Sunday, August 9

समाज

आज कास्कीमा ४.३ म्याग्निच्युडको भूकम्प
समाचार, समाज

आज कास्कीमा ४.३ म्याग्निच्युडको भूकम्प

नेपालअखबार,कास्की । कास्की केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको काठमाडौंको लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा पनि महसुस भएको थियो । भूकम्पको धक्काले बिहानीको मस्त निद्रा खलबलाइदिएको थियो । भूकम्पले क्षति पुर्‍याए/नपुर्‍याएको जानकारी प्राप्त हुन सकेको छैन । गण्डकी प्रदेशमा तीन दिनको अवधिमा गएको यो तेस्रो भूकम्प हो । यसअघि फागुन २४ गते बागलुङ केन्द्रविन्दु भएर ४.१ र म्याग्दी केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।फागुन २४ गते नै चीनको तिब्बतस्थित सिगात्सेको दिङ्गी केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प जाँदा नेपालको केन्द्रीय राजधानी काठमाडौं सहितका जिल्लामा पनि धक्का ...
सिस्नो र गुन्द्रुक ‘ब्राण्डिङ’ गर्न कस्सिएका महिला
समाचार, समाज

सिस्नो र गुन्द्रुक ‘ब्राण्डिङ’ गर्न कस्सिएका महिला

नेपालअखबार,बागलुङ। बागलुङको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम धन्दामा सीमित थिए। घाँस, दाउरा र खेतीपाती गरेर जीविका चलाउँदै आएका महिला अहिले उद्यमी बनेका छन्। बारीको कान्लामा खेर गइरहेको सिस्नो र बाँकोलाई आम्दानीको स्रोत बनाएर उनीहरु अहिले आर्थिक रूपमा सवल बनेका छन्। जैमिनी नगरपालिकाले एक वर्ष अगाडि दिएको तालिमले अहिले यहाँका ५५० महिला प्रत्यक्ष उद्यमसँग जोडिएका हुन्। रुद्रताल सामाजिक महिला सहकारी संस्थामा आवद्ध महिलाले गाउँमै सिस्नो पाउडर, बाँको गुन्द्रुक, आलु चिप्स बनाएर बिक्री गर्नुका साथै बारीमा सिमी उत्पादन गरेर बजारीकरण गर्दै आएका छन्। सहकारीमा आवद्ध अधिकांशले सिस्नो पाउडर, बाँकोको गुन्द्रुकलाई ‘प्याकेजिङ’ र ब्राण्डिङ गर्दै आएका छन्। स्थानीय स्रोत साधन प्रयोग गरेर महिलालाई उद्यमसँग जोड्न तालिम दिएर र दक्ष बनाएपछि अहिले व्यवसायिक बन्न थालेको रु...
बादरजुङ र काभ्रेभिरको यात्रा यसरी भयो सहज
समाचार, समाज

बादरजुङ र काभ्रेभिरको यात्रा यसरी भयो सहज

नेपालअखबार, म्याग्दी। बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने बादरजुङ, घोप्टे र काभ्रेभिर पार गर्दा दुई वर्षअघि सम्म त्रसित हुने सवारी चालक सुदीप खड्का हिजोआज ढुक्कका साथ गाडी चलाउँछन्। ‘तल कालीगण्डकी र माथि ठाडो अक्करे भिरको बीचमा रहेको काभ्रेदेखि घाँसा नपुग्दासम्म मनमा डर लागिरहन्थ्यो,’ उनले भने, ‘अक्करे भिरमा पनि सडक फराकिलो बनाएर ढलान गरी डिलतर्फ बार लगाएपछि अहिले ढुक्कका साथ गाडी चलाउन पाइएको छ।’ भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत सबैभन्दा जोखिमयुक्त र साँघुरो काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको सडक विस्तार र ढलान गरिएपछि यात्रा सहज, सुरक्षित र दुर्घटनाको जोखिम घटेको हो। काभ्रेभिरदेखि घाँसासम्मको दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ढलान गरिएको बेनी–जोमसोम–कोरला ...
मुस्ताङको शीतोष्ण फलफूल बगैँचामा यसवर्ष ढिलो फूल फुल्दा…
समाचार, समाज

