Sunday, June 14

समाचार

सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान सञ्चालन गर्ने
राजनीति, समाचार

सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान सञ्चालन गर्ने

नेपालअखबार,काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान सञ्चालन गर्ने भएको छ । अभियान सञ्चालनका लागि सरकारले शुक्रबार अभियान सञ्चालन सम्बन्धी मार्गदर्शन स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग, सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयहरू र स्थानीय तहहरूलाई परिपत्र गरेर मार्गदर्शन कार्यान्वयन गरेर प्रतिवेदन पठाउन भनेको छ । कानुनबाट दिइएको अधिकारको प्रयोग नगरी अनावश्यक रूपमा माथिल्लो तहमा पठाइनेलगायतका प्रवृत्तिले सेवाप्रवाह प्रभावित हुने अवस्थालाई निराकरण गर्न सरकारले अभियान सञ्चालन गर्न लागेको बताइएको छ । सरकारी कार्यालयमा दर्ता भएका फाइल, सुरुवात भएका टिप्पणीलगायत अन्य फाइलहरू विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्किने, निर्णयमा ढिलाइ हुने प्रवृत्ति हटाउन अभियान सञ्चालन गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...
अमेरिका र इरानबीच आज इस्लामावादमा वार्ता
राजनीति, विश्व, समाचार

अमेरिका र इरानबीच आज इस्लामावादमा वार्ता

नेपालअखबार, काठमाडौँ । अमेरिका र इरानबीच आज वार्ता हुँदैछ। पाकिस्तानको मध्यस्थतामा राजधानी इस्लामावादमा शनिबार दुई देशबीच वार्ता हुन लागेको हो। वार्ताका लागि तेहरानको टोली इस्लामावाद आइपुगेको पाकिस्तानी अखबार द डनले पुष्टि गरेको छ। इरानबाट सभामुख मोहम्मद बाघे गालिबाफ, विदेशमन्त्री अब्बास अरागचीसहितको टोली इस्लामावाद पुगेको छ। उनीहरूलाई पाकिस्तानी सेना प्रमुख असिम मुनिरले स्वागत गरेका छन्। इरानी प्रतिनिधिमण्डलमा आर्थिक, सुरक्षा, कूटनीतिक तथा प्राविधिक विशेषज्ञहरू, सञ्चारकर्मी र सहयोगी कर्मचारीहरूसहित करिब ७० जना सदस्य रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। अमेरिकी प्रतिनिधिमण्डल भने अझै इस्लामावाद आइपुगेको छैन। उनीहरू बाटोमै रहेको रोयटर्सले जनाएको छ। अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्नेछन्। टोलीमा राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्...
कतारमा ३ जना नेपालीले पाए आममाफी
समाचार

कतारमा ३ जना नेपालीले पाए आममाफी

नेपालअखबार, काठमाडौं । कतारले ३ जना नेपालीलाई आम माफी दिएको छ । कतारको रमदानको अवसरमा कतारले ३ जनालाई आममाफी दिएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले ३ जनालाई कतारी आमिरले आममाफी दिएको बताए । कतारी महत्त्वपूर्ण पर्व रमदानको अवसरमा कतारी राजाले आममाफी दिएका हुन् ।
उपसभामुखमा नेकपाले रुबीकुमारीलाई मत दिने
राजनीति, समाचार

उपसभामुखमा नेकपाले रुबीकुमारीलाई मत दिने

नेपालअखबार, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएको छ । शुक्रबार प्रतिनिधिसभामा हुँदै गरेको उपसभामुखको निर्वाचनमा श्रम संस्कृतिका उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने पार्टी निर्णय भएको सांसद रमेश मल्लले जानकारी गराएका हुन् । ‘सभामुखजस्तै उपसभामुख पनि सर्वसम्मत गर्न सकेको भए धेरै राम्रो हुने थियो । तर सम्भव भएन’, नेकपा सांसद मल्लले भने, ‘हाम्रो पार्टीले रुबीकुमारी ठाकुरलाई समर्थन गर्छ । पक्कै पनि राजनीतिमा मूल्य र इमानको ठुलो महत्त्व हुन्छ ।’...
महान्यायाधिवक्ता विरुद्ध पेश भएको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार
प्रशासन, समाचार

महान्यायाधिवक्ता विरुद्ध पेश भएको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

