नेपालअखबार, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यले समाजको पथप्रदर्शक गर्नुपर्ने बताएका छन्। शुक्रबार पार्टी मुख्यालय च्यासलमा 'युगदुत' नामक पुस्तकको विमोचन गर्दै उनले साहित्य केवल आत्मसन्तुष्टिका लागि मात्रै हुन नहुने धारणा राखेका हुन्।
अध्यक्ष ओलीले साहित्य समाज र मानव जीवनका लागि उद्देश्यमूलक अनुभूतिहरूको अभिव्यक्ति, अनुभवहरूको सङ्गालो, भावनाहरूको गहिराइ तथा चिन्तनको उडाइहरू मिसिएको हुनुपर्ने बताए। उनले विश्वका विभिन्न क्रान्तिको प्रेरणाको स्रोत साहित्य भएको कुरासमेत स्मरण गराए।
ओलीले भने, "साहित्यलाई गन्तव्यविहीन साहित्य होइन, खाली आत्मसन्तुष्टिका लागि साहित्य होइन, साहित्य समाजका लागि, मानव जीवनका लागि उद्देश्यमूलक अनुभूतिहरूको अभिव्यक्ति, अनुभवहरूको सङ्गालो, भावनाहरूको गहिराइ, चिन्तनको उडाइ यी सबै कुराहरू मिसिएको हुनुपर्दछ।"
...