मुस्ताङको शीतोष्ण फलफूल बगैँचामा यसवर्ष ढिलो फूल फुल्दा…

नेपालअखबार,मुस्ताङ। मुस्ताङमा शीतोष्ण फलफूल बगैँचाका बोटमा झपक्कै फूल फुलका छन्। घरपझोङ–२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रका  विभिन्न प्रजातिका फलफूल बोटहरु यतिखेर फूल फुलेर सेताम्मे भएका हुन्। विगतका वर्षहरुमा भन्दा यसवर्ष केही हप्ता ढिलो गरी शीतोष्ण फूलहरु फुल्न थालेको हुन्। मुख्य रुपमा मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले शीतोष्ण हावापानीमा उत्पादन हुने फलफूल तथा तरकारीको उत्पादन, बीउ तथा बिरुवा उत्पादन गर्ने कार्य गर्दै आइरहेको छ। जिल्लामा स्याउखेतीको विकास समेत यही केन्द्रले सुरुआत गरेको थियो। मुस्ताङको त्यही केन्द्र हो, जसले यहाँ विभिन्न जातजातका फलफूलको बीउ तथा बिरुवा उत्पादनका साथै फलफूल उत्पादनमा समेत जोड दिइरहेको छ। मुस्ताङका कृषकहरुको आर्थिक विकासमा टेवा पुर्‍याउन र फलफूल तथा तरकारीखेतीको विकास गरी यहाँका किसानको जीवनस्तर सुधार गर्न केन्द्रले दि...
पोखरामा रहेका विभिन्न धार्मिक संघ सस्थाहरुले गरे महानगरपालिकामा धर्ना
समाचार, समाज

पोखरामा रहेका विभिन्न धार्मिक संघ सस्थाहरुले गरे महानगरपालिकामा धर्ना

नेपालअखबार,पोखरा  ।  पोखरा महानगरपालिकाको कार्यालय अगाडी आइतबार धर्ना गरिएको छ । ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ रोक्नको लागि मेयर धनराज आचार्यले देखाएको रवैयाको बिरोध सहित पोखरामा रहेका विभिन्न धार्मिक संघसस्थाहरुले स्वस्फूर्तरुपमा महानगरको कार्यालयको मूल प्रवेशद्धारमा शान्तिपुर्ण धर्ना कार्यक्रम गरेको हो । विश्व हिन्दु महासंघ नेपाल गण्डकी प्रदेश समीती, जिल्ला शाखा कास्की,संस्कृत युवा मञ्च कास्की,मातृशक्ति विभाग गण्डकी प्रदेश लगायत संस्थाहरुले संयुक्त रुपमा धर्नाको कार्यक्रम गरेका हुन् । विहान ९ बजे देखि सुरु भएको धर्ना कार्यक्रम १०ः३० सम्म चलेको थियो । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीले सोमबार वार्तामा बोलायपश्चात करिब साडे १ घण्टा पछि आइतबारको धर्ना कार्यक्रम स्थगीत गरिएको थियो । सोमबार जिल्ला प्रशासन कार्यालय कास्कीले महानगरपालिका,जिल्ला प्रशासन कार्यालय र कोटिह...
विश्वको छैटौँ प्रदूषित सहर काठमाडौँ
समाचार, समाज

विश्वको छैटौँ प्रदूषित सहर काठमाडौँ

नेपालअखबार,काठमाडौँ । काठमाडौँ उपत्यकाको आकाश डम्म बनको छ । साँझ ५ः३१ मिनेटमा उपत्यकाको वायु प्रदूषण भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौँ विश्वको छैटौँ प्रदूषित सहर बनेको छ । यहाँको वायु प्रदूषण एक सय ५५ एक्युआई पुगेको छ ।मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको जनाएको छ ।...
जङ्गली हात्ती गोविन्देको आक्रमणबाट एक जनाको मृत्यु
समाचार, समाज

