Monday, November 23

समाचार

अछामको रामारोशनमा बाढीले बगाएर १७ बेपत्ता, ४ जनाको शव भेटियो
समाचार, समाज

अछामको रामारोशनमा बाढीले बगाएर १७ बेपत्ता, ४ जनाको शव भेटियो

नेपाल अखबार,अछाम । अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलाश खोलामा आएको बाढीले बगाएर १७ जनालाई बेपत्ता बनाएको छ । बाढीले बगाएका ४ जनाको शव फेला परेको रामाशोसन गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले रातोपाटीलाई जानकारी दिइन् । बाढीले दुईवटा जलविद्युत्त, एम्बुलेन्स र नेपाल टेलिकमको गाडी बगाएको छ । बेपत्ता १७ जनाको पहिचान खुलिसकेको उपाध्यक्ष रावलले बताइन् । बाढीले २२ घर बगाएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीको उद्धार टोली जाँदै छ । स्थानीय प्रशासनले हेलिकप्टरमार्फत उद्धार टोली रामारोशन पठाउने तयारी गरिरहेको छ । बाढीले बगाउँदा वर्ष ४० का हिक्मत शाही घाइते भएका छन् ।...
पोखरामा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु, हवल्दार गम्भीर घाइते
दुर्घटना, प्रदेश ४, समाचार

पोखरामा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु, हवल्दार गम्भीर घाइते

नेपाल अखबार, पाेखरा। पोखरामा गएराति भएको सवारी दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ भने अर्का प्रहरी हवल्दार घाइते भएका छन् । वडा प्रहरी कार्यालय बैदामबाट गस्तीमा खटिएको प्रहरी सवार ग१ब ३६९ नंको मोटरसाइकलाई गए राति १ः०५ बजेको समयमा प्रस्याङबाट मालेपाटन आउँदै गर्र्दा सोही दिशाबाट आएको ग२च २६२६ नंको बोलेरो जिपले प्रस्याङ विश्वास पेट्रोलपम्प नजिक ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका दुवै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्याइएकामा मोटरसाइकल चालक प्रहरी जवान पाल्पा घर भएका २० वर्षीय चन्द्रबहादुर बगालेको उपचारका क्रममा राति १ः५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । घाइते प्रहरी हवल्दार बर्दिया मैनापुर–२ घर भएका ३४ वर्षीय डम्बरबहादुर थारूको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ठक्कर...
बाजुरामा बाढी पहिरोमा परी २ जनाको मृत्यु
समाचार, समाज

बाजुरामा बाढी पहिरोमा परी २ जनाको मृत्यु

नेपाल अखबार, कैलाली । बाजुरामा बाढी पहिरोमा परेर २ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको खप्तड छेडेदह गाउँपालिका १ का मीन बहादुर बुढाकी ३ वर्षीया छोरी सुमीका बुढाको पहिरोमा पुरिएर मृत्यु भएको हो । उनकी ५ वर्षीया दिदी विनिता बुढा र ६५ वर्षीया हजुरआमा नन्दादेवी बुढा पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । त्यस्तै बाजुरामै बढीगाढ र धुपे खोलामा आएको बाढीमा बगेर अर्की एक महिलाको मृत्यु भएको छ । जिल्लाको बुढीनन्दा गाउँपालिका ६ की ७५ वर्षीया धिनु लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टंकराज भट्टराईले जानकारी दिए । उनले बाजुराका धुपे, बडीगाढ खोलामा आएको बाढीले २० घर डुबानमा परेको जनाए । क्षतिको यकिन विवरण आउन भने बाँकी रहेको उनले बताए ।...
बुधबार मध्यरातदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा
प्रशासन, समाचार

बुधबार मध्यरातदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा

नेपाल अखबार, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबार मध्यरातिदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यो अवधिमा औषधि, खाद्यबस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ । अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकाय बाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ । नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्नेछन् । होटल, रेष्टुरेन्ट, फुटपाथ पसल समेत बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनमत कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सेवा दिन सक्नेछ...
गण्डकी प्रदेशमा १४ कोरोना सक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा १४ कोरोना सक्रमित थपिए

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा वुधबार १४ कोरोना सक्रमित थपिएका छन । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र भरतपुर अस्पताल चितवन परीक्षण गरिएका उनीहरुमा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेहरुमा तनहुँका २, नवलपरासी पश्चिमका १२ जना रहेका छन । तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा ४ का २९ वर्षिय पुरुष, व्यास नगरपालिका वडा नं ३ का ३८ वर्षिय पुरुष, कावासोती वडा नं ३ का २ पुरुष, वडा नं ३ का ४ पुरुष, हुप्सेकोट वडा नं ३ का १ पुरुष, देवचुली वडा नं १ का १ पुरुष, देवचुली वडा नं ७ का १ पुरुष, वडा नं ७ का १ महिला र १ पुरुष तथा वडा नं ५ की एक महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार गण्डकी प्रदेशमा कोरोना सक्रमितको संख्या १ हजार ७ सय ७९ पुगेको छ ।...
काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ८ सिल
प्रशासन, समाचार, समाज

