ।” उनका अनुसार मङ्सिर १५ वा २० गतेदेखि परीक्षा गर्ने र चैतसम्म सकाउने तयारी छ । चैतसम्म सबै बाँकी रहेका प...
अनेरास्ववियूको माग शैक्षिकसत्र खेर जान नदेऊ
राजनीति, शिक्षा, समाचार

अनेरास्ववियूको माग शैक्षिकसत्र खेर जान नदेऊ

नेपाल अखबार,  काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले एसईई ग्रेडिङ मापदण्ड स्थगित गर्नुपर्ने लगायतका २१ सूत्रीय मागसहितको ज्ञापनपत्र आज शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई बुझाएको छ । इमेलमार्फत् बुझाइएको ज्ञापनपत्रमा विद्यालय शिक्षासँग सम्वन्धित ११ वटा र विश्वविद्यालय शिक्षासँग सम्वन्धित १० वटा माग प्रस्तुत गरिएको छ । कोरोना संकट र निषेधाज्ञाका कारणले शिक्षामन्त्री पोखरेलसँगको टेलिफोन संवादपछि इमेलबाट ज्ञापनपत्र पठाइएको र उक्त ज्ञापनपत्र मन्त्री पोखरेलले ग्रहण गरिसकेको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बताए । ज्ञापनपत्रमा अनेरास्ववियूले शैक्षिकसत्र कुनै हालतमा खेर जान नदिन, वैकल्पिक माध्यमबाट परीक्षा लिन र सिकाइ सहजीकरण निर्देशिका ०७७ को समीक्षा तथा अनुगमन गरी त्यसलाई शैक्षिक सत्रकै अंग बनाउन माग गरेको छ । त्यसैगरी कक्षा ११ मा भर्ना हुनका लागि यस वर्ष तय गरिएको एसईई ग्रेडिङ मापद...
अनमी र सीएमए पढाउने १३७ सीटीईभीटीका कलेजको सम्बन्धन खारेज
प्रशासन, शिक्षा, समाचार

अनमी र सीएमए पढाउने १३७ सीटीईभीटीका कलेजको सम्बन्धन खारेज

नेपाल अखबार, काठमाडाैं।  राष्ट्रिय चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) सँग सम्बन्धन लिएर सञ्चालित स्वास्थ्य विषयका प्राविधिक एसएलसी सरहका कार्यक्रम खारेज गर्ने निर्णय गरेको छ। आयोगको साउन ३० गते बसेको बैठकले चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४२ अनुसार प्रमाणपत्र तहभन्दा मुनिका सबै कार्यक्रम खारेज गरेको हो । यो निर्णय यसै शैक्षिक सत्रदेखि लागू हुनेछ । आयोगका उपाअध्यक्ष श्रीकृष्ण गिरीले ऐनकै व्यवस्थाअनुसार सीटीईभीटीले चलाउँदै आएको प्रमाणपत्र तहमुनिका स्वास्थ्य विषयका कार्यक्रममा यस वर्षदेखि भर्ना लिन नपाउने निर्णय गरिएको जानकारी दिए । उनले भने, ‘चिकित्सा शिक्षा ऐन अनुसार नै हाम्रो छलफलले निर्णय गरेको हो ।’ योसँगै अनमी, सीएमए, ल्याब असिस्टेन्टलगायतका २३८ विषय पढाउने १३७ वटा कलेजको सम्बन्धन खारेज भएको छ। त्यसैगरी त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्दै आए...