सुकुम्बासीलाई लालपुर्जा दिन्छौं– मन्त्री रावल
नेपालअखबार, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सरकारले सक्दो चाँडो सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने बताएकी छन्।
आइतबार खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर सुकुम्बासीहरूलाई मन्त्री रावलले सकेसम्म चाँडो लालपुर्जा वितरण गर्ने प्रतिबद्धता जनाएकी हुन्।
उनले लालपूर्जा दिँदा कसैले पनि प्रश्न उठाउन नसक्ने गरी दिइने बताएकी हुन्।
हचुवाको भरमा नभई पुस्तौं पुस्तौंसम्म कसैले औंला उठाउन नसक्ने गरी लालपुर्जा दिन नेपाल सरकारले काम गरिरहेकाले पनि समय लागेको उनले बताइन्।
'प्रश्न नउठ्ने गरी काम गर्न समय लाग्छ,’ उनले भनिन्, ‘त्यही भएर यति ग्यारेन्टी गर्छु सुकुम्बासीको हकमा नेपाल सरकारले जति सक्दो चाँडै। अझ होल्डिङ सेन्टरमा कामहरू सुरू भइसकेको छ।’
उनले हप्ता, दिन वा यो मितिमा दिन्छु नभन्ने तर सुकुम्बासीले लालपूर्जा पाउने प्रतिबद्धता व्यक्...










