Monday, November 23

समाचार

ललितपुरमा २३ जना उम्मेदवारले बैंक खाता खोल्न लिए सिफारिस
राजनीति, समाचार

ललितपुरमा २३ जना उम्मेदवारले बैंक खाता खोल्न लिए सिफारिस

नेपालअखबार, ललितपुर । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि यहाँका तीनवटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका ७१ मध्ये २३ जना उम्मेदवारले बैंक खाता खोल्न सिफारिस लिएका छन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी समिता बस्नेतका अनुसार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी हालसम्म २३ उम्मेदवारले सिफारिस लिएका हुन् । निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ । उक्त कार्यविधिअनुसार प्रत्येक राजनीतिक दल र उम्मेदवारले निर्वाचन प्रचार खर्चका लागि छुट्टाछुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ । ललितपुर क्षेत्र नं १ मा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये १२ स्वतन्त्र उम्मेदवार रहेका छन्, भने २५ पुरुष र तीन जना महिला उम्मेदवार छन् । ललितपुर क्षेत्र नं २ मा ...
युद्धविराम उल्लंघनका बिच गाजामा इजरायली आक्रमण, ११ जनाको मृत्यु
विश्व, समाचार

युद्धविराम उल्लंघनका बिच गाजामा इजरायली आक्रमण, ११ जनाको मृत्यु

नेपालअखबार,गाजा । गाजामा आइतबार बिहान भएको इजरायली हवाई आक्रमणमा ११ जना प्यालेस्टिनीको मृत्यु भएको छ। प्यालेस्टिनी रेड क्रेसेन्टका अनुसार उत्तरी गाजाको एउटा शिविरमा भएको आक्रमणमा ६ जना र दक्षिणी क्षेत्रमा भएको अर्को आक्रमणमा ५ जनाले ज्यान गुमाएका छन्। इजरायली सेनाले हमासद्वारा युद्धविराम उल्लंघन भएपछि त्यसको जवाफमा ‘आतंककारी लक्ष्य’ हरूमाथि आक्रमण गरिएको दाबी गरेको छ। गत अक्टोबर १० देखि युद्धविराम सम्झौता लागू भए पनि इजरायल र हमास दुवैले एकअर्कामाथि निरन्तर सम्झौता उल्लंघनको आरोप लगाउँदै आएका छन्। हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम सुरु भएयता मात्रै कम्तीमा ६ सय जनाको मृत्यु भइसकेको छ। पछिल्लो समय अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको दोस्रो चरण कार्यान्वयनको तयारी भइरहँदा यो हिंसा भड्किएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै ‘बोर्ड...
चीनको सीमासम्म पिच सडक बनाउने सपना छ : प्रचण्ड
राजनीति, समाचार

चीनको सीमासम्म पिच सडक बनाउने सपना छ : प्रचण्ड

नेपालअखबार, रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुम पूर्वलाई चीनको सिमानासम्म पिच सडकले जोड्ने आफ्नो सपना रहेको बताएका छन् । पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले दाङ हुँदै आएको ‘शहीद मार्ग’लाई सहरतारा हुँदै चीनको सिमानासम्म जोडेर पिच गर्ने सपना रहेको बताएका हुन् । त्यसपछि मैकोटलगायतका क्षेत्र पर्यटकीय केन्द्रका रूपमा विकास हुने उनको अनुमान छ । सशस्त्र द्वन्द्वका क्रममा राज्यपक्षबाट मारिएकाहरुको सम्झनामा ‘शहीद मार्ग’ बनाउन सुरु गरिएको उनले बताए । प्रचण्डले भने, ‘मैले नै प्रस्ताव गरेको मार्ग हो यो शहीद मार्ग । जनयुद्धकै बेलामा अब शहीदहरूको नाममा एउटा बाटो दक्षिणदेखि उत्तरसम्म जाने मार्ग सुरु गर्नुपर्छ भनेर प्रस्ताव गयौँ । पार्टीबाट निर्णय भयो, जनतालाई आह्वान गरियो र जनताले स्वेच्छिक रूपमा खन्न सुरु गर्नुभ...
जंगलमा गोठालो जाँदा भीरबाट खसेको ढुंगाले लागेर मृत्यु
समाचार, समाज