नेपालअखबार, काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेललाई पदमुक्त गर्नुपर्ने मागदाबीसहित पेस भएको रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले दरपीठ(दर्ता गर्न अस्वीकार) गर्ने आदेश गरेको छ । महान्यायाधिवक्तामा कँडेलको नियुक्तीले ‘निवेदकको के कस्तो मौलिक वा कानुन हक कसरी हनन् हुन गएको छ भन्ने नदेखिएको’ भन्दै सर्वोच्च अदालत प्रशासनले निवेदन दर्ता गर्न अस्वीकार गरेको हो । अधिवक्ता माधव कुमार बस्नेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा निवेदन पेस गरेका थिए । २६ चैत(बिहीबार) सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले महान्यायाधिवक्ताले कानुनविपरीत काम गरे नियमित अदालतबाट कानुनी उपचार खोज्न सकिने भन्दै रिट निवेदन ल्याउन नहुने जिकिर गरेका हुन् । रजिष्ट्रार पोखरेलले जारी गरेको आदेशमा भनिएको छ, ‘यस अदालतको असाधारण अधिकार क्षेत्र अन्तर्गत दर्ताक...
ट्रम्प र उनका पुराना समर्थक सञ्चारकर्मीबीच आरोप–प्रत्यारोप
राजनीति, विश्व, समाचार

ट्रम्प र उनका पुराना समर्थक सञ्चारकर्मीबीच आरोप–प्रत्यारोप

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनलाई निर्वाचनमा जिताउन भूमिका खेल्ने सञ्चारकर्मीबीचको सम्बन्धमा दरार उत्पन्न भएको छ । विगतमा आफूलाई सघाएका टकर कार्ल्सन, मेगिन केली, क्यान्डिस ओवेन्स र एलेक्स जोन्ससँग ट्रम्पको सम्बन्ध बिग्रिएको हो । ट्रम्पले हालै ‘ट्रुथ सोसल’ मार्फत उनीहरूविरुद्ध आक्रामक अभिव्यक्ति नै दिएका थिए । जसमा उनले ‘पागल’ र ‘उपद्रवी’को संज्ञा नै दिएका छन् ।ती सञ्चारकर्मी ट्रम्पको ‘मागा’ अभियानको बलिया खम्बा मानिन्थे । पछिल्लो समय उनीहरूले इरानसँगको युद्धलाई लिएर ट्रम्पको आलोचना गर्दैआएका थिए । आफ्नै पूर्वसमर्थकले आलोचना गरेपछि ट्रम्पले आक्रोश पोखेको बताइन्छ । ट्रम्पले ती सञ्चारकर्मी हाल टेलिभिजनबाट निकालिएको र अन्य टेलिभिजनमा काम नपाएको भन्दै उपहाससमेत गरेका छन् ।ती सञ्चारकर्मीहरू आफ्नो पोडकास्टको सस्तो प्रचारका लागि मात्रै आफ्नो आलोचना गरिरहेको ट्र...
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुँदै
राजनीति, विश्व, समाचार

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुँदै

नेपालअखबार, काठमाडौं । अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुँदैछ। पाकिस्तानको राजधानी इस्लामाबादमा शनिबार दुई देशबीच वार्ता हुने निश्चित भएको अमिरिकी र पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन्। वार्ताका लागि दुवै पक्षका उच्चस्तरीय प्रतिनिधिमण्डल शुक्रबार नै इस्लामाबाद आइपुग्ने पाकिस्तानी अखबार द डनले उल्लेख गरेको छ। बुधबार युद्धविराम भए पनि दुई देशबीच तनाव अझै कायमै छ। इरानले हर्मुज खुला गर्ने र परमाणु कार्यक्रम रोक्ने सर्त मानेपछि युद्धविराम भएको वासिङ्टनको दाबी छ। तेहरानले भने परमाणु कार्यक्रमबारे कुनै पनि सहमति नभएको बताउँदै आएको छ। सँगै युद्धविराममा लेबनन पनि समेटिनुपर्नेमा सोही दिन भीषण हमला गरेको थियो। यसमा पनि इरान रूष्ट छ। अमेरिका-इसराइल र इरानबीच आक्रमण प्रत्याक्रमण नभए पनि एक अर्कामाथि भइरहेको आरोप-प्रत्यारोपले युद्धविराम नै खतरामा पुग्न सक्ने भएकाले वार्ताको आ...
रास्वपा संसदीय दलको बैठक बस्दै
राजनीति, समाचार

