Friday, August 7

समाज

मलेसियामा कम्पनीले धोका दियो, फर्केर बाख्रा पालन थालेपछि मिल्यो सफलता
कृषि, समाचार, समाज

मलेसियामा कम्पनीले धोका दियो, फर्केर बाख्रा पालन थालेपछि मिल्यो सफलता

नेपालअखबार,म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफल डाँडाका जगबहादुर फगामीले वैदेशिक रोजगारबाट फर्किएर सुरु गरेको बाख्रा पालनबाट आत्मनिर्भर बनेका छन्। रोजगारको शिलसिलामा तीन वर्ष मलेसियामा काम गरेका फगामीले कम्पनीले पारिश्रमिक नदिएर धोका दिएपछि गाउँ फर्किएर बाख्रा पालन सुरु गरेका थिए। 'विदेशको ठक्करले गाउँ फर्किएर एउटा बाख्रा किनेर खेतीकिसानी गरेर परिवार चलाउनथालेको थिए, बाख्राले जुम्ल्याह पाठा पाठी जन्माउन थालेपछि बाख्राको सङ्ख्या बढ्दै गयो, पछि राम्चे बाबा समूहको ५३ वटा बाख्रा रु दुई लाखमा खरिद गरेर बाख्र पालनलाई व्यावसायिक बनाएको हुँ,' फगामीले भने। उनी अहिले गाउँमै उपलब्ध स्रोत, श्रम र सीपको सदुपयोग गर्दै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरणको पात्र बनेका छन्। उनले विगत ६ वर्षदेखि बाख्र पालनलाई व्यवस्थित र व्यावसायिक बनाएका हुन्। फगामीले सञ्चालन गरे...
बागलुङका एक सय २५ खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
समाचार, समाज

बागलुङका एक सय २५ खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला

नेपालअखबार,बागलुङ । बागलुङमा बर्सेनि खानेपानीको मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका दश वटै पालिकाका ३४१ मुहानको पानी परीक्षण गर्दा १२५ मुहानमा कोलिफर्म फेला परेको हो । जिल्लामा सबैभन्दा बढी जैमिनी नगरपालिकाको मुहानमा कोलिफर्म फेला परेको छ । यस पालिकामा १०६ मुहानमा परीक्षण गर्दा ४२ मुहानमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन डिल्ली आचार्यले जानकारी दिए । उनका अनुसार गलकोट नगरपालिकामा ९१ स्थानमा परीक्षण गरिकोमा ४० मुहानमा कोलिफर्म फेला परेको छ । बागलुङ नगरपालिकामा २४ वटा मुहान परीक्षण गर्दा चार, काठेखोला गाउँपालिकामा ४७ वटा मुहान परीक्षण गर्दा २७, बडिगाड गाउँपालिकामा ६८ स्थानमा परीक्षण गर्दा १० वटा मुहानमा कोलिफर्म फेला परेको आचार्यले जानकारी दिए । ढोरपाटन नगरपालिकामा पाँच वटा गर्दा कुनै प...
अकबरेखेती गरेका किसानलाई बजारको चिन्ता
कृषि, समाचार, समाज

अकबरेखेती गरेका किसानलाई बजारको चिन्ता

नेपालअखबार,म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ शिवाङका ओमराज मगर बारीमा लहलह फलेको अकबर खुर्सानी कहाँ लगेर बेच्ने भन्ने चिन्तामा छन् । ओमराजले सञ्चालन गरेको धौलागिरि कृषि तथा पशुपक्षी फार्मको छ रोपनी क्षेत्रफलमा फलेको अकबर खुर्सानी पाक्न थालेपछि उनी बजारको खोजीमा छन् । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–९ बनौका निर्मल पुन पनि फार्ममा फलेको अकबर खुर्सानी बेच्न बेनी, बागलुङ र कुश्मा बजारमा भौँतारिरहेका छन् । शिवाङका ओमराज र बनौका निर्मलको जस्तै बजार अभाव अकबर खुर्सानीखेती गरेका किसानको साझा समस्या बनेको छ । बनौँ, शिवाङ र बेनी नगरपालिका–३ भकिम्लीमा अकबर खुर्सानीको व्यावसायिक खेती भएको छ । “गत वर्ष परीक्षणका लागि लगाएको ९० वटा बिरुवाको अकबर बेचेर रु ३० हजार आम्दानी भएपछि यसपाली छ रोपनीमा १२ हजार बिरुवा लगाएको छु”, उनले भने, “स्थानीय बजार सानो छ । खपत...
काठमाडौँ महानगरद्वारा छात्रवृत्तिको लागि पुनः आवेदन आह्वान
प्रशासन, शिक्षा, समाचार, समाज

