प्रहरीबाट लुटिएका हतियार कहाँ छन्, गृहमन्त्रीलाई शतप्रतिशत थाहा छ : महेश बर्तौला
नेपालअखबार, काठमाडौं। नेकपा एमालेका नेता महेश बर्तौलाले जेनजी विद्रोहको क्रममा प्रहरीबाट लुटिएका हतियार कहाँ छ भन्ने बारे अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याललाई शतप्रतिशत थाहा भएको जिकिर गरेका छन् ।
विहीबार सामाजिक सञ्जालमा एक स्टाटसमा नेता बर्तौलाले गृहमन्त्री अर्यालले आन्दोलनमा घुसपैठको नेतृत्व गरेको आरोप पनि लगाएका छन् ।
‘प्रहरीबाट लुटिएका बन्दुक, गोली लगायतका हतियारहरू कहाँ र कोसँग छ भन्ने सूचना र जानकारी अहिलेका गृहमन्त्रीलाई शतप्रतिशत रहेको हुनुपर्दछ’ उनले लेखेका छन्, ‘किनभने भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागसहित जेनेरेसन जेडले गरेको शान्तिपूर्ण आन्दोलनभित्र सुनुयोजित घुसपैठ गरी शान्ति भंग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने कामको यिनी चौबिसै क्यारेटका स्टेकहोल्डर हुन् ।’
उनले राज्यविरुद्धको अपराधमा अहिलेका गृहमन्त्रीलाई तत्काल गिरफ्तार गरिनुपर्ने लेखेका छन् ।
न...










