Monday, November 23

समाचार

तीन वटै सुरक्षा निकायको एकै स्वर- भयरहित चुनाव गराउन तयार छौं
प्रशासन, राजनीति, समाचार

तीन वटै सुरक्षा निकायको एकै स्वर- भयरहित चुनाव गराउन तयार छौं

नेपालअखबार,काठमाडौं । तीन वटै सुरक्षा निकायका अधिकारीहरूले भयरहित र सुरक्षित रूपमा निर्वाचन गराउन पूर्णरूपमा तयार रहेको बताएका छन् । यसका लागि आवश्यक काम भइरहेको उनीहरूको ब्रिफिङ छ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले शुक्रबार निर्वाचन तयारीबारे सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गरेको थियो । सिंहलरबारस्थित समितिको सभाकक्षमा भएको छलफलमा सहभागी सुरक्षा निकायका प्रतिनिधिहरूले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित र सुरक्षित रूपमा सम्पन्न गराउन पूर्णरूपमा तयार रहेको बताएका हुन् । राष्ट्रिय सुरक्षा परिषद्को बैठकबाट निर्वाचनलक्षित एकीकृत सुरक्षा योजना पारित भइसकेको छ । सोही योजनाअनुसार आपसि समन्वय र सहकार्यमार्फत अघि बढिरहेको उनीहरूको भनाइ रहेको छ । बैठकमा बोल्दौ नेपाली सेनाका सहायक रथी मनोज थापाले तोकिएको मितिमा निर्वाचन गर्नु मुलु...
निर्वाचन आयोगले थाल्यो समानुपातिक तर्फको मतपत्र छपाइ
राजनीति, समाचार

निर्वाचन आयोगले थाल्यो समानुपातिक तर्फको मतपत्र छपाइ

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फको मतपत्र छपाइ सुरु गरेको छ । आजबाट समानुपातिक तर्फको मतपत्र छपाई सुरु भएको हो । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिक तर्फको मतपत्रमा ५८ वटा चुनाव चिह्न रहनेछ । यही पुस १३ र १४ गते राजनीतिक दललाई समानुपातिक तर्फको बन्दसूची बुझाउन समय दिइएको थियो । त्यसबेला ६४ वटा दलले सूची बुझाएका थिए । त्यसमा १० वटा दलले एकल चुनाव चिह्नमा नाम दिएका छन् । ‘समानुपातिक तर्फको मतपत्र आजबाट सुरु भएको छ । जसमा ५८ दलको चिह्न  मतपत्रमा हुनेछ’ भट्टराईले भने, ‘प्रत्यक्ष तर्फको मतपत्र भने आगामी माघ १० गते पछाडीबाट मात्रै छापइको काम सुरु हुन सक्नेछ ।’ आगामी २१ फागुनमा हुने निर्वाचनका लागि प्रतयक्षतर्फ उम्मेदवारी दर्ताको समय माघ ६ गतेका लागि छ । माघ ९ गते निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम छ । त्यसपछि बल्ल मतपत्र छपाइ स...
प्रधानमन्त्री कार्कीले गरिन् निर्वाचन आयोग र सुरक्षा प्रमुखहरूसँग छलफल
राजनीति, समाचार

प्रधानमन्त्री कार्कीले गरिन् निर्वाचन आयोग र सुरक्षा प्रमुखहरूसँग छलफल

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारी र सुरक्षा व्यवस्था लगायतका विषयमा निर्वाचन आयोगका प्रमुखसहित सुरक्षा निकायका उच्च अधिकारीहरूसँग छलफल गरेकी छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको उपस्थिति थियो। छलफलमा आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। २०८२ भदौमा जेनजी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षा निकायहरूलाई आवश्यक निर्देशन दिएकी छन्। उनले निर्वाचन आयोगलाई निर्वाचन तयारी तीव्र  पार्न आग्रह गर्दै सबै पक्षलाई निर्वाचन प्रक्रियामा सहभागी हुन अपिल पनि गरेकी छन्।...
कांग्रेस विवादमा निर्वाचन आयोगले भन्यो- नजिकबाट हेरिरहेका छौं
राजनीति, समाचार

