Sunday, September 13

समाचार

धनगढीमा २७ लाख ७२ हजारको प्रतिबन्धित प्लास्टिकजन्य सामग्री बरामद
प्रशासन, समाचार

धनगढीमा २७ लाख ७२ हजारको प्रतिबन्धित प्लास्टिकजन्य सामग्री बरामद

नेपालअखबार,धनगढी । धनगढीमा २७ लाख बढिका प्रतिबन्धित प्लास्टिकजन्य सामग्री बरामद गरिएको छ ।  उपमहानगरपालिकाले प्रतिबन्ध लगाएका करिब २७ लाख ७२ हजार रुपैयाँ बराबरका प्लास्टिकजन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले धनगढी उपमहानगरपालिका–४ मा गणेश ओझाले सञ्चालन गरेको कौशल ट्रेडर्स एण्ड सप्लायर्सको गोदाममा खानतलासी गरेर ती सामग्री बरामद गरिएको जनाकारी दिए । उनकाअनुसार वडा प्रहरी कार्यालय धनगढी, शस्त्र प्रहरी बल नेपाल नं. ३४ गण, नगर प्रहरी, धनगढी उपमहानगरपालिका तथा भन्सार कार्यालयका कर्मचारीहरूको संयुक्त टोलीले सोमबार साँझ बरामद गरिएका सामग्रीमा प्लास्टिकका झोला, कप, कचौरा, थाल, चम्चा, गिलासलगायतका ५२८ बोरा र ४४ वटा कार्टुन रहेका छन्। बरामद सामग्री आवश्यक कारबाहीका लागि धनगढी उपमहानगरपालिकालाई बुझाइएको प्रहरीले जनाएको छ।...
अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो
प्रशासन, समाचार, समाज

अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो

नेपालअखबार, जनकपुरधाम । डिभिजन वन कार्यालय लहान सिरहाले जिल्लाको विभिन्न वन क्षेत्रमा अतिक्रमण गरी बनाएका संरचना हटाएको छ । जिल्लाको गोलबजार नगरपालिकास्थित चोहर्वा ब्यारेक नजिकै वन क्षेत्र अतिक्रमण गरेर बनााइएको संरचना हटाइएको कार्यालय प्रमुख बेचन चौधरीले जानकारी दिए । यस्तै बलान सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण गरेर खनजोत गरेर खेती गरिरहेको जग्गा खाली गराएको प्रमुख चौधरीले बताए । सो कार्यालयले आर्थिक वर्ष २०८२÷८३ मा वन संरक्षण, जैविक विविधता प्रवर्द्धन, सार्वजनिक स्थलको सौन्दर्यीकरण तथा वन पैदावारको चोरी तस्करी नियन्त्रणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । कार्यालय प्रमुख चौधरीका अनुसार सिरहाको नवराजपुर गाउँपालिका–स्थित सोनबर्षा विद्यालय परिसरमा रु १६ लाखको लागतमा ‘हिरत पार्क’ निर्माण गरिएको छ । पार्कमा घेराबार, राष्ट्रिय झण्डा राख्ने संरचना, पदमार्ग तथा विद्यार्थील...
४०० स्थानीय तहको रोकियो जग्गा कित्ताकाट
प्रशासन, समाचार, समाज

४०० स्थानीय तहको रोकियो जग्गा कित्ताकाट

नेपालअखबार, काठमाडौं । देशभरिका करिब ४ सय महानगरपालिका, नगरपालिका र गाउँपालिकामा जग्गा कित्ताकाट रोकिएको छ । भूउपयोग ऐन, २०७६ तथा भूउपयोग नियमावली, २०७९ अनुसार भूमिको समुचित उपयोग र प्रभावकारी व्यवस्थापनका लागि अनिवार्य गर्नुपर्ने वर्गीकरण नगरेका सबै नगरपालिका र गाउँपालिकामा कित्ताकाट रोकिएको हो । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्ट वर्गीकरण नभएका कुनै पनि पालिकामा साउनदेखि जग्गा कित्ताकाट गर्न नपाइने बताउँछन् । भट्टका अनुसार अंशबण्डा, अदालतको आदेशले कित्ताकाट गर्नु भनेको अवस्थामा बाहेक कित्ताकाट रोकिएको हो । सरकारले २०८२ कात्तिकमा भूउपयोग नियमावली संशोधन गरेर २०८३ असारसम्मका लागि वर्गीकरण नभएका पालिकामा पनि कित्ताकाट गर्न पाइने प्रावधान राखेको थियो । नियमावली बनेको साढे तीन वर्ष भइसक्दा पनि ७५३ मध्ये आधा पालिकाले पनि व...
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
समाचार, समाज

कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

नेपालअखबार, काठमाडौँ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेकको ४७ नम्बर ढोकाबाट हाम फालेका व्यक्तिको सकुशल उद्धार गरिएको छ । सो घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश भारदहबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनलाई उक्त ब्यारेजदेखि करिब ९० मिटर तलबाट मोटर बोटको सहायताले सकुशल उद्धार गरेको छ। उद्धार गरिएका साहको अवस्था भने सामान्य रहेको छ । सोही नगरपालिका–५ बस्ने अन्दाजी २८ वर्षीय जयप्रकाश साह उक्त नदिमा असार ४ गते सोमबार दिउँसो नदीमा हाम फालेका थिए ।...
भारतमा डेंगी विरूद्धको पहिलो खोपले पायो स्वीकृति
समाचार, समाज, स्वास्थ्य

भारतमा डेंगी विरूद्धको पहिलो खोपले पायो स्वीकृति

नेपालअखबार, काठमाडौं । भारतले डेंगी विरूद्धको खोपलाई पहिलो पटक स्वीकृति दिएको छ। जापानस्थित ताकेदा बायो-फार्मास्युटिकल्सले उत्पादन गरेको डेंगी विरूद्धको खोपलाई भारतको औषधि नियामक निकायले स्वीकृति दिएको हो। कम्पनीले 'क्युडेंगा' (QDENGA) नामको उक्त खोपलाई बजार अनुमति दिइएको सोमबार घोषणा गरेको भारतीय अखबार 'हिन्दुस्तान टाइम्स' ले लेखेको छ। हिन्दुस्तान टाइम्सका अनुसार क्युडेंगा भारतमा प्रयोगका लागि स्वीकृति पाउने पहिलो डेंगी खोप हो। 'भारतको ड्रग्स कन्ट्रोलर जनरलले ४ देखि ६० वर्ष उमेर समूहका व्यक्तिमा डेंगी रोगको रोकथामका लागि यो खोप प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ,' ताकेदा बायो-फार्मास्युटिकल्स इन्डियाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यो खोप पहिले डेंगी संक्रमण भएको वा नभएको दुवै अवस्थाका मानिसलाई कुनै परीक्षण नगरिकनै दिन सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो खोप डें...
चलचित्र क्षेत्र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ : सञ्चारमन्त्री
चलचित्र, राजनीति, समाचार

चलचित्र क्षेत्र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ : सञ्चारमन्त्री

नेपालअखबार,काठमाडौं । ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’का संस्थापक अध्यक्ष ली होङ्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटमा नेपाल–चीनबीच चलचित्र, संस्कृति र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । सो भेटका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै सरकारले यस्ता पहललाई आवश्यकताअनुसार सहयोग गर्न तयार रहेको बताए । उनले चलचित्र महोत्सवले नागरिकस्तरमा सम्बन्ध विस्तार गर्नुका साथै पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै आपसी हित र साझा लाभका आधारमा आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिनुपर्ने धारणा राखे । सञ्चारमन्त्री तिमिल्सिनाले चीन...
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली सदर
राजनीति, समाचार

रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली सदर

नेपालअखबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को बागलुङ जिल्ला कार्यसमिति ‘जिल्ला अधिवेशन कार्यविधि’मा तोकिएको प्रक्रिया पालना नगरी सम्पन्न भएको ठहर गर्दै केन्द्रीय निर्वाचन आयोगले सो जिल्ला समिति पूर्णरूपमा बदर गरेको छ। अधिवेशन सञ्चालनको प्रक्रियासम्बन्धी प्राप्त उजुरी, उपलब्ध तथ्य, प्रमाण तथा सम्बन्धित पक्षबाट प्राप्त स्पष्टीकरणको परीक्षण र अध्ययन गरी तोकिको प्रक्रिया पालना नगरी अधिवेशन सम्पन्न भएको निष्कर्ष निकालेको हो। बागलुङ जिल्ला अधिवशेन कार्यविधिअनुरुप पुनः सम्पन्न गर्ने, नयाँ जिल्ला अधिवशेनको मिति, समय, स्थान तथा निर्वाचन समिति गठनसम्बन्धी निर्णय सात दिनभित्र सार्वजनिक गर्ने निर्णय गरेको आयोगका प्रमुख भुवन केसीले जानकारी दिए। आयोगले कैलाली जिल्ला अधिवेशन विधिवत् रुपमा सम्पन्न भएको निष्कर्ष निकाल्दै उक्त कार्यसमितिलाई सदर गरेको छ। गत जेठ २४ गते कैलाली जिल्...
कक्रोच पार्टीको ‘संसद् चलो’ अभियानको क्रमले थप राजनीतिक मोड लियाे भारतमा
राजनीति, समाचार

