Monday, November 23

समाचार

कोरोना सङ्क्रमण मुक्त मनाङमा पुनः सङ्क्रमण : आइसोलेसनमा दुई सङ्क्रमित
प्रदेश ४, समाचार

कोरोना सङ्क्रमण मुक्त मनाङमा पुनः सङ्क्रमण : आइसोलेसनमा दुई सङ्क्रमित

नेपाल अखबार, मनाङ। कोभिड–१९ का सङ्क्रमित देशैभर बढ्दै गएको छ । कोभिड सङ्क्रमित निको हुने क्रम पनि बढ्दै गएको छ । लामो समयको अन्तरालमा मनाङमा सङ्क्रमित थपिएसँगै हाल दुई जना आइसोलेसनमा छन् । सङ्क्रमितहरुले उच्च मनोबल र सचेतना अपनाएपछि छिट्टै निको पनि भएका छन् । शुक्रबार तीन सङ्क्रमित निको भएसँगै जिल्लामा निको हुनेको सङ्ख्या चार पुगेको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीराज आचार्यले जानकारी दिए । उनका अनुसार हालसम्म जिल्लामा छ सङ्क्रमितमध्ये चार जना निको भइसकेका छन् । “निको भएका सङ्क्रमितलाई सम्मानपूर्वक आइसोलेसनबाट बिदाइ समेत गरिसकिएको छ, अब आइसोलेसनमा शुक्रबार थपिएका एक जना र त्यसअघिका एक जना पुरुष गरी दुई जना रहेका छन्, उनीहरु पनि छिट्टै निको हुनेछन्”, आचार्यले भने, “शुक्रबार थपिएका सङ्क्रमितको पहिचान कन्ट्याक्ट ट्रेसिङबाट भएको हो ।” त्रिहत्तर जनाको पिसीआर परीक्षण गरिएको मध्ये गोरखाको आ...
एकै दिन तीन बालिकालाई बलात्कार गर्ने लमजुङका एक युवक पक्राउ
समाचार, समाज

एकै दिन तीन बालिकालाई बलात्कार गर्ने लमजुङका एक युवक पक्राउ

नेपाल अखबार, लमजुङ। एकै दिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङ रहेका छन् । गुरुङले ११र११ वर्षीय दुईजना र नौ वर्षीया एक बालिकालाई कोही नबस्ने गरेको एक घरमा लगेर जबर्जस्ती करणी गरेको अभियोग प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए । थापाका अनुसार गुरुङले गत ६ गते तीन जनालाई एकै ठाउँमा बोलाएर ललाईफकाई गरी जबर्जस्ती करणी गरेको र शुक्रबार परिवारको लिखित उजुरीका आधारमा सोही दिन पक्राउ गरिएको हो । सोभन्दा अघि पनि ती बालिकामाथि पटकपटक जबर्जस्ती करणी गर्ने गरेको र परिवारलाई बालिकाले शुक्रबारमात्र जानकारी गराएपछि थाहा भएको प्रहरीले जनाएको छ ।...
गण्डकी प्रदेशमा ६९ संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

गण्डकी प्रदेशमा ६९ संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। आज विहान गण्डकी प्रदेशमा ६९ जना कोरोना संक्रमित थपिएका छन् । पोखरामा २० सहित गण्डकी प्रदेशमा ६७ थपिएका हुन् । पोखरामा थपिएका मध्य दुई जना पार्क ल्याण्ड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी(स्टाफ नर्स)रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । लमजुङमा दुई, गोर्खामा दुई, बाग्लुङमा तीन,स्याङजामा २२, तनहुँमा सात र नवलपरासीमा १३ जना छन् । हालसम्म प्रदेशमा संक्रमित दुई हजार ५१६ पुगेको छ ।...
थप १ कोरोना संक्रमितको मृत्यु
समाचार, स्वास्थ्य

थप १ कोरोना संक्रमितको मृत्यु

नेपाल अखबार, चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते अस्पताल भर्ना भएका ती वृद्धमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि अस्पतालको कोभिड सघन उपचार कक्षमा राखी उपचार भइरहेको थियो । आइतबार बिहान उहाँको ८ बजे मृत्यु भएको हो । यससँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । चितवनका १२, मकवानपुरका पाँ, नवलपरासी सुस्ता पूर्वका दुई, बारा, गोर्खा र कैलालीका एक÷एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । रासस...
बेगनाश तालमा राना मगर मृत फेला
समाचार, समाज

बेगनाश तालमा राना मगर मृत फेला

नेपाल अखबार, कास्की । बेगनाश तालमा बिनोद राना मगर मृत फेला परेका छन् ।  जिल्ला चितवन कल्याणपुर घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका-३० शिशुवा स्थित मजदुर काम गरी बस्दै आएका थिए ।  अन्दाजी वर्ष ३१ को बिनोद राना मगर बेगनाश तालमा पौडी खेल्न जान्छु भनी गएको थिए । मगर घरमा फिर्ता नआएपछी खोजतलाश गर्दै जाने क्रममा अन्दाजी ११:३० बजेको समयमा बेगनाश तालमा निजको शव पानीमा तैरिएको अवस्थामा फेला परेको फेला परेकाे प्रहरीले जनाएकाे छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।...
आठ घण्टा लाइन बस्दा पनि किसानले मल पाएनन्
समाचार, समाज, हाइलाइट-समाचार

