Sunday, November 29

समाचार

दाङमा फेला परे ७ वटा बाघ
समाचार, समाज

दाङमा फेला परे ७ वटा बाघ

नेपालअखबार,दाङ। दाङका विभिन्न वन क्षेत्रमा सात वटा वयस्क बाघ फेला परेका छन्। डिभिजन वन कार्यालय घोराहीको संयोजकत्वमा डिभिजन वन कार्यालय देउखुरी, लमहीको समन्वय र सहकार्यमा मध्य तराई भू–परिधि क्षेत्रमा पर्ने जिल्लाका वन क्षेत्रमा बाघ अनुगमनका लागि क्यामरा राखिएका थिए। एउटा भाले, दुइटा पोथी र चार वटा लिंग पहिचान नभएका वयस्क बाघ भेटिएको डिभिजन वन कार्यालय दाङका वन अधिकृत वेसीन्द्रराज सुवेदीले जानकारी दिए। ती तस्बिर विभिन्न २३ स्थानमा जडान गरिएका क्यामरामा कैद गरिएका हुन्। सर्वेक्षण कार्य वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन निर्देशनालयको मार्गदर्शनमा गत वर्ष मंसिर २४ गतेदेखि माघ ४ गतेसम्म सञ्चालन गरिएका थियो। चालीस दिनसम्म एक सय नौ वटा क्यामरा जडान गरी चार सय ३६ वर्ग किलोमिटर वन क्षेत्रको निगरानी गरिएको वन अधिकृत सुवेदीले जानकारी दिए। उक्त अध्ययन क्षेत्रले दाङ जिल्लाका चार स्थान...
चितवनमा बससँग ठोक्किँदा कार चालकको मृत्यु
दुर्घटना, समाचार

चितवनमा बससँग ठोक्किँदा कार चालकको मृत्यु

नेपालअखबार,चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपालिका २ ज्यामिरे चोकमा बस र ईभी कार ठोक्किँदा एक जना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४२ वर्षीय प्रदिप तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उदयपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्बरको कार आज बिहान १ः४५ बजे आपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका कार चालक तिमल्सिनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएकोमा चिकित्सकले आज बिहान ३ बजेर ५ मिनेटमा मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
प्रतिनिधिसभामा १६५ जना सदस्य भए पुग्छ :  रमेश रिजाल
राजनीति, विचार, समाचार

प्रतिनिधिसभामा १६५ जना सदस्य भए पुग्छ : रमेश रिजाल

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले वर्तमान शासन व्यवस्थालाई कम खर्चिलो बनाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्य रिजाल प्रतिनिधिसभामा एक सय ६५ जना सदस्य  भए  सभा पूर्ण हुने तर्क गर्छन् । पर्सा–४ बाट निर्वाचित उनीसँग  देशको संसदीय अभ्यास, संविधान संशोधन, सुशासन र युवाको विदेश गमनलगायत समसामयिक विषयमा गरिएको कुराकानीको सम्पादित अंशः तपाईँको पछिल्लो संसदीय अभ्यासको अनुभव कस्तो भइरहेको छ ? मसँग यसअघि पनि संसद्को अनुभव छ । तर, अहिलेको संसदीय गतिविधि हेर्दा सक्रियताका साथ अगाडि बढिरहेको छ । संसद् पछिल्लो समयमा कानुन निर्माणको पाटोमा अलि बढी सक्रिय छ । अहिले बर्खे अधिवेशन चलिरहेको छ । यो अधिवेशन बजेट अधिवेशन हो । सरकारले ल्याएको नीति तथा कार्याक्रममाथि पर्याप्त छलफलपछि पारित भएको छ । सँगसँगै संसद्ले कान्न निर्माणलाई पनि प्राथमिकता दिएको छ । सदनमा जनताक...
अमेरिकी राजदूत मुस्ताङमा
राजनीति, समाचार

