Friday, July 31

समाचार

प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगे रवि–बालेन
राजनीति, समाचार

प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगे रवि–बालेन

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका छन् । उनी र रास्वपा सभापति रवि लामिछाने सँगै बैठकमा पुगेका हुन् । केहीबेरअघि उनीहरू बैठकमा पुगेका हुन् । बैठकमा प्रधानमन्त्री बालेन उपस्थित हुने विषय यसअघि जानकारी गराइएको थिएन ।
राष्ट्र संकटमा छ, जनतामा निराशा छ, संसदका सबै पार्टी मिलेर राष्ट्रिय मुद्दा तय गरौँ- अमरेशकुमार सिंह
राजनीति, विचार, समाचार

राष्ट्र संकटमा छ, जनतामा निराशा छ, संसदका सबै पार्टी मिलेर राष्ट्रिय मुद्दा तय गरौँ- अमरेशकुमार सिंह

नेपालअखबार, काठमाडौं । रास्वपा सांसद अमरेशकुमार सिंहले राज्य संकटमा भएको र जनतामा नैराश्यता छाएको भन्दै सबै दल एकजुट हुन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद सिंहले संसद्मा उपस्थित सबै दललाई एकजुट बनाउन सभामुखमार्फत सरकारलाई आग्रह गरे । सँगसँगै राष्ट्रिय मुद्दा तय गरेर अघि बढ्नुपर्ने सांसद सिंहको भनाइ छ । ‘संसद्मा उपस्थित सबै दललाई एकजुट पारौं, राष्ट्रिय मुद्दा तय गरौं । हामी सबै मिल्यौं भने मात्रै यो राज्य बाँच्न सक्छ, लोकतन्त्र बाँच्न सक्छ,’ उनले भनेका छन् । साथै, राज्य र जनता रहेमात्रै आफूहरूले राजनीति गर्न पाउने बताउँदै जनता र लोकतन्त्र नै समाप्त हुने कार्य नगर्न आग्रह गरे । ‘आज हाम्रो राज्य संकटमा छ । जनतामा नैरश्यता छ । यो देशमा बाँच्न सकिन्न, गर्न सकिन्नँ, यो भाष्य निर्माण संसद्बाट नगरौं,’ सांसद सिंहले भने, ‘संसद्मा प्रतिनिधित्व गर्ने सम्पूर्णलाई आग्...
संसद्‍मा निश्कल राईको प्रश्न– ‘श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन ?’
राजनीति, समाचार

संसद्‍मा निश्कल राईको प्रश्न– ‘श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन ?’

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कसैले प्रश्न गर्न नपाउने निरंकुश शैलीमा अघि बढेको बताएका छन् । उनले प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने,’ श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन ।’ कुनै बेला बोल्न दे सरकार र गरिबको चमेली बोलिदिने कोही छैन भन्ने बालेन्द्र शाह र अहिलेका प्रधानमन्त्री एकै हो कि होइन भन्ने पनि उनले प्रश्न गरेका छन् । उनले राज्य अनधिकृत नेटवर्कमा चल्न थालेको पनि बताए । सुरक्षा घेराभित्र अनधिकृत व्यक्तिहरूले चलाइरहँदा सत्ता पक्षका सांसदहरू मुखमा टेप लगाएर बसेको उनले बताए ।उनले अलोकतान्त्रिक हर्कत गर्ने सरकारको कदम सोमबार देखिएको उल्लेख गरे । कांग्रेस सभापति गगन थापा र मिडिया हाउसअघि गाडी तेस्स्याउने काम अलोकतान्त्रिक र राज्य आतंकको अवस्था भएको उनले बताए ।...
कान्ति लोकपथ अस्थायी रूपमा बन्द
समाचार, समाज

