विद्यार्थीलाई प्राथमिक उपचार बिधी सिकाउदै पालुङटार नगरपालिका
सामुदायिक विद्यालयका विद्यार्थाीलाई प्राथमिक उपचार सिकाउन पालुङटार नगरपालिकाले नयाँ अभियानको सुरुवात गरेको छ ।
उपप्रमुखसंग स्वास्थ्य शिक्षा तथा प्राथमिक उपचार तालिम कार्यक्रम अन्तरगत नगरपालिकाले सो अभियानको सुरुवात गरेको हो । १० वटा सामुदायिक विद्यालयमा सञ्चालन हुने अभियानको बुधबार एक कार्यक्रमका बिच भवानी माध्यामिक विद्यालयबाट नगरप्रमुख दिपकबाबु कडेंलले शुभारम्भ गरेका हुन् ।
‘आकस्मिक हुने घटना र चोटपटकहरुमा समयमै सामान्य उपचार पाउदा पनि मानविय क्षती रोकिन्छ’ नगरप्रमुख कडेंलले भने ‘त्यस्ता सामान्य तरिका विद्यार्थीलाई सिकाएर समुदायसम्म यो कार्यक्रम पु¥याउने उदेश्यले अभियानको सुरुवात गरेका हौ ।’
पहिलो चरणको अभियान अन्तरगत माध्यामिक तहका विद्यार्थीलाई यो तालिम सिकाउने योजना नगरपालिकाको छ ।
कार्यक्रमले आकस्मिक रुपमा विद्यार्थी तथा शिक्षकहरुमा बेलाबखत आउने शारिरिक समस्याले समयमै सामान्...