अमेरिकी राजदूत मुस्ताङमा

नेपालअखबार,मुस्ताङ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन यहाँका सांस्कृतिक सम्पदाको अवलोकन गर्न यहाँ आइपुगेका छन् । यहाँका सांस्कृतिक सम्पदाको सम्वद्र्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले उनी अवलोकन भ्रमणका लागि यहाँ आएका हुन् । नेपालर अमेरिकाबिचको साझेदारीलाई बलियो बनाउन तथा दिगो पर्यटन, आर्थिक वृद्धि र सांस्कृतिक निरन्तरतामा योगदान पुर्याउने उद्देश्यले राजदूत थम्पसनले मुस्ताङको भ्रमण गर्नुभएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । राजदूत थम्पसनसहितको टोलीले अमेरिकी सरकारको सांस्कृतिक संरक्षण सम्बन्धी राजदूत कोष (एएफसीपी) को सहयोगमा जीर्णोद्वार गरिएका सांस्कृतिक सम्पदास्थलको भ्रमण गर्ने अमेरिकी दूतावासले जनाएको छ । साथै सोही क्रममा राजदूत थम्पसनले स्थानीय समुदाय तथा परियोजना टोलीहरुसँग छलफल तथा अन्तरक्रिया गर्ने बताइएको छ । एएफसीपीमार्फत जीर्णोद्वार गरिएका सम्पदाको स्थलगत...
हिमपहिरोले तिलगाउँको ५ करोड क्षति
समाचार, समाज

हिमपहिरोले तिलगाउँको ५ करोड क्षति

नेपालअखबार,हुम्ला । हिमताल भासिएर आएको हिमपहिरोका कारण नाम्खा गाउँपालिका–६ तिलगाउँमा ५ करोड क्षति भएको छ । ५ हजार ३ सय मिटर उचाईमा रहेको हिमताल भाँसिदा तिल गाउँको ५ करोड हाराहारी क्षति भएको हो। ५ वटा काठेपुल, ५०/५५ हेक्टर जमिन ४ वटा सिँचाई कुलो खानेपानी र १५ किलोवाटको लघु जलविद्युत् गरी ५ करोड हारहारी क्षति भएको नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नन्दकृष्ण पाध्यायले जानकारी दिए । गाउँपालिकाबाट खटिएको उपाध्यक्ष तक्दिर लामा र गाउँपालिका कर्मचारीहरू टोलिबाट क्षतिको एकिन गरेको पाध्यायले बताए । १ करोड भन्दा बढीको लघु जलविद्युत् र सिँचाई कुलो काठेपुल क्षति भएको प्रमुख अधिकृत पाध्यायको भनाइ छ । १५ वटा घर चर्किएका छन् १९ घरधुरी त्रिपालमुनी रहेका छन् ।...
राजावादीलाई सरकारको चुनौती- हाम्रो छुटलाई कमजोरी नठान्नू, सधैं टुलुटुलु हेरेर बस्दैनौं
राजनीति, समाचार

राजावादीलाई सरकारको चुनौती- हाम्रो छुटलाई कमजोरी नठान्नू, सधैं टुलुटुलु हेरेर बस्दैनौं

नेपालअखबार,काठमाडौं । सरकारले आगामी जेठ १५ गते राजावादीहरूलाई प्रदर्शनका लागि दिइएको छुटलाई कमजोरी नठान्न चेतावनी दिएको छ । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता समेत रहेका सूचना, प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो चेतावनी दिएका हुन् । उनले राजावादीहरूको गतिविधिबाट सरकार नडराएको भन्दै उनले उदारतापूर्वक विरोध गर्नेलाई पनि अधिकारी छुट दिएकाले मात्रै त्यसको अभ्यास गरेको बताए । ‘त्यो दिनको प्रदर्शन कति ठूलो होला भन्ने चाहिँ त्यही दिनको प्रदर्शनले देखाउँछ । तर, हामीले फेरि पनि उदारतापूर्वक विरोध गर्नेलाई पनि अधिकार छुट दिएकै छ । यो हाम्रो कमजोरी होइन,’ मन्त्री गुरुङले भने, ‘हामी डराएर गरेका हैनौं । त्यसरी प्रदर्शन गर्न छुट दिँदा कमजोरी नठाने हुन्छ । हामीले उदारतापूर्वक अभ्यास गरौं न भनेर छाडिदिएका हौं ।’ तर, संविधानका विरुद्धमा...
आज चार संसदीय समितिका बैठक बस्दै
राजनीति, समाचार