जङ्गली हात्ती गोविन्देको आक्रमणबाट एक जनाको मृत्यु

नेपालअखबार, चितवन । पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका घर भई हाल रत्ननगर नगरपालिका–७ का ३५ वर्षीय सुरेश महतो रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरका अनुसार रत्ननगर –७ को लौखानीमा रहेको चितवन एडभेन्चर होटल पछाडि महतोलाई शनिबार हात्तीको आक्रमण गरेको हो । जङ्गली हात्ती गोविन्देको आक्रमणबाट महतोको घटनास्थलमा नै मृत्यु भएको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।...
बेलौरी नगरपालिकाका वडाध्यक्ष रिजालको निधन
समाचार, समाज

बेलौरी नगरपालिकाका वडाध्यक्ष रिजालको निधन

नेपालअखबार, कञ्चनपुर। बेलौरी नगरपालिका–३ का वडाध्यक्ष सीताराम रिजालको गए राति निधन भएको छ। फोक्सोसम्बन्धी समस्याबाट पीडित ७२ वर्षीय रिजालको आफ्नै निवासमा गएराति १२ बजेर ३० मिनेट जाँदा निधन भएको हो। आज दिउँसो १० बजेदेखि ११ बजेसम्म उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि वडा कार्यालयमा राखिने भएको छ। दिउँसो बेलौरीको भकुण्डास्थित आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने रिजालका परिवारजनले जनाएका छन्। विसं २०७९ को स्थानीय तहको निर्वाचनमा रिजाल वडाध्यक्ष पदमा निर्वाचित भएका थिए। उनकी श्रीमती डिलकुमारी रिजालको विसं २०७९ मा निधन भएको थियो। रिजालका स्थानीय तह निर्वाचनकै समयमा निधन भएको थियो। रिजालको निधनबाट नगरपालिकाले महत्त्वपूर्ण व्यक्ति गुमाएको नगर उपप्रमुख जोगराम चौधरीले बताएका छन्। रिजाल २०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए।...
निकुञ्जमा नियन्त्रित डढेलो लगाउन सुरू
समाचार, समाज

निकुञ्जमा नियन्त्रित डढेलो लगाउन सुरू

नेपालअखबार, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो लगाउने काम सुरू भएको छ। विगत एक सातादेखि निकुञ्जमा नियन्त्रित डढेलो लगाउन थालिएको हो। निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाउने गरिन्छ। निकुञ्जका कर्मचारी, नेपाली सेनासहितको टोलीले नियन्त्रित डढेलो लगाउने गर्दछन्। उनले भने, ‘घाँसेमैदानमा भएका जलनशील पदार्थमा नियन्त्रित रूपमा डढेलो लगाउँदा सहज हुने र पछि अनियन्त्रित डढेलोको समस्या हुँदैन।’ निकुञ्जमा रहेको १० हजार हेक्टर क्षेत्रफल घाँसेमैदानमध्ये अहिले तीन सय हेक्टर क्षेत्रफल घाँसेमैदान व्यवस्थापन गरिएको छ। बजेट अभावका कारण सबै क्षेत्रमा घाँसेमैदान व्यवस्थापन गर्न नसकिएको उनले बताए। नियन्त्रित डढेलोबाट वन्यजन्तुले नखाने घाँस डढ्ने गर्दछ। घाँसेमैदानमा नियन्त्रित डढेलो लगाउँदा नयाँ र कलिलो घाँस पलाउने हुँदा जनाव...
आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
समाचार, समाज

आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

नेपालअखबार,काठमाडौं। ‘सबै महिला तथा बालिकाको लागि: अधिकार, समानता र सशक्तिकरण’ भन्ने  मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइदैछ। सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ। विभिन्न राजनीतिक दल सम्वद्ध महिला संगठनले पनि अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रम तय गरेका छन् । विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ । यस्तै महिलालाई शिक्षि...