Tuesday, July 14

समाचार

केपी ओलीकै नेतृत्वमा एमाले अघि बढ्छ : लेखराज भट्ट
राजनीति, समाचार

केपी ओलीकै नेतृत्वमा एमाले अघि बढ्छ : लेखराज भट्ट

नेपालअखबार,काठमाडाैँ । नेकपा (एमाले) का सचिव लेखराज भट्टले पार्टीको नेतृत्वको केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित सञ्चारकर्मीसँगको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले मुलुकको राष्ट्रियता, सार्वभौमिकता, स्वाभिमान, अखण्डतालाई बलियो बनाउनका लागि पनि ओलीलाई नेतृत्वमा निरन्तरता दिएर अघि बढ्ने निष्कर्षमा पुगिएको बताएका हुन् । सचिव भट्टले नेपाललाई समृद्ध बनाउने र सबै नेपाली जनतालाई खुशी बनाउने समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना पूरा गर्न पनि ओलीलाई पार्टीले नेतृत्वमा स्वीकार गरेर अघि बढ्नुपर्ने अवस्था रहेको बताए । सचिव भट्टले आफूले नेतृत्वको सल्लाह अनुसारनै पार्टीको जिम्मेवारी लिने योजना बनाएको पनि बताए ।...
भारतीय व्यापारी अनिल अम्बानीका छोरामाथि सीआईबीले चलायो मुद्दा
प्रशासन, विदेश, समाचार

भारतीय व्यापारी अनिल अम्बानीका छोरामाथि सीआईबीले चलायो मुद्दा

नेपालअखबार,नयाँ दिल्ली । भारतीय व्यापारी अनिल अम्बानीका छोरा जय अनमोल अम्बानीमाथि सीबीआईले मुद्दा चलाएको छ । सीबीआईले युनियन बैंक अफ इन्डिया (यूबीआई) सँग सम्बन्धित २२८.०६ करोड भारु धोखाधडीको मुद्दामा उनीविरुद्ध मुद्दा दर्ता गरेको हो । यो मामिला रिलायन्स होम फाइनान्स लिमिटेड (आरएचएफएल) सँग पनि जोडिएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन् । मंगलबार सीबीआईले सार्वजनिक क्षेत्रको बैंकलाई २२८ करोड भारुको वित्तीय नोक्सानीसँग सम्बन्धित यो मुद्दा बैंकको उजुरीमा दर्ता गरिएको जानकारी दिएको हो । यस उजुरीमा आरएचएफएल, जय अनमोल अनिल अम्बानी र रवीन्द्र शरद सुधाकरलाई लक्षित गरिएको छ, जो दुवै कम्पनीका पूर्वनिर्देशक हुन् । ऋणको गलत प्रयोग बैंकको उजुरीअनुसार आरएचएफएलले मुम्बईस्थित आफ्नो शाखाबाट व्यवसायका लागि ४५० करोड रुपैयाँ ऋण लिएको थियो । बैंकले कम्पनीलाई पैसाको सही सदुपयोग गर्न, समयमै ईएमआई तिर...
प्रतिनिधिसभा निर्वाचन : महामन्त्री थापा रोल्पाबाट उम्मेदवारमा सिफारिस
राजनीति, समाचार

प्रतिनिधिसभा निर्वाचन : महामन्त्री थापा रोल्पाबाट उम्मेदवारमा सिफारिस

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाउन सिफारिस गरिएकाे छ । नेपाली कांग्रेस रोल्पाले महामन्त्री थापासहित ५ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको हो । सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेको छ । कांग्रेस रोल्पा सभापति किशोरकुमार आचार्यले महामन्त्री थापासहित ५ जनाको नाम सिफारिस गरिएको जानकारी दिए । सभापति आचार्यले कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणी आचार्य, डा. मन्दिप सुवेदी, र ज्ञानबहादुर ओलीको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको जानकारी दिए । जिल्ला कार्यसमितिको मङ्गलबार बसेको बैठकले उम्मेदवारहरूको नाम सिफारिस गरेको हो ।...
नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न
प्रशासन, समाचार