जंगलमा गोठालो जाँदा भीरबाट खसेको ढुंगाले लागेर मृत्यु

नेपालअखबार, जाजरकोट ।  जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु भएको छ। बाख्रा चराउन जङ्गल गएका रोकायको भिरमाथिबाट खसेको ढुङ्गा टाउकामा लाग्दा घाइते भएकामा उपचारका क्रममा आज नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए। स्थानीयवासी बेगवान बस्नेतले घाइते रोकायलाई तत्काल अस्पताल पुर्‍याए पनि ज्यान बचाउन नसकिएको बताए।...
विष प्रयोग गरी पुटिनले आफ्ना कट्टर आलोचक नाभाल्नीलाई मारेको युरोपेली मुलुकहरूको आरोप
विश्व, समाचार

विष प्रयोग गरी पुटिनले आफ्ना कट्टर आलोचक नाभाल्नीलाई मारेको युरोपेली मुलुकहरूको आरोप

नेपालअखबार,काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना आलोचक एलेक्सी नाभाल्नीलाई विष प्रयोग गरी मारेको भनेर युरोपका पाँच देशहरूले आरोप लगाएका छन्। बेलायत, फ्रान्स, जर्मनी, स्वीडेन र नेदरल्याण्ड्सका विदेश मन्त्रीहरूले संयुक्त रूपमा विज्ञप्ती जारी गरी नाभाल्नीको मृत्यु विष प्रयोगबाट भएको र त्यसो गर्न सक्ने शक्ति रूसी सरकारसँग मात्रै रहेको बताएका हुन्। नाभाल्नी रूसका प्रमुख विपक्षी नेता थिए। उनी रूसी राष्ट्रपति पुटिनको कट्टर आलोचक थिए। पुटिन शासनमा भएका भ्रष्टाचारबारे अनुसन्धान गरेपछि रूसभरि पुटिनविरूद्ध आक्रोश फैलिएको थियो। जर्मनीबाट उपचारपश्चात फर्किएपछि  सन् २०२१ मा उनलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो। जेलमै रहँदा सन् २०२४ मा उनको मृत्यु भएको थियो। युरोपेली देशहरूले उनको मृत्यु प्राकृतिक नभई अमेरिकामा पाइने विषालू भ्यागुतोबाट निकालिने एपिबाटिडिन नामको रसायन प्रयोग ...
वीरगन्ज भन्सार : सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन
अर्थतन्त्र, प्रशासन, समाचार

वीरगन्ज भन्सार : सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन

नेपालअखबार,वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु एक खर्ब ३५ अर्ब ४८ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात महिनासम्म रु एक खर्ब ५३ अर्ब ८४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि सो अवधिसम्म भने लक्ष्यको ८८.०७ प्रतिशत राजस्व सङ्कलन गरेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको सात महिनामा कार्यालयको भन्सार सङ्कलनमा उत्साहजनक भएको छ । कार्यालयले साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७३ करोड, असोज महिनामा रु १९ अर्ब नौ करोड राजस्व सङ्कलन भएको थियो । त्यस्तै, कात्तिकमा रु १७ अर्ब ३३ करोड र मङ्सिरमा भने रु २० अर्ब ८० करोड राजस्व सङ्कलन भएको छ । त्यस्तै पुसमा पनि रु २० अर्ब २० करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले माघमा मात्र रु २१ अर्ब २९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा रु १८ अर्ब ९० करो...
कास्कीमा ५६ अति संवेदनशील ५४ संवेदनशील मतदानस्थल
समाचार, समाज

कास्कीमा ५६ अति संवेदनशील ५४ संवेदनशील मतदानस्थल

नेपालअखबार,कास्की । कास्की जिल्लामा आसन्न निर्वाचनमा ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल रहेका छन्। तीनवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल १५३ मतदानस्थल मध्ये ४३ वटा सामान्य रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए। निर्वाचन क्षेत्र अन्तर्गत कास्की क्षेत्र नं १ मा अतिसंवेदनशील, संवेदशील र सामान्य गरी क्रमशः १९, २८ र १४ वटा मतदानस्थल छन् भने क्षेत्र नं २ मा अतिसंवेदनशील, संवेदशील र सामान्य गरी क्रमशः सात, आठ र १८ मतदानस्थल छन्। त्यस्तै क्षेत्र नं ३ मा अतिसंवेदनशील, संवेदशील र सामान्य गरी क्रमशः क्रमशः ३०, १८ र ११ मतदानस्थल रहेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी लम्सालका अनुसार मतदानस्थलको भौगोलिक अवस्थिति, भौतिक पूर्वाधारको अवस्थालगायत विषयमा जानकारी लिन स्थलगत रूपमा अनुगमन भइरहेको छ। तीनवटै क्षेत्रमा गरी कूल ४९ जना उम्मेदवार चुनावी प्रतिस...
जनमत संग्रह ‘धोका र नाटकको चुनाव’ : शेख हसिना
राजनीति, विश्व, समाचार