कांग्रेस विवादमा निर्वाचन आयोगले भन्यो- नजिकबाट हेरिरहेका छौं

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसभित्रको विवादलाई नजिकबाट हेरिरहेको बताएको छ । शुक्रबार आयोजित प्रेस ब्रिफिङमा आयोगले दलभित्रको विवाद आन्तरिक विषय भए पनि आयोगले नजिकबाट हेरिरहेको बताएको हो । पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले भने, ‘कांग्रेस विवाद दलभित्रको आन्तरिक विषय हो । त्यसमा आयोग प्रवेश नगर्ने भएकाले अहिले केही भन्दैन । तथापि आयोगले नजिकबाट हेरिरहेको हुन्छ ।’ नेपाली कांग्रेसभित्र अहिले नियमित र विशेष महाधिवेशनको विवाद उत्कर्षमा पुगेको छ । केही दिनअघिको कार्यसम्पादन समिति बैठकको बहुमतले आगामी बैशाकमा गर्ने गरी नियमित महाधिवेशनको कार्यतालिका पारित गरेको छ । विशेष महाधिवेशन आह्वानकर्ताहरूले भने २७ र २८ पुसमा विशेष महाधिवेशन बैठक आह्वान राखेका छन् । यसमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्व...
यसपटक पनि कार्यान्वयन भएन अन्तरक्षेत्र मतदान
प्रशासन, समाचार

यसपटक पनि कार्यान्वयन भएन अन्तरक्षेत्र मतदान

नेपालअखबार,काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि जिल्लाबाहिर रहेका मतदाताले मतदान गर्न नपाउने भएका छन् । शुक्रबार आयोजित प्रेस ब्रिफिङमा निर्वाचन आयोगले भन्यो, ‘अन्तर क्षेत्र निर्वाचन यसपटक पनि असम्भव भएन ।’ २३, २४ भदौको जेनजी आन्दोलनपछि बनेको सरकारले २१ फागुनका लागि निर्वाचन घोषणा गरेसँगै अन्तरक्षेत्र निर्वाचनको माग भएको थियो । रोजगारी, शिक्षा, औषधिउपचार, लगायतका विभिन्न कारणले आफ्नो नाम रहेको बुथ पुगेर मतदान गर्न नसक्ने मतदाताको लागि अन्तर क्षेत्र तथा अन्तर जिल्ला मतदानको व्यवस्था गर्नु पर्ने माग बलियो गरी उठेको थियो । अघिल्ला निर्वाचनका बेला पनि यस्ता माग उठ्ने गरेका थिए । तर, यसपटक आन्दोनकारी जेनजी समूहहरूले समेत सरकारमार्फत निर्वाचन आयोगलाई त्यस्तो व्यवस्थाको लागि दबाब बढाएका थिए । तर, यसपटक पनि निर्वाचन आयोगले अन्तर क्षेत्र/अन्तर जिल्ला निर्वाचनको व्यवस्था ग...
एमालेबाट प्रदेश सदस्यमा उम्मेदवार लडेका गिरिराज केसी लगायत नेकपामा प्रवेश
राजनीति, समाचार

एमालेबाट प्रदेश सदस्यमा उम्मेदवार लडेका गिरिराज केसी लगायत नेकपामा प्रवेश

नेपालअखबार,काठमाडौँ । २०७९ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्यमा चुनाव लडेका नेता गिरिराज केसी सहितका व्यक्ति नेपाली कम्युनिष्ट पार्टीमा पार्टी प्रवेश गरेका छन्। शुक्रबार काठमाडौंको ललितपुरस्थित नेता नारायण काजी श्रेष्ठको निवास हात्तीवनमा केसी सहितका एमालेका नेताहरू नेकपामा पार्टी प्रवेश गरेका हुन्। केसी २०७९ को निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट दाङ निर्वाचन क्षेत्र २ (२) प्रदेश सभा सदस्यका उम्मेदवार थिए। उनलाई नेपाली कांग्रेसका युवा नेता तथा लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपानेले पराजित गरेका थिए। केसी एमाले दाङका पहिचान बनाएका एक  पुराना नेता मानिन्थे। तर, पछिल्लो करिब ६ महिना पहिले केसी एमालेबाट विद्रोह गरी संयुक्त वाममोर्चा दाङको संयोजक समेत बनेका थिए। केसीसँगै घोराही उपमहानगरपालिकाका पूर्वउपमेयर दामोदर अधिकारी पनि नेकपामा प...
नवलपुरमा अन्तरराष्ट्रिय अनुसन्धान सम्मेलन सुरु
समाचार, समाज

