Tuesday, September 8

समाचार

डेटा सेन्टरको विरोध गर्ने समुदायले ‘ठूलो गल्ती’ गरिरहेको ट्रम्पको भनाइ
राजनीति, विश्व, समाचार

डेटा सेन्टरको विरोध गर्ने समुदायले ‘ठूलो गल्ती’ गरिरहेको ट्रम्पको भनाइ

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डाटा सेन्टरको विस्तारको समर्थन गर्दै यसको विरोध गर्ने समुदायले ठूलो गल्ती गरिरहेको बताएका छन् । पूर्व सहयोगी माइकल कोहेनसँगको अन्तर्वार्तामा उनले यो कुरा भनेका हुन्। अन्तर्वार्तामाअमेरिका एआईमा चीनभन्दा धेरै अगाडि रहेको ट्रम्पले दाबी गरे। डाटा सेन्टरहरूले राष्ट्रिय ग्रिडबाट बिजुली नलिएको उनले बताए। ‘उनीहरूले आफ्नै पावर प्लान्टहरू बनाइरहेका छन्। उनीहरूले सुन्दर पावर प्लान्टहरू बनाइरहेका छन्, तपाईंहरूले यस्ता पावर प्लान्टहरू कहिल्यै देख्नुभएको छैन’, ट्रम्पले भने। डाटा सेन्टरले धेरै रोजगारी सिर्जना गर्ने भएकाले डाटा सेन्टर स्वीकार नगर्ने समुदायले ठूलो गल्ती गरिरहेको ट्रम्पको भनाइ छ। ‘डाटा सेन्टर स्वीकार नगर्ने समुदायहरूले गल्ती गरिरहेका छन्’, ट्रम्पले थपे। ट्रम्पको यो भनाइ डाटा सेन्टरहरूको विरोध भइरहेको समयमा आएको हो।केही डाट...
इजरायल–सिरिया तनाव घटाउन उच्च अधिकारीबीच वार्ता
समाचार

इजरायल–सिरिया तनाव घटाउन उच्च अधिकारीबीच वार्ता

नेपालअखबार,काठमाडौं । इजरायल र सिरियाबीच पछिल्लो समय बढेको तनाव कम गर्ने प्रयासस्वरूप दुवै देशका उच्च अधिकारीबीच आइतबार भेटवार्ता भएको छ। सिरियाका विदेशमन्त्री असाद अल–शैबानी र इजरायली गुप्तचर संस्था मोसादका निर्देशक रोमन गोफम्यानबीच भएको भेटमा पछिल्लो इजरायली हवाई आक्रमण र क्षेत्रीय सुरक्षा अवस्थाबारे छलफल भएको बताइएको छ। यसअघि मंगलबार इजरायली वायुसेनाले उत्तरी सिरियाको अबु अल–दुहुर एयरबेसमा कम्तीमा आठ वटा बम खसालेको थियो। टर्कीको सीमाबाट करिब ४५ माइल टाढा रहेको उक्त एयरबेसमा टर्कीले ड्रोन र राडार प्रणालीसहित सैन्य पूर्वाधार विस्तार गर्न खोजेको इजरायलको दाबी छ। टर्कीले त्यहाँ सैन्य उपस्थिति बढाउने तयारी नरोकिए कारबाही गर्ने चेतावनीसमेत इजरायलले दिएको थियो। तर सिरियाले टर्कीलाई स्थायी सैन्य बेस स्थापना गर्न दिने कुनै योजना नरहेको स्पष्ट पारेको छ। सिरियाका विदेशमन्त्री अल–शैबानी...
दुखुखोलाको कटानले म्याग्दीको मोटरेबल पुल जोखिममा
समाचार, समाज

दुखुखोलाको कटानले म्याग्दीको मोटरेबल पुल जोखिममा

नेपालअखबार, म्याग्दी । जिल्लाको बेनी–दरवाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका–२ र मालिका गाउँपालिका–६ को सिमानामा रहेको दुखुखोलाको कटानका कारण मोटरेबल पुल जोखिममा परेको छ। दुखुखोलामा आएको बाढी पुलको संरचनाभन्दा मुनिबाट बग्न थालेपछि भासिने जोखिम बढेको हो। दुखुबेँसीका बासिन्दासमेत रहेका मालिका गाउँपालिकाका पूर्वअध्यक्ष श्रीप्रसाद रोकाले पुलको मङ्गला गाउँपालिकातर्फको जग मुनिबाट खोला बग्न थालेको र पहुँचमार्ग कटान गरेर साँघुरिएको जानकारी दिए। उनले भने, ‘यात्रुवाहक सवारीसाधन र जलविद्युत् आयोजनाका सामग्री बोकेका ठूला ट्रक गुड्ने पुल जुनसुकै बेला भासिएर दुर्घटना हुने जोखिम छ। यो पुल भत्किने हो भने मालिका, धवलागिरि र तमानखोला गाउँपालिकाको बेनीसँग सिधा यातायात सम्पर्क टुट्छ।’ पुलको एकातर्फको पिलरको जगमुनिबाट खोलाले कटान गरेर बाढी बग्न थालेको छ। सङ्घीयता लागू हुनुअघि तत्कालीन जिल्ला पूर्वाधार कार...
आज सुनको मूल्य बढ्यो
अर्थ, समाचार

