Sunday, August 9

समाज

दुर्लभ जीव हिउँ चितुवाको अनुगमन गरिँदै
समाचार, समाज

दुर्लभ जीव हिउँ चितुवाको अनुगमन गरिँदै

नेपालअखबार,मुस्ताङ । उपल्लो मुस्ताङका तीन स्थानमा ‘क्यामेरा ट्यापिङ’ का माध्यमबाट  हिउँ चितुवाको अनुगमन सुरु भएको छ । मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढेपछि हिउँ चितुवाको अवस्थिति अनुगमन गर्न क्यामेरा ट्यापिङ थालिएको हो ।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार उपल्लो मुस्ताङका वारागुङ मुक्तिक्षेत्र–३ समर आसपासका क्षेत्रमा १२ वटा, लोमान्थाङको थुर्लुङफाँट माथिको डाँडाआसपास क्षेत्रमा दुईवटा र लोमान्थाङ बजारमाथिको क्षेत्रमा एउटा क्यामेरा अनुगमनका निम्ति जडान गरिएको छ । तीन स्थानमा हिउँ चितुवाको वर्तमान स्थिति र अवस्था पत्ता लगाउने र कुन–कुन स्थानमा कतिको सङ्ख्यामा हिउँ चितुवा छन्भने एकीन गर्न कार्यालयले क्यामेरा ट्यापिङबाट अनुगमन थालेको हो । हिउँ चितुवाले बर्सेनि दुःख दिइरहेको गुनासो आइरहेकाले चितुवाको संरक्षण गर्दै स्थानीयको पशुधनको क्षति हुने क्रमलाई न्यूनी...
दासताविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज
समाचार, समाज

दासताविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज

नेपालअखबार,काठमाडौं ।  मंगलबार दासत्व र ‘ट्रान्सएटलान्टिक’ दास व्यापारपीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो। सन् १८०७ मा संयुक्त अधिराज्यमा दास व्यापार उन्मूलन ऐन पारित भएको सम्झनामा सन् २००७ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउन थालिएको हो। विशेषगरी अफ्रिकी मुलुकहरूबाट श्रमका लागि संयुक्त अधिराज्य, अमेरिकालगायत विकसित राष्ट्रले मानिसलाई दासका रूपमा काममा लगाएकाले त्यसको उन्मूलनका निम्ति उक्त ऐन पारित भएको सम्झना तथा सधैँ काममा जोतिनुपरेका ती श्रमिकको सम्मान एवं सम्झनामा यो दिवस मनाउन थालिएको हो। उक्त ऐनले कुनै पनि व्यक्तिलाई दासका रूपमा बेच्न, स्थानान्तरण, प्रयोग वा दासका रूपमा व्यवहार गर्न, खरिद बिक्री र विनिमयलाई पूर्ण रूपमा निषेध गरेको छ। संसारभरिका श्रमिकलाई ससम्मान पारिश्रमिकसहित काममा लगाउनुपर्नेमा यो दिवसले जोड दिएको छ। न्युयोर्कस्थित राष्ट्रसंघीय प्रधान कार...
बाघको संख्या बढ्दा बासस्थानको समस्या
समाचार, समाज

बाघको संख्या बढ्दा बासस्थानको समस्या

नेपालअखबार,चितवन। नेपालमा बाघको संख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ। निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको संख्या बढ्न थालेपछि बासस्थानको समस्या पनि बढेको छ। चितवन राष्ट्रिय निकुञ्जले यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले बाघका लागि बासस्थान बढाउन आवश्यक रहेको बताए। विगत पाँच वर्षयता बाघको संख्या बढ्दै गएकाले बासस्थान पनि बढाउन आवश्यक रहेको उनले बताए। 'हिंस्रक बाघलाई खुला चिडियाघर बनाएर उनीहरूको संरक्षण गर्न आवश्यक छ, खुला चिडियाघर बनाएर त्यसलाई आयआर्जनसँग जोड्न सकिन्छ,' उनले भने। नेपालमा बाघको संख्या सन् २००९ मा १२१ रहेकामा सन् २०२२ मा बढेर ३५५ पुगेको छ। बाघको  सन् २०१३ मा एक सय ९८ र सन् २०१८ मा दुई सय ५३ रहेको थिय...
आफ्नै नातिलाई बेचिदिइन् २०० रूपैयाँमा
विदेश, समाचार, समाज