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

नेपालअखबार,काठमाडौं । नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त सैनिक अभ्यास ‘सूर्य किरण’ २२ मंसिरमा सम्पन्न भएको हो । यो अभ्यास २०६७ सालबाट नेपाल–भारतले पालैपालो गर्दै आएका छन् । विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतंकवाद, जंगल युद्धकला र मानवीय सहयोग लगायतका विषयहरुमा सैन्य अभ्यास भएको छ । अभ्यास निरीक्षणका लागि नेपाली सेनाको तर्फबाट पर्यवेक्षक प्रतिनिधिमण्डलको नेतृत्व उपरथी अनुपजंग थापाले गरेका थिए । नेपाली सेनाले विविध विषयहरूमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका, बेलायत, चीन, पाकिस्तान, भारत लगायतका मित्रराष्ट्रहरूका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं पेसागत प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आइरहेको छ ।...
जकार्ताको ड्रोन कम्पनी कार्यालय भवनमा आगलागी, १८ जनाको मृत्यु, थपको खोजी जारी
विदेश, समाचार, समाज

जकार्ताको ड्रोन कम्पनी कार्यालय भवनमा आगलागी, १८ जनाको मृत्यु, थपको खोजी जारी

नेपालअखबार, जकार्ता । इन्डोनेसियाको सेन्ट्रल जकार्तास्थित ड्रोन कम्पनी 'टेरा ड्रोन' को कार्यालय भवनमा मङ्गलबार आगलागी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। एएफपी समाचार एजेन्सीले प्रहरीलाई उद्धृत गर्दै ड्रोन कम्पनीको भवनमा ब्याट्रीमा विस्फोट भएर आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको जनाएको छ। हालसम्म ५ पुरुष र १५ जना महिला गरी २० जना पीडितको उद्धार गरिएको छ। भवनमा लागेको आगो द्रुत गतिमा फैलिएपछि सबै १८ जना पीडितहरू भवनभित्र फसेर मृत फेला परेका थिए। गम्भीर रूपमा जलेको अवस्थामा उनीहरूको शवलाई झोलामा राखेर थप पहिचानका लागि एम्बुलेन्सद्वारा पूर्वी जकार्ताको प्रहरी अस्पतालमा पठाइएको थियो। सहरका अग्निनियन्त्रक टोलीहरूले विशेष निगरानीका साथ भवनमा खोजी कार्य जारी राखेको जनाएका छन्। उद्धारकर्मीहरूले आगलागीपछि भवनको माथिल्लो तलामा फसेका जीवित मानिसहरूल...
कांग्रेसले दायर गरेको रिट सर्वोच्चमा दर्ता, पुस २ गते पेशी
राजनीति, समाचार

कांग्रेसले दायर गरेको रिट सर्वोच्चमा दर्ता, पुस २ गते पेशी

नेपालअखबार,काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता भएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट आज दर्ता भएको हो । उक्त रिटको पेशी पुस २ गतेका लागि तोकिएको कोइरालाले जानकारी दिए । प्रतिनिधिसभा पुनर्स्थापनको माग गर्दै कांग्रेसले शुक्रबार सर्वोच्चमा रिट पेस गरेको थियो ।...
गृहमन्त्री अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरबीच भेट
राजनीति, समाचार

गृहमन्त्री अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरबीच भेट

नेपालअखबार,काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर मामिला हेर्नुहुने) मुनु महावरबीच शिष्टाचार भेटवार्ता भएको छ । गृह मन्त्रालयमा मंगलबार भएको भेटमा नेपाल–भारतबीच कायम रहेको द्विपक्षीय सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको छ । आइतबार नेपाल आइपुगेका महावर र गृहमन्त्री अर्यालबीच आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्न पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै, आगामी निर्वाचनका लागि आवश्यक पर्ने स्रोत साधन र सुरक्षा निकायलाई आवश्यक पर्ने बन्दोबस्त सामग्रीका सुनिश्चितता गर्नेबारे पनि अतिरिक्त सचिव महावरले व्यक्त गरे । भेटमा अतिरिक्त सचिव महावरले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण तथा विभिन्न विपद बाट क्षति भएका संरचनाहरूको पुनर्स्थापना र व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्...
थाइल्यान्ड र कम्बोडियाको विवादित सीमामा पुनः झडप : मृतकको सङ्ख्या बढ्यो, हजारौँ विस्थापित
राजनीति, विश्व, समाचार

थाइल्यान्ड र कम्बोडियाको विवादित सीमामा पुनः झडप : मृतकको सङ्ख्या बढ्यो, हजारौँ विस्थापित

