Sunday, November 29

समाचार

सरकारले बोलायो वार्तामा आन्दोलनरत शिक्षक महासंघलाई
प्रशासन, शिक्षा, समाचार

सरकारले बोलायो वार्तामा आन्दोलनरत शिक्षक महासंघलाई

नेपालअखबार,काठमाडौँ । काठमाडौंकेन्द्रित आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघलाई सरकारले फेरि वार्तामा बोलाएको छ। चैत २० गतेदेखि माइतीघर-बबरमहल क्षेत्रमा शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले दिनहुँ प्रदर्शन गर्दै आएका छन्। महासंघले शैक्षिक हड्तालसमेत घोषणा गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले मंगलबार विज्ञप्ति निकालेर शिक्षक महासंघलाई वार्ता र संवादमा आउन आग्रह गरेका हुन्। विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकहरू आन्दोलनमा छन्। यसअघि मन्त्रालयले चैत २१ र २२ गते छलफलमा बोलाए पनि शिक्षक महासंघ गएको थिएन।...
अन्नपूर्ण हिमाल आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा
पर्यटन, समाचार, समाज

अन्नपूर्ण हिमाल आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा

नेपालअखबार, म्याग्दी । म्याग्दीमा रहेको अन्नपूर्ण हिमालमा चालु वसन्त यामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । आरोहण सुरु भएको पहिलो दिन सोमबार बिहान ८ देखि ११ बजेको बीचमा नेपाली शेर्पा र विदेशी पर्वतारोहीसहित ३२ जनाले सफल आरोहण गरेका नेपाल पर्वतारोहण सङ्घले जनाएको छ । सङ्घका महासचिव मोहन लम्सालले सेभेन समिट ट्र्याकबाट नौ, पायनियर एडभेन्चरबाट आठ, आठके एक्सपिडेसन बाट नौ, इमाइजिन नेपालबाट तीन र मकालु एभेन्चरबाट दुईजनाले अन्नपूर्णको सफल आरोहण गरेको जानकारी दिए । अन्य दिनको तुलनामा सोमबार मौसम अनुकूल भएकाले धेरै आरोही अन्नपूर्णको शिखरमा पुग्न सफल भएको उनले बताए । आरोहण टोलीका दुईजना शेर्पा हिउँपहिरोमा बेपत्ता भएका छन्भने अरू सकुशल आधार शिविर फर्किएका छन् । क्याम्प दुई र तीनको बीचमा हिउँ पहिरो आउँदा बेपत्ता भएका सोलुखुम्बुक...
तीनकुने घटनामा पक्राउ पर्नेको संख्या ७३ पुग्यो
प्रशासन, समाचार

तीनकुने घटनामा पक्राउ पर्नेको संख्या ७३ पुग्यो

नेपालअखबार,काठमाडौँ । काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा पक्राउ पर्नेको संख्या ७३ पुगेको छ। दुई जनाको ज्यान गएको उक्त घटनाको १० दिनमा प्रहरीले ७३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। प्रहरीले त्यस घटनामा संलग्नको आशंकामा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिँदै आएको छ। ती व्यक्तिहरूलाई स्क्रिनिङ गरी संलग्न नदेखिएकाहरूलाई छाड्दै आएको हो। प्रहरीले सामाजिक सञ्जालमा देखिएका भिडिओ, फोटो, सिसिटिभी फुटेज लगायतका आधारमा पक्राउ गर्दै आएको हो। तीमध्ये ७३ जनाविरूद्ध भने प्रहरीले पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेको हो। एसपी बोहराका अनुसार २० जनाविरूद्ध राज्यविरूद्धको कसुरमा अनुसन्धान भइरहेको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री तथा सांसद धवलशमशेर राणाविरूद्ध पनि...
आज प्रधानमन्त्री ओलीले मधेश प्रदेशसभालाई सम्बोधन गर्ने
राजनीति, समाचार

आज प्रधानमन्त्री ओलीले मधेश प्रदेशसभालाई सम्बोधन गर्ने

नेपालअखबार,जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेशसभामा सम्वोधन गर्ने भएका छन् । उनको सम्वोधनका लागि प्रदेशसभा सचिवालयले लागि आज दिउँसो १ बजे बैठक आह्वान गरेको छ । बैठकमा अनिवार्य सहभागिताको लागि प्रदेश सांसदहरुलाई सूचना जारी गरिएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए । प्रदेशसभाको सम्बोधनपछि ओली सिरहामा हुने आम सभालाई सम्वोधन गर्न प्रस्थान गर्ने कार्यक्रम छ ।प्रधानमन्त्रीको सचिवालयका अनुसार सिरहा सदरमुकाममा हेमनारायण यादवको शालिकमा माल्यार्पण गरिसकेपछि सूर्यनारायण सत्यनारायण मोरवैता क्याम्पसमा आयोजित सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।...
एकीकृत समाजवादी कोशीको पहिलो अधिवेशन आजदेखि
राजनीति, समाचार

