Tuesday, July 7

समाचार

स्ट्रेट अफ होर्मुजमा अलपत्र परेका जहाजलाई मद्दत गर्छौं : ट्रम्प
विश्व, समाचार

स्ट्रेट अफ होर्मुजमा अलपत्र परेका जहाजलाई मद्दत गर्छौं : ट्रम्प

नेपालअखबार,वासिङ्टन डीसी । सोमबार एक ट्याङ्करमाथि अज्ञात प्रोजेक्टाइल प्रहार भएको खबर सार्वजनिक भएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमा फसेका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अमेरिका सक्रिय हुने बताएका छन् । ‘हामीले ती देशहरूलाई भनेका छौँ कि हामी उनीहरूको जहाजलाई सुरक्षित रूपमा यी प्रतिबन्धित जलमार्गबाट बाहिर निकाल्नेछौँ, ताकि उनीहरूले स्वतन्त्र रूपमा आफ्नो काम गर्न सकुन्,’ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रथ सोसलमा लेखेका छन् । उनले योजना सोमबारदेखि सुरु हुने बताए पनि विस्तृत विवरण दिएका छैनन् । अन्तर्राष्ट्रिय समुद्री सङ्गठनका अनुसार हालको द्वन्द्वका कारण सयौँ जहाज र करिब २० हजार नाविकहरू उक्त क्षेत्रमा अलपत्र परेका छन् । अमेरिकी सेनाको मध्य कमान्ड सेन्टकमले १५ हजार सैनिक, १०० भन्दा बढी हवाई तथा समुद्री साधन, युद्धपोत र ड्रोनमार्फत सहयोग गर्न...
तीन वटा संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

तीन वटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौं । तीन वटा संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा समितिको कार्य क्षेत्रका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । साथै समितिले विगतमा सम्पादन गरेका कामकारवाहीको अनुभव आदान–प्रदान गर्ने तालिका छ । राज्यव्यवस्था तथा सुशासन समिति र प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा समितिको कार्यक्षेत्र र आगामी कार्यदिशाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । २१ फागुनको निर्वाचनबाट आएको प्रतिनिधिसभाले गत २७ चैतमा संसदीय विषयगत समिति गठन गरेको थियो । यही वैशाख ४ गते सबै समितिले सभापति पाएका थिए ।...
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
विश्व, समाचार, हाइलाइट-समाचार

होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा

नेपालअखबार,काठमाडौँ । इरानका सेना प्रवक्ता मोहम्मद अक्रमिनियाले शनिबार दिएको अभिव्यक्तिमा देशका सशस्त्र बलहरूले होर्मुज जलडमरूमध्यको सुरक्षा तथा निगरानी गरिरहेको जानकारी दिएका छन् । उनका अनुसार उक्त महत्वपूर्ण समुद्री मार्गबाट जहाजहरूको आवागमन इरानी निकायहरूको समन्वय र स्वीकृतिमा आधारित रहनेछ । उनले होर्मुज जलडमरूमध्यको व्यवस्थापन इरानको अधिकार क्षेत्रभित्र पर्ने विषय भएको उल्लेख गर्दै वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा उपायहरू अपनाइएको बताए। साथै, इरानको इस्लामिक रिभोलुसन गार्ड कोप्र्स (आइआरजीसी) र राष्ट्रिय सेनाले संयुक्त रूपमा उक्त क्षेत्रमा निगरानी तथा सुरक्षा व्यवस्थापन गरिरहेको पनि उनले जानकारी दिए । यसै क्रममा, इरानका उपविदेशमन्त्री हमिद घानबारीलाई उद्धृत गर्दै फार्स समाचार एजेन्सीले विभिन्न देशहरूले आफ्ना जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न इरानसँग कूटनीति...
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
राजनीति, समाचार