नेपालअखबार,बैंकक । थाइल्यान्ड र कम्बोडियाबिचको विवादित सीमामा फेरि लडाइँ सुरु भएको छ, जसमा थप मृत्यु भएको र हजारौँ मानिस विस्थापित भएका खबर आएका छन्। कम्बोडियाले रातभरि थाइ सेनाले गरेको गोलाबारीमा थप दुई नागरिक मारिएको बताएको छ, जसले गर्दा कम्बोडियातर्फ मृत्यु हुनेको कुल सङ्ख्या ६ पुगेको छ। थाइल्यान्डले भने कम्तीमा एक सैनिक मारिएको जानकारी दिएको छ। नोम पेन्हको रक्षा मन्त्रालयका अनुसार, मंगलबार मध्यरातपछि थाइ सेनाले बान्टेय मीनचे सीमा प्रान्तमा गोलाबारी गरेको थियो, जसमा राष्ट्रिय सडकमा यात्रा गरिरहेका दुई नागरिकको मृत्यु भयो। सूचना मन्त्री नेथ फिआक्ट्राले एएफपीलाई बताएअनुसार, सोमबार प्राह विहियर र ओडार मीनचेयमा थाइ गोलाबारीमा चार कम्बोडियाली नागरिकको मृत्यु भएको थियो। दुवै पक्षले एकअर्कालाई हिंसा सुरु गरेको आरोप लगाएका छन्। थाइल्यान्डले आफ्ना सेनाले कम्बोडियाको गोलाबारीको जवाफ...
जापानमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा ३० जना घाइते
विश्व, समाचार, समाज

जापानमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा ३० जना घाइते

नेपालअखबार,काठमाडौं । जापानको उत्तर–पूर्वी क्षेत्रमा सोमवार राति शक्तिशाली भूकम्प गएको छ । ७.६ म्याग्निच्युड तीव्रता मापन भएको भूकम्पबाट कम्तिमा पनि ३० जना घाइते भएका छन् । भूकम्पका कारण हजारौं मानिसहरू घरबाट बाहिर निस्कनुपरेको बीबीसीले जनाएको छ । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयानुसार सोमबार राति २३:१५ बजे गएको थियो । भूकम्पको केन्द्र आओमोरी क्षेत्रको तटभन्दा झण्डै ८० किलोमिटरको दूरी जमिनमुनि ५० किलोमिटर (३१ माइल) को गहिराइमामा थियो । भूकम्पपछि देशमा सुनामीको चेतावनी जारी गरिएको थियो । अहिले चेतावनीलाई हटाइएको छ । यद्यपि, तटहरूमा २७ इन्चसम्मका लहरहरू देखिएका छन् । भकम्पका कारण केही रेल सेवाहरू रोकिएको छ भने हजारौं घरहरूमा विद्युत् आपूर्ति बन्द भएको छ । अधिकारीहरूले आगामी दिनमा पनि भूकम्प आउन सक्ने चेतावनी दिँदै आम नागरिकलाई कम्तिमा पनि एक हप्तासम्म ‘हाई अलर्ट’ ...
कालीगण्डकीको पानी रत्नेचौरमा : ‘एक घर, एक धारा’
समाचार, समाज

कालीगण्डकीको पानी रत्नेचौरमा : ‘एक घर, एक धारा’

नेपालअखबार,म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा कालीगण्डकी नदीको पानी तानेर ‘एक घर, एक धारा’ सहितको खानेपानी योजना सम्पन्न भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत सञ्चालित रत्नेचौर ‘लिफ्ट’ खानेपानी योजनाबाट २४९ घरपरिवार लाभान्वित भएका छन् । कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले योजनाको संरचना निर्माण सकिएपछि यसै हप्तादेखि परीक्षणका लागि पानी वितरण थालिएको जानकारी दिए । “विद्युतीय उपकरणको सहायताले कालीगण्डकीको पानीलाई तीन चरणमा ४५० मिटरमाथि रहेको सालघारीको ट्याङ्कीमा तानेर मुख्य र शाखा लाइनमार्फत घरघरमा वितरण थालेका छौँ”, उनले भने, “उपभोक्ताको श्रमदानसहित करिब रु तीन करोड ५० लाखमा योजना निर्माण भएको हो ।” रत्नेचौरको फेदीमा रहेको लामगरास्थित कालीगण्डकीको किनारमा १० मिटर गहिरो इनार बनाइ २५ हर्स पावर क्षमताको पम्प जडान गरेर ...