Sunday, November 29

समाचार

परराष्ट्र मन्त्री राणा र चिनियाँ विदेश मन्त्रीबीच भेटवार्ता
राजनीति, समाचार

परराष्ट्र मन्त्री राणा र चिनियाँ विदेश मन्त्रीबीच भेटवार्ता

नेपालअखबार,काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणा र चीनका विदेश मन्त्री वाङ यीबीच शुक्रबार हङकङमा भेटवार्ता भएको छ। विदेश मन्त्री वाङको निमन्त्रणामा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा रहेकी मन्त्री राणा र चिनियाँ विदेश मन्त्रीबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ। भेटका क्रममा नेपाल-चीन सम्बन्ध, आपसी हित, साझा चासो र सरोकारका साथै यस वर्ष दुवै देशले मनाइरहेका नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षका विषयहरूमा कुराकानी भएको थियो। मन्त्री राणाले नेपालले चीनसँगको सम्बन्धलाई महत्त्व दिँदै आएको प्रसंग उल्लेख गर्दै एक असल मित्रराष्ट्रका रुपमा नेपालको आर्थिक, सामाजिक विकासका क्षेत्रमा विगत लामो समयदेखि चीनले पुर्याउँदै आएको सहयोग...
बिच्छीले टोकेर बालिकाको मृत्यु
समाचार, समाज

बिच्छीले टोकेर बालिकाको मृत्यु

नेपालअखबार,मकवानपुर। मकवानपुरमा बिच्छीले टोकेर बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बकैया गाउँपालिका-७ मैनाटारका वीरबहादुर वाइबाकी ८ वर्षीया छोरी अस्मिता वाइबा छिन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार साँझ ६ बजे नुहाएर कपडा लगाउने क्रममा बिच्छीले उनको कम्मरमा टोकेको थियो। भोलिपल्ट (बिहीबार) दिउँसो २ बजेदेखि उनलाई सास फेर्न गाह्रो भएको थियो। गाह्रो भएपछि परिवारले उनलाई ७:४५ बजे मात्रै हेटौंडा अस्पताल पुर्‍याएको थियो। त्यसको एक घन्टामा चिकित्सकले बालिकाको मृत्यु भएको घोषणा गरेको थियो। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।...
सदनको अवरोध हटाउन सभामुखले बोलाए बैठक
राजनीति, समाचार

सदनको अवरोध हटाउन सभामुखले बोलाए बैठक

नेपालअखबार,काठमाडौँ । सदनको अवरोध हटाउने र बजेटमाथिको छलफलको समय निर्धारणका लागि छलफल गर्न सभामुख देवराज घिमिरले संसदमा प्रतिनिधित्व गर्ने दलका सचेतकहरूको बैठक बोलाएका छन् । शुक्रबार ११ बजे मुख्यसचेतक र प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएको सभामुखको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सभामुख घिमिरेले शुक्रबार मध्याह्न १२ बजे प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाएका छन् । विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता भएको भन्दै सदन अवरोध गर्दै आएका छन् । यद्यपि उनीहरूले गृहमन्त्रीको राजीनामा र छानबिन आयोग गठन नभएसम्म बजेट पेस गर्न दिए पनि अन्य काम–कारबाहीका लागि सदन चल्न नदिने बताउँदै आएका छन् ।...
ट्रम्प प्रशासनले उल्टायो दर्जनौँ खानी सुरक्षा कार्यालय बन्द गर्ने ‘डज’ को निर्णय
विश्व, समाचार