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।  पार्टी सभापति रवि लामिछानेले पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा र महाधिवेशन कार्यविधि २०८३ सम्बन्धमा छलफल हुने बताइएको छ । साथै संसदीय दलको विधान संशोधन तथा समसामयिक विषयममा छलफल हुने प्रवक्ता झाले जानकारी दिए ।...
इरानबाट तेल किन्ने कम्पनीहरुमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनले नमान्ने
विश्व, समाचार, हाइलाइट-समाचार

इरानबाट तेल किन्ने कम्पनीहरुमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनले नमान्ने

नेपालअखबार,काठमाडौं । इरानबाट तेल किन्ने पाँच कम्पनीमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनले नमान्ने घोषणा गरेको छ । चीनको वाणिज्य मन्त्रालयले वक्तव्य जारी गर्दै अमेरिकाले लगाएको प्रतिबन्ध नमान्ने घोषणा गरेको हो । वक्तव्यमा भनिएको छ, ‘यी प्रतिबन्धहरूले अन्य देशहरूसँग सामान्य आर्थिक तथा व्यापारिक गतिविधि सञ्चालन गर्न चिनियाँ कम्पनीहरूलाई रोक लगाउँछन् । यसले अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्तहरूको उल्लंघन गर्दछ ।’ मन्त्रालयले अमेरिकाको प्रतिबन्धलाई मान्यता नदिने स्पष्ट पार्दै चिनियाँ कम्पनी तथा संस्थाहरूलाई ती प्रतिबन्ध लागू नगर्न निर्देशन दिएको छ । वक्तव्यमा थप भनिएको छ, ‘चिनियाँ सरकारले सधैं संयुक्त राष्ट्रसंघको स्वीकृतिविना र अन्तर्राष्ट्रिय कानुनमा आधारित नभएका एकतर्फी प्रतिबन्धहरूको विरोध गर्दै आएको छ ।’ अमेरिकाले एक दिनअघि मात्र अर्को एक चिनियाँ कम्पन...
नेकपाले सार्वजनिक गर्‍यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका
राजनीति, समाचार

नेकपाले सार्वजनिक गर्‍यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने घोषणा गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवशेन गर्ने निर्णय गरेको हो । उक्त कार्यतालिका शनिबार पार्टीले विज्ञप्तिमार्फत जानकारी गराएको हो । आगामी साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा सदस्यता विस्तार अभियान सञ्चालन गर्ने, भदौ १५ गतेसम्म वडा, भदौ १६ देखि मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । आगामी जेठ मसान्तभित्र केन्द्र, प्रदेश, जिल्ला, स्थानीय पालिका, वडा तथा टोल तहसम्मका सङ्गठनात्मक र पार्टी तथा जनवर्गीय/मोर्चा सङ्गठनहरूको एकीकरण तथा समायोज...
पहिरोका कारण कोशी र अरनिको राजमार्ग पूर्ण ठप्प
समाचार, समाज

पहिरोका कारण कोशी र अरनिको राजमार्ग पूर्ण ठप्प

नेपालअखबार,काठमाडौँ । हालैको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो जाँदा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार आज बिहान ८:०० बजेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका केही खण्डहरूमा सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। कोशी प्रदेशको संखुवासभामा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटखोला गाउँपालिका–४ को बरुणमा गत साउन १७ गते दिउँसो ४ बजे पहिरो गएपछि यो राजमार्ग ठप्प भएको हो। यस्तै, भोजपुरको मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण सडक अवरुद्ध भएको छ। यद्यपि, त्यहाँ वैकल्पिक बाटोमार्फत एकतर्फी सवारी साधन सुचारु गरिएको छ। सिन्धुपाल्चोकको भोटेशोकी गाउँपालिका–२ कोदारी स्थित इकु पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। साउन १६ गते साँझ ६स्३० बजे गएको पहिरोले सडक अवरुद्ध भ...
म्याग्दीमा मह शिकार सुरु
समाचार, समाज