आज सुनको मूल्य बढ्यो

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको हो। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ७३ हजार ९ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। चाँदीको मूल्य भने आज प्रतितोला ४ हजार ९७५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।...
सरकार र लघुवित्त पीडितबीच १४ बुँदे सहमति, धर्नाबाट फर्किए घर
समाचार, समाज

सरकार र लघुवित्त पीडितबीच १४ बुँदे सहमति, धर्नाबाट फर्किए घर

नेपालअखबार,काठमाडौं । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आज आ-आफ्नो घर फर्किएका छन्। नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबिच शनिबार भएको वार्तामा १४ बुँदे सहमति भएसँगै धर्ना कार्यक्रम स्थगित भएको हो। सहमति पश्चात् आइतबार बिहान ८:५० बजेदेखि सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको छ। विभिन्न सरकारी निकायका अधिकारीहरुको उपस्थितिमा ३२३ जना ऋणीहरूलाई ८ वटा बसमार्फत बिदाइ गरिएको छ। झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरूलाई आ-आफ्नो क्षेत्रतर्फ पठाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।...
पानी भर्न जेनेरेटरको भर, बिजुली आउँदैन
समाचार, समाज

पानी भर्न जेनेरेटरको भर, बिजुली आउँदैन

नेपालअखबार,सिरहा । सिरहाको गोलबजार नगरपालिका-१० पुरानो चोहर्वास्थित दशै महाजन टोलका नागरिक विद्युत् सेवाको अनियमितताका कारण सास्ती खेप्न बाध्य भएका छन्। बिहानैदेखि विद्युत् अवरुद्ध भएपछि स्थानीयवासी खानेपानीका लागि स्थानीय कमलेश रायको जेनेरेटरको भर पर्नुपरेको छ। रायले बिहानैदेखि जनरेटर सञ्चालन गरेपछि पानी भर्न स्थानीयको भीड लागेको छ। स्थानीयवासी बाल्टिन, हन्डी, पानीका बोतललगायतका भाँडाकुँडा बोकेर पानी भर्न पुगेका छन्। पटक-पटक विद्युत् आउने-जाने र लामो समयसम्म अवरुद्ध हुने गरेकाले दैनिक जनजीवन प्रभावित भएको स्थानीयवासीको गुनासो छ। स्थानीय संजय रायले राति सुत्ने बेलासमेत पटक-पटक विद्युत् जाने गरेको बताए । ‘राति सुत्ने अवस्था हुँदैन । गर्मीले छटपटाएर बाहिर आएर बस्नुपर्ने अवस्था आउँछ। बालबालिकालाई बिहान विद्यालय पठाउनुपर्छ। बिहान उठ्दा बत्ती हुँदैन। हातमुख कसरी धुने ?’ उनले भने, ‘खाजा...
‘सुपर एल निनो’ को सम्भावित जोखिम– चिन्ता ऊर्जा संकटको
समाचार, समाज