एकीकृत समाजवादी कोशीको पहिलो अधिवेशन आजदेखि

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेश कमिटीको पहिलो अधिवेशन मंलबार  सुनसरीको इटहरीमा सुरू हुँदैछ। अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने अधिवेशन दुई दिनसम्म चल्नेछ।  नेकपा एमालेबाट विभाजित बनेयता एकीकृत समाजवादी कोशीको पहिलो अधिवेशन हुन लागेको हो।  अधिवेशनमा सम्मानित नेता झलनाथ खनालसहितका शीर्ष नेताहरू सहभागी हुनेछन। एकीकृत समाजवादी स्रोतका अनुसार पार्टी प्रदेश अध्यक्षमा महेश रेग्मी, सरिता खडका, केशव विस्ट, धर्म निरौला लगायतका नेताहरू दाबेदार छन्। हालका अध्यक्ष बलदेव चौधरी केन्द्रीय सचिव भएका छन।...
रुपन्देहीमा भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु, २२ जना घाइते
दुर्घटना, समाचार

रुपन्देहीमा भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु, २२ जना घाइते

नेपालअखबार,लुम्बिनी (मर्चवार) । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु१च २७६३ नम्बरको पिकअप भ्यान पल्टिंदा गैंडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । घाइतेमध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पताल र १९ जनाको भैरवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । घटनाको प्रत्यक्षदर्शी सन्दीप गुप्ताका अनुसार तीव्र गतिमा गुडिरहेको उक्त भ्यान मोडमा पुगेपछि अनियन्त्रित भई पल्टिएको थियो । भ्यानमा सवार २४ जना य...
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
राजनीति, समाचार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।
एनी कुँवर तीनकुने घटनामा पक्राउ
प्रशासन, समाचार

एनी कुँवर तीनकुने घटनामा पक्राउ

नेपालअखबार,काठमाडौँ ।  राजावादी समर्थकले चैत १५ गते तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा एक युवती पक्राउ परेकी छन्। पक्राउ परेकी युवती एनी कुँवर रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए। उनलाई अपराध अनुसन्धानको टोलीले आइतबार ललितपुरबाट पक्राउ गरेको हो। उनलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको एसपी जिसीले जानकारी दिए। उनका अनुसार कुँवर मृतक पत्रकार सुरेश रजक भेटिएकै भवनबाट तल झर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। त्यसैले अनुसन्धान गर्नका लागि पक्राउ गरिएको उनले बताए।...
वरिष्ठ गायिका देविका वन्दनालाई आईएनसीद्वारा सम्मान
समाचार, समाज

वरिष्ठ गायिका देविका वन्दनालाई आईएनसीद्वारा सम्मान

नेपालअखबार,काठमाडौँ । वरिष्ठ गायिका देविका वन्दनालाई इन्टरनेसनल नेप्लिज कम्युनिटी (आईएनसी)ले सम्मान गरेको छ । काठमाडौँमा आयोजित क्यान्सर रोगसम्बन्धी सचेतनामूलक कार्यक्रममा उनलाई सम्मान गरिएको हो । कार्यक्रममा गायिका वन्दनाले क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको अनुभव सुनाइन् । गायिका कुन्ती मोक्तान, गायक यश कुमार, नेपाल क्यान्सर अस्पतालका डा. उत्सवमान श्रेष्ठ, आयुर्वेद चिकित्सक डा. प्रकाश ज्ञवालीलगायत सहभागी कार्यक्रममा पाटन अस्पतालका क्यान्सर विशेषज्ञ डा. अरुण शाहीले क्यान्सर रोगसम्बन्धी सचेतनामूलक प्रस्तुति दिएका थिए । कार्यक्रमको संयोजन संगीतकार टीका दाहाल गरेका हुन् । कार्यक्रममा कम्युनिटीले गायिका वन्दनाको हौसला अभिवृद्धिका लागि वन्दनाद्वारा लिखित पुस्तक ‘जित्नेको हाँसो’ ५० प्रति खरिद गरेको थियो । विश्वभर विभिन्न पेसा, व्यवसाय तथा श्रम क्षेत्रमा आबद्ध भई सामाजिक सञ...
चैते धानको बीउ अनुदानमा दिँदै पोखरा महानगर
कृषि, समाचार, समाज

चैते धानको बीउ अनुदानमा दिँदै पोखरा महानगर

नेपालअखबार,पोखरा। पोखरा महानगरपालिकाले कृषकलाई चैते धानको बीउ अनुदानमा उपलब्ध गराएको छ । महानगरपालिकाले एक हजार ५०० किलोग्राम धानको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । चैते धान खेतीतर्फ कृषकहरूको आकर्षण बढाउने उद्देश्यका साथ विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिँदै आइएको बताउँदै उनले यस वर्ष पनि प्रतिरोपनी रु ५ सयका दरले प्रोत्साहन रकम उपलब्ध गराइने जानकारी दिए । महानगरपालिकाअन्तर्गत वडा नम्बर २६, २७, १४, १५ लगायतका वडामा कृषकले चैते धान खेती गर्दै आएका छन् ।...