कक्रोच पार्टीको ‘संसद् चलो’ अभियानको क्रमले थप राजनीतिक मोड लियाे भारतमा

नेपालअखबार, काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) जन्तर-मन्तरबाट थालेको ‘चलो संसद्’ अभियानको क्रमले थप राजनीतिक मोडहरू लिएको छ । सीजेपी प्रवक्ता सौरव दासले आज सामाजिक सञ्जाल एक्समार्फत पोस्ट गर्दै सरकारले वार्तालापका लागि बोलाएको बताएका छन् । केन्द्रीय मन्त्री जेपी नद्दासँगको तस्वीर सार्वजनिक गर्दै दासले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा लगायतका अन्य विषयहरूमा छलफल भएको जनाएका छन् । बिहान १२ बजेदेखि मन्त्रीनिवासमा वार्तारत रहेका दासले मागहरूको सुनुवाइ गरे पनि कुनै किसिमको प्रतिबद्धता भने जनाएका थिएनन् । सीजेपी अध्यक्ष अभिजित दीपके स्वयम् शनिबारदेखि भोक हड्तालमा थिए । स्वास्थ्यमा समस्या आएपछि दीपकेले सोमबार आफ्नो हड्ताल तोडे । जेपी नड्डासँगको वार्ताको क्रममा प्रवक्ता सौरभ दासले मागपत्र पनि बुझाएका छन्। उक्त पत्रमा तीनवटा मागहरूको उल्लेख गरिएको छ। पहिलो माग सोनम वाङचुकल...
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
समाचार, समाज

शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता

नेपालअखबार, महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७ जनामध्ये तीन जनालाई नेपाली सेनाले सकुशल फेला पारेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको टोलीले आज बिहान शुक्लाफाँटा निकुञ्जभित्र जङ्गलमा बेल्डाडी गाउँपालिका–२ का लक्ष्मी थापामगर, सीता चौधरी र मञ्जु राना क्षेत्रीलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको सेनाले जनाएको छ। तीन जनालाई निकुञ्जभित्रको लल्लेरी पोष्टबाट करिब चार किलोमिटर टाढाको दूरीमा सेनाले फेला पारेको हो। सेनाका अनुसार बेल्डाडीका तीनै जना आइतबार लुकीछिपी च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए। त्यसैगरी शुक्लाफाँटाभित्र भीमदत्त नगरपालिका–१९ बागफाँटाबाट प्रवेश गरेका १४ जना महिलाको समूह भने सम्पर्कविहीन रहेको छ। रणसिंह दल गणका अनुसार सम्पर्कविहीन महिलाहरूको खोजीकार्यका लागि ठूलो सङ्ख...
बंगलादेशका ९ मुस्लिम धर्मगुरु नेपालमा
समाचार, समाज

बंगलादेशका ९ मुस्लिम धर्मगुरु नेपालमा

नेपालअखबार, काठमाडौं । बंगलादेशका ९ जना मुस्लिम धर्मगुरु काठमाडौं आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार उनीहरू बटिक एयरको ओडी–१८२ (क्वालालम्पुर–काठमाडौं) उडानमार्फत शनिबार राति करिब ९ बजे नेपाल आएका हुन् । उनीहरूले ३० दिनको पर्यटक भिसा लिएका छन् । यद्यपि उनीहरूको नेपाल बसाइँ करिब दुई साताको रहने स्रोत बताउँछ । नेपाल आएका धर्मगुरुहरूमा एमडी अक्कास अली, अमिनुल इस्लाम, एमडी मुस्ताफिजार रहमान, एमडी गोलाम मोस्तोफा, एमडी मोक्लासुर रहमान, एकेएम मोनिरुज्जमान लावलु, सैयद शौकत अली, एमडी मोन्सुर रहमान र एमडी अनिसुर रहमान रहेका छन् ।उनीहरूको नेपाल भ्रमणको उद्देश्यबारे भने आधिकारिक रूपमा जानकारी सार्वजनिक गरिएको छैन । साथै उनीहरुको भ्रमण तालिका पनि सार्वजनिक भएको छैन ।...