Monday, August 3

समाचार

संघीय संसदको दुवै सदनको बैठक बस्दै
राजनीति, समाचार

संघीय संसदको दुवै सदनको बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्न लागेको हो। प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुनेछ। सचिवालयका अनुसार विनियोजन विधेयक, २०८३ को विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल हुनेछ। कार्यसूचीअनुसार आज युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका लागि विनियोजित शीर्षकमाथि छलफल हुनेछ। त्यसैगरी राष्ट्रियसभाको बै...
इरानको सम्पत्ति फुकुवादेखि पुनर्निमार्णका लागि ३०० अर्ब डलर दिनेसम्मका प्रस्ताव, के छ १४ बुँदामा?
राजनीति, विश्व, समाचार

इरानको सम्पत्ति फुकुवादेखि पुनर्निमार्णका लागि ३०० अर्ब डलर दिनेसम्मका प्रस्ताव, के छ १४ बुँदामा?

नेपालअखबार,काठमाडौँ । अमेरिका र इरानबीच युद्ध अन्त्यको प्रारम्भिक सम्झौतामा सहमति भएको छ। दुई देशबीच आगामी शुक्रबार स्वीट्जरल्याण्डमा हस्ताक्षर हुने भनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैले पनि ट्रुथ सोसलमा लेखेका छन्। प्रारम्भिक सम्झौतापत्र १४ बुँदाको रहेको इरानी समाचार संस्था मेहर न्युजले लेखेको छ। मेहरलाई उद्धृत गर्दै रोयटर्स, एपी लगायत अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले पनि सहमतिका बुँदाहरू सार्वजनिक गरेका छन्। वार्ता टोली निकट स्रोतका अनुसार मस्यौदामा लेबनानसहित सबै मोर्चामा युद्ध तत्काल र स्थायी रूपमा अन्त्य गर्ने व्यवस्था छ। साथै अमेरिकाले इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र इरानको सार्वभौमिकताको सम्मान गर्ने प्रतिबद्धता जनाउने उल्लेख गरिएको छ। प्रस्तावअनुसार अमेरिकी नौसैनिक नाकाबन्दी ३० दिनभित्र हटाइनेछ भने इरान वरपर तैनाथ अमेरिकी सैन्य बलहरू पनि फिर्ता गर...
इरानसँग आइतबार सम्झौतामा हस्ताक्षर हुने ट्रम्पको दाबी
राजनीति, विश्व, समाचार

इरानसँग आइतबार सम्झौतामा हस्ताक्षर हुने ट्रम्पको दाबी

नेपालअखबार,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको प्रारम्भिक सम्झौतामा आइतबार हस्ताक्षर हुने दाबी गरेका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट लेखेर ट्रम्पले अमेरिकी समयअनुसार आज हस्ताक्षर हुने दाबी गरेका हुन्। 'सम्झौतामा भोलि हस्ताक्षर हुने तालिका छ। हस्ताक्षर हुनेबित्तिकै हर्मुज जलमार्ग सबैका लागि खुला हुनेछ,' ट्रम्पले शनिबार राति ट्रुथ सोसलमा लेखेका छन्। उनले इरानले अब आणविक हतियार नचाहेको र कुनै पनि माध्यमबाट त्यस्तो क्षमता हासिल  गर्न नपाउने दाबी गरे। उनले अमेरिका–इरान सम्बन्ध अघिल्ला प्रशासनको तुलनामा राम्रो भएको दाबी समेत गरे। 'ओबामाले जस्तो सयौं अर्ब डलर नगद इरानलाई दिइने छैन। कुनै रकम आदानप्रदान हुने छैन,' उनले भनेका छन्। इरानको बाँकी रहेका आणविक भट्टीहरू अमेरिकी बी-२ बमबर्षक विमानबाट ध्वस्त पारिने पनि बताएका छन्। इरानसँग भएको ४०० किलो उच्च प्रश...
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
राजनीति, समाचार

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् । काठमाडौँ महानगरपालिका वडा नं ८ ले सामाजिक सेवामा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा सभापति थापाले सम्मानित व्यक्तित्वहरुले पेसा र क्षेत्रको विकासका लागि मात्र नभई लोकतन्त्रको जगलाई बलियो बनाउन पनि योगदान पुग्ने बताए। उनले भने, “राजनीतिलाई वास्तविक र सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्ने अहिलेको आवश्यकता हो । हामी सबै मिलेर यो बाटो बनाउन केही योगदान गरौँ ।” त्यस अवसरमा पूर्वउपराष्ट्रपति परमानन्द झाले सम्मान ग्रहण गर्दै वडा कार्यालय नागरिकको सुखदुःखको भएको धारणा राख्नुभयो । “वडाले सक्रिय जीवनपछि घरमा भएकालाई सार्वजनिक स्थलमा ल्याएर सम्मान गरेको छ”, झाले भने । समाजको वास्तविक स्वरुप, त्यस क्षेत्रमा ब...
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
राजनीति, समाचार

जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल

नेपालअखबार,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जनभावना विपरीतको अभिव्यक्तिले पार्टीको रक्षा नहुने जिकिर गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'जनभावना विपरीत अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन। जनभावनाको सम्मान गर्दै जनसम्बन्ध सुदृढ गरौँ, किनकि जनता नै इतिहासका निर्माता हुन्।'...
जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
समाचार, समाज

जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

नेपालअखबार, झापा ।  झापा मेचीनगर नगरपालिका ४ स्थित वडा कार्यालय अगाडि जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीय पद्मा पौडेलको घरबाट बाहिर निस्कने क्रममा अचानक जङ्गल क्षेत्रबाट आएको जङ्गली हात्तीको आक्रमणमा परेर मृत्यु भएको हो । हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको र आवश्यक अनुसन्धान भइरहेको छ ।...
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
अपराध, प्रशासन, समाचार

एक्काइस किलो गाँजासहित एक जना पक्राउ

नेपालअखबार, सिरहा । सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार धनगढीमाई नगरपालिका—१४ का उमेशकुमार मगरलाई शनिबार पक्राउ गरिएको हो ।लागूऔषध नियन्त्रण ब्यूरोबाट परिचालन भएको प्रहरी टोलीले शङ्का लागेर मोटरसाइकलमा सवार मगरको खानतलासी गर्दा निजबाट उक्त परिमाणको गाँजा बरामद भएको हो ।...
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
राजनीति, विश्व, समाचार

निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण

नेपालअखबार, लेबनान । निकासी चेतावनी जारी गरेको केही समय पछि इजरायली सेनाले छापा मारी नबतीह शहर सहितका विभिन्न २० वटा स्थानहरूमा इजरायले आक्रमण गरेको लेबनानले रिपोर्ट गरेको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले इजरायली हवाई आक्रमणले नबातियाहबाट टाढा अवस्थित रिहान र सुजुड गाउँहरूसहित चेतावनी जारी गरिएका धेरै क्षेत्रहरूमा प्रहार गरेको बताएको छ । इजरायली सेनाले चेतावनीले जारी गर्दै बासिन्दाहरूलाई तुरुन्तै आफ्नो घर खाली गर्न र इजरायलसँगको दक्षिणी सीमाबाट करिब ४५ किलोमिटर टाढा जहरानी नदीको उत्तरमा जान आग्रह गरेको जनाइएको छ । इजरायली सेनाले गत महिना नदीको दक्षिणका सबै क्षेत्रलाई “युद्ध क्षेत्र“ घोषणा गरेको थियो । शुक्रबार राति एनएनएले अली ताहेर पाहाड नजिकै विस्फोट तथा गोलाबारी भएको रिपोर्ट गरेको छ । दक्षिण लेबनानमा आक्रमण गर्ने इजरायली सेना माथि आक्रमण जारी राखेको बताउदै हे...
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
राजनीति, समाचार

चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान

नेपालअखबार,काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चुनावी परिणामलाई लिएर हार नमानेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष घिसिङले चुनावमा सोचेजस्तो परिणाम नआए पनि हार नमानेको भन्दै पार्टीलाई थप बलियो र देशव्यापी बनाएर लैजाने बताए । उनले पछिल्लो निर्वाचन आफूहरूका लागि अनुभव र सिकाइ भएकाले यो सफलताका लागि पहिलो खुट्किलो भएको धारणा राखे । जनताको विश्वास र माया आफूहरू नगुमाएको भन्दै उनले आगामी दिनमा जनताको विश्वासलाई नै शक्तिमा परिणत गर्ने बताए । उनले सदस्यता वितरण गर्नको लागि अभियानको रूपमा नै अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।...
बाँझो जमिनको सदुपयोगको विकल्प अकबरे खुर्सानी
समाचार, समाज

बाँझो जमिनको सदुपयोगको विकल्प अकबरे खुर्सानी

नेपालअखबार,स्याङ्जा । बाँझो जमिन बढ्दै जानु र जंगली जनावरको त्रासका बीच किसानका लागि स्याङ्जाको भिरकोट नगरपालिकाले किसानलाई नयाँ विकल्प दिएको छ । परम्परागत कृषिबाट मोहभंग भएका किसानलाई सामूहिक अकबरे खुर्सानीको विकल्प दिएर नगरपालिकाले आम्दानीसँग जोड्ने कोसिस गरेको छ । नगरपालिकाले सञ्चालन गरेको खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत नौ वटै वडामा सामूहिक नर्सरी स्थापना गरेर अकबरे खुर्सानीको व्यावसायिक खेती विस्तार गरिएको हो । नगरपालिकाका अनुसार २६ वटा नर्सरीबाट करिब एक लाख चार सय बिरुवा उत्पादन गरी २७० जना किसानलाई वितरण गरिएको छ । ती बिरुवाबाट झन्डै १२५ रोपनी क्षेत्रफलमा खेती विस्तार भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले यो कार्यक्रमलाई केवल बिरुवा वितरणमा सीमित नराख्ने दाबी गर्दै आवश्यक प्राविधिक सहयोगसमेत उपलब्ध गराउँदै आएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले बताए । ‘अभिमुखीकरण,...