Tuesday, September 8

समाचार

पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध
समाचार, समाज

पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध

नेपालअखबार, काठमाडौं । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–गल्छीखण्ड, मुग्लिन–नारायणगढ, मेची राजमार्ग, रुकुमपश्चिम भेरी करिडोर, पासाङल्हामु, रोल्पाको शहिद मार्गलगायतका अवरुद्ध छन्। पृथ्वीराजमार्गको गल्छी–बैरेनी खण्डमा बिहीबार साँझदेखि एकतर्फी सवारीसाधन सञ्चालन भएका छन्। यस्तै सोही खण्डको जरिखेत खण्डमा थुप्रिएको माटो तथा ढुङ्गा पन्छाएर यातायात पुनः सञ्चालनमा आएको सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले बताए। यसैगरी मलेखु–गलौदी खण्डमा सात सय मिटर लेदो हटाउने काम भइरहेको छ। विभागका अनुसार सो खण्डको लेदो हटाएपछि पृथ्वीराजमार्ग सञ्चालनमा आउनेछ। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार गत रसुवा बाढीको कारणले अवरुद्ध धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० ज्याङखोलामा लेद...
भोटेकोशी बाढीमा कास्कीका १४ जना सम्पर्कविहीन
प्रशासन, समाचार

भोटेकोशी बाढीमा कास्कीका १४ जना सम्पर्कविहीन

नेपालअखबार, पोखरा । रसुवाको भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा कास्की जिल्लाका १४ जना सम्पर्कविहीन भएका छन् । कास्कीबाट त्यस क्षेत्रमा पुगेका १४ जना नागरिकहरू सम्पर्कविहीन भएका विवरण आफन्तले प्रशासनमा टिपाएका हुन् । बाढी आएपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएका उनीहरूको खोजीका लागि परिवारजनले जिल्ला प्रशासन कार्यालय कास्कीमा निवेदन दिएका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जानकारी दिए । काम, भ्रमण तथा अन्य प्रयोजनका सिलसिलामा रसुवा पुगेका आफ्ना आफन्तहरू सम्पर्कविहीन भएको जानकारी सहितको विवरण आफन्तले प्रशासनलाई जानकारी गराएका छन् । तिमध्ये कास्की जिल्ला घर भएकामात्रै १० जना छन् भने अन्य ४ जना कास्कीमा बसोबास गर्दै आएका तर स्थायी घर कास्की नभएकाहरू पनि छन् । पोखरा १७ की सविना पौडेल, पोखरा १५ का छमप्रकाश थापा, सोही वडाका मनु बुढा, पोखरा ५ की सृष्टि बास्तोला, पोखर...
बाढीमा परेका ५९ जनाको काठमाडौंमा उपचार हुँदै
राजनीति, समाचार

बाढीमा परेका ५९ जनाको काठमाडौंमा उपचार हुँदै

नेपालअखबार, काठमाडौं । भोटेकोशीमा बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९ जनाको अहिले काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र काठमाडौंका अनुसार बाढी प्रभावित जिल्ला रसुवा, नुवाकोटलगायत जिल्लाका ८८ जना घाइतेको उद्धार गरी थप उपचारका लागि काठमाडौं ल्याएको थियो। केन्द्रका अनुसार तीमध्ये २९ जना काठमाडौंको विभिन्न अस्पतालमा उपचारपश्चात् ‘डिस्चार्ज’ भएर फर्किएका छन्। शिक्षण अस्पताल महाराजगञ्ज अस्पतालमा तीन जना घाइतेको उपचार भइरहेको छ भने सो अस्पतालबाट उपचार गरेर ११ जना डिस्चार्ज भएका छन्। त्यस्तै, राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएका ३१ जनामध्ये १२ जना उपचारपश्चात् डिस्चार्ज भएका छन्। वीर अस्पतालमा ६ जना उपचारका लागि भर्ना भएकामा पाँच जना उपचारपछि डिस्चार्ज भएका छन्। त्यस्तै, मनमोहन हस्पिटलमा दुई जना र ग्रीनसिटी अस्प...
राहत, उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति बनाउने प्रस्ताव
राजनीति, समाचार