आज चार संसदीय समितिका बैठक बस्दै

नेपालअखबार,काठमाडौं । संघीय संसद् अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हुँदैछ । उक्त बैठकमा समिति सदस्यहरू र राष्ट्रिय योजना आयोग, नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र नेपाल उद्योग परिसङ्घ (सिएनआई)बीच छलफल हुनेछ । यसैगरी प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे बस्दैछ । उक्त बैठकमा समितिमा प्राप्त उजुरीउपर छलफल हुनेछ । यस्तै, राष्ट्रियसभाअन्तर्गतको विकास, आर्र्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० र सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक ...
नीतिगत स्थायित्व र सरोकारवालाहरूसँगको छलफलबाट मौद्रिक नीति तय गर्छौँ : गभर्नर पौडेल
अर्थ, समाचार

नीतिगत स्थायित्व र सरोकारवालाहरूसँगको छलफलबाट मौद्रिक नीति तय गर्छौँ : गभर्नर पौडेल

नेपालअखबार,काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले नीतिगत स्थायित्व र सरोकारवालाहरूसँगको छलफलका आधारमा मौद्रिक लगायत नीति तय गरिने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलसँग बुधबार राष्ट्र बैङ्कमा भएको भेटमा गभर्नर डा. पौडेलले केन्द्रीय बैङ्कका निर्णयहरू पूर्वानुमानयोग्य हुने बताएका हुन् । महासङ्घसँगको भेटमा भने, ‘निजी क्षेत्र अर्थतन्त्रको संवाहक हो । अर्थतन्त्र चलायमान हुन स्थायित्व आवश्यक छ । निर्णयहरू पूर्वानुमानयोग्य हुनु पर्दछ । बैङ्किङ क्षेत्रमा आकस्मिक कुनै निर्णय गर्नु भन्दा सरोकारवालाहरूसँग बसेर छलफल गरेर अगाडि बढ्दा नै नीतिगत स्थायित्व कायम गर्न सकिन्छ भन्ने मेरो धारणा हो ।’ गभर्नर पौडेलले राष्ट्र बैङ्कले अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्ने बताए । नवनियुक्त  गभर्नरलाई बधाई तथा शुभकामना दिँदै महासङ्घका अध्यक्ष चन्द्र प्र...
गृह मन्त्रालयका सहसचिव भट्टराईलाई अख्तियारको नियन्त्रणमा
प्रशासन, समाचार

गृह मन्त्रालयका सहसचिव भट्टराईलाई अख्तियारको नियन्त्रणमा

नेपालअखबार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुखकै मानव तस्करीको गिरोहसँग साँठगाँठ रहेको हुनसक्ने देखिएको छ । त्यससम्बन्धी केही प्रमाणहरू फेला परेपछि कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको छ । भट्टराईको मोबाइल समेत जफत गरेर जाँच थालिएको छ । ‘मोबाइलमा यससँग सम्बन्धित महत्त्वपूर्ण विवरणहरू छन्’, एक अधिकारीले भने, ‘कागजातहरू समेत नियन्त्रणमा लिएर अब विस्तृत अनुसन्धान हुन्छ ।’ अहिले पनि विमानस्थलस्थित अध्यागमन कार्यालयमा आयोगको टोलीले छापा मारि रहेको छ।   विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले चाहिँ आफू बाहिर रहेको भन्दै घटनाबारे बताएनन् ।आयोग स्रोतका अनुसार, उनले मानव तस्करीमा संलग्न गिरोहलाई सहयोग गरेकोबारे यथेष्ट आधारहरू फेला परेका छन् । यसबारे गृह मन्त्रालयसम्म पनि सूचना...
एकैदिन तोलामा ५ हजार बढ्यो सुन
अर्थ, समाचार

एकैदिन तोलामा ५ हजार बढ्यो सुन

नेपालअखबार, काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारका लागि महासंघले सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकेको छ ।अघिल्लो दिन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९४० रुपैयाँमा रहेको चाँदी आज १९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...