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

नेपालअखबार, काठमाडौं । कान्ति लोकपथमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय, ललितपुरका अनुसार आज बिहान ५ः०० बजेदेखि असार भोलि बिहान ६ः०० बजेसम्म मकवानपुर जिल्लासँगको समन्वयमा कान्ति लोकपथ हुँदै मकवानपुर–सिन्धुली आवतजावत गर्ने सार्वजनिक, निजी तथा यात्रुवाहक सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द रहनेछ। कान्ति लोकपथको अधिकांश सडक खण्ड अत्यन्त जोखिमयुक्त रहेकाले यात्रु र सवारीसाधनको सुरक्षालाई ध्यानमा राखी उक्त निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले जानकारी दिइन्। जिल्ला प्रशासन कार्यालयले विपद्जन्य घटनाबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सर्वसाधारण, यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा मौसम र सडक अवस्थासम्बन्धी आधिकारिक सूचना नियमित ...
मोदी खोलाको बाढीले बगायो दुई होटल, सडक र पुल
समाचार, समाज

मोदी खोलाको बाढीले बगायो दुई होटल, सडक र पुल

नेपालअखबार, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुक जाने सडकखण्डमा आइतबार मोदी खोलामा आएको आकस्मिक बाढीले दुई होटल, एउटा पुल र सडकको  बगाएको छ। सडक अवरुद्ध भएपछि पर्यटकीय गाउँ घान्द्रुक पुगेका तथा त्यहाँ जाने क्रममा रहेका सवारीसाधन अलपत्र परेका छन्। अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङका अनुसार बाढीले स्थानीय दिलिप गुरुङ र जगन पुनका होटल पूर्ण रूपमा बगाएको छ। होटल बगेपछि दुवै परिवार छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। बाढीले घान्द्रुक जोड्ने सडक कटान गरेपछि पर्यटक बोकेका सवारीसाधन दुवैतर्फ रोकिएका छन्। घान्द्रुक पुगेका गाडी पनि सडक अवरुद्ध भएकाले फर्किन सकेका छैनन्। बाढीले अन्नपूर्ण आधार शिविर पदमार्गअन्तर्गत घान्द्रुक–छोमरोङ जोड्ने किम्रुङ खोलामाथिको पुलसमेत बगाएको छ। स्थानीयका अनुसार किम्रुङ खोलामा आएको एक्कासिको बाढी मोदी खोलामा मिसिएपछि मोदी खोला उ...
कांग्रेस सभापति गगन थापाको घर अगाडि पनि शंकास्पद गाडी पार्किङ
समाचार, समाज

कांग्रेस सभापति गगन थापाको घर अगाडि पनि शंकास्पद गाडी पार्किङ

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि पनि शंकास्पद् गाडी राखेको पाइएको छ । सभापति थापाको रातोपुलस्थित निवास अगाडि बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको छ । उक्त गाडी बाइकसमेत निस्कन नमिल्ने गरी बिहान ७ बजेदेखि राखिएको स्थानीयले बताएका छन् । चालकले गाडी त्यहाँ पार्किङ गरेर नेपाल प्रहरीकै गाडी चडेर गएको प्रत्यक्षदर्शीले दाबी गरेका छन् ।...
निहारिका र विनुको धर्ना सिंहदरबार गेट अगाडि
समाचार, समाज

निहारिका र विनुको धर्ना सिंहदरबार गेट अगाडि

नेपालअखबार, काठमाडौं । सिंहदबारभित्र प्रवेश नदिएको भन्दै दुई महिलाले गेटमै धर्ना दिएका छन् । कुमारी आमा भनेर चर्चित निहारिका राजपुत र घरायसी हिंसापीडित विनु यादवले गृहमन्त्रालय प्रवेश दिएको भन्दै सिंहदरबारकै गेटमै धर्ना दिएका हुन् । सिंहदरबार प्रवेशको पास हुँदा पनि भित्र जान नदिएको भन्दै उनीहरूले विरोध जनाएका छन् । उनीहरूले पीडितहरूलाई पनि गृहमन्त्री सुधन गुरुङले विभेद गरेको आरोप लगाएका छन् । कोही पीडितलाई गृहमन्त्री आफैँले भेट्ने गरेको तर आफूहरू भने भेट्छु भनेर आउँदासमेत समय नदिएको उनीहरूको आरोप छ । प्रहरीले भित्र जान मिल्दैन भनेपछि विनु सिंहदरबार अगाडिको सडकमा सुतेकी थिइन् । सँगै निहारिका पनि छोरोको साथमा पानीमै भिजिरहेकी हुन् । अहिले उनीहरूलाई प्रहरीले गेटबाट हटाएको छ ।...
घट्यो सुन-चाँदीको भाउ
कर्पोरेट, समाचार