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ८ सिल

नेपाल अखबार, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ८ क्षेत्र सिल गरिएको छ । वडाभित्र ५ जना कोरोना संक्रमित भेटिएपछि चार किल्ला तोकेर वडा सिल गरिएको वडाध्यक्ष मनोजकुमार घिमिरेले जानकारी दिए । वडाध्यक्ष घिमिर भने, ‘वडाभित्र ५ जना संक्रमित फेला परेका छन् । उनीहरुको कन्ट्याक ट्रेसिङको काम भइरहेको छ । कन्ट्याक ट्रेसिङको आधारमा हुने परीक्षणको रिपोर्ट आउन समय लाग्ने भएकोले भोलिदेखि भदौ ५ सम्म चार किल्ला तोकेर वडालाई सिल गरेका हौं ।’ पाँच दिनसम्म वडाभित्र अत्यावश्यकबाहेकका अन्य सबै सेवा बन्द रहने वडाध्यक्ष घिमिरेले बताए । संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरी स्वाब संकलन गरी पीसीआर रीक्षण गरिने भएको बढीमा पाँच दिन पूर्वमा ज्ञानभूमि स्कुलको उकालो, पश्चिममा महादेव खोला, उत्तरमा शिव नगरटोल र दक्षिणमा भूपू सैनिक टोलको ठाडोबाटोसम्मको क्षेत्र सिल गर्ने निर्णय गरिएको वड...
पाेखरामा आज पहिराले एक घरमा क्षति
समाचार, समाज

पाेखरामा आज पहिराले एक घरमा क्षति

नेपाल अखबार, पाेखरा। पाेखरामा  आज पहिराले एक घरमा क्षति पुगेको छ । गएरातिको अविरल वर्षका कारणले पोखरा ‍महानगरपालिका ३१ बेगनास डाँडापारी बस्ने  ५७ वर्षीय जुट बहादुर बि.क.को ढुङ्गा माटोले बनेको भान्छा घरको साईड पट्टि पहिरो खस्न जाँदा भान्छा कोठा र संगै रहेको बाख्राको खोर पूर्ण रुपमा क्षती भएको प्रहरीले जनाएको छ । घटनामा मानविय चौपाय क्षती नभएको र घटनाका विषयमा खबर प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।...
अध्यक्ष तिमिल्सिना र रसियन राजदूत नोभिकभबीच शिष्टचार भेट
राजनीति, समाचार

अध्यक्ष तिमिल्सिना र रसियन राजदूत नोभिकभबीच शिष्टचार भेट

नेपाल अखबार,  काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि रसियाका राजदूत  एलेक्सी नोभिकभ (Aleksei Novikov) ले शिष्टचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा मंगलबार भएको भेटमा दुई देशको कूटनीतिक सम्बन्ध, संसदीय सम्बन्ध, कोरोना प्रभाव,  पूर्वाधार विकास, व्यापार र लगानीको साझेदारी लगायतका विषयमा कुराकानी भएको थियो। भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका रुसी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। उहाँले कोरोना भाइरसले गर्दा विश्व आक्रान्त बनेका बताउँदै भन्नुभयो, 'विश्वका विभिन्न मुलुकहरू कोरोना भाइरसको भ्याक्सिनको खोजिमा लागिरहेका छन्। हालै रुसमा यसको सफल परीक्षण भएको समाचार सुन्न पाउँदा खुसी लागेको छ।' सो अवसरमा उहाँले रुसद्वारा सफल परीक्षण भएको भ्...
रहेनन् राष्ट्रकवि माधव घिमिरे
समाचार, समाज, साहित्य \कला

रहेनन् राष्ट्रकवि माधव घिमिरे

नेपाल अखबार, काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार  निधन भएकाे छ । उनको कपुरधारास्थित निवासमै साँझ निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि राष्ट्रकवि घिमिरे केही महिनायता घरमै उपचाररत थिए । घिमिरेको जन्म १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । उनलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकारका रुपमा चिनिन्छ । घिमिरेको अन्त्येष्टि  बुधबार गर्ने तयारी भएको छ ।...
२४ घण्टामा देशभर १०१६ जना कोरोना संक्रमित पुष्टि
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

२४ घण्टामा देशभर १०१६ जना कोरोना संक्रमित पुष्टि

नेपाल अखबार, पाेखरा।  नेपालमा हालसम्मकै धेरै कोरोनाभाइरस संक्रमित पुष्टि भएको छ ।  बितेको २४ घण्टामा देशभर १ हजार १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार २५७ पुगेको छ । बितेको २४ घण्टामा थप ८५ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० पुगेको छ । यस्तै देशभर १० हजार ५६३ सक्रिय संक्रमित रहेका छन् भने आज १३ हजार ४६१ पीसीआर परीक्षण भएको छ । यस्तै हालसम्म मृतकको संख्या ११४ पुगेको छ ।...