राहत, उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति बनाउने प्रस्ताव

नेपालअखबार, काठमाडौं । सर्वदलीय बैठकमा राहत, उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति बनाउने प्रस्ताव प्रस्तुत भएको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले नै यस्तो प्रस्ताव राखेका हुन् । सिंहदरबारमा सर्वदलीय बैठक जारी छ । उक्त बैठकमा सभापति लामिछानेले भनेका छन्, ‘राहत, उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति वा संसदीय वा सर्वपक्षीय समिति गठन गरौं । जसले सरकारलाई निर्णय गर्न सहज होस् ।’ सरकारको राहत र उद्धार कोषलाई एकद्वार मानेर सबै दल एक ठाउँमा उभिएर सहयोग गर्ने पनि उनको आग्रह रहेको छ । सर्वदलीय बैठकमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्...
बाढीमा १३ सय वटाभन्दा बढी गाडीमा क्षति
अर्थ, समाचार, समाज

बाढीमा १३ सय वटाभन्दा बढी गाडीमा क्षति

नेपालअखबार, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट एक हजार तीन सय वटाभन्दा बढी सवारी साधनमा क्षति पुगेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले करिब ६०० मालवाहक, ३०० यात्रुवाहक सवारी साधन र भन्सारमा जाँचपासका लागि राखिएका ४०० सवारी साधनमा क्षति पुगेको जानकारी दिए। 'सामान लिन भन्सार नाकामा गएका, यात्रु लिएर रसुवा र गोसाइँकुण्ड गएका तथा भन्सारमा जाँचपासका लागि राखिएका गरेर १३ सय वटाभन्दा बढी सवारी साधनमा क्षति पुगेको छ। निजी सवारी साधनमा भएको क्षतिबारे अझै यकिन गर्न सकिएको छैन,' महासचिव गौतमले भने। बाढीले चीनको केरूङ नाकामा सामान लिन गएका र भन्सार जाँचपासका लागि राखिएका सयौं ट्रक, कन्टेनर, यात्रुवाहक बस, माइक्रोबस र नयाँ सवारी साधनमा क्षति पुर्‍याएको महासंघले जनाएको छ। महासचिव गौतमले अर्को सूचना नभएसम्मका लागि प्रभावित क्षेत्रका सबै यातायात सेव...
उद्धारका लागि बिहानदेखि १५ बढी उडान भए- प्रधानमन्त्री बालेन
राजनीति, समाचार

उद्धारका लागि बिहानदेखि १५ बढी उडान भए- प्रधानमन्त्री बालेन

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवामा आएको भिषण बढी पछि उद्दार कार्य कसरी हुँदै छ भनेर आफ्नो फेसबुक मार्फत जानकारी गराएका छन्। बिहानै साढे ६ बजेदेखि उद्धारका लागि १५ भन्दा बढी हेलिकोप्टर उडान भइसकेको, आज बिहानै ११६ जनालाई नेपाली सेनाले उद्धार गरेको उनले जानाएका छन्। ‘थप हेलिकोप्टरहरू उडानका लागि तयारी अवस्थामा राखिएका छन्,’ उनको फेसबुक पेजमा भनिएको छ, ‘नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गर्न सफल भएको छ। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। यसै क्रममा टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको छ।’ उनका अनुसार उद्धारको क्रममा हेलिकोप्टरमा सुरुमा सिकिस्त, वृद्ध, महिला र बालबालिकाहरूलाई प्राथमिकता दिइनेछ। अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुर्‍...
बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा सञ्चालन गर्न मोबाइल टावर पठाइँदै
समाचार, समाज

बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा सञ्चालन गर्न मोबाइल टावर पठाइँदै

नेपालअखबार, काठमाडौं ।  बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा सञ्चालन गर्नका लागि सरकारले मोबाइल टावर पठाउन लागेको छ। रसुवासहित नुवाकोट, धादिङ लगायत क्षेत्रमा बाढीले सञ्चार सेवामा समेत प्रभावित पारेको छ। यसबीच उक्त सेवा सञ्चालनका लागि जेनेरेटर र सोलारसहितका पोर्टेबल मोबाइल टावर पठाउन लागेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जानकारी दिएको छ। विद्युत आपूर्तिका लागि पनि ब्याकअप प्रणाली पठाउन लागिएको सचिवालयले जनाएको छ। सँगै चिकित्सा उपकरण, टेन्ट तथा अन्य आवश्यक राहत सामग्री पनि पठाइएको र उद्धार तथा खोज कार्य जारी रहेको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ।...
नेपाल-तिब्बत सीमानजिकै हिमनदी भत्किँदा विनाशकारी बाढी आएको विज्ञको अनुमान
प्रविधि, समाचार, समाज