म्याग्दीमा मह शिकार सुरु

नेपालअखबार,म्याग्दी । म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको लेकाली क्षेत्रका भीरबाट मह निकाल्न थालिएको हो । धवलागिरी गाउँपालिका–२ खोरीयाका महसिकारी मोतिप्रसाद पाइजाले शुक्रबारदेखि मह शिकार थालिएको जानकारी दिए । खोरीया नजिकैको महभिरमा रहेका दुई वटा घारमा शुक्रबार महशिकार गरेको पाइजाको टोलीले अन्य पहरामा पनि महशिकारलाई निरन्तरता दिने उनले बताए । १५ जनाको टोलीले महभिरबाट करिब ७० लिटर मह निकालेको छ । बेँसीका भिरबाट सुरु हुने मह सिकार गर्दै असारमा लेकको पहाडमा पुगिने अन्नपूर्ण गाउँपालिका–५ स्वाँतका महशिकारी लोकबहादुर पाईजाले बताउनुभयो । मह सिकारीले डोरीको सहायताले भीर मौरीको गोला भएको देख्दै डरलाग्दो भिरमा झुण्डिएर मह निकाल्ने गर्दछन् । भिरमह खाँदा जति स्वादिलो र रसिलो हुन्छ यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने हुन्छ । भीरमा भीरमौरीले लगा...
जबरजस्ती करणी आरोपमा झापामा एक युवक पक्राउ
अपराध, समाचार, समाज

जबरजस्ती करणी आरोपमा झापामा एक युवक पक्राउ

नेपालअखबार,,विराटनगर । झापामा जवरजस्ती करणी आरोपमा एक युवक पक्राउ परेका छन् । शिवसताक्षी नगरपालिकामा १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा शिवसताक्षी नगरपालिका–९ बस्ने २३ वर्षीय अमृतधन कुलुङ राई पक्राउ परेका हुन् । २०८२ साल माघ २० गते दिउँसो शिवसताक्षी–९ दुधेस्थित आफ्नो  पुरानो घरमा लगि जबरजस्ती करणी गरेको भन्दै युवतीले वैशाख १४ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिएकी थिइन् । पीडितको जाहेरी परेको दुई दिनपछि वैशाख १६ गते प्रहरी टोलीले राईलाई दुधे चोकबाट नियन्त्रणमा लिएको हो  ।पक्राउ परेका राईलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  ...
इरानी ड्रोनबाट जोगाउन युएईमा इसराइली लेजर प्रणाली
प्रविधि, विश्व, समाचार

इरानी ड्रोनबाट जोगाउन युएईमा इसराइली लेजर प्रणाली

नेपालअखबार, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) लाई इरानी ड्रोन आक्रमणबाट जोगाउन इसराइलले अत्याधुनिक लेजर प्रणाली पठाएको खुलेको छ। अमेरिका र इसराइलले इरानमा आक्रमण गरेपछि इरानले युएई लगायत छिमेकी राष्ट्रहरूमाथि भीषण मिसाइल र ड्रोन आक्रमण गरेको थियो। सो आक्रमणबाट बचाउन इसराइलले लेजर सहितका अत्याधुनिक हतियार प्रणालीहरू पठाएको फाइनान्सियल टाइम्सले लेखेको छ। सन् २०२० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा गरिएको 'अब्राहम एकोर्ड्स' अघि यी दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्ध समेत थिएन। अहिले भने इरानको हमलाबाट जोगाउन इसराइलले अत्याधुनिक हतियार प्रणालीहरू पठाएको हो। फाइनान्सियल टाइम्सका अनुसार इसराइलले 'स्पेक्ट्रो' नामक एउटा निगरानी प्रणाली तुरुन्तै पठाएको थियो।  यसले युएईलाई २० किलोमिटर टाढाबाटै आउँदै गरेका इरानी साहिद ड्रोनहरू पत्ता लगाउन मद्दत गर्‍यो। यसका साथै, इ...