आफ्नै नातिलाई बेचिदिइन् २०० रूपैयाँमा

नेपालअखबार,काठमाडौँ । भारतको ओडिसामा एक वृद्धाले आफ्नै नातीलाई बेचिदिएको घटना सार्वजनिक भएको छ। गत बिहीबार ओडिसाको बादलिया गाउँकी ६५ वर्षीया मन्द सोरेन नाम गरेकी वृद्धाले आफ्नो ७ वर्षीया नातीलाई मात्रै २०० रूपैयाँमा बेचिदिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। इन्डिया टुडेका अनुसार वृद्धाले २०० रूपैयाँ लिएर आफ्नो नाती एउटा जोडीको जिम्मा लगाएकी थिइन्। गाउँलेहरूले थाहा पाएर प्रहरीलाई खबर गरिदिएपछि प्रहरीले बालकको उद्धार गरेर बाल हेरचाह गृह पठाएको थियो। त्यसपछि प्रहरीले घटनाको अनुसन्धान गरेको थियो। अनुसन्धानबाट वृद्धाले पैसाकै लागि नाती नबेचेको खुलेको छ। इन्डिया टुडेका अनुसार ती वृद्धाका घरजग्गा छैन। श्रीमान वर्षौंअघि बितिसकेका थिए भने छोरा बेपत्ता छन्। बुहारी पनि कोरोनाकालमा बितेकी थिइन्। उनले राज्यबाट पनि अहिलेसम्म कुनै सहायता नपाएको पाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएक...
६८ प्रतिशत विद्यार्थी फेल भएपछि विद्यार्थीले लगाए डीन कार्यालयमा ताला
शिक्षा, समाचार, समाज

६८ प्रतिशत विद्यार्थी फेल भएपछि विद्यार्थीले लगाए डीन कार्यालयमा ताला

नेपालअखबार,काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीन कार्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।त्रिवि केन्द्रीय क्याम्पस शिक्षाशास्त्र केन्द्रीय विभागको तेस्रो सेमेस्टरको नतिजा प्रकाशन हुँदा ६८ प्रतिशत विद्यार्थी फेल भएपछि विद्यार्थीहरूले सोमबार तालाबन्दी गरेका हुन् । सेमेस्टर प्रणालीमा यति धेरै विद्यार्थी फेल हुनुलाई अत्यन्तै नराम्रो मानिन्छ ।  तेस्रो सेमेस्टर मेजरमेन्ट एण्ड इभ्यालुसन इन एजुकेसन पेपरको न्युमिरिकल प्रश्न नै गलत सोधेको विद्यार्थीहरूको आरोप छ । उक्त गलत प्रश्नका कारण परीक्षाको नतिजा सन्तोषजनक नआएको उनीहरूको भनाइ छ । गलत प्रश्न निर्माण गर्नेलाई कारबाही र विद्यार्थीहरूको नतिजा पुनर्योग गर्दा रिचेक व्यवस्था नहुन्जेलसम्म  तालाबन्दी जारी रहने उनीहरूले विज्ञप्तिमार्फत जनाएका छन् । विद्यार्थीहरूले निःशुल्क रूपमा रिटोटलिङको व्यवस्था गर्न समेत माग गरेका...
गुल्मीमा बर्सेनि गहुँ खेतीको उत्पादन घट्दै
कृषि, समाचार, समाज

गुल्मीमा बर्सेनि गहुँ खेतीको उत्पादन घट्दै

नेपालअखबार,गुल्मी । गुल्मी जिल्लामा गहुँ उत्पादन बर्सेनि घट्दै गएको छ । जिल्लाका विभिन्न स्थानमा गहुँ खेती गर्ने कृषकको संख्या घट्दै जाँदा उत्पादन पनि घट्न थालेको हो । गत आर्थिक वर्ष २०८०/०८१ मा ६३७० हेक्टर क्षेत्रफलमा गहुँ खेती भएको थियो । जसमा १९ हजार ५ मेट्रिक टन उत्पादन भएको थियो । त्यसअघिको आर्थिक वर्ष २०७९/०८० मा ६४८० हेक्टर क्षेत्रफलमा १९ हजार ३७५ मेट्रिकटन गहुँ उत्पादन भएको कृषि ज्ञानेकन्द्र गुल्मीका कृषिप्रसादर अधिकृत शिवप्रसाद बञ्जाडेले बताए । बर्सेनि गहुँ उत्पादन गर्ने क्षेत्रफल घटदै गएको छ । यस वर्ष पनि गहुँ भित्र्याउने समय सुरु हुन लावगेको छ । यस वर्ष पनि हिउँदको समयमा पानी नपरेकाले उत्पादन घट्ने अनुमान कृषि ज्ञानकेन्द्र गुल्मीले गरेको छ । जिल्लामा विशेष गरी जेहाङ्ग, अर्बेनी, चौरासी, मजुवा, हर्मिचौरलगायतका स्थानमा पर्याप्त मात्रामा गहुँखेती गरिदै आएको छ । गहुँ उ...
लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा
समाचार, समाज

लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा

नेपालअखबार,ढोरपाटन । बागलुङ नगरपालिका–८ सिगाना लामीचौरमा करिब दुई सय घरपरिवारको बसोबास छ । बाक्लो बस्ती रहेको लामीचौरमा खानेपानीको एकदमै अभाव थियो । बयालीस वर्ष अगाडि निर्माण भएका तीन धाराबाट यहाँका सयौँ स्थानीयले पानी उपभोग गर्दैआएका थिए । एक गाग्री पानी भर्न रातभर धारामा लाइन बस्नुपर्ने अवस्था थियो । सहजै पानी भर्ने पालो आउँदैनथ्यो । विसं २०३९ मा निर्माण गरेको धारा जीर्ण बनेका थिए ।लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका लामीचौरवासीलाई अब भने खानेपानीको समस्या छैन । यसपाली नगरपालिकाले जमिनमुनिबाट पानी निकालेको छ । लामो समयको मेहनतपछि ड्रिलिङ गरी लामीचौरमा पानी निस्किएपछि स्थानीयमा खुसीयाली छाएको छ । नगरपालिकाले प्राविधिक खटाएर यसबारे सर्वेक्षण गरेको थियो । पानी निकाल्न सकिने सम्भावना देखेपछि ड्रिलिङ मेसिन प्रयोग गरी यहाँ पानी निकाल्ने काम गरिएको हो । यही चैत १ गते मेसिनले करिब एक...
लेक लागेर एक वर्षमा ११ पर्यटकको मृत्यु
समाचार, समाज

लेक लागेर एक वर्षमा ११ पर्यटकको मृत्यु

नेपालअखबार, मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा ११ पर्यटकको मृत्यु भएको छ । विसं २०८१ को वैशाखदेखि हालसम्म नौ विदेशी तथा दुई नेपाली पर्यटकको लेक लागेर मृत्यु भएको हो । सबैभन्दा बढी भारतीय पर्यटकको मुक्तिनाथ मन्दिरको दर्शन तथा मुस्ताङको भ्रमणका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए। मुक्तिनाथ दर्शन तथा भमणका क्रममा मुस्ताङ आउनेमध्ये पाँच जनाको वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथमा, पाँच जनाको घरपझोङ–४ जोमसोममा र एक जनाको थासाङ गाउँपालिका–२ मा लेक लागेर मृत्यु भएको उनले बताए। लेक लागेर मृत्यु हुनेमा ५८ वर्षदेखि ८१ वर्ष उमेर समूहका पर्यटक रहेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कानुसार २०८१ वैशाखमा दुई, जेठमा एक, असोजमा दुई, कात्तिकमा पाँच र पुसमा एक पर्यटकको लेक लागेर मृत्यु भएको हो। ...
स्याङ्जाको भीरकोटमा दुई सडक कालोपत्र
समाचार, समाज

स्याङ्जाको भीरकोटमा दुई सडक कालोपत्र

नेपालअखबार,स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकामा चालु आर्थिक वर्षमा दुई सडक कालोपत्र गरिएका छन् । भीरकोट–६ को सुन्दरबजार–मोहनडाँडा–ठूलीभञ्ज्याङदेखि पर्वतको हातेमालोचोक जाने सडक कालोपत्र गरिएको छ । सुन्दरबजारदेखि–स्वरेक मैदान सडकको सडक कालोपत्र गर्ने काम सकिँदै छ ।सुन्दरबजारदेखि पर्वतको हातेमालोचोक जोड्ने सडक कालोपत्रको काम भइरहेको भीरकोट नगरपालिकाका इञ्जिनियर सरोज पराजुलीले बताए । आगामी असार २० गतेसम्म सडक कालोपत्र सक्ने गरी काम भइरहेको उनले बताए । सडक कालोपत्रसँगै पक्की नाली र पर्खाल निर्माण गर्ने काम भइरहेको छ । त्यस्तै सुन्दरबजारदेखि स्वरेक मैदान जोड्ने सडक  स्तरोन्नति गरिएको छ । विसं २०८१ पुस २६ गते सम्झौता भई निर्माण सुरु भएको उक्त सडक आगामी जेठ मसान्तसम्ममा सक्नुपर्ने भए पनि तोकिएको समयअगावै सम्पन्न भएको योजना शाखा प्रमुख यामप्रसाद रेग्मीले बताए । उक्त सडकमा पर्खाल बनाउने, जाली...
झापामा दुइटा ट्रकबाट १६ सय किलो गाँजा बरामद
प्रशासन, समाचार, समाज

झापामा दुइटा ट्रकबाट १६ सय किलो गाँजा बरामद

नेपालअखबार,झापा। झापाबाट १६३६ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्। झापाको बुद्धशान्ती गाउँपालिका-४ स्थित मेची राजमार्गबाट शुक्रबार सशस्त्र प्रहरीले १६३६ किलो गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार झापाबाट इलाम आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ को ट्रकमा चेकजाँच गर्दा ५७ वटा बोरा गाँजा बरामद भएको हो। ट्रकमा गाँजा भेटिएपछि चालकहरू धनकुटाको शहिदभूमी नगरपालिका–४ बस्ने महेश राई र ईलाम जिल्लाको माईजोगाई गाउँपालिका–२ बस्ने ३७ वर्षिय गंगा बहादुर बस्नेत पक्राउ परेका छन्। साथै उनीहरुको साथबाट नेपाली ८७ हजार ८८० रुपैयाँ र ५ थान मोबाइल सेट समेत बरामद भएको डिएसपी थापाले बताए।   नियन्त्रणमा लिइएकाहरुलाई बरामद गाँजा तथा ट्रकसहित आवश्यक कारबाहीका लागि प्रहरीलाई बुझाइएको छ।...