ट्रम्प प्रशासनले उल्टायो दर्जनौँ खानी सुरक्षा कार्यालय बन्द गर्ने ‘डज’ को निर्णय

नेपालअखबार,वासिङटन डीसी । अमेरिकामा ३४ वटा खानी सुरक्षा कार्यालय अब बन्द गरिने छैनन् । खानी सुरक्षा कार्यालयहरू बन्द गर्ने र लीजहरू समाप्त गर्ने सरकारी दक्षता विभाग (डज)को निर्णयलाई ट्रम्प प्रशासनले अस्वीकार गरेको छ । श्रम विभागले खानी सुरक्षा र स्वास्थ्य प्रशासन (एमएसएचए)को ३४ कार्यालयको लीज समाप्त नहुने बताएको छ । एमएसएचए खानी सुरक्षा कानुन लागु गर्ने एजेन्सी हो । पदभार ग्रहण लगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्बपति व्यापारी एलन मस्कको नेतृत्वमा सरकारी दक्षता विभाग (डज) गठन गरेका थिए ।  यसको उद्देश्य सरकारी खर्च घटाउनु थियो । यस विभागले हालै तीन दर्जन एमएसएचए कार्यालयहरूको लीज अन्त्य गर्ने योजना बनाएको थियो । यीमध्ये सात कार्यालय केन्टकीमा थिए । लीज समाप्त गर्दा १ करोड ८० लाख डलर बचत हुने डजको अनुमान थियो । हालैमात्र मस्कले ट्रम्प प्रशासन छोडेको घोषणा गरेका थिए ।...
गाजामा खानाको खोजीमा भौँतारिँदैछन् मानिस
विश्व, समाचार, समाज

गाजामा खानाको खोजीमा भौँतारिँदैछन् मानिस

नेपालअखबार,गाजापट्टी । इजरायली आक्रमणको सामना गरिरहेको गाजाको उत्तरी भागको मुख्य सहरमा अराजकता र लुटपाटको अवस्था सिर्जना भएको छ  । विगत केही हप्तादेखि यस क्षेत्रमा आवश्यक सहयोग पुग्न सकेको छैन । यहाँ बसोबास गर्ने प्यालेस्टिनीहरू खानाको खोजीमा भौँतारिन थालेका छन् । हमासद्वारा सञ्चालित गृह मन्त्रालयले बिहीबार गाजा सहरको बजारमा तैनाथ आफ्ना सात प्रहरी अधिकारीहरू इजरायली हवाई आक्रमणमा मारिएको बताएको छ । हमासका अनुसार यी अधिकारी व्यवस्था कायम राख्न र लुटेराहरूको सामना गरिरहेका थिए । इजरायली सेनाले यस घटनामा कुनै टिप्पणी गरेको छैन । केही दिन यता गाजामा दर्जनौँ आतङ्कवादी लुकेका ठाउँहरूमा आफूले आक्रमण गरेको इजरायलको भनाइ छ । बिहीबार यस क्षेत्रभरि कम्तीमा ४४ जना मारिएको र यीमध्ये २३ जनाको मृत्यु केन्द्रीय बुरेइज शरणार्थी शिविरमा भएको स्थानीय डाक्टर र उद्धारकर्मीहरूले भनेका छन् । यसअघि संयुक...
नेपालको विद्युत् उत्पादन क्षमता ३६ सय २ मेगावाट
अर्थ, समाचार

नेपालको विद्युत् उत्पादन क्षमता ३६ सय २ मेगावाट

नेपालअखबार,काठमाडौं । नेपालको विद्युत् उत्पादन क्षमता ३ हजार ६ सय २ मेगावाट पुगेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार विद्युत् उत्पादन क्षमता उक्त परिमाण बराबर पुगेको हो ।वैकल्पिक ऊर्जासहित विद्युत् पहुँच ९९ प्रतिशत जनसंख्यामा पुगेको पाइएको छ । चालु आव फागुनसम्म भारततर्फ १ हजार ७ सय ७५ गिगावाट निर्यात भएको छ । ९ सय २९ गिगावाट विद्युत् भारतबाट आयात भएको छ ।...
गणतन्त्रका नेतृत्व जुवाडेजस्ता भए: घनश्याम भूसाल
राजनीति, समाचार