रास्वपा संसदीय दलको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने छ । बैठकमा आज हुन लागेको उपसभामुखको निर्वाचन र विविध विषयमा छलफल हुने रास्वपाले जनाएको छ । उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राप्रपाकी सरस्वती लामा उम्मेदवार छन् । श्रम संस्कृतिकी २५ वर्षीया ठाकुरले विहीबार रास्वपाको समर्थनमा उम्मेदवारी दर्ता गराएकी थिइन् । प्रतिनिधि सभामा रास्वपा झण्डै दुई तिहाइ बहुमतमा रहेको रास्वपाको साथ पाउँदा ठाकुर उपसभामुख निर्वाचित हुने पक्का छ ।...
इरानका पूर्वविदेशमन्त्री कमाल खराजीको मृत्यु
विश्व, समाचार

इरानका पूर्वविदेशमन्त्री कमाल खराजीको मृत्यु

नेपालअखबार,  काठमाडौं । इरानका पूर्वविदेशमन्त्री कमाल खराजीको मृत्यु भएको छ । अप्रिलको सुरूवाततिर घाइते भएका खराजीको उपचारका क्रममा मृत्यु भएको हो । इरानका सञ्चारमाध्यमहरूले पूर्वविदेशमन्त्री खराजी मृत्युको समाचार प्रकाशन–प्रशारण गरेको बीबीसीले जनाएको छ । खराजीलाई इरानको सत्ता राजनीतिमा एक सुधारवादी नेताका रूपमा लिइन्थो । उनी ‘स्ट्रेटेजिक काउन्सिल अन फरेन रिलेसन्स’ का प्रमुख र दिवंगत सर्वोच्च नेता अली खामेनेईका सल्लाहकारका रूपमा पनि चिनिन्थे । खराजीले सन् १९९७ से २००५ सम्म इरानको विदेशमन्त्रीका रूपमा काम गरेका थिए । इरानको सुधारवादी समर्थक जामरान न्युज वेबसाइटले १ अप्रिलमा खराजी आक्रमणमा परी गम्भीर घाइते भएका र उपचारका लागि अस्पतालमा भर्ना गरिएको समाचार प्रकाशित गरेको थियो ।समाचामार आक्रमणमा उनकी पत्नीको मृत्यु भएको पनि उल्लेख थियो । जामरानले तेहरानमा अवस्थित खराजीको घरलाई निशाना ...
टिकटकको आडमा माला व्यवसायमा ठगी बढ्दो, उपत्यकामा सर्वसाधारण पीडित
समाचार, समाज

टिकटकको आडमा माला व्यवसायमा ठगी बढ्दो, उपत्यकामा सर्वसाधारण पीडित

नेपालअखबार,काठमाडौं । काठमाडौं उपत्यकामा माला बनाउने तथा बिक्री गर्ने नाममा सञ्चालित केही कम्पनीहरूले सर्वसाधारणलाई ठगी गरेको घटना बढ्दो रूपमा बाहिर आउन थालेको छ। सामाजिक सञ्जाल विशेषगरी टिकटकमार्फत आकर्षक आम्दानीको प्रलोभन देखाउँदै यी कम्पनीहरूले बेरोजगार युवा तथा गृहिणीलाई लक्षित गरी जालो फैलाएको पाइएको छ। प्रारम्भमा सजिलो काम र राम्रो आम्दानीको आश्वासन दिएर उनीहरूलाई फसाउने गरिएको पीडितहरूले बताएका छन्। पीडितका अनुसार, टिकटकमा विज्ञापन देखेपछि सम्पर्क गर्दा कम्पनीहरूले माला बनाउने तालिम तथा सामग्री उपलब्ध गराउने भन्दै अग्रिम शुल्क असुल्ने गरेका छन्। कतिपयले ५ हजारदेखि २० हजार रुपैयाँसम्म तिरेको बताएका छन्। तर रकम बुझाएपछि न त उचित तालिम दिइन्छ, न त वाचा अनुसारको काम वा आम्दानी नै सुनिश्चित गरिन्छ। यस्ता गतिविधिमा संलग्न केही कम्पनीहरूले टिकटकमा नक्कली सफलताको कथा र भ्रामक भिडियोहरू प्...