छोरेपाटनको दुर्गा मन्दिरमा कोटी दिप प्रज्ज्वलन
नेपालअखबार, पोखरा । कास्की जिल्लाको पोखरा–१७, छोरेपाटनमा अवस्थित दुर्गा मन्दिर व्यवस्थापन समितिको आव्हानमा यही चैत्र २३ गते चैत्राष्टमीको अवसरमा नवग्रह शान्ति पाठ एवं रुद्राभिषेकका साथ कोटी दिप प्रज्वलन कार्यक्रम गरिने भएकोछ ।
मन्दिर व्यवस्थापन समितिको आव्हानमा यही चैत्र २३ गते चैत्राष्टमीको अवसरमा जगतको शान्ति र सम्वृद्धि, लोककल्याण, नवग्रह शान्ति, पितृ उद्धार एवं दुर्गा मन्दिर शक्तिपीठ धामको श्रीवृद्धिको लागि विन्दवासिन मन्दिरका व्यासासिन पण्डित डा. भोला नारायण रेग्मी मुख्य वाचक र अन्य गुरुहरुद्वारा सहस्र सप्तचण्डी मन्त्रजाप, सहस्रवन, नवचण्डीपाठ, वेदपाठ, देवी महिमा प्रवचन, नवग्रह शान्ति पाठ एवं रुद्राभिषेकका साथ कोटी दिप प्रज्वलन एवं प्रसाद वितरण कार्यक्रम आयोजना गरिने भएको पत्रकार सम्मेलनमा वताइएको छ ।
कोटी दिप प्रज्ज्वलनको पूर्व सन्ध्यामा वाजा गाजा, भजन कृतन सहित शिव पार्वती झाँक...










