संसदीय समितिले गृहमन्त्रीलाई छलफलका लागि बोलाउने
नेपालअखबार, काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकले महत्त्वपूर्ण समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
सिंहदरबारमा सोमबार बसेको समितिको यो बैठकले विशेषगरी मनसुनजन्य विपद्को पूर्वतयारी र समाजमा बढ्दै गएको किशोरीमाथिको साइबर बुलिङलाई मुख्य एजेन्डा बनाएको हो।
समितिले आगामी वैशाख १० गते गृहमन्त्री सुधन गुरुङलाई बोलाएर विपद् व्यवस्थापन र साइबर सुरक्षाका विषयमा विस्तृत छलफल गर्ने तय गरेको छ। बर्खायाम नजिकिँदै गर्दा हुनसक्ने जनधनको क्षति न्यूनीकरणका लागि सरकारले कस्तो प्रतिकार्य योजना बनाएको छ भन्नेबारे समितिले जवाफ माग्ने भएको छ।
साथै पछिल्लो समय प्रविधिको दुरुपयोग गरी किशोरीहरूलाई मानसिक तनाव दिने र सामाजिक रूपमा अपमानित गर्ने साइबर बुलिङका घटना बढेकाले यसको कानुनी उपचार र नियन्त्रणका उपायबारे पनि गृहमन्त्रीसँग विमर्...