गणतन्त्रका नेतृत्व जुवाडेजस्ता भए: घनश्याम भूसाल

नेपालअखबार,पोखरा । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले गणतन्त्रको नेतृत्व जुवाडेजस्तो भएको टिप्पणी गरेका छन्। पार्टीको पोखरा महानगरपालिकाको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै महासचिव भूसालले गणतन्त्रका नेतृत्वलाई जुवाडे समूहको संज्ञा दिएका हुन्। ‘आज गणतन्त्रको, खासगरी नेतृत्वका तहमा हेर्नुहुन्छ भने यी जुवाडेजस्ता भए, गणतन्त्रको नेतृत्व वास्तवमा जुवाडेहरूको एउटा समुदायजस्तो भयो,’ उनले भने, ‘आज एउटाले जित्यो, चौका.. छक्का हान्यो.., उसले दुनियाँसँग गफ गर्दै, दुनियाँलाई हेप्दै, मनपरी बोल्दै हिँडेको छ।’ गणतन्त्रको जुवामा हार्ने चाहिँ रूँदै, कराउँदै हिँडेको भन्दै भूसालले टिप्पणी गरे। ‘बलिन्द्रधारा आँसु चुहाउँदै मलाई सत्ताबाट निकाले, सत्तामा जान दिएनन् भन्दै त्यही सत्ताका लागि रूँदैछ,’ उनले भने। सत्ताबाट हटेकोले गणतन्त्रको संस्थागत विकासका लागि जिम्मेवारी महसुस नगरेको उ...
क्यानडामा अनियन्त्रित बन्यो जङ्गलमा लागेको आगो, आपत्काल लागू
विदेश, समाचार

क्यानडामा अनियन्त्रित बन्यो जङ्गलमा लागेको आगो, आपत्काल लागू

नेपालअखबार,ओट्टावा । क्यानाडाको मनिटोबा राज्यको जङ्गलमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । आगलागीका कारण हजारौं मानिस विस्थापित भएका छन् । स्थानीय प्रशासनले अवस्थालाई ध्यानमा राख्दै आपत्कालीन अवस्था लागू गरेको छ । सेना पनि बोलाइएको छ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि सेना पठाउन अनुमति दिएका छन् । राज्यको इतिहासमा सबैभन्दा ठुलो निकासी अभियान चलाइएको मनिटोबाका प्रिमियर वेब किन्युले भनेका छन् । आगलागीका कारण करिब १७ हजार मानिसहरू बसाइँ सर्न बाध्य भएको बताइएको छ । सेनालाई मद्दतको लागि बोलाइएको किन्युले भनेका छन् । मिडिया रिपोर्टका अनुसार मनिटोबाको फ्लिन फ्लोन शहरको जङ्गलमा लागेको आगो धेरै खतरनाक बनेको छ, जसका कारण शहरका करिब पाँच हजार मानिसहरूलाई शहर छोड्न निर्देशन दिइएको छ । आगो निकै छिटो दन्किरहेको र  सबै मानिसहरूलाई मध्यरातसम्म शहर छोड्न आदेश दिइएको  शहरका मेयरले भने । मनि...
पूर्वराजालाई नेपालको सुझावः शासनमा फर्कन चुनावबाहेक अर्को बाटो छैन
राजनीति, समाचार

पूर्वराजालाई नेपालको सुझावः शासनमा फर्कन चुनावबाहेक अर्को बाटो छैन

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी प्रतिस्पर्धाबाट जनताको मत जितेर शासनमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । गणतन्त्र दिवसको अवसरमा एकीकृत समाजवादीले बिहीबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले जनताले फालेको राजतन्त्र अब फर्कन नसक्ने बताए । ‘चुनावी प्रक्रियामा गएर जनताको मन जितेर आए हुन्छ । प्रधानमन्त्री बने पनि हुन्छ,’ उनले भने, ‘ज्ञानेन्द्र शाह शासनमा फर्कने अर्को बाटो छैन ।’ पूर्वप्रधानमन्त्री नेपालले मुलुक अब वंश परम्परामा फर्कन पनि नसक्ने बताए । इतिहासको पाङ्ग्रा पछाडि धकेल्न सम्भव नभएको चर्चा गर्दै उनले भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र होइन । बाबु भएन भने छोरा, छोरा भएन भने नाति, अब कुनै दिन पनाति जन्माएर त्यसलाई राजा बनाइदिऊ भन्ने कुरा आउँला । हामीलाई वंशको शासन चालिएको छैन ।’ लामो संघर्ष र बलिद...
पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध
समाचार, समाज

पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध

नेपालअखबार, मकवानपुर ।  मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ । आज बिहान ३ः०० बजे पहिरो खसेको हो ।