घट्यो सुन-चाँदीको भाउ

नेपालअखबार, काठमाडौं ।  नेपाली बजारमा आज (सोमबार) सुन-चाँदीको मूल्य घटेको छ। आइतबार तोलामा ६ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार आठ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा कारोबार भएको थियो। यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा चार हजार चार सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार तीन सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।...
लोकल गाई र हल गोरु पाल्नेलाई नगद वितरण
कृषि, समाचार, समाज

लोकल गाई र हल गोरु पाल्नेलाई नगद वितरण

नेपालअखबार, स्याङ्जा । स्याङ्जाका स्थानीय तहहरूले लोपोन्मुख लोकल काठे गाई र हल गोरु संरक्षणका लागि किसानलाई नगद अनुदान दिने कार्यक्रम विस्तार गरेका छन् । परम्परागत पशुपालन जोगाउने र कृषकलाई त्यसतर्फ आकर्षित गर्न भन्दै विभिन्न पालिकाले प्रोत्साहन रकम वितरण गरेका हुन् । स्याङ्जाका ११ स्थानीय तहमध्ये गल्याङ नगरपालिका र फेदीखोला गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई नगद उपलब्ध गराएका छन् भने अर्जुनचौपारी गाउँपालिकाले लोकल काठे गाई पाल्नेलाई प्रोत्साहन अनुदान दिएको छ । बिरुवा गाउँपालिकाले भने आगामी आर्थिक वर्षदेखि हल गोरु पाल्नेलाई नगद दिने नीति लिएको जनाएको छ । गल्याङ नगरपालिकाले ११ वटै वडाका ११५ जना कृषकलाई पाँच हजार रुपैयाँका दरले पाँच लाख ७५ हजार रुपैयाँ वितरण गरेको छ । नगरप्रमुख गुरुप्रसाद भट्टराईका अनुसार पछिल्लो समय पावर टिलरलगायत आधुनिक प्रविधिको प्रयोग बढेसँगै हल गोरु पाल्ने चलन घट्दै ...
इकोमा सडक भासिंदा तातोपानी नाका पुनः ठप्प
समाचार, समाज

इकोमा सडक भासिंदा तातोपानी नाका पुनः ठप्प

नेपालअखबार, काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको कोदारीको इकोमा सडक भासिँदा तातोपानी नाका पुनः ठप्प भएको छ । भोटेकोसी गाउँपालिका-२ कोदारीको इकोमा सडक भासिएपछि नेपाल-चीन जोड्ने तातोपानी नाका सोमबार पुनः ठप्प भएको हो। इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीका अनुसार आइतबार साँझदेखि परेको अविरल वर्षापछि अरनिको राजमार्गको कोदारीको इकोका करिब दुई मिटर सडक भासिएपछि सवारी आवागमन रोकिएको हो । अहिलेपनि पानी परिरहेकोले सडकमा माथिबाट लेदो बगेकोले काम गर्न समस्या भएको छ । सडक खुलाउन चरिकोट सडक डिभिजन कार्यालयले सडक भासिएको स्थानमा गिट्टी र माटो हाल्न पनि वर्षाले समस्या भएको प्रहरीले जनाएको छ । वर्षाको समयमा गत बर्ष पनि इको पहिरोमा सडक भासिने, पहिरो जाने समस्या भएको थियो । केही साना फोरह्वीलवाला सवारी र मोटरसाइकललाई ठेलेर पहिरो कटाइएको प्रहरीले जन...