आठ घण्टा लाइन बस्दा पनि किसानले मल पाएनन्

नेपाल अखबार, दमौली । तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक सवारी नचलेकाले हिँडेर दमौली आइन् । बिहान आठ बजेदेखि नै मल लिन लाइनमा बसेकी उनले दिउँसो ४ः३० बजे हुँदासम्म पनि मल पाइनन् । ‘मल पाइने आशमा दिनभर लाइनमा बस्यौ, तर पाइएन,’ उनले भनिन्, ‘मल सकिएको पनि होइन, मल छ तर भोलि आउनु भन्छन् ।’ मल हुँदाहुँदै पनि ४ः३० बजे नै डिपो बन्द गरेर मल विक्री वितरण रोकेको उनले गुनासो गरिन् । उनले कसैले ३५/४० किलोसम्म मल पाएपनि कसैले भने रित्तो हात फर्कनुपरेको बताइन् । कलेस्तीकी पूजा कुमाल बिहान ९ः३० बजेदेखि मल लिन लाइनमा बसिन् । दिनभर लाइनमा बस्दा पनि उनले मल पाइनन् । ‘गाडी चलेको छैन, बिहानभर हिँडेरै दमौली आएर लाइनमा बसियो, तर बेलुका भएपछि भोलि आउनु भनेर पठाए,’ कुमालले भनिनन्, ‘भोलि पनि आएर पाउने निश्चित छैन ।’ केबल १० किलो मलका लागि दिनभर लाइनमा ...
९ वर्षीय बालक मृतावस्थामा फेला
समाचार, समाज

९ वर्षीय बालक मृतावस्थामा फेला

नेपाल अखबार, रौतहट । बाराको देवताल गाउँपालिकामा शुक्रबारदेखि हराइरहेका एक बालकको आज शव फेला परेको छ । देवताल गाउँपालिका वडा नम्बर ५ घर भइ जिल्ला प्रहरी कार्यालय वीगन्जमा कार्यरत हवल्दार भूषण यादवको ९ वर्षीय छोरा सुमित यादव शुक्रबार साँझदेखि हराइरहेका थिए । उनको आज बिहान गाउँबाट झन्डै २ किलोमिटर टाढा पोखरीको डिलमा मृतावस्थामा शव फेला परेको मृतकका बाबु यादवले बताए । बालकको हत्या भएको हुन सक्ने भन्दै पीडित परिवारले घटनाको गम्भीर छानबिन गर्न माग गरेका छन् । मृतक बालकको जिल्ला अस्पताल कलैयामा पोष्टमार्टम भई पीडित परिवारको जिम्मा लगाइएको इन्स्पेक्टर रुद्र कंडेलले जानकारी दिए । घटनाको प्रकृति हेर्दा पानीमा डुबेर मृत्यु भएको हुनसक्ने आशंका रहेको र घटना बारे थप अनुसन्धान भैरहेको इन्स्पेक्टर कंडेलले बताए। यसैबीच देवताल गाउँपालिका प्रमुख चन्दन सिंहको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले बाराका सिडियो ...
बंगलादेशमा मस्जिदमा आगलागी हुँदा १२ को मृत्यु
विदेश, समाचार

बंगलादेशमा मस्जिदमा आगलागी हुँदा १२ को मृत्यु

नेपाल अखबार, एजेन्सि। बंगलादेशमा रहेको एक मस्जिदमा भएको आगलागीमा परेर कम्तीमा १२ जनाको मृत्यु भएको छ । एयर कन्डीसनरबाट भएको आगलागीको घटनामा परी डढेर अरु दर्जनौ घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले शनिबार बिहान दिएको जानकारीअनुसार देशको नारायणगञ्ज जिल्लामा रहेको मस्जिदमा शुक्रबार राती आगलागी भएको हो । डढेको तथा प्लाष्टिक सर्जरी सम्वन्धी केन्द्रिय कार्यालयका संयोजक समानता लाल सेनले कम्तीमा १२ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार कम्तीमा ३७ जना जलेर घाइते भएका छन् । डढेर घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेका मध्ये ३५ जनाको अवस्था गम्भीर रहेको पनि उनले जानकारी दिए । घाइते मध्ये अधिकांश ६० देखि ७० वर्षसम्ममा रहेका छन् । स्थानीय समयानुसार शुक्रबार राती नौ बजेतिर आगलागी भएको हो । अधिकारीहरुले ग्यास चुहावतको कारण भुई तलामा रहेको सवै आठ ओटै एयर कन्डीसनरमा आगलागी भएक...
कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु
समाचार, स्वास्थ्य

कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा । कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ९ जनाको मृत्यु भएको जानकारी दिए । मृतकमा ३ महिला र ६ पुरुष रहेका छन् । मृतक महिला मोरङ, मकवानपुर र नवलपरासीका १–१ जना रहेका छन् । यस्तै काठमाडौंका ३ पुरुषको मृत्यु भएको छ । यस्तै पर्सा, महोत्तरी र रुपन्देहीका १–१ पुरुषको पनि मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २८० पुगेको छ। यस्तै देशभर शनिबार १०४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा महिला ३४९  र पुरुष ६९२ जना रहेका छन् । यससँगै देशमा हालसम्म कुल  संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ५६६ जना रहेको छ भने कुल निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ। यसैबीच शनिबार काठमाडौं उपत्यकामा...
काठमाडौंमा थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

काठमाडौंमा थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौं । काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ३२६, ललितपुरमा ३७ र  भक्तपुर ४५ गरी ४०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यस्तै देशभर भने १०४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा महिला ३४९  र पुरुष ६९२ जना रहेका छन् । यससँगै देशमा हालसम्म कुल  संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ५६६ जना रहेको छ भने कुल निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ।...