काठमाडौँ महानगरद्वारा छात्रवृत्तिको लागि पुनः आवेदन आह्वान

नेपालअखबार,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२–०८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्तिमा रिक्त रहेका सिटहरूमा भर्नाका लागि पुनः अनलाइन आवेदन आह्वान गरेको छ। प्रवेश परीक्षा दिएर पनि पहिलो र दोस्रो मनोनयन सूचीमा नपरेका विद्यार्थीहरूका लागि पुनः आवेदन खुलाइएको हो ।महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै साउन १८ गते, साँझ ५:०० बजेभित्र अनलाइन आवेदन पेस गर्न आग्रह गरेको हो। यसअघि महानगरले साउन ४ गते प्रवेश परीक्षा सञ्चालन गरी साउन ६ गते पहिलो र साउन १३ गते दोस्रो मनोनयन सूची प्रकाशित गरेको थियो। ती दुई चरणबाट भर्ना भएर पनि विभिन्न शिक्षण संस्थाहरूमा सिटहरू खाली रहेपछि 'ऱ्यापअप' का रूपमा अन्तिम मनोनयनका लागि आवेदन खुलाइएको सूचनामा उल्लेख छ। प्रवेश परीक्षामा सहभागी भएका तर पहिलो र दोस्रो सूचीमा नाम नआएका, शिक्षण संस्थामा समस्या भई विभागमा निवेदन दिएका वा अन्तिम मनोनय...
८१ वर्षीया कालमायाले बल्ल पाइन् नागरिकता
समाचार, समाज

८१ वर्षीया कालमायाले बल्ल पाइन् नागरिकता

नेपालअखबार,गाईघाट (उदयपुर) । उदयपुरको चौदण्डी गढी नगरपालिका–१ की ८१ वर्षीया वृद्धाले नागरिकता प्रमाणपत्र प्राप्त गरेकी छन् । कालमाया राईलाई शुक्रबार नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । चौदण्डी गढी नगरपालिका–१ का वडाध्यक्ष लुङगराज राईको रोहबरमा वृद्धा राईले नागरिकताप्राप्त गरेको वडाध्यक्ष राईले जानकारी दिए । खोटाङको जन्तेढुङ्गा गाउँपालिका जन्मघर भएको वृद्धा राईको चौदण्डी गढी–१ मा विवाह भएर आएपछि पनि नागरिकता प्रमाणपत्र लिन ढिलाइ गरेको र १५ वर्षअघि नै श्रीमान्को मृत्यु भएपछि वृद्धालाई नागरिकता लिन झनै समस्या रहँदै आएको थियो । बूढेसकालमा नागरिकताविहीन वृद्धलाई सामाजिक सुरक्षाभत्ता र राज्यबाट प्राप्त हुने अन्य सेवासुविधाबाट समेत वञ्चित हुनुपरेकाले वडाध्यक्षको रोहबरमा नागरिकता दिलाइएको हो । वृद्धा राईले यसअघि देखिनै नागरिकता लिने प्रयास गरेको भए आफन्त ...
निःशुल्क ओपीडी सेवा प्रदान गर्दै, काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले प्रारम्भिक चरणमा
समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

निःशुल्क ओपीडी सेवा प्रदान गर्दै, काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले प्रारम्भिक चरणमा

नेपालअखबार,काठमाडौँ ।  काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल शुक्रबार देखि पुनः सञ्चालनमा आएको छ । निजी मेडिकल तथा डेन्टल कलेज संघ नेपालका पूर्व अध्यक्ष बसुरुद्धिन अन्सारी नेतृत्वको टोलीले घट्टेकुलोमा रहेको भवनबाट अस्पताल पुन सञ्चालनमा ल्याएका हुन् । १०० शैय्याको स्विकृति लिएर सेवा प्रारम्भ गरेको भनिएको यस अस्पतालले केही वर्ष भित्रै ३०० शैय्यामा स्तरोन्नती गरी एमबीबीएस तथा एमडी कोर्ष सञ्चालन गर्ने लक्ष्य लिएको छ । काठमाडौँ नेशनल मेडिकल कलेज आठ वर्ष अघि नै एमबीबीएस अध्यापनको लागि सम्वन्धन पाएको थियाे । कलेजका अध्यक्ष बसुरुद्धिन अन्सारीले भने  ‘त्यसबेला केही प्राविधिक समस्याहरु भए, पाइसकेको सम्वन्धन रोकियो र चलिसकेको अस्पताल बन्द भयो । त्यसपछि चिकित्सा शिक्षा आयोग बन्यो त्यसले उपत्यकाका लागि दश वर्षे बार लगाइदियो । त्यसैले हामी बीचमा हरायौँ । अब हामी नयाँ अनुभव, टिम जोश जागरसहित आए...
काठमाडौंबाट ४८३ किलो काजु बरामद
समाचार, समाज

काठमाडौंबाट ४८३ किलो काजु बरामद

नेपालअखबार,काठमाडौँ । काठमाडौंबाट भन्सार छलीका ४८३ किलो काजु बरामद भएको छ। काठमाडौं महानगरपालिका-१३ चक्कु मार्गबाट बा ८ च ६६ नम्बरको गाडीबाट उक्त काजु बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दले जानकारी दिए। प्रहरी वृत्त कालिमाटीले दुई जना व्यक्तिलाई नियन्त्रणमा समेत लिएको छ। धादिङका २४ वर्षीय रामबहादुर बिसुन्के र धनुषाका २४ वर्षीय आर्यन साह नियन्त्रणमा छन्। काजु प्रतिकिलो एक हजार ३ सय रुपैयाँले बिक्री हुने प्रहरीले बताएको छ।...
देशभर डेंगुको प्रकोप बढ्दो
समाचार, समाज, स्वास्थ्य

