टर्च र झण्डा बोकेर एकिकरण मार्ग खोज्दै गोरखाबाट पैदल हिड्यो नेपाली सेना (हेर्नुस १० फोटोमा)
मोहसिन अलि मियाँगोरखा । पृथ्वीनारायण शाहकालिन पोशाक सहित टर्च र राष्ट्रिय झण्डा बोकेर नेपाली सेनाको टोली गोरखाबाट काठमाण्डौका लागि पैदल निस्किएको छ ।
तत्कालिन राजा पृथ्वीनारायण शाहले राज्य एकिकरणको क्रममा प्रयोग गरेको बाटोको पहिचान गर्दै एकिकरण पदमार्ग निर्माणका लागि नेपाली सेनाले पदयात्रा सुरु गरेको हो । ‘युनिफिकेसन ट्रेल’ का रुपमा सो मार्गलाई विकास गर्ने भन्दै सेनाले पदयात्रा सुरु गरेको हो ।
शुक्रबार बिहान साढे ८ बजे गोरखा दरबारको हनुमान चौतारीबाट सेनाको टोली त्यसतर्फ निस्किएको हो । टोलीलाई एक विशेष कार्यक्रमका बिच पश्चिम पृतनाका पृतनापति गोकुल भण्डारी, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, भीमसेन थापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डे लगायतले टर्च र झण्डा हस्तान्तरण गर्दै बिदाई गरेका हुन् ।
टर्च, नेपालको झण्डा बोकेर पृथ्वीनारायण शा...
