Monday, August 3

समाचार

काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ८८ करोड
अर्थ, राजनीति, समाचार

काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ८८ करोड

नेपालअखबार, काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाको अनुमानित बजेट पेस गरेको छ । बिहीबार काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बजेट तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक नगर सभामा पेस गरेकी हुन् । महानगरपालिकाको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न रु २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ७५ करोड रुपैया अन्य वाह्य व्ययभार हुनेगरी उक्त बजेट ल्याइएको जानकारी गराइन्   । चालू आर्थिक वर्ष २०८२/८३ का लागि महानगरपालिकाले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट पारित गरेको थियो । आगामी वर्षको बजेट सार्वजनिक गर्दै डंगोलले  भनिन् ‘आगामी आर्थिक वर्षको लागि सन्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ जम्मा हुने अनुमान गरिएको छ ।’ कार्यबाहक मेयर डंगोलले ...
प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिन लागेपछि संसद्‍मा नियमापत्ति
राजनीति, समाचार

प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिन लागेपछि संसद्‍मा नियमापत्ति

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन लागेपछि संसद्‍मा नियमापत्ति भएको छ । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले यस्तो प्रश्न उठाएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमाथिका प्रश्नको जवाफ अर्थमन्त्रीले दिन लागेपछि नियमापत्ति भएको हो । रक्षा मन्त्रालयको नेतृत्व प्रधानमन्त्री बालेनले नै सम्हालिरहेका छन् । यस मन्त्रालयको बजेटउपरका प्रश्नको जवाफ पनि डा. वाग्लेले नै दिने गरी अख्तियारी पाएका छन् । यस्तो अभ्यास नरहेको भनेर एमाले सांसद बरालले नियमापत्ति गरे । तर त्यसलाई सभामुख डोलप्रसाद अर्यालले मान्यता दिएनन् । सभामुख अर्यालले भने, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट र रक्षा मन्त्रालयसहितको पत्र प्राप्त भएको हुनाले ...
प्रहरी हुँ भन्दै धम्क्याउने व्यक्ति वाकिटकी र पत्रकार परिचयपत्रसहित पक्राउ
प्रविधि, समाचार, समाज

प्रहरी हुँ भन्दै धम्क्याउने व्यक्ति वाकिटकी र पत्रकार परिचयपत्रसहित पक्राउ

नेपालअखबार, काठमाडौं । प्रहरी हुँ भन्दै धम्क्याउने व्यक्ति वाकिटकी र पत्रकार परिचयपत्रसहित पक्राउ गरेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ घर भएका ४७ वर्षीय शैलेश डंगोल छन् । उनीबाट प्रभाव दैनिकको नवीकरण नगरेको पत्रकार परिचयपत्र र वाकिटकी बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।बुधबार राति साढे ९ बजेतिर काठमाडौं–३२ को फुटबल ग्राउण्डमा धम्की दिएको भन्ने सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीबाट प्रदेश ३–०१–०२३ च २५३० नम्बरको सवारी पनि बरामद भएको छ । उनीविरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।...
पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
समाचार, समाज

पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

नेपालअखबार, सुर्खेत। सुर्खेतमा पौडी खेल्ने क्रममा एक जना युवकको डुबेर मृत्यु भएको छ। जिल्लाको वीरेन्द्रनगर नगरपालिका – ११ झुप्राखोलाको सुब्बाकुनाका २० वर्षीय मनोज बाडा मगरको झुप्राखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। खोलामा नुहाउन गएका उनी डुबेपछि उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको थियो। प्रहरीले घटनाबारे राति ९ बजे मात्रै थाहा पाएको थियो। अचेत अवस्थाका मगरलाई पौने १२ बजेतिर कर्णाली प्रदेश अस्पताल कालागाँउ पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी कबिन्द्रसिंह बोहराले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
राजनीति, समाचार

प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध

नेपालअखबार, काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही प्रारम्भ गर्ने वित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् । सिंहदरबारस्थित संसद् भवनमा सुरु बैठकमा विपक्षी दलहरू उठेर विरोध गरेपछि अहिले कांग्रेस सांसद नरेन्द्रकुमार केरुङले आफ्नो विरोधबारे बोलिरहेका छन् ।...
इरानलाई ट्रम्पको चेतावनी- सम्झौता कार्यान्वयन नभए नराम्ररी बम बर्साउनेछौं
राजनीति, विश्व, समाचार

इरानलाई ट्रम्पको चेतावनी- सम्झौता कार्यान्वयन नभए नराम्ररी बम बर्साउनेछौं

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता कार्यान्वयन गर्न चेतावनी दिएका छन्। इरानसँग युद्ध अन्त्यको प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेपछि बुधबार फ्रान्समा पत्रकाहरूसँग कुराकानी गर्दै ट्रम्पले सम्झौता कार्यान्वयन नगरे फेरि सैन्य हमला गर्ने चेतावनी दिएका हुन्। 'यदि उनीहरूले सम्झौता उल्लंघन गरे भने हामी उनीहरूमाथि नराम्ररी बम बर्साउनेछौं। म त्यो चाहन्नँ। म उनीहरूले सम्झौताको सम्मान गरून् भन्ने चाहन्छु,' ट्रम्पले भने। इरानको व्यवहार मन नपरेको खण्डमा पनि फेब्रुअरी २८ दोहोरिन सक्ने उनले बताए। 'यदि मलाई मन परेन वा उनीहरूले राम्रो व्यवहार गरेनन् भने हामी फेरि उनीहरूको टाउकोमाथि बम खसाल्न फर्किनेछौं,' उनले भने। इरानलाई चेतावनी दिएपछि भने ट्रम्पले सम्झौतामा हस्ताक्षर गरेर इरानले बुद्धिमानी काम गरेको पनि बताए। हस्ताक्षरपश्चात आगामी ६० दिनभित्र हुने ...
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
समाचार, समाज, स्वास्थ्य

पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार

नेपालअखबार, कास्की । निजामती कर्मचारी अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवा अब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराबाट पनि उपलब्ध हुने भएको छ । निजामती कर्मचारी अस्पतालसँग भएको सम्झौतापछि निजामती कर्मचारी तथा उनीहरूका परिवारले पोखरामा निजामती कर्मचारी अस्पतालले उपलब्ध गराउँदै आएको छुट तथा सहुलियतसहितको स्वास्थ्य सेवा प्राप्त गर्ने प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालले जानकारी दिए । “स्वास्थ्य उपपचारका सम्बन्धमा निजामती अस्पतालसँग एक साताअघि सम्झौता भएको थियो । त्यसपछि केही व्यवस्थापनको काम बाँकी सकेर अहिले सेवा दिन सुरु गरेका छौँ”, सूचना अधिकारी अर्यालले भने । यस व्यवस्थाअनुसार निजामती कर्मचारी र उनीहरूका परिवारले ओपिडी, भर्ना, प्रयोगशाला परीक्षण, शल्यक्रिया तथा अस्पताल उपलध रहेका सबै सेवा निजामती कर्मचारी अस्पतालले निर्धार...
राष्ट्रपति कार्यालय पुग्यो वैकल्पिक विकास वित्त परिचालन विधेयक
राजनीति, समाचार

राष्ट्रपति कार्यालय पुग्यो वैकल्पिक विकास वित्त परिचालन विधेयक

नेपालअखबार, काठमाडौं । ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रपतिको कार्यालय पुगेको छ । प्रमाणीकरणका लागि सभामुख डिपी अर्यालले यो विधेयक राष्ट्रपति कार्यालय पठाएका हुन् । यो विधेयकले विदेशी नागरिक समेत वैकल्पिक विकास वित्त परिचालन कोषको प्रमुख कार्यकारी अधिकृत हुन सक्ने बाटो खोलेको छ । तत्कालीन अर्थमन्त्री रामेश्वरप्रसाद खनालले ल्याएको यो विधेयक हालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अघि बढाएका हुन् ।प्रतिनिधिसभाले गत जेठ २ गते पारित गरेर प्रतिनिधिसभाले राष्ट्रिय सभामा पठाएको थियो । अर्थ विधेयकको रुपमा अगाडि बढाएको यो विधेयक राष्ट्रिय सभाले प्राप्त भएको १५ दिन भित्र सुझावसहित पारित गरेर प्रतिनिधिसभामा पठाउनुपर्ने थियो । तर, राष्ट्रिय सभाले समयमै विधेयक पारित गर्न सकेन । राष्ट्रिय सभाले समयमै पारित गरेर नपठाएपछि प्रतिनिधिसभाले जेठ २७ गते पुन: पारित गरे...
प्रतिनिधि सभाको बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधि सभाको बैठक बस्दै

नेपालअखबार, काठमाडाैँ । प्रतिनिधि सभाको बैठक बस्दैछ। संघीय संसद भवनमा बिहान ११ बजे बैठक बस्ने भएको छ। आजको  बैठकमा मन्त्रालयगत बजेटको छलफलका क्रममा उठेका प्रश्नहरूको जबाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ। युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय,  भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका, लैंगिक तथा यौनिक अलपसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न शीर्षकहरूमाथिको छलफल क्रममा उठेका प्रश्नहरूमा सम्बन्धित मन्त्रीले जबाफ दिनेछन्।...
मासु खान चोरिएका सयौँ बिरालोको उद्धार
विदेश, समाचार, समाज

मासु खान चोरिएका सयौँ बिरालोको उद्धार

नेपालअखबार, हो ची मिन्ह । भियतनाममा मासुका लागि वध गर्न लगिँदै गरेका ४०० भन्दा बढी बिरालोलाई प्रहरीले उद्धार गरेको छ । पशु कल्याणसम्बन्धी संस्था ह्युमेन वर्ल्ड फर एनिमल्सका अनुसार अधिकारीहरूले बिरालो चोरी गर्ने एक सङ्गठित गिरोहको पर्दाफास गरेका छन् । गएको हप्ता ताय निन्ह प्रान्त र हो ची मिन्ह सहरमा गरिएको छापामारीका क्रममा प्रहरीले ४०० भन्दा बढी जीवित बिरालो तथा बरफमा राखिएका करिब ८० मृत बिरालो फेला पारेको थियो । अर्को एक स्थानबाट थप २१ बिरालो पनि बरामद गरिएको थियो । यस घटनामा संलग्न रहेको आरोपमा नौ जनालाई पक्राउ गरिएको छ । हो ची मिन्ह सहर प्रहरीको आधिकारिक पत्रिकाका अनुसार उक्त समूह बिरालो चोरी र संकलनमा विशेषज्ञ आपराधिक गिरोहका रूपमा सक्रिय थियो । भियतनाममा कुकुर र बिरालोको मासु उपभोग कानुनी भए पनि व्यापारीहरूले जनावरको स्रोत पुष्टि गर्ने अनुमति पत्र राख्नुपर्छ । हो ची मिन्ह सहरमा ...