देशभर डेंगुको प्रकोप बढ्दो

नेपालअखबार,काठमाडौँ । पछिल्लो समय देशभर डेंगुको सङ्क्रमण तीव्र गतिमा बढको छ । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको जनावरी महिनायता २ हजार ५ सय ८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो एक हप्तामा मात्रै १३१ नयाँ सङ्क्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा १३ जनामा सङ्क्रमण देखिएको छ ।यो वर्षको जुलाई महिनामा मात्र ६९२ जना डेंगु सङ्क्रमित थपिएका छन् । जुन जुन महिनाको ५१५ केसभन्दा बढी हो । गण्डकी प्रदेश डेंगुबाट सबैभन्दा बढी प्रभावित भएको छ । सो प्रदेशमा ७ सय ३२ केस पुष्टि भएको छ । बागमती प्रदेश ५ सय ३७ केससहित दोस्रो स्थानमा छ । लुम्बिनी प्रदेशमा ४ सय ९ केसहरू देखिएका छन् । देशका ७७ जिल्लामध्ये ७४ जिल्लामा डेंगुका बिरामी भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगुको बढ्दो जोखिमलाई ध्यानमा राख्दै ‘खोज र नष्ट गर’ अभियानलाई प्रभावकार...
सगरमाथा क्षेत्रबाट २५ बिरामीको हेलिकप्टरमार्फत उद्धार
समाचार, समाज

सगरमाथा क्षेत्रबाट २५ बिरामीको हेलिकप्टरमार्फत उद्धार

नेपालअखबार,काठमाडौँ । सगरमाथा रहेको सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले गत आर्थिक वर्षमा आफ्नो क्षेत्रभित्रका बिरामीहरूको हवाई उद्धारमा ३६ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ । गाउँपालिकाले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार २५ जना बिरामीलाई आपत्कालीन अवस्थामा हेलिकप्टरमार्फत उद्धार गर्न उक्त रकम खर्च भएको हो । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख अर्थिमाया तामाङका अनुसार आर्थिक वर्ष २०८०/८१ को अवधिमा हवाई उद्धारमा कुल ३६ लाख ७४ हजार ४ सय ८० रुपैयाँ खर्च भएको हो । गाउँपालिकाका अनुसार  विभिन्न वडाहरूबाट बिरामीहरूलाई हेलिकप्टरमार्फत काठमाडौँ, लुक्ला र फाप्लुजस्ता स्थानमा रहेका अस्पतालसम्म पुर्‍याइएको थियो । भौगोलिक विकटताका कारण खुम्बु क्षेत्रमा सडक यातायातको सहज पहुँच छैन, जसले गर्दा गम्भीर बिरामी तथा आपत्कालीन अवस्थामा हेलिकप्टर नै उद्धारको एक मात्र विकल्प बन्ने गरेको छ । स...
भेडी गोठाला भन्छन्– सरकारबाट केही पनि सहयोग पाइएन
समाचार, समाज

भेडी गोठाला भन्छन्– सरकारबाट केही पनि सहयोग पाइएन

नेपालअखबार,बागलुङ । अग्लो पहाडको शिरमा पुराना थाङ्नाले बेरिएको गोठ । निलो त्रिपाल र बाँसको चोयाले छाएको छानो । गोठको छेउमा सुरक्षाका लागि पालिएका भोटे कुकुर र वरपर हरेका हजारौँ सङ्ख्यामा भेडाका बथान । त्यही भेडाका बथानसँगै भेटिनुहुन्छ, टेकध्वज घतान । पसिनाले निथ्रुक भिजेका शरीरका कपडा । शिरमा मैलिएको टोपी । बुढ्यौलीले चाउरिएका अनुहार । हिजोआज टीकाधारामा पुग्ने जोकोहीले भेट्छ टेकध्वजलाई । बागलुङको निसीखोला गाउँपालिका–६ का घतान गत जेठ अन्तिम साता टीकाधारा पुगेका थिए । झण्डै २०० भेडाका बथान लिएर लेकमा उक्लिएका घतानको दैनिकी बिहान भेडा दुहुने र दिउँसोमा घाँस काट्नमैै बित्ने गरेको छ । उनीसँगै रुकुमका सत्यराम विश्वकर्मा, रोल्पाका तीर्थबहादुर घर्तीसहित सात जनाको समूह त्यही गोठमा बस्छ । सात जनाको झण्डै पाँच हजार भेडाले टीकाधाराको खर्कहरू ढपक्क ढाकिएका छन् । सबै एउटै गोठमा बस्ने हुँदा पालैपालो...