जनमत संग्रह ‘धोका र नाटकको चुनाव’ : शेख हसिना

नेपालअखबार,काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देशमा सम्पन्न जनमत संग्रहलाई ‘धोका र नाटकको चुनाव’ भनेकी छन् । उनको पार्टी अवामी लिगले सामाजिक सञ्जालमा बयान जारी गर्दै शुक्रबार सम्पन्न आमनिर्वाचनलाई ‘धोका र नाटकको चुनाव’ को संज्ञा दिएको हो । जारी बयानअनुसार हसिनाले निर्वाचनबारे मतदान केन्द्रहरूमा मतदाता नभएका र मतगणना (काउन्टिङ) टेबलमा मतहरू देखिएको बताएकी छन् । ‘१२ फेब्रुअरीमा देशले पहिले नै तय भएको धोका र नाटक रचिएको चुनाव देख्यो’, हसिनाले भनेकी छन्, ‘यो चुनाव बंगलादेशको लोकतान्त्रिक इतिहासमा एक लज्जास्पद अध्यायको रूपमा दर्ज हुनेछ ।’ उनले चुनावी आंकडमाथि सवाल उठाउँदै गम्भीर अनियमितताको आरोप पनि लगाएको बीबीसीले जनाएको छ । उनले मत परिणामका आंकडाहरू एकदमै असम्भव र विरोधाभाषी लागेको पनि जिकिर गरेकी छन् । ‘मतदानको गति सामान्यतया बिहान ११ बजेभन्दा अघि तीब्र हुन्छ...
कोशी प्रदेशमा सशस्त्र प्रहरीको ठूलो सफलता : पेस्तोल र ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
अपराध, प्रशासन, समाचार

कोशी प्रदेशमा सशस्त्र प्रहरीको ठूलो सफलता : पेस्तोल र ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

मुस्ताक आलम, इनरुवा । कोशी प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपालले सुनसरीमा अवैध हतियार र लागूऔषध नियन्त्रणमा उल्लेखनीय सफलता हात पारेको छ। सुनसरी जिल्ला अन्तर्गत कोशी गाउँपालिका–३ जमुवा सीमा क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक टेकेन्द्र कार्की नेतृत्व टोलीले एक भारतीय नागरिकलाई पेस्तोल, राउण्ड र ब्राउन सुगरसहित पक्राउ गरेको हो। निर्वाचन क्षेत्र नं. ४ सुरक्षा बेस तथा बी.ओ.पी. श्रीपुरबाट खटिएको चेकप्वाइन्ट टोलीले २०८२ फागुन १ गते साँझ ५:५० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको BR–50 AJ–4229 नम्बरको अपाची मोटरसाइकल रोकी जाँच गर्ने क्रममा चालकले शंकास्पद व्यवहार देखाउँदै भाग्न खोजेपछि तत्काल नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा भारत, अररिया जिल्ला बेला ग्राम पञ्चायत–४ निवासी ३६ वर्षीय राम थेलन पासवान रहेका छन्। उनको शरीर खानतलासी गर्दा कम्मरमा लुकाएर राखिएको इटालियन ९ एम.एम. स्वचालित पेस्तोल १ थ...
राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री
प्रशासन, समाचार

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन’ पेस गर्ने भएकी छन् । मध्याह्न १२ः१५ बजे हुने बैठकमा प्रधानमन्त्रीले उक्त प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय एकाइहरुबीच विधायिकी अन्तरः सम्बन्ध अध्ययन प्रतिवेदत, २०८२’ र ‘बालबालिकासम्बन्धी ऐन, २०७५ मा रहेका बालसहभागितासम्बन्धी प्रावधानहरुको कार्यान्वयन मापन प्रतिवेदन, २०८२’ पेस गर्नुहुने कार्यसूची छ । बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्र...