Monday, November 23

समाचार

जबरजस्ती करणी मुद्दामा १० वर्ष सजाय तोकिएका व्यक्ति पक्राउ
प्रदेश १, प्रशासन, समाचार

जबरजस्ती करणी मुद्दामा १० वर्ष सजाय तोकिएका व्यक्ति पक्राउ

दाङ। दाङमा जबरजस्ती करणी मुद्दामा १० वर्ष सजाय तोकिएका फरार प्रतिवादी ४ वर्षपछि पक्राउ परेका छन् । देउखुरीको राप्ती गाउँपालिका–३ निवासी २६ वर्षीय सन्दीप चौधरीलाई ४ वर्षपछि प्रहरीले पक्राउ गरेको हो । चौधरीलाई सर्वोच्च अदालतले २०७३ भदौ २७ गते सामूहिक जबरजस्ती करणी मुद्दामा १० वर्ष ३ महिना १९ दिन कैद सजाय तोकेको थियो । सर्वाेच्चको फैसल्लापछि फरार रहेका चौधरीलाई यही भदौ ९ गते राप्ती गाउँपालिकाको मसुरियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । उनका अनुसार सर्वाेच्चको फैसलापछि उनी लुकेर बस्दै आएका चौधरीलाई प्रहरीले मंगलवार साँझ पक्राउ गरिएको हो । पक्राउ परेका अभियुक्तलाई प्रहरीले बुधवार दाङ देउखुरी जिल्ला अदालतमा बुझाएको छ ।...
बहुविवाह मुद्दामा फरार दम्पती २ वर्षपछि पक्राउ
प्रशासन, समाचार

बहुविवाह मुद्दामा फरार दम्पती २ वर्षपछि पक्राउ

नेपाल अखबार,तनहुँ । बहुविवाह मुद्दामा फरार रहेका दम्पतीलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । तनहुँ रिसिङ गाउँपालिका–२ गैराथोक बस्ने धनबहादुर राना र उनको कान्छी श्रीमती नमुना राना ठकुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । तनहुँ जिल्ला अदालतले धनबहादुर दम्पतीलाई ०७५ असारमा १ बर्ष कैद र १० हजार जरिवाना हुने फैसला गरेको थियो । पक्राउपछि अदालतको आदेशले उनीहरुलाई कारागार चलान गरिएको तनहुँ प्रहरीले जनाएको छ ।...
काठमाडौंमा बुधबार दिउँसो भूकम्पको धक्का
समाचार

काठमाडौंमा बुधबार दिउँसो भूकम्पको धक्का

नेपाल अखबार, काठमाडौं । काठमाडौंमा बुधबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ । दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटीलाई केन्द्रविन्दु बनाएर २.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
थप ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

थप ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा । देशभर पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ३४ हजार ४१८ पुगेको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा ३८५ जना निको भएका छन् ।  जसमा प्रदेश नम्बर १ मा १ हजार ३ सय ५६, प्रदेश नम्बर २ मा ४ हजार ३ सय १५, बागमती प्रदेशमा ९ सय १९ र गण्डकी प्रदेशमा १ हजार ६ सय ५२ जना संक्रमित निको भएर घर फर्किएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ६ सय ५१, कर्णाली प्रदेशमा २ हजार १७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५ सय ९४ गरी आजसम्म १९ हजार ५ सय ४ जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म निको हुनेको कुल संख्या १९ हजार ५०४ पुगेको छ । आज देशभरी सक्रिय संक्रमित १४ हजार ७ सय ९९ जना रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार २ सय ६२, प्रद...
स्थगित त्रिविको परीक्षा असोजभित्रै भर्चुअल विधिबाट लिने तयारी
शिक्षा, समाचार

स्थगित त्रिविको परीक्षा असोजभित्रै भर्चुअल विधिबाट लिने तयारी

नेपाल अखबार, काठमाडाैं। त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाको ढोका नै बन्द हुने भएपछि त्यसलाई सहज बनाउने उद्देश्यले जुनसुकै विकल्पबाट पनि परीक्षा लिने तयारीमा विश्वविद्यालय पुगेको हो । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्राडा डिल्लीराज शर्माले स्थगित परीक्षा लिने विषयमा आफूहरू अन्तिम निर्णयमा पुगेको जानकारी दिए। खासगरी स्नातकोत्तर तहका सेमेस्टरमा केही विषय परीक्षा दिएका र केही बाँकी रहेका विद्यार्थीको हकमा निकास निकाल्ने निर्णय विश्वविद्यालयका पदाधिकारी तथा डिनहरूको बैठकले गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा समाचार छ ।...
काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा
प्रशासन, समाचार

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा

नेपाल अखबार, काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । अब, काठमाडौं उपत्यकामा भदौ १७ सम्म अत्यावश्यक बाहेकका सेवा तथा व्यवसाय चल्न पाउँदैनन् । भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा बुधवार मध्यराति सकिँदै छ । निषेधाज्ञाको समयावधि एकसाता लम्ब्याउने निर्णय गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । कोरोना संक्रमितको दर दैनिक बढिरहेको भन्दै मंगलबार काठमाडौंका मेयरहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई निषेधाज्ञा लम्ब्याउन सुझाव दिएका थिए । संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ (३) अनुसार जिल्ला सुरक्षा समितीको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्ने अधिकार छ । थप गरिएको निषेधाज्ञा अ...
बाग्लुङमा पहिरोले घर पुरिदा १ जनाको मृत्यु
समाचार, समाज