‘सुपर एल निनो’ को सम्भावित जोखिम– चिन्ता ऊर्जा संकटको

नेपालअखबार,काठमाडौं । विश्वव्यापी जलवायु परिवर्तनशीलताको प्रमुख चालकका रूपमा रहेको ‘सुपर एल निनो’का नेपालमा सम्भावित जोखिमबाट ऊर्जा संकट देखिन सक्ने जनाउँदै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। ‘सुपर एल निनो’का कारण तापक्रम बढ्ने, खडेरीको सम्भावना रहने र यसले पानीको स्रोतमा समेत कमी ल्याउँदा ऊर्जा क्षेत्र सहित समग्र सामाजिक–आर्थिक प्रणालीमा उल्लेख्य प्रभाव पार्न सक्ने जनाइएको छ। जलस्रोत, कृषि, ऊर्जा, खाद्य सुरक्षा तथा जनजीविकामा पर्नसक्ने जोखिम न्यूनीकरणका लागि राष्ट्रियस्तरमै पूर्वतयारी आवश्यक रहेकामा यस क्षेत्रका विज्ञ तथा सरोकारवालाले जोड दिएका छन्। सन् २०२६को अन्त्यदेखि २०२७ को सुरुआतसम्म एल निनो थप सशक्त भई ‘धेरै बलियो’ वा ‘सुपर एल निनो‘का अवस्थामा पुग्न सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको प्रारम्भिक भनाइ छ। ‘सुपर एल निनो’ सम्बन्धी वैज्ञानिक ज्ञान अभिवृद्धि गर्न...
‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रुपमा हेर्छौं : डोनाल्ड ट्रम्प
राजनीति, विश्व, समाचार

‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रुपमा हेर्छौं : डोनाल्ड ट्रम्प

नेपालअखबार, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रुपमा हेर्ने गरेको बताएका छन् । साउथ क्यारोलाइनामा आयोजित चुनावी ¥यालीका दौरान उनले ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रुपमा हेर्ने गरेको बताएका हुन् । ट्रम्पले अमेरिकासँग सम्झौता गर्न चाहिरहे पनि इरान सही सम्झौताका लागि तयार नरहेको आफ्नो राय रहेको पनि बताए । इरानलाई कहिले पनि परमाणु हतियार हासिल गर्न दिन नहुने उनको भनाइ थियो । राष्ट्रपति ट्रम्पले परमाणु हतियार इरानले हासिल गरे अत्यन्तै नराम्रो हुने चेतावनी पनि दिए । अमेरिकाले क्षेत्रमा आफ्नो ठूलो सैन्य उपस्थिति राख्नुका साथै इरानमाथि आर्थिक दबावसमेत बढाएका बेला ट्रम्पको पछिल्लो धारणा सार्वजनिक भएको हो । अमेरिकाले सोमवार इरानविरुद्ध नयाँ प्रतिबन्धबारे जानकारी दिने तयारी गरेको बीबीसीले जनाएको छ । अमेरिकी अधिकारीहरूका ...
रूसद्वारा गरिएको ड्रोन आक्रमणमा १५ युक्रेनी नागरिकको मृत्यु
विदेश, समाचार, समाज

रूसद्वारा गरिएको ड्रोन आक्रमणमा १५ युक्रेनी नागरिकको मृत्यु

नेपालअखबार,काठमाडौं । रूसले युक्रेनको क्रिभी रिह सहरमा गरेको ड्रोन आक्रमणमा १५ जनाको मृत्यु भएको छ । क्रिभी रिह सहरमा अवस्थित एक सपिङ सेन्टरमा भएको आक्रमणमा १५ जनाको मृत्यु भएको हो । स्थानीय अधिकारीका अनुसार आक्रमणमा १३० जना घाइते भएका छन् । घाइते हुनेमा २३ जना बालबालिका रहेका छन् । कयौं मानिसहरू अहिले पनि भवनको भग्नावशेषमा पुरिएको आशंका गरिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले आफ्नो गृहनगरमा भएको उक्त हमला दिउँसो दुई चरणमा गरिएको बताएका छन् । उनले हमलालाई अत्यन्तै निन्दनीय घृणायुक्त भनेका छन् । जेलेन्स्कीले पहिलो आक्रमणमा परेकाहरूको उद्दारमा खटिएका उद्दारकर्मीलाई लक्षित गरेर दोस्रो ड्रोन आक्रमण गरिएको दाबी पनि गरेका छन् ।...
बागलुङ पठाइएको अनुदानको मल पुग्यो वीरगन्ज, ३ जना पक्राउ
समाचार, समाज

बागलुङ पठाइएको अनुदानको मल पुग्यो वीरगन्ज, ३ जना पक्राउ

नेपालअखबार,बागलुङ । किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बागलुङ बजारका दुई कृषि सामग्री पसलबाट खरिद गरिएको युरिया रात्रिबसबाट वीरगञ्ज पठाइएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको हो। किसानका लागि तोकिएको कोटाअनुसार जिल्लामा बिक्री गर्नुपर्ने मल अन्यत्र पठाएको अभियोगमा पर्साको छिपहरमाई गाउँपालिका–६ दिनेश पण्डितकुमार तथा बागलुङ नगरपालिका–२ का कुलबहादुर रानामगर र विनय शाक्यलाई पक्राउ गरिएको हो। उनीहरूमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनबमोजिम अनुसन्धान भइरहेको छ।...