नवलपुरमा अन्तरराष्ट्रिय अनुसन्धान सम्मेलन सुरु

नेपालअखबार,नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन सुरु भएको छ । गैँडाकोट नगरपालिका–२ मा रहेको अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्टको आयोजनामा आजदेखि सुरु भएको सम्मेलनमा नेपालसहित विभिन्न ६ देशका अनुसन्धानकर्ताको सहभागिता रहेको छ । सम्मेलनका संयोजक एवम् अक्सफोर्ड कलेजका अनुसन्धान विभाग प्रमुख प्राध्यापक डा‍‍. वसन्तप्रसाद अधिकारीका अनुसार यस दोस्रो अन्तरराष्ट्रिय अनुसन्धान सम्मेलनमा दिगो विकास, हरित प्रविधि तथा बहुविषयक अनुसन्धानका क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञ, शिक्षाविद् तथा अनुसन्धानकर्ताको सहभागिता रहेको छ । सम्मेलनमा नेपालका विभिन्न विश्वविद्यालयसहित, भारत, संयुक्तराज्य अमेरिका, इण्डोनेसिया, नेदरल्याण्डका विश्वविद्यालयका विज्ञ, शिक्षाविद् तथा अनुसन्धानकर्ताको सहभागिता रहेको छ । ‘दिगो भविष्यको लागि नवप्रवर्तन...
बाघ गणना गर्न राखिएका सात वटा क्यामेरामा क्षति, दुई वटा हात्तीले फुटायो
प्रशासन, समाचार, समाज

बाघ गणना गर्न राखिएका सात वटा क्यामेरामा क्षति, दुई वटा हात्तीले फुटायो

नेपालअखबार,चितवन । चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका सातवटा क्यामेरामा क्षति पुगेको छ ।  पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणनाका क्रममा राखिएका पाँच क्यामेरा हराएका छन् भने दुई क्यामेरा हात्तीले फुटाएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार बाघ गणनामा राखिएका क्यामेरामध्ये तीन थुम्सी क्षेत्रमा र दुईवटा तमासपुर क्षेत्रमा राखिएका क्यामेरा हराएका हुन् । टाइगर टप्स क्षेत्रमा रहेका दुई क्यामेर हात्तीले फुटाएको उनले बताए । करिब २८६ ग्रिडमा क्यामेरा राखेर बाघ गणना गरिएको थियो । मगरका अनुसार पहिलो भागको गणनाको काम सकेर क्यामेरा उठाउने क्रममा तीन स्थानमा राखिएका क्यामेरा हराएको र हात्तीले क्षति पुर्‍याएको हो । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर बाघ गणना सुरु गरिएको छ । उनका अनुसार त्रिवेणी, अमलटारी, कसरा हुँदै बरणडाभार क्षेत्रलाई पहिलो भाग बन...
देउवापक्षका केन्द्रीय सदस्यको अर्को बैठक बस्दैछ नयाँ बानेश्वरमा
राजनीति, समाचार

देउवापक्षका केन्द्रीय सदस्यको अर्को बैठक बस्दैछ नयाँ बानेश्वरमा

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट ३० जना केन्द्रीय सदस्यहरूले बेग्लै भेला गरेका छन्। आमचुनावअघि महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका केन्द्रीय सदस्यहरूले आज भेला गरेर अपिल जारी गरेका हुन्। राजेन्द्र केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डिला संग्रौला, उदयशम्शेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का, नारायणबहादुर कार्की, चीनकाजी श्रेष्ठलगायत चुनावअघि महाधिवेशनका पक्षमा उभिएका थिए। उनीहरूले पार्टीभित्र देखा परेको विवाद समाधान गर्न पनि यसअघि सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र दुवै महामन्त्री गगन थापा र विश्वप्रक...
फिलिपिन्समा ल्यान्डफिल साइडमा पहिराे खस्दा १ जनाको मृत्यु, ३८ जना बेपत्ता
विश्व, समाचार

फिलिपिन्समा ल्यान्डफिल साइडमा पहिराे खस्दा १ जनाको मृत्यु, ३८ जना बेपत्ता

नेपालअखबार, मनिला । फिलिपिन्समा फोहोर व्यवस्थापनस्थलमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । बिहीबार सेबु सहरको बिनलिउ ल्यान्डफिलमा पहिरो जाँदा उक्त घटना भएको हो । साे घटनामा ३८ जना बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । फोहोरको थुप्रोमा पुरिएर घाइते भएका १२ जना सरसफाइ कर्मचारीलाई उद्धारकर्मीहरूले निकालेको बताइएको छ । उनीहरूको अस्पतालमा उपचार भइरहेको छ । निजी स्वामित्वमा रहेको यो ठाउँमा सरकारी एजेन्सी र नागरिक समाजबाट झन्डै ३०० जना खटाइएको थियो । घटनास्थलमा कयौँ एक्जाभेटर, एम्बुलेन्स र दमकल देखिएका छन् । यो घटना अचानक भएको भए पनि फोहोर व्यवस्थापनमा लापरबाही यसको मुख्य कारण हुनसक्ने सेबु नगरका काउन्सिलर जोएल गार्गानेराले बताएका छन् ।फोहोर व्यवस्थापन कम्पनीले फोहोर थुपार्नका लागि पहाड काटेर माटो निकालिरहेको थियो ।...