बाग्लुङमा पहिरोले घर पुरिदा १ जनाको मृत्यु

नेपाल अखबार,बाग्लुङ । बाग्लुङमा पहिरोले घर पुरिदा १ जनाको मृत्यु भएकाे छ ।अविरल वर्षाको कारण जिल्ला बाग्लुङ ढोरपाटन नगरपालिका-२ अर्नाक बस्ने प्रकाश परियारको ढुङगा माटोले बनेको २ तले कच्चि घरमा  बिहान करिब ०५:२० बजे   १०।१५ मिटर माथिबाट पहिरो आई घर पुरिन जाँदा सोही घरमा सुतिरहेकी उनका  छोरी वर्ष १९ किपुजा परियार पहिरोले पुरिई  मृत फेला परेकाे प्रहरीले जनाएकाे छ । प्रहरीले  घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।...
पोखरामा एक पुरुष मृत फेला
समाचार, समाज

पोखरामा एक पुरुष मृत फेला

नेपाल अखबार, पाेखरा। पोखराको वाइचोकमा  एक पुरुष मृत अवस्थामा फेला परेका छन्  । हालसम्म नाम, थर, वतन नखुलेको अन्दाजी ४०/ ४५ वर्षका  पुरुष इन्द्रपुरी चोकको सडकको नाली छेउमा मृत अवस्थामा फेला परेको  प्रहरीले  जनाएकाे छ  । मृत अवस्थामा रहेको भन्ने खबर प्राप्‍त हुनासाथ प्रहरी टोली खटीई थप अनुसन्धान भईरहेको   जानकारी दिएकाे छ  ।...
कोरोना रिपोर्ट नआउँदा १८ घण्टादेखि उठाइएन शव
प्रदेश ६, समाचार

कोरोना रिपोर्ट नआउँदा १८ घण्टादेखि उठाइएन शव

नेपाल अखबार, कैलाली । कैलालीमा कोरोना संक्रमण परीक्षणको रिपोर्ट नआउँदा एक महिलाको शव १८ घण्टादेखि उठाइएको छैन । सोमबार राति ८ बजे आइसोलेसन सेन्टरमा मृत्यु भएकी घोडाघोडी नगरपालिका–११ कि महिलाको शव जहाँको त्यहीँ छ । उनको मृतक श्रीमान र छोरामा पनि कोरोना संक्रमण पुष्टि भए पनि उनको भने मृत्युपछि मंगलबार विहान १० बजे मात्र स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ । घोडाघोडी नगरपालिका– १० मा पनि मंगलबार विहान आत्महत्या गरेका युवकमा पनि कोरोना परीक्षण नभएकाले शव उठाइएको छैन । उनको शव ६ घण्टादेखि घरभित्रै छ । उनका परिवारको ५ सदस्यमा कोरोना संक्रमण पुष्टि भइसकेकाले आफन्त र गाउँलेले शव उठाउन मानेका छैनन् । ती युवकको बाबु, आमा, छोरी र दुई भतिज गरी ५ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु साउन २५ गते भारतबाट आएका थिए, र उनीहरुको परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक युवक भने गाउँमै रह...
जुम्लाका किसानलाई स्याउ टिप्न चटारो
अर्थ, समाचार

जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

नेपाल अखबार, खलङ्गा। कोरोना भाइरस रोकथामका लागि जुम्ला प्रशासनले यहाकाँ आठवटै स्थानीय तहमा निषेधाज्ञा जारी राखेको छ । निषेधाज्ञा जारी भएतापनि यहाँका किसानलाई स्याउ बगौंचामा स्याउ टिप्न चटारो परेको तातोपानी गाउँपालिका–४ का स्याउ किसान प्रमेराज पाण्डेले बताउछन । उनले भने “यस याममा जुम्ली किसानको उत्पादन स्याउ सुर्खेत नेपालगन्ज र यहाँको स्थानीय बजारमा पुगेर सानो पसलदेखि ठूला पसलसम्म जुम्ली स्याउ भरीभराउ हुन्थ्यो ।” कोभिडले स्थानीय बजारदेखि तराईका बजारसम्म निषेधाज्ञा जारीले स्याउ कसरी कहा“ बिक्री गर्न समस्या भएको चन्दननाथ नगरपालिका–८ स्याउ किसान लक्ष्मी देवकाटाले गुनासो गरे । कृषि विकास कार्यालय जुम्लाले भदौ १० गतेदेखि मात्र स्याउ टिप्ने अनुमति दिएको छ । किसानले अघि पाक्ने स्याउ टिप्न शुरु गरेको जनाएका छन् । स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख नवराज भण्डारीका अनुसार यस वर्ष जुम्लामा १० हजार...