नेपाल-तिब्बत सीमानजिकै हिमनदी भत्किँदा विनाशकारी बाढी आएको विज्ञको अनुमान

नेपालअखबार, काठमाडौँ । बुधबार नेपाल र तिब्बतको सीमानजिकै आएको विनाशकारी बाढी हिमनदी (ग्लेसियर) को तल्लो भाग टुटेर सयौँ मिटर तल उपत्यकामा खस्दा आएको हुन सक्ने विज्ञहरूले बताएका छन्। प्लानेट ल्याब्सको स्याटेलाइट तस्बिरलाई उद्धृत गर्दै विज्ञहरूले यस्तो आकलन गरेका हुन्। हिमनदी फुट्नुको यकिन कारण खुल्न सकेको छैन। यद्यपि, नेपाली अधिकारीहरूले बाढी आउनुभन्दा केही मिनेटअघि मात्र त्यस क्षेत्रमा गएको भूकम्पलाई एउटा सम्भावित कारण मानेका छन्। यस विपद्मा परी हालसम्म १ सय ६५ जनाको शव फेला परिसकेको छ। दुवैतर्फका अधिकारीहरूले मृतकको संख्या अझै धेरै हुन सक्ने आशंका गरेका छन्। नेपाल सरकारका अनुसार बाढीमा परी ८ सयभन्दा बढी बेपत्ता भएका छन्। रोयटर्सले अध्ययन गरेको प्लानेट ल्याब्सको बाढीअघि र पछिको स्याटेलाइट तस्बिरमा पहिले हरियाली देखिने पहाडहरू अहिले भग्नावशेष र माटोले पुरिएर खैरो बनेको प्रस्ट देखि...
रसुवा बाढी : १६५ को शव भेटियो, ८२६ जना अझै बेपत्ता
समाचार, समाज

रसुवा बाढी : १६५ को शव भेटियो, ८२६ जना अझै बेपत्ता

नेपालअखबार, काठमाडौँ । रसुवामा आएको बाढीका कारण बेपत्ता भएकामध्ये बिहीबार बिहान सवा आठ बजेसम्म १६५ जनाको शव फेला परेको छ। देशका विभिन्न स्थानमा भएको विपद्बाट ठुलो मानवीय क्षति भएको जानकारी गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको हो। अझै ८२६ जना मानिस बेपत्ता रहेको मन्त्रालयको तथ्याङ्क छ। बेपत्ता हुनेमा ८५ जना सुरक्षाकर्मी छन्। केन्द्रका प्रमुख फडेन्द्रप्रसाद पौडेलका अनुसार ‘बेपत्ता सुरक्षाकर्मीमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना’ रहेका छन्। अन्य बेपत्तामा रसुवाका १६१ र नुवाकोटका एक जना छन्। यस्तै ५७९ जना पर्यटक पनि सम्पर्कविहीन बनेका छन्। सम्पर्कविहीन हुनेमा ११३ नेपाली र ४६६ विदेशी पर्यटक रहेको मन्त्रालयले जनाएको छ। विपद्मा परेका १०४ जनाको सफल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाका ४३, नुवाकोटका ५८ र धा...
अमेरिकी विदेशमन्त्रीले भने- बाढीको घटनामा दुःख, मानवीय सहायता गर्न तयार
विश्व, समाचार, समाज

अमेरिकी विदेशमन्त्रीले भने- बाढीको घटनामा दुःख, मानवीय सहायता गर्न तयार

नेपालअखबार, काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले नेपालमा आएको विनाशकारी बाढी र डुबानको घटनाप्रति दुःख व्यक्त गर्दै नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका छन्। सामाजिक सञ्जाल एक्समार्फत एक सन्देश जारी गर्दै विदेशमन्त्री रुबियोले यस विपद्को घडीमा अमेरिका नेपालको साथमा रहेको बताएका हुन्। उनले आफ्नो सन्देशमा भनेका छन्, ‘विनाशकारी बाढीपछि हामी नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गर्दछौँ र हाम्रो प्रार्थना नेपाली जनताको साथमा छ।’ उनले विपद्को यस अवस्थामा अमेरिकी विदेश मन्त्रालय आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारलाई सहयोग गर्न पूर्ण रूपमा तयार रहेको समेत स्